समाचार
१६ माघ, पर्वत । पर्वतको कुस्माबजार नजिक हुँदै बग्ने कालीगण्डकी नदीमाथि बनेको विश्वकै अग्लो बञ्जीजम्पको सफल परीक्षण भएको छ । पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिकाको बलेवा जोड्ने गरी कालीगण्डकीमाथि निर्माण भएको पुलबाट २२८ मिटर अग्लो बञ्जीजम्पको श्रीपञ्चमीको शुभसाईतमा बिहीबार सफल परीक्षण गरिएको हो । द क्लिफ नेपाल प्रालिले सञ्चालन गरेको बञ्जीमा यसअघि […]
१६ माघ, विराटनगर । विराटनगर– २ तीनपैनीका लेखा परीक्षक प्रवल घिमिरेको मृत्युको कारण पोस्टमार्टम रिपोर्टमा पनि नदेखिएपछि घटना थप रहस्यमय बनेको छ । माघ ७ गते मंगलबार सिंघिया खोलामा घोप्टो परेको अवस्थामा शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले पोष्टमार्टम रिपोर्टमा पनि मृत्युको कारण नदेखिएको बताएको छ । मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार पोष्टमार्टम रिपोर्टमा […]
१६ माघ, बुटवल । बुद्धको अस्तु धातु रहेको रामग्रामलाई लुम्बिनीसँग जोडेर एकीकृत विकास गर्ने गरी रामग्राम स्तूप क्षेत्रको गुरुयोजना बनेको छ । बुद्धको जीवनीसँग अभिन्नरुपमा जोडिएको स्थल भएर पनि पूर्वाधार निर्माण र प्रचारप्रसारको अभावमा यो क्षेत्र ओझेलमा परेपछि गुरुयोजना बनाएर विकास गर्न लागिएको हो । राज्यले उपेक्षा गरेको भन्दै आलोचना र छुट्टै रामग्राम विकास कोषको […]
१६ माघ, वीरगञ्ज । जनता आवास कार्यक्रम अन्तर्गत पर्सा जिल्लामा थप २ सय घर निर्माण गरिने भएको छ । विगतमा काम सुरु गरेर पुरा नभएका घर बाहेक थप २ सय घर निर्माण गर्न लागिएको हो । जनता आवास कार्यक्रमका पर्सा संयोजक एवं प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीले पर्सामा २ सय वटा नयाँ घर बनाइने जानकारी दिए […]
१६ माघ, काठमाडौं । १९ कात्तिक २०४५ मा मालपोत विभाग काठमाडौंबाट कार्यालय सहयोगी (पियन) पदबाट सेवा प्रवेश गरेका राजेन्द्र बस्नेतले ९ करोड ७३ लाख रुपैयाँ भन्दा बढीको सम्पत्ति जोडेका छन् । त्यस मध्ये ८ करोड ९८ लाख ५८ हजार रुपैयाँ भन्दा बढी सम्पत्ती गैरकानुनी भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)को अनुसन्धानबाट खुलेको छ । बस्नेतको […]
१६ माघ, काठमाडौं । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकबाट पत्रकारको लाइसेन्सको जाँच लिने व्यवस्था हटाउन माग गरेको छ । बिहीबार विज्ञप्ति जारी गरी महासंघले पत्रकारको लाइसेन्स जाँच लिने प्रावधान संविधानको मर्म र भावना विपरीत हुनुका साथै प्रेस स्वतन्त्रता विरोधी पनि भएको बताएको छ । महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा लाइसेन्स जाँच लिनेलगायतका प्रेस स्वतन्त्रताविरोधी […]
१६ माघ, धनगढी । मंगलबार धनगढी उपमहानगरपालिका ३ चटकपुरस्थित माया मेट्रो अस्पतालमा कार्यरत स्टाफ नर्स आफ्नै डेरामा मृत भेटिइन् । दाङ घोराहीकी २३ बर्षकी स्टाफ नर्स देविका श्रेष्ठको मृत्युको यकीन कारण खुल्न सकेको छैन । गत पुस १३ गते पनि धनगढीमा एक जना स्टाफ नर्स मृत भेटिएकी थिइन् । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका १० कि २० […]
१६ माघ, वीरगञ्ज । सशस्त्र प्रहरीले सीमा सुरक्षा बल थप्ने तयारी गरिरहेको छ । जसअन्तर्गत बाराको दक्षिण झिटकैया, धनुषाको जनक नन्दिनी गाउँपालिका-१ इनर्वामा सीमा सुरक्षा पोष्ट (बोर्डर आउट पोष्ट ‘बीओपी’) स्थापना भइसकेको छ । पर्साको मिर्जापुर, बाराको बेनौली, सप्तरीमा बोधेबसाईन लगायत अन्य १५ स्थानमा बीओपी स्थापना गर्ने तयारी भइरहेको छ । तर सशस्त्र प्रहरीले उचित […]
१६ माघ, काठमाडौँ । जहाँनिया राणा शासनको विरुद्ध नेपाली जनताको स्वतन्त्रता र अधिकार प्राप्तिको संघर्षका क्रममा सहादत प्राप्त गरेका धर्मभक्त माथेमाको सम्झनामा ‘शहीद धर्मभक्त माथेमा पार्क’ निर्माण भएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर–२३ स्थित ओमबहालमा निर्माण भएको सो पार्कको शहीद सप्ताहको अन्तिम दिन अर्थात बिहीबार काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनावरण गरे । माथेमाको […]
१६ माघ, बाँके । बाँकेका अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको निधन भएको छ । ९२ वर्षीय गुप्ताको बुधबार राति उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा निधन भएको हो । केही वर्षयता अस्वस्थ रहेका पत्रकार गुप्ताले बुधबार साँझ बान्ता गरेपछि अस्पताल लगिएको थियो । सेनानी गुप्ताका छोरा तथा पूर्वनगरप्रमुख विजयकुमार गुप्ताले उपचारका क्रममा उनको […]
१६ माघ, काठमाडौं । सरकारले चीनमा रहेका नेपाली विद्यार्थीको तत्काल उद्धार गर्न तयारी नपुगेको बताएको छ । चीनको वुहानमा रहेका १९० विद्यार्थीले चीनस्थित नेपाली दूतावासलाई उद्दार गर्न आग्रह गरे पनि नेपालले अहिलेसम्म उद्दार गरेको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले चीनको वुहानमा रहेका विद्यार्थीलाई नेपाल ल्याउनुअघि गर्नुनपर्ने तयारीका विषयमा छलफल भइरहेको बताए । उनका […]
१६ माघ, काठमाडौं । मन्त्रिपरिषद्को १३ माघमा बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि एक वर्ष थप गर्ने, विश्वविद्यालय अनुदान आयोगमा दुई सदस्य नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिको अध्यक्षमा डा. निर्मल लामिछानेलाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल […]
१६ माघ, काठमाडौं । बंगलादेशी नागरिक मुहिउद्दिन अहमद परवेजको काठमाडौंमा भएको हत्याको कारण विदेश लाने भनेर लिएको चार लाख रुपैयाँ भएको खुलेको छ । प्रकरणका मुख्य आरोपित दुला मियाँलाई प्रहरीले बुधबार राति काँकरभिट्टाबाट पक्राउ गरेसँगै हत्याको कारण खुलेको हो । काठमाडौं प्रहरी परिसर, टेकुले बिहीबार दिउँसो पत्रकार सम्मेलन गर्दै भनेको छ, ‘मृतकले मियाँलाई लेवनान पठाउने […]
१६ माघ, काठमाडौं । पछिल्लो समय सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिक आवद्ध हुने क्रम सुस्ताएको छ । कोष गत मंसिर अन्तिम सातासम्म नै करिब १२ हजार रोजगारदाता आवद्ध भएको भनेको कोषले डेढ महिनापछि बल्ल १२ हजार १०४ मात्रै रोजगारदाता आवद्ध भएको जानकारी दिएको छ । नयाँ श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रीका रुपमा रामेश्वर […]
१६ माघ, काठमाडौं । समाजवादी विद्यार्थी युनियनले संसद्मा प्रस्तुत प्रविधि विधेयक फिर्ता लिन माग गरेको छ । दुई दिने केन्द्रीय समिति बैठकले विधेयक फिर्ता लिन माग गर्ने निर्णय गरेको युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले जानकारी दिए । बैठकले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन पूर्ण समानुपातिक प्रणालीमा गर्नुपर्ने, स्ववियु निर्वाचनको निश्पक्षताका लागि स्वतन्त्र निर्वाचन केन्द्रीय समिति गठन […]
१६ माघ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभालाई जीवन्त राख्न प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् । ‘सबै कुराको सुरुवात हुने थलो भनेको संसद नै हो । यसलाई कसरी जीवन्त राख्न सकिन्छ, त्यसमा मेरो सक्दो प्रयास हुनेछ’ बिहीबार संसदीय मामिला पत्रकार समाजले सिंहदरबारमा गरेको कार्यक्रममा सभामुख सापकोटाले भने । सदनलाई जीवन्त बनाउनका लागि सबै पक्षसँग छलफल […]
१६ माघ, काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रबाट कृषि क्षत्रेमा हुने कर्जा काठमाडौं उपत्यका र आसपासकै क्षेत्रमा सबैभन्दा धेरे लगानी हुने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले ५७ जिल्लामा भएको कर्जा लगानी सम्बन्धी नयाँ रिपोर्ट सार्वजनिक गर्दै सबैभन्दा धेरै काठमाडौं क्षेत्रमै कृषि कर्जा लगानी भएको देखाएको हो । राष्ट्र बैंकले अध्ययन रिपोर्ट सार्वजनिक गर्दै […]
१६ माघ, काठमाडौं । चितवनमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माणका लागि सहयोग जुटाउन धुर्मुस सुन्तली फाउन्डेसनले महायज्ञ लगाउने भएको छ । माघ १९ देखि २६ गतेसम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणस्थलमा धनधान्यान्चल महायज्ञ लगाउने फाउन्डेसनले जनाएको छ । ३ अर्ब लागत अनुमान गरिएको रंगशाला निर्माणका लागि जनस्तरबाट सहयोग जुटाउनका लागि महायज्ञ गर्न लागिएको अध्यक्ष सीताराम कट्टेल […]
१६ माघ, जनकपुरधाम । तपाईंको घर प्रदेश २ मा छ ? र, वैदेशिक रोजगारमा जान चाहनुभएको छ ? तर रकमको अभावमा जान सकिरहनुभएको छैन भने अब त्यो चिन्ता हटाउँदा हुन्छ । विदेश जाने युवाका लागि प्रदेश सरकारले बिना धितो ऋण दिने व्यवस्था मिलाएको छ । प्रदेश सरकारले यस्तो व्यवस्था मिलाएसँगै विदेश जानकै निम्ति चर्को व्याजमा […]
१६ माघ, काठमाडौं । नेपाल इन्डिया चाईना एक्पो (नाईस) कार्यक्रम सरेको छ । आगामी फेब्रुअरी २२ देखी २५ सम्म काठमाडौंमा त्रिदेशीय ट्राभल एक्स्पो आयोजनाको तयारी थियो । तर, चीनमा फैलिएको कोरानो संक्रमणका कारण चिनियाँ प्रतिनिधिको सहभागिता अनिश्चित भएका कारण तत्कालका लागि कार्यक्रम पछिका लागि सारिएको प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले जनाएको छ । […]
१६ माघ, काठमाडौं । सरकारले विश्व विद्यालय अनुदान आयोगको रिक्त सदस्य पदमा प्रा. डा. धर्मकान्त बास्कोटा र प्रा. डा. रामकण्ठ मकाजु श्रेष्ठलाई नियुक्ति गरेको छ । दुबै जनालाई १३ माघमा बसेको मन्त्री परिषद् बैठकले सदस्यमा नियुक्त गरेको सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए । बास्कोटा त्रिभुवन विश्वविद्यालयका उपकुलपति हुन भने मकाजु काठमाडौं विश्व […]
from समाचार – Online Khabar https://ift.tt/37Qps2V
via IFTTT