Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

खोला उत्खनन रोकको विरोधमा उत्रिए ट्रक व्यवसायी

१२ माघ, जनकपुरधाम । प्रदेश २ सरकारले क्रसर उद्योग बन्द गर्ने जनाएपछि ट्रक व्यवसायीले पनि आन्दोलन गर्ने चेतावनी दिएका छन् । खोला उत्खननको बिरोध गर्ने क्रममा धनुषाको मिथिला नगरपालिका ५ का दिलिप महतोको क्रसर व्यवसायीकै अगुवाइमा गत पुस २५ गते विहान हत्या भएपछि प्रदेश सरकारले खोला उत्खननमा रोक लगाएको छ । खोला उत्खनन नहुँदा आफूहरुको […]

मधेसमा सरकार ढाल्ने नेकपाको रणनीति

१२ माघ, बर्दिबास (महोत्तरी) । बर्दिबासको एउटा पार्टी प्यालेसमा शनिबार दिउँसो नेकपा महोत्तरीको जिल्ला कमिटीको ब्यानरमुनि उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलकै लहरमा निम्त्याइएका थिए– राजपाका वरिष्ठ उपाध्यक्ष शेखर सिंह र मृगेन्द्रकुमार सिंह । आफ्नो पार्टीको ब्यानरमुनि राजपा नेताहरुलाई राखेर नेकपा नेताले प्रदेश २ को सरकारको समीकरण चाँडै फेरिने उद्घोष गरे । मुख्यमन्त्री लालबाबु […]

दुई फर्मविरुद्ध साढे २३ करोडको राजस्व छलीको मुद्दा

१२ माघ, काठमाडौं । झुट्टा र नक्कली भ्याट बिल प्रयोग गरी साढे २३ करोड रुपैयाँ राजस्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले दुईवटा फर्मविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । विभागले गोरखा घर भई काठमाडौंमा व्यवसाय गर्ने रेजिङ इन्टरनेशनलका प्रोपाइटर सञ्जीव मास्केले १४ करोड ८७ लाख रुपैयाँ राजस्व छली गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा […]

पूर्वराजा ज्ञानेन्द्र सिलगुडीतर्फ लागे

१२ माघ, झापा । पूर्वराजा ज्ञानेन्द्र शाह भारतको सिलगुडीतर्फ लागेका छन् । पछिल्लो समय झापामा रहेका पूर्वराजा शाह आइतबार दमकबाट सिलगुडी प्रस्थान गरेका हुन् । परिवारसहित गएका पूर्वराजाको भ्रमण चार दिने भएको बताइएको छ ।

लेखापरीक्षक घिमिरे मृत्यु प्रकरणमा चार व्यापारीको कल डिटेल हेर्दै प्रहरी

१२ माघ, विराटनगर । विराटनगरका लेखा परीक्षक प्रवल घिमिरेको श्ंकास्पद अवस्थामा सिंघिया खोलामा शव भेटिएपछि प्रहरीले उनीसँगै होटलमा खानपान गरेका चारजना व्यावसायीमाथि अनुसन्धान सुरु गरेको छ । मगंलबार विहान विराटनगर– २ का ५० वर्षका प्रवल घिमिरेको शव सिंघिया खोलामा भेटिएको थियो । सोमबार राति अबेरसम्म होटलमा सँगै बसेका चारजना व्यावसायीलाई तारेखमा राखेर प्रहरीले अनुसन्धान सुरु […]

सभामुखलाई बाबुराम भट्टराईको सुझाव : सत्तापक्षको निरीह रबरस्टाम्प नबन्नू

१२ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नव निर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिपक्षको अभिभावक बन्न सुझाव दिएका छन् । सभामुखमा निर्विरोध निर्वाचित भएकै दिन आइतबार डा. भट्टराईले सभामुख सापकोटालाई यस्तो सुझाव दिएका हुन । सामाजिक सञ्जाल ट्विटरमा बधाई तथा शुभकामना दिँदै डा. भट्टराईले लेखेका छन्, ‘सभामुख सत्तापक्षको निरीह रबरस्टाम्प […]

प्रदेश २ को स्थायी राजधानी जनकधपुरधाम तोक्ने सहमति

१२ माघ, जनकपुरधाम । प्रदेश २ को स्थायी राजधानी जनकधपुरधाम नै रहने भएको छ । प्रदेशसभाका सभामुख सरोजकुमार यादव नेतृत्वमा रहेको विशेष संसदीय समितिले प्रदेशको स्थायी राजधानीबारे सहमति जुटाएको हो । ‘सबै दलको सहमतिमा राजधानी तोक्ने काम भएको छ’ उनले भने, ‘संसदीय प्रक्रिया भने पूरा गर्न बाँकी छ ।’ यादवका अनुसार प्रदेश राजधानीको सीमा उत्तरमा […]

विदेश जाने श्रम स्वीकृतिको लागि अब अनलाइनबाटै बीमा  

१२ माघ, काठमाडौं । वैदेशिक रोजगारमा जाने श्रमिकहरूको म्यादी जीवनबीमा अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । अब कामदारले श्रम तथा रोजगार कार्यालयको वरिपरी रहेको बीमा कम्पनीको कार्यालयसम्म धाउनु पर्नेछैन। अनलाइन बीमाका  लागि वैदेशिक रोजगार विभाग र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ । यो बीमा कम्पनीले विभागसँग सम्झौता गरेका अनलाइन […]

झापड हान्ने मनाङ्गे छुटे, कुटाइ खाने मिलन थुनामा

१२ माघ, पोखरा । जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेर पक्राउ परेका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) धरौटीमा रिहा भएका छन् । मनाङेको झापड खाएका मिलन भने प्रहरी हिरासतमा छन् । मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा मनाङका खेलाडीका लागि आवास तथा खेल मैदान व्यवस्थापन नगरेको भन्दै मनाङ्गेले ७ माघमा मिलनलाई झापड हानेका […]

‘निष्पक्ष भूमिका नै सभामुख सापकोटाको चुनौती’

१२ माघ, काठमाडौं । विभिन्न राजनीतिक दलका नेताहरुले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटासामु व्यवस्थापिकालाई निष्पक्ष बनाउने चुनौती रहेको प्रतिक्रिया दिएका छन् । प्रतिनिधिसभाले सापकोटालाई सभामुख चयन गरेपछि बाहिर पत्रकारलाई प्रतिक्रिया दिँदै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना विषयमा भएका आलोचनालाई ध्यान दिएर संसद अगाडि बढाउन सापकोटालाई आग्रह गरे । नेताहरुमा आलोचना […]

बैंकर्स संघले बनायो ३ उपसमिति, ब्याजदर र बैंकिङ कसुरको समेत अध्ययन गर्ने

१२ माघ, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकायरी अधिकृत (सीईओ)हरुको संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले संघको कामकारबाहीमा सक्रियता देखाएका छन् । दाहालले संघको अध्यक्षको जिम्मेवारी लिएको एक महिना नपुग्दै संघको काम कारबाहीलाई प्रभावकारी बनाउन भन्दै आइतबारमात्रै ३ वटा उपसमितिहरु गठन गरिएको छ । केहि समययता बैंकको ब्याजदरको विषयमा भइरहेको बहस, बैंकिङ कसुर सम्बन्धी […]

दीपक मनाङ्गेले भने – हिरासतमा मज्जाले सुतेँ, अब रक्सी खानुपर्ला

१२ माघ, पोखरा । अभद्र व्यवहार मुद्दामा प्रहरी हिरासतमा रहेका सांसद दीपक मनाङ्गे आइतबार दिउँसो ६ हजार रुपैयाँ धरौटीमा रिहा भए । रिहा भएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले हिरासत बसाइका क्रममा आफूले आराम गर्न पाएको बताए । हिरासत बसाइ कस्तो भयो भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘मलाई मजै लाग्यो, रेस्ट गर्न पायो नि, दुई दिन […]

उपसभामुखबारे छिट्टै निर्णय हुन्छ : प्रधानमन्त्री

१२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखबारे छिट्टै निर्णय हुने बताएका छन् । प्रतिनिधिसभाको सभामुखमा आइतबार सांसद अग्नि सापकोटा निर्विरोध निर्वाचित भएका छन् । तर उपसभामुखको पद भने खाली छ । सभामुख निर्वाचित भइसकेपछि उपसभामुखबारे अब के हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, […]

लुम्बिनी विकास कोषको अनियमितता छानबिन हुँदै

१२ माघ, बुटवल । लुम्बिनी विकास कोषमा आर्थिक अनियमितता भएको भन्दै परेको उजुरीमाथि छानबिन सुरु भएको छ । लुम्बिनी विकास कोषकै परिषद् सदस्य बैजनाथ साहनीले कोषमा व्यापक आर्थिक अनियमितता भएको भन्दै विभागीय मन्त्री योगेश भट्टराईलाई पत्र लेखेर उजुरी गरेका थिए । कोषभित्र विदेशी र नेपालीहरुले दिएको दानबाट प्राप्त रकमले महंगो विलासी गाडी खरिद गर्न लागेको, […]

