समाचार
१२ माघ, हेटौंडा । बागमती प्रदेश सरकारले दुई विधेयक प्रदेशसभामा पेश गरेको छ । बागमती प्रदेशका आन्तरिक मामीला तथा कानून मन्त्री शालीकराम जमकट्टेलले आइतबारको बैठकमा प्रदेशकभित्र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरेका हुन् । यस्तै बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रदेश दुग्ध विकास बोर्ड ऐन […]
१२ माघ, पोखरा । २९ राउण्ड गोलीसहित पोखरा विमानस्थलबाट एक जना पक्राउ परेका छन् । राइफलमा प्रयोग हुने गोली लिएर जहाज चढ्न लागेका पोखरा–१७ रिठेपानीका ४० वर्षीय जितु शाहीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । २२ बोरको राइफलमा प्रयोग हुने २९ राउण्ड गोलीसहित उनी यति एयरको बिहान १०ः१५ को उडानबाट काठमाडौं उड्न लागेका थिए। विमानस्थलमा […]
१२ माघ, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले उपसभामुखको विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीसँग छलफल नभएको बताएको छ । आइतबार सभामुख निर्वाचित भएपछि संसदमा पत्रकारसँग प्रतिक्रिया दिँदै राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले उपसभामुखको विषयमा अहिलेसम्म सहमति नभएको बताए । उपसभामुखको विषयमा नेकपासँग छलफल त भएको होला नि भन्ने पत्रकारको प्रश्नमा महतोले भने ‘अहिलेसम्म […]
१२ माघ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको भन्दै यसबाट नेपालीको सुरक्षाका लागि गम्भीरतापूर्वक आवश्यक व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ । नेपाल पनि कोरोना भाइरसबाट उच्च जोखिममा रहेको छ । चीनबाट आएका एक नेपालीमा यसको संक्रमण देखिसकेको छ । थप दुई जनामा संक्रमण भएको आशंकामा उपचार […]
१२ माघ, काठमाडौं । मर्स्याङदी (तनहुँ)- मातातीर्थ (काठमाडौं) २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गतको दुई वटा सबस्टेसन बनाउने ठेक्का पाएको चिनियाँ कम्पनी भागेको छ । तनहुँको मार्कीचोक र काठमाडौंको मातातीर्थमा २२०/१३२ केभी सबस्टेसनको चिनियाँ ठेकेदार कम्पनी सेन्जेन फ्राड इलेक्ट्रिक कर्पोरेसन लिमिटेड कामलाई अलपत्र पारी भागेको हो । नेपाल विद्युत प्राधिकरणले कम्पनी भागेपछि ठेक्का सम्झौता रद्द गरेको छ […]
१२ माघ, काठमाडौं । थप दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार थालिएको छ । अस्पताल स्रोतको अनुसार कोरोनाको आशंका गरिएका पुरुष २८ वर्ष र महिला ४८ वर्षका छन्। टेकु अस्पतालको आइसुलेसन वार्डमा उपचार गरिरहेका उनीहरु दुवैजना चीनबाट फर्किएका थिए। कोरोनाको शंका लागेर अस्पताल पुगेकी महिला शनिबार […]
१२ माघ, विराटनगर । मुख्यन्त्री शेरधन राईले भोजपुरको आमचोक गाउँपालिकाका दुर्गाबहादुर रानामगरलाई नक्कली दाँत लगाइदिएका छन् । प्रदेश सरकारले अघि सारेको ‘ज्येष्ठ नागरिक दन्त मुस्कान अभियान अन्तरगत मुख्यमन्त्री राईले ७२ वषिर्य रानालाई दाँत उपहार दिएका हुन् । प्रदेश सरकारले दाँत झरेका ज्येष्ठ नागरिकलाई नक्कली दाँत उपहार दिने योजना अघि सारेको छ । सोही योजनाको सुरुवातका […]
१२ माघ, काठमाडौं । होटेल-रिसोर्ट तथा सबै आतिथ्य सेवा दिने सेवा प्रदायक कम्पनीले हालै संशोधन भएको नयाँ मापदण्ड ६ महिनाभित्र अनिवार्य लागू गर्नुपर्ने भएको छ । पर्यटन विभागले होटेल, रिसोर्ट, पर्यटक इन, पर्यटक लज, मोटेल तथा बेड एण्ड ब्रेकफास्ट सबै सेवा प्रदायकले ६ महिनाभित्र नयाँ नयाँ मापदण्डमा जानुपर्ने गरी सूचना जारी गरेको छ । सरकारले […]
१२ माघ, काठमाडौं । नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकसमक्ष सहजता खोज्दै मागपत्र बुझाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडासँग भएको छलफलपछि बैंकर्स संघले राष्ट्र बैंकसमक्ष आधा दर्जनभन्दा बढी माग अघि सार्दै पत्राचार गरेको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको छाता संगठन संघले सहुलियत कर्जामा सरलता खोजेको छ । संघले चालु आर्थिक वर्षदेखि […]
१२ माघ, काठमाडौं । जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले छाता संगठन स्थापना गरेका छन् । यस अघि जीवन तथा निर्जिवन बीमा कम्पनीहरु सबैको एकमात्रै संगठन नेपाल बिमक संघ रहेकोमा जीवन बीमा कम्पनीका सीईओहरुले छुट्टै संस्थाको स्थापना गरेका हुन् । हालै काठमाडौंमा बसेको भेलाले सूर्या लाइफ इन्स्यारेन्सका सीईओ शिवनाथ पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति […]
१२ माघ, सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन यही माघ २४ गते हुने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयले माघ २४ गते पाँचौँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा कानूनी सहायतासम्बन्धी कार्यविधि २०७६ र विपद् जोखिम बीमासम्बन्धी कार्यविधि २०७६ स्वीकृत गरेको कर्णाली प्रदेश […]
१२ माघ, काठमाडौं । आइतबार विहानदेखि देशभरको मौसममा बदली आएको छ । तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने पहाडी क्षेत्रमा पनि हुस्सु लागेको छ । काठमाडौं उपत्यकामा पनि अकाशमा बादल लागेकाले घाम लागेको छैन । घाम नलागेका कारण देशभरको मौसम चिसो भएको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद सजिना शाक्यका अनुसार तराई […]
१२ माघ, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)ले बहालवाला र अवकाशप्राप्त कर्मचारी तथा तिनका परिवारलाई लक्षित गर्दै कल्याणकारी प्याकेज घोषणा गरेको छ । हालै मात्र आफ्नो १९औं वाषिर्कोत्सव मनाएको सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्ऽ खनालले प्याकेज कार्यक्रम घोषणा गरेक हुन् । जसमा अनिवार्य अवकाश हुन पाँच वर्ष बाँकी रहेका परिचरदेखि जुनियर अधिकृतसम्मका कर्मचारीका एक जना बेरोजगार […]
१२ माघ, बुटवल । मानव सेवा आश्रमको प्रदेश स्तरीय भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउन आश्रमले बुटवलमा महायज्ञ गर्ने भएको छ । यही माघ २० गतेदेखि २७ गतेसम्म सुख्खानगरको भाटभटेनी चोकमा महायज्ञ सञ्चालन गर्न लागेको आश्रमले जनाएको छ । आठ दिनसम्म चल्ने महायज्ञबाट सात करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको छ । भवन निर्माणका लागि […]
१२ माघ, काठमाडौं । खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १५ भगवानपाउ बस्ने बच्चुराम गुरुङलाई खुकुरी र फलामको लठ्ठी देखाएर आँखामा खुर्सानीको धुलो छर्किएर ५० लाख रुपैयाँ लुटपाट गर्ने दाङ पुरन्धारा गाउँपालिका ९ खेप्ताङका बेदबहादुर भन्ने भीमबहादुर घर्तीमगरसहित ६ जनालाई पक्राउ गरेको हो । पक्राउ […]
१२ माघ, काठमाडौं । संसदमा स्पष्ट बहुमत रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाएको विरोधमा मानवअधिकारकर्मी सुशील प्याकुरेलले राष्ट्रपतिको विज्ञ सल्लाहकार पदबाट राजीनामा दिएपछि अरुलाई नैतिक संकट परेको छ । राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुक्त प्याकुरेलको राजीनामाको कारण थाहा पाउन आठ वर्ष पहिले फर्कनुपर्ने हुन्छ । ०६८ जेठमा फौजदारी अभियोग लागेका सापकोटालाई […]
१२ माघ, रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा शंकास्पद वस्तु फेला परेको छ । चन्द्रनिगाहपुर गौर सडकको नेपाल बैंक अगाडि एउटा ब्याग र बोरा बिहानैदेखि देखिएपछि प्रहरीले बम रहेको आशंका गरेको छ । शंकास्पद रहेको स्थानलाई घेरा हालेर राखिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले बताए । डिष्पोजल टोली गौरबाट आउन केही समय लाग्ने भएका कारण […]
१२ माघ, कञ्चनपुर । भीमदत्त नगरपालिका– १३ भुजेला हात्तीसार जोड्ने सडकमा १३ वर्षसम्म निर्माण हुन नसकेको अपूरो कलभर्ट निर्माण पूरा भएपछि एक घण्टाको बाटो दुई मिनेटमै पुग्न सकिने भएको छ । वडा कार्यालयले रु सात लाख खर्चेर कलभर्ट निर्माण पूरा गरेपछि स्थानीय बासिन्दालाई आवतजावतमा निकै सहज भएको हो । “नालामा कलभर्ट निर्माण नहँुदा एम्बुलेन्स, दमकललगायत […]
१२ माघ, काठमाडौं । मकवानपुरमा एम्बुलेन्स प्रयोग गरी गाँजा तस्करी गरेको पाइएको छ । रौतहटको डुमरिया नगरपालिकाको स्वास्थ्य चौकीको एम्बुलेन्समा ३० किलो ६ सय ग्राम गाँजा ओसारपसार भइरहेको अवस्थामा चालकसहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए । शनिबार बेलुका पौने ७ बजे मकवानपुर उपमहानगरपालिका १९ नेवारपानीको इलाका प्रहरी […]
१२ माघ, काठमाडौं । साउदी अरबको फाँसीबाट बचेर १३ वर्षपछि नेपाल फर्किएका धनुषाका उमेश यादवलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले भेट गरेका छन् । आइतबार बिहान आफ्नै कार्यत्रकक्षमा भेट गरी मन्त्री ज्ञावलीले उमेशको बारेमा जानकारी लिएका हुन् । भेटमा उमेशले साउदी जेलमा रहेका विवेक दाहललाई नेपाल फर्काउने पहल गरिदिन आग्रह गरेका थिए । आफ्नै सहकर्मी नेपालीलाई हत्या […]
१२ माघ, बुटवल । स्थानीय किसानले उत्पादन गर्ने तरकारीको उचित बजारीकरण गर्ने उद्देश्यले रुपन्देहीको तिलोत्तामामा विशिष्टीकृत कृषि हाटबजार सञ्चालनमा आएको छ । दैनिक कम्तीमा २० क्वीन्टल तरकारी बिक्री गर्ने गरी ५० लाख रुपैयाँ लगानीमा तिलोत्तमा-१४ रेहरामा सुुरु भएको हाटबजार रुपन्देहीकै पहिलो विशिष्टीकृत तरकारी बजार हो । तिलोत्तमा नगरपालिकाले वडानम्बर १४ लाई कृषि पकेट क्षेत्र बनाएको […]
from समाचार – Online Khabar https://ift.tt/38JvKkT
via IFTTT





















