समाचार
महिलाले मात्र विद्यालय सञ्चालन गर्दा समग्र शैक्षिक सुधार कति राम्रो हुँदो रहेछ भन्ने यहाँस्थित एक विद्यालयले पुष्टि गरेको छ । घोराही उपमहानगरपालिका–११ मा अवस्थित बालकल्याण मावि, खैराले सो पुष्टि गरेको हो । बिहानको प्रार्थनाको लागि घण्टी बजाउने कार्यालय सहयोगीदेखि प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षिका, अन्य कर्मचारी महिला छन् । प्रधानाध्यापक श्यामा रावत विगत तीन वर्षदेखि विद्यालयको […]
१७ माघ, बाँके । पटकपटकको हिउँदे वर्षाले बाँकेमा लगाइएका आलुलगायतका तरकारीबालीमा क्षति पुगेको छ । जिल्लाका किसानले लगाएका आलु, गोलभेँडा, काउली, बन्दा, खुर्सानीजस्ता सागसब्जीमा हिउँदे वर्षाले क्षति पुगेको कृषि ज्ञान केन्द्र, बाँकेका बाली संरक्षण अधिकृत सकिल अहमदले जानकारी दिए । उनका अनुसार, तरकारीको प्रकृति हेरेर ७५ प्रतिशतसम्म क्षति पुगेको छ । यस जिल्लामा छ हजार […]
१७ माघ, काठमाडौं । चावहिल चोकमा पैदल यात्रुका लागि आकाशे पुल निर्माण कार्य शुरु भएको छ । बिहीबार काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले पुल निर्माणको शिलान्यास गरेर निर्माण कार्यको शुभारम्भ गरे । फलामे यो पुल निर्माणको लागत १ करोड २१ लाख ३३ हजार ८४३ रुपैयाँ अनुमान गरिएको छ । बोलपत्र आह्वान हुँदा आएका प्रस्तावमध्ये कान्छामान […]
१७ माघ, धनगढी । नेकपा केन्द्रीय समिति बैठकमा सहभागी हुन मन्त्री हिँडेपछि सुदूरपश्चिम प्रदेशसभाको शुक्रबारका लागि तय बैठक स्थगित भएको छ । सुदूरपश्चिम प्रदेशसभाकाे शुक्रबारका लागि बाेलाइएकाे बैठकमा एफएम रेडियो र टेलिभिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ लाई विषयगत समितिमा लैजाने कार्यसूची थियो । तर आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह नेकपाको केन्द्रीय समिति […]
१७ माघ, काठमाडौं । युरोपेली युनियन (ईयू) मा संगठित भएको ४७ वर्षपछि बेलायत यसबाट आज अलग हुँदैछ । बेलायती संसदसँगै युरोपेली संसद्ले समेत ईयूबाट बाहिरिने अनुमति दिएपछि शुक्रबार राति ११ बजे बेलायत इयूबाट अलग हुन लागेको हो । ब्रसेल्सस्थित युरोपेली संसद्मा बुधबार भएको मतदानमा ६ सय २१ सांसदले बहिर्गमन सम्झौता अनुमोदनको पक्षमा मत दिएका थिए […]
१७ माघ, काठमाडौं । उखु किसानहरू उद्योगीबाट त ठगिए नै सरकारबाटसमेत ठगिएका छन् । किनभने सरकारले अनुदानबापत दिने रकम उखु किसानलाई दिएकै छैन । तराईमा उखु खेती गरिने ८ जिल्लाका ९ उद्योगबाट किसानले पाउनु पर्ने बक्यौता रकम ८८ करोड हाराहारी छ जबकि, सरकारले किसानलाई दिनुपर्ने अनुदानबापतको रकम भने एक अर्ब ११ करोड छ । सरकारले […]
१७ माघ, गोरखा । गोरखा नगरपालिका-१० स्थित गोरखकाली क्रसर उद्योगको टिपरले ठक्कर दिँदा स्थानीय एक महिलाको मृत्यु भएको छ । स्थानीय एक विद्यालयमा दूध पुर्याउन जाँदै गरेकी ५२ वर्षीया मनमाया तामाङलाई शुक्रबार विहान ग १ ख ८०२७ नम्बरको टिपरले ठक्कर दिएको थियो । गोरखा नगरपालिका १० अमलापानी घर भएकी मनमाया भुइँमा लडेपछि ब्याक गरेर किचेर […]
१७ माघ, काठमाडौं । चीनमा फैलिरहेको नयाँ कोरोना भाइरसले विश्वव्यापी स्वास्थ्य आपतकाल निम्त्याएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले घोषणा गरेको छ । चीन हुँदै अन्य देशमा समेत कोरोना भाइरसको संक्रमण फैलन थालेपछि डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो । ‘यो घोषणाको मुख्य कारण चीनमा के भइरहेको छ भन्ने होइन कि अन्य देशमा के भइरहेको […]
१७ माघ, वीरगञ्ज । वीरगञ्जमा बिहीबार मध्यरातमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । दुर्घटनामा परी बाराको परवानीपुर गाउँपालिका-५ बहुअरी बस्ने १६ वर्षीय आकाश पटेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ । फेटा गाउँपालिका १ भलुही बस्ने १७ वर्षीय धिरेन्द्र दास, वीरगञ्ज-१० रानीघाट बस्ने […]
१६ माघ, काठमाडौं । बंगलादेशको गाइबन्धाका ४४ वर्षीया दुला मियाँ राम्रोसँग लेखपढ गर्न जान्दैनन् । ज्याला मजदुरी गरेर जीविका चलाइरहेका उनलाई वैदेशिक रोजगारीमा गएर राम्रो आम्दानी गर्ने चाह थियो । तर, न उमेरