समाचार
१३ माघ, ओखलढुंगा । ओखलढुंगामा सोमबार बिहान सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका छन् । चम्पादेवी गाउँपालिका–५ को सिद्धडाँडामा जीप दुर्घटना हुँदा सोही ठाउँका ५५ वर्षीय सन्तोष विश्वकर्माको घटनास्थलमै ज्यान गएको हो । गाउँबाट बिरामी लिएर ओखलढुङ्गा सदरमुकामस्थित मिसन अस्पताल आउँदै गरेको बा २१ च ७३६१ […]
१३ माघ, बुटवल । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पाल्पामा घरका छतमा राखिएका एनसेलका टावर तत्काल हटाउन र एनसेलको सिम बहिष्कार गर्न आग्रह गरेको छ । एनसेलले राज्यलाई तिर्नुपर्ने अर्बौं रुपैयाँ कर नतिरेको तर्क गर्दै विप्लवले एनसेलको प्रतिरोध गर्ने चेतावनी दिएको छ । नेकपा पाल्पाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै […]
१३ माघ, वीरगञ्ज । वीरगञ्जस्थित नेसनल मेडिकल कलेजका निर्देशक बसरुद्दीन अन्सारीको निवासअगाडि शंकास्पद वस्तु फेला परेको छ । वीरगञ्ज महानगरपालिका–१०, पानीट्याङकीस्थित अन्सारीको घरअगाडि सोमबार बिहान शंकास्पद वस्तु भेटिएको हो । घरअगाडि शंकास्पद वस्तु देखेपछि अन्सारी परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ घटनास्थल पुगेको प्रहरीले त्यस क्षेत्रको आवागमनमा रोक लगाएको छ । जिल्ला […]
१३ माघ, मकवानपुर । जिल्लाका दुई एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । भीमफेदी गाउँपालिका देउराली र हेटौंडा उपमहानगरपालिका– १५ मा रहेको एनसेल टावरमाथि गएराति आगजनी भएको हो । आगजनीबाट टावरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । घटनापछि देउरालीममा इलाका प्रहरी कार्यालय भीमफेदी र हेटौंडा उपमहानगरपालिका–१५ मा इलाका प्रहरी कार्यालय […]
१३ माघ, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आजदेखि नवौं चरणका खेल सुरु अहुँदैछ । आठौं चरणसम्मको खेल हुँदा उपाधि होड रोमाञ्चक बनेको छ । प्रत्येक चरणपछि उपाधिको समीकरण रोचक बन्दै गएको छ । नवौं चरणको पहिलो दिन उपाधिका दुई दाबेदार मछिन्द्र क्लब र थ्री स्टार क्लब भिड्दैछन् । दिउँसो ३ बजे दशरथ रंगशालामा […]
१३ माघ, काठमाडौं । नेपालमा एक वर्षभित्र २० लाख पर्यटक भित्र्याउने गरी ‘भ्रमण वर्ष २०२०’ मनाइँदैछ । तर, सन् २०१९ को तथ्यांक हेर्दा पर्यटक आगमनमा दर निराशाजनक देखिएको छ । यस वर्ष ८ लाख बढी पर्यटक भित्र्याउनु चुनौतीपूर्ण देखिएको छ । अध्यागमन विभागको तथ्यांक अनुसार एक वर्षको अवधिमा सन् २०१९ मा कुल ११ लाख ९७ […]
१३ माघ, धनगढी। कैलालीको गोदावरी नगरपालिकाबाट एक वडाध्यक्षसहित १६ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । नगरपास्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा गोदावरी नगरपालिका–१० का वडाध्यक्ष रवीन्द्र शाहीसहित १६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ । पक्राउ परेका अन्य व्यक्ति र उनीहरूको साथबाट बरामद गरिएका रकम तथा सामानबारे भने प्रहरीले खुलाएको छैन । […]
१३ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स लागत घटाउनु पर्ने निश्कर्ष निकालेको छ । वैधानिक च्यानलबाट रेमिट्यान्स भित्र्याउने क्रम बढाउनका लागि रेपिमट्यान्स लागत घटाउनु पर्ने राष्ट्र बैंकले निश्कर्ष निकालेको हो । राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख डा. गुणाकरण भट्टको नेतृत्वमा रेमिट्यान्स सम्बन्धी गरी आइतबारमात्रै प्रतिवेदन सार्वजनिक गरिएको छ । रेमिट्यान्सको ठूलै हिस्सा अवैधानिक च्यानलबाट […]
१३ माघ, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार अग्निप्रसाद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएकोमा ०४८ सालका सभामुख दमननाथ ढुंगानाले सफलताको शुभकामना दिएका छन् । सापकोटा चुनौती नै चुनौतीका बीचमा सभामुख बनेको ढुंगानाको प्रतिक्रिया छ । ‘बाहिरकाले विवादित छवि देखे पनि संसदले उहाँलाई योग्य र वैध देखेको छ’ पूर्वसभामुख ढुंगानाले अनलाइनखखबरसँग भने, ‘सापकोटाजी […]
१३ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालमा कोरोना भाइरसको भयावह अवस्था नहरेको बताएका छन् । भाइरसकै कारण नेपाल आउने पर्यटकले असुरक्षित नरहेको उल्लेख गर्दै उनले यसमा सरकार सचेत रहेको बताए । मन्त्रालयले सोमबार पर्यटन र हवार्इ उद्योग संघसँग सम्बन्धित सरोकारवाला निकायसँग कोरोना भाइरसको प्रकोप र नेपालको तयारीबारे छलफल गरेको […]
१३ माघ, काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाले आन्तरिक लेखापरीक्षक प्रमुखलाई नै नगर शिक्षा अधिकारीको जिम्मेवारी दिएको छ । नगरपालिकाका आन्तरिक लेखापरीक्षक प्रमुख एकलबहादुर राउतलाई नियमविपरीत नगर शिक्षा अधिकारीको जिम्मेवारी दिइएको हो । कानूनतः आन्तरिक लेखापरीक्षकको काम संस्थाको बेथिति र अनियमितता औंल्याउँदै आर्थिक सुशासन र पारदर्शिता कायम गर्नु हो । तर त्रियुगा नगरपालिकाले आम मान्यताविपरीत ०७६ […]
१३ माघ, काठमाडौं । एफए कप फुटबलको अन्तिम ६ मा प्रवेश गरेका दुई म्यानचेष्टर क्लबले फराकिलो जित हात पारेका छन् । म्यानचेष्टर सिटीले च्याम्पियनसिप क्लब फुलहमलाई ४–० ले हरायो भने म्यानचेष्टर युनाइटेडले तेस्रो श्रेणीको क्लब ट्रानमेर रोभर्सलाई ६–० ले पराजित गर्यो । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको टिम लिभरपुल भने बराबरीमा रोकिएको छ । कर्टिस […]
१२ माघ, काठमाडौं । विश्व बास्केटबल लेजेण्ड कोब ब्रायन्ट, उनकी छोरी जियानासहित ९ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । ब्रायन्ट सवार निजी हेलिकप्टर क्यालिफोर्निया राज्यको कालाबासासमाथि दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हो । ब्रायन्ट सवार हेलिकप्टर आगलागी भएपछि दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । लस एन्जलस प्रहरीका अनुसार हेलिकप्टरमा रहेका सबै […]
१३ माघ, काठमाडौं । आइतबार प्रतिनिधिसभाले गरेको सभामुख चयन र कोरोना भाइरसको बढ्दो प्रकोपमाथि आजका दैनिक अखबारहरू केन्द्रित भएका छन् । यसबाहेक एमसीसी, नेपाल–भारत सीमा बैठकलगायतका विषयलाई पनि पत्रपत्रिकाहरूले समेटेका छन् । ‘एमसीसी पारित गर्न संकल्प प्रस्ताव’ शीर्षक दिएर कान्तिपुरले आज मुख्य समाचार बनाएको छ । समाचार अनुसार सरकारले एमसीसीसँग जोडिएका आशंका निवारण गर्ने उद्देश्यसहित […]
१२ माघ, पोखरा । प्रदेशसभाको हिउँदे अधिवेशन सुरु भएको छ । सांसद राजीव गुरुङको हर्कतदेखि प्रदेशसभामा सांसदले उठाएका सवालको जवाफ दिन सरकारले ढिलाइ गरेको भन्दै भएको नियमापत्तिसम्मले आइतबारको संसद बैठक रोचक बन्यो । विशेष समयमा बोल्ने सांसदहरुले राजीव गुरुङले संसदकै गरिमामाथि ठेस पुर्याएको भन्दै घटनाबारे नेपाल कम्युनिस्ट पार्टी -नेकपा) र सरकारसँग जवाफसमेत मागे । विकास […]
१२ माघ, सिरहा । गृहकार्य नगरेको भन्दै सिरहाको मिर्चेया नगरपालिका ६ स्थित स्वस्तिक पाठशालामा अध्ययनरत बालकलाई शिक्षकले कुट्दा हात भाँचिएको छ । पाठशालाको छात्रावासमा रहेर अध्ययन गर्दै आएका सिरहा नगरपालिका वडा नम्बर २ का १३ बर्षीय बालक ऋतिक यादवको हात भाँचिएको हो । कक्षा ६ मा अध्ययन गर्दै आएका ऋतिकलाई नेपाली बिषयका शिक्षक तारा कार्कीले […]
१२ माघ, जनकपुरधाम । प्रदेश २ को स्थायी राजधानी जनकधपुरधाम नै रहने भएको छ । प्रदेशसभाका सभामुख सरोजकुमार यादव नेतृत्वमा रहेको विशेष संसदीय समितिले प्रदेशको स्थायी राजधानीबारे सहमति जुटाएको हो । ‘सबै दलको सहमतिमा राजधानी तोक्ने काम भएको छ’ उनले भने, ‘संसदीय प्रक्रिया भने पूरा गर्न बाँकी छ ।’ यादवका अनुसार प्रदेश राजधानीको सीमा उत्तरमा […]
१२ माघ, काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् । आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए । नेम्वाङको प्रस्तावलाघ नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती र राष्ट्रिय […]
१२ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कले चीनबाट नेपाल आएका एक जना अमेरिकी नागरिकलाई कोरोना भाइरस संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पताल पठाएको छ । चीन ट्रान्जिट बनाएर नेपाल आएका उनलाई विमानमै ज्वरो आएकाले थप परीक्षणका लागि अस्पताल पठाइएको हो । विमानस्थल स्रोतले भन्यो, ‘चीनमा तीन घण्टामात्रै बिताएका रहेछन् […]
१२ माघ, काठमाडौं । ‘सभामुख निर्वाचित गर्न यथेष्ट मत रहेको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको र सभामुख पद आफैंमा तटस्थ रहनुपर्ने पद भएको कुरालाई ध्यानमा राख्दै नेपाली कांग्रेस संसदीय दल आफ्नो तर्फबाट सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गर्दछ’ सभामुख चुन्न आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद मिनेन्द्र रिजालले भने, ‘हाम्रो निर्णय यति मात्र हो […]
१२ माघ, काठमाडौं । यो आर्थिक वर्षको पहिलो ६ महिनासम्म सरकार राजस्वको लक्ष्य भेट्नबाट एक खर्बभन्दा बढी रुपैयाँले टाढा छ । एक वर्षसम्म यही गति कायम रहेमा यस्तो दूूरी २ खर्बसम्म पुग्यो भने सरकारले चालु खर्चका लागि नै ऋण नै उठाउनुको विकल्प हुने छैन । वर्षैपिच्छे जुन दरले आयात बढ्छ, त्यही नै दरमा राजस्व पनि […]
from समाचार – Online Khabar https://ift.tt/36pGbIx
via IFTTT