Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

महिनावारी हुँदा विद्यालय जाँदैनन् किशोरीहरु

१३ माघ, डोटी । डोटीको केआई सिंह गाउँपालिका-५ कि चित्रा जोशीले दुई वर्षअघि स्थानीय भुवनेश्वरी माबिकाट विद्यालय शिक्षा परीक्षा (एसइई) को परीक्षा दिइन् । उनले सवै विषयमा राम्रै अंक ल्याउने सोचेकी थिइन् तर सोचे जस्तो भएन । गणित विषयमा उनले ‘इ’ ग्रेड मात्रै पाइन् । उनले ग्रेड बृद्धिका लागि फेरि परीक्षा दिनु पर्‍यो । कूल […]

मोरङमा एनसेल टावरमा विष्फोट

१३ माघ, विराटनगर । अज्ञात समूहले मोरङको उत्तरी क्षेत्र केराबारी गाउँपालिका–२ सिंहदेवीको ढ्याङ्ग्रे डाँडामा रहेको एनसेल टावरमा बम बिस्फोट गराएको छ । आइतबार राति टावरमा बिस्फोट गराएको हो । तारले घेराबारा गरेर बनाइएको मुख्य गेटमा पहेंलो झोलामा झुन्ड्याएको अवस्थामा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । बाहिरबाट ‘बम छ’ भन्ने लेखेर झुन्ड्याइएको झोलाबाट प्वाल पारेर […]

सभामुख सापकोटाले भेटे चिनियाँ राजदूत

१३ माघ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पदभार सम्हाले लगत्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई भेटेका छन् । सभामुख सापकोटाले यान्छीलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सोमबार भेटेका हुन् । भेटका क्रममा राजदूत यान्छीले नवनिर्वाचित सभामुख सापकोटालाई बधाई ज्ञापन गरेकी थिइन् । निर्विरोध सभामुख निर्वाचित सापकोटाले आज विहान पद तथा गोपनियताको सपथ लिएका थिए ।

अहिलेकै अवस्थामा एमसीसी अनुमोदन गर्नु हुन्न : साझा पार्टी

१३ माघ, काठमाडौं । साझा पार्टीले अहिलेकै अवस्थामा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अनुमोदन गर्न नहुने बताएको छ । सोमबार विज्ञप्ति जारी गरी साझा पार्टीले कतिपय बुँदाहरु नेपालहो हित र आत्मसम्मानको विपरीत देखिएकाले ती विषय निरुपण नगरी सम्झौता अनुमोदन गर्नु उपयुक्त नहुने बताएको छ । ‘बर्तमान सम्झौता जस्ताको त्यस्तै संसदबाट पास गरिनु हुँदैन भन्ने […]

सरकारी विजुली बस : जीटूजीमा नकिन्ने, निजी कम्पनीले चलाउन सक्ने

१२ माघ, काठमाडौं । गत सोमबार सरकारले साझा यातायातलाई ‘रिंग आउट’ गर्दै आफैंले विजुली बस किन्ने निर्णय गर्‍यो । साझा बसलाई विजुली बस किन्न दिएको ३ अर्ब रकम ब्याजसहित फिर्ता गर्ने निर्णयलाई धेरैले अर्थपूर्ण रुपमा हेरेका छन् । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित कारण नखुलाई सरकारले गरेको निर्णयले विस्मात पैदा गरेको बताउँछन् । यता भौतिक […]

दौरा सुरुवालमा सभामुख सापकोटा

१३ माघ, काठमाडौं । नेकपा नेता अग्निप्रसाद सापकोटाले सोमबार सभामुखको रुपमा पद तथा गोपनीयताको सपथ लिए । राष्ट्रपति कार्यालय शितलनिवासमा सपथ लिएपछि सोमबार नै उनले संसद सचिवालयस्थित सभामुख कार्यालयमा पदभार पनि ग्रहण गरे । सभामुख सापकोटा यसअघिका भन्दा भिन्न पहिरनमा देखा परे । सभामुख निर्वाचित भएको दिन आइतबार सर्ट पाइन्ट र कोटमा देखिएका उनी सोमबार […]

बागमती प्रदेश कांग्रेस संसदीय दलको उपनेतामा भँडेल चयन

१३ माघ, हेटौंडा । बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलको उपनेतामा सांसद कृष्णलाल भँडेल नियुक्त भएका छन् । प्रदेशसभा संसदीय दलको विधान अनुसार भँडेललाई उपनेतामा नियुक्त गरेको संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले जानकारी दिए । यसअघि, प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतक, सदस्य सचिव र प्रवक्ता चयन भएपनि उपनेता चयन गरेको थिएन […]

जातीय मुक्तिको कुरा गरेका हौं, साम्प्रदायिक होइन : प्रचण्ड

१३ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जातीय मुक्ति र जातीय साम्प्रदायिकताको विषयलाई एकै ठाउँमा गोलमाल गर्दा नेपालमा सामाजिक न्याय कमजोर बनेको बताएका छन् । सोमबार नेकपाको भातृ संगठन आदिवासी जनजाति महासंघ नेपालको सपथ समारोहमा अध्यक्ष प्रचण्डले कम्युनिस्टले भनेको जातीय मुक्ति जातीय साम्प्रदायिकता र जातीय संकीर्णताभन्दा भिन्न रहेको जिकिर गरे । […]

‘एनआरएनएको फाइल विभिन्न मन्त्रालयमा घुमिरहेको छ’

१३ माघ, काठमाडौं । आइतबार मात्र गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नागरिकता ऐनमा गैरआवासीय नेपालीका सरोकार सम्बोधन गरिदिन आग्रह गरे । संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकले सम्भवतः गैरआवासीय नेपालीका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको ब्याख्या गरेर नागरिकताको अधिकार दिँदैछ । अध्यक्ष निर्वाचित भएपछि धेरैजसो समय नेपालमै खर्चिरहेका पन्त करिब चार […]

अनलाइन मार्केटिङको नाममा ठगी गरेको आरोपमा ४ जना पक्राउ

१३ माघ, वीरगञ्ज । अनलाइन मार्केटिङमार्फत सामान पठाउने भनी ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । बाराको गढीमाई नगरपालिका– ३ पिप्राविर्ता घर भई वीरगञ्ज–१५ ब्रम्हचोक बस्ने २९ वर्षीय रोशन सिंह, भाइ २१ वर्षीय विशाल सिंह, भारत कलकत्ता घर भई वीरगञ्ज– १५ बस्दै आएका २६ वर्षीय सविक भक्त र ब्रम्हचोकका फारुख आलम पक्राउ […]

ग्रेटवालको झल्को दिने गरी बन्दीपुरमा पदमार्ग पर्खाल निर्माण  

१३ माघ, दमौली । चीनमा रहेको विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुर गाउँपालिकामा पदमार्ग पर्खाल निर्माण सुरु गरिएको छ । बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेर गत आर्थिक वर्षदेखि पदमार्ग पर्खाल निर्माण गरेको हो । विश्वमाझ प्रख्यात बन्दीपुरमा धेरैभन्दा धेरै स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेर पदमार्ग पर्खाल निर्माण सुरु गरिएको […]

सबै विवाद मेलमिलापमा लैजानुहुन्न : न्यायाधीश खतिवडा

१३ माघ, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले सबै विवादहरुलाई मेलमिलाप प्रक्रियामा लैजान नहुने बताएका छन् । वैदेशिक रोजगार विभागले सोमबार आयोजना गरेको मेलमिलापकर्ताहरुको सपथ ग्रहण कार्यक्रममा उनले सबै मुद्दाहरुलाई मेलमिलाप प्रक्रियामा लैजान नहुने बताएका हुन् । ‘जहाँ मेलमिलाप गराउनु उपयुक्त हुँदैन मेलमिलाप प्रक्रियामा ती कुराहरुलाई पठाउनु हुँदैन, त्यो प्रक्रियाबाट संवोधन हुन दिनु हुँदैन […]

कर्णाली उत्सव : ‘कुडा कर्णालीका’

१३ माघ, सुर्खेत । कर्णाली प्रदेशमा १० जिल्ला भए पनि कर्णालीवासी ११ जिल्ला छन् भन्ने ठान्छन् । उनीहरुको तर्क छ, ‘कर्णालीका आदिवासी राउटेको आफ्नै जिल्ला छैन । राउटेको निश्चित भूगोल छैन । त्यसैले फिरन्ते राउटे समुदायसहितको ११ जिल्ला हो, कर्णाली ।’ फागुन दोस्रो सातादेखि सुरु हुने कर्णाली उत्सवमा ‘कर्णालीका ११ जिल्ला’ भन्ने एउटा सत्र पनि […]

बाराको कलैयामा सरसफाइ अभियान सुरु

१३ माघ, वीरगञ्ज । तराई-मधेसमा बिहान बाक्लो हुस्सु लाग्ने क्रम रोकिएको छैन । जसले गर्दा बारा, पर्सा लगायत तराई-मधेसका जिल्लामा चिसो कायमै छ । सोमबार बिहानको चिसोमा बाराको सदरमुकाम कलैया भने एका एक तातिन पुग्यो । कलैया उपमहानगरपालिकाको सरसफाइका लागि सरोकारवाला तातेका हुन् । नगर प्रमुख राजेश राय यादव, बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, […]

बालुवाटार जग्गा अनियमितताका दोषीमाथि छिट्टै कारबाही अघि बढ्छ : मन्त्री अर्याल

१३ माघ, काठमाडौं । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता गर्नेमाथि छिट्टै कारबाही अघि बढ्ने बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले जटिल विषय भएकाले अनुसन्धानमा समय लागेको बताइन् । अनुसन्धानमा कमजोरी भए अदालतले प्रश्न उठाउन सक्ने भएकाले विधि पु¥याएर अनुसन्धान गरिएको मन्त्री अर्यालको भनाइ छ । […]

सभामुख सापकोटाको स्पष्टीकरण : प्रधानमन्त्रीलाई भेट्न ‘दौडिनु’ स्वाभाविक

१३ माघ, काठमाडौं । सभामुखमा निर्वाचित भएलगत्तै अरु सांसदलाई पन्छाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न हतारिएको भन्दै अग्निप्रसाद सापकोटा सामाजिक सञ्जालमा ट्रोलको शिकार भए । आइतबार सभामुख निर्वाचित भएलगत्तै  सापकोटालाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले बधाई दिन चाहेका थिए । तर नेकपाका सांसदहरुको पहिलो रोमा बसेका उनको ध्यान भने प्रधानमन्त्रीतिर देखिन्थ्यो । हात मिलाएर बधाई […]

प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था भन्छिन् : कानुनी रुपमा जे हुन्छ, सहर्ष स्वीकार गर्छु

१३ माघ, काठमाडौं । प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउतले कानूनभन्दा माथि कोही नभएको बताएकी छन् । राउत सिक्कम जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गर्ने महिला सुरक्षाकर्मीसँग विवाद भएको थियो । त्यसलाई लिएर उनले फेसबुक लाइभमा प्रहरी संगठनलाई गालीगलौज गरेपछि उनको चर्को आलोचना भयो । उनले सामाजिक सञ्जालबाटै माफी समेत मागेकी थिइन् । तर […]

वीरगञ्जमा भेटिएको शंकास्पद वस्तु प्रेसर कुकर बम भएको पुष्टि, सेनाद्वारा निष्क्रिय

१३ माघ, वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका निर्देशक बसरुद्दीन अंसारीको घर अगाडि फेला परेको शंकास्पद वस्तु बम नै भएको पुष्टि भएको छ । वीरगञ्ज–८ पानीट्याङकीस्थित घर अगाडि राखिएको बम नेपाली सेनाको टोलीले डिष्पोज गरेको हो । वीरगञ्जस्थित चण्डीप्रसाद गणको बम डिष्पोजल टोलीले बम डिष्पोज गरेको हो । चण्डीप्रसाद गणका गणपति कर्णेल मदनजंग राणाले अन्सारीको […]

कीर्ते मुद्दामा प्रदेश सांसदलाई एक वर्ष कैद

१३ माघ, विराटनगर । सरकारी छाप र हस्ताक्षर कीर्ते गरेको अभियोगमा प्रदेश सांसद गुलेफुन मियाँलाई एक वर्ष कैद र १४ हजार ५ सय ८३ जरिवाना सजायको फैसला भएको छ । तत्कालिन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकरी छापा कीर्ते गरेको आरोपमा उच्च अदालत विराटनगरले सांसद मियाँलाई दोषी ठहर गर्दै एक वर्ष कैद र […]

गुल्मीमा स्मार्ट फोनको टावरमा आगजनी

१३ माघ, गुल्मी । गुल्मीको धुर्कोटमा रहेको स्मार्ट फोनको टावरमा आगजनी भएको छ । धुर्कोट गाउँपालिका-६ धुर्कोटस्थित रजस्थलमा रहेको टावरमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । आइतबार राति करिब ११ बजेको समयमा भएको आगजनीबाट टावरको ओडीबक्स पूर्ण रुपमा जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । टावरमा क्षति पुगेका कारण स्मार्ट […]

धर्मभक्त माधेमाको पूर्णकदको शालिक अनावरण

१३ माघ, काठमाडौं । सहिद धर्मभक्त माथेमाको सम्झनामा पूर्ण कदको शालिक निर्माण भएको छ । माथेमालाई तत्कालिन शासकले झुण्ड््याएर मृत्युदण्ड दिएको सिफलको उकालो बकाइनाको रुख भएकै स्थानमा उनको पूर्णकदको शालिक निर्माण भएको हो । काठमाडौँ महानगरपालिकाले निर्माण गरेको सो शालिक आज काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनावरण गरे । करीब १७ लाखको लगानीमा निर्माण भएको […]



from समाचार – Online Khabar https://ift.tt/2GtuF4x
via IFTTT
Powered by Blogger.