सांसद दीपक मनाङ्गे ६ हजार धरौटीमा रिहा

१२ माघ, पोखरा । कुटपीटको आरोपमा पक्राउ परेका सांसद दीपक मनाङ्गेलाई जिल्ला प्रशासन कार्यालयले ६ हजार रुपैयाँ धरौटीमा छाडेको छ । जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेको भोलिपल्ट पक्राउ परेका उनीमाथि प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको थियो । जिल्ला प्रशासन कार्यालयले आइतबार उनलाई ६ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश […]

एन्फा कास्कीका अध्यक्षलाई ७ दिन थुनामै राख्न अनुमति

१२ माघ, पोखरा । बैंकिङ कसुरमा पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई अनुसन्धानका लागि ७ दिन म्याद थप भएको छ । मिलनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार उच्च अदालत पोखराका न्यायाधीशद्वय विनोदमोहन आचार्य र सुभास पौडेलको संयुक्त इजलासले प्रहरीलाई अनुमति दिएको हो । खातामा पैसा नदिएको चेक दिएको […]

१९ जीवन बीमा कम्पनीले ६ महिनामा कमाए ४८ अर्ब बीमा शुल्क

१२ माघ, काठमाडौं । जीवन बीमा कम्पनीहरुले ६ महिनामा नै करिब ४७ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । मुलुकमा सञ्चालित १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७६/७७ को ६ महिना अर्थात पुस मसान्तसम्म ४७ अर्ब ५७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । बीमा समितिले दिएको जानकारी अनुसार यि कम्पनीहरुले वैदेशिक […]

हराएको मोटरसाइकलसहित ट्राफिकलाई रंगेहात भेटेपछि …

१२ माघ, विराटनगर । चोरी भएको मोटरसाइकल ट्राफिकले चलाएपछि सवारी धनीले रंगे हात फेला पारेका छन् । विराटनगर महानगरपालिका-९ का सुनिल अटलको को२३प ६९२१ नम्बरको मोटरसाइकल गत भदौं २२ मा हराएको थियो । नम्बर बदलेरले बा३५प ५८९३ बनाइएको सोही मोटरसाइकल प्रहरीले बेवारिसे अवस्थामा फेला पारी ट्राफिकलाई बुझायो । कसैले दाबी नगरेपछि मोटरसाइकल ट्राफिक प्रहरीले नै […]

नाम र राजधानीपछि बागमती प्रदेशसभाको पहिलो बैठक

१२ माघ, हेटौंडा । बागमती प्रदेश सरकारले दुई विधेयक प्रदेशसभामा पेश गरेको छ । बागमती प्रदेशका आन्तरिक मामीला तथा कानून मन्त्री शालीकराम जमकट्टेलले आइतबारको बैठकमा प्रदेशकभित्र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरेका हुन् । यस्तै बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रदेश दुग्ध विकास बोर्ड ऐन […]

काठमाडौंमा तार भूमिगत गर्न काम थालिँदै, सडकमा के हुन्छ ?

१२ माघ, काठमाडौं । काठमाडौं शहर किन कुरुप छ ? यसमा देखाइने दर्जनौं कारणमध्ये अग्रपंक्तिमा आउँछ, अस्तव्यस्त र भद्रगोल तार । तर, योजना अनुरुप भयो भने अबको दुई हप्ताभित्र काठमाडौंमा पहिलोपटक तारलाई भूमिगत (अन्डरग्राउन्ड) गर्ने कामको थालनी हुँदैछ । नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा विद्युत वितरण प्रणालीलाई भूमिगत  गर्ने कामका लागि भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेडसँग ठेक्का […]

२९ राउन्ड गोली लिएर जहाज चढ्न लागेका युवक पोखरामा पक्राउ

१२ माघ, पोखरा । २९ राउण्ड गोलीसहित पोखरा विमानस्थलबाट एक जना पक्राउ परेका छन् । राइफलमा प्रयोग हुने गोली लिएर जहाज चढ्न लागेका पोखरा–१७ रिठेपानीका ४० वर्षीय जितु शाहीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । २२ बोरको राइफलमा प्रयोग हुने २९ राउण्ड गोलीसहित उनी यति एयरको बिहान १०ः१५ को उडानबाट काठमाडौं उड्न लागेका थिए। विमानस्थलमा […]



from समाचार – Online Khabar https://ift.tt/30SQe7Q
via IFTTT
Powered by Blogger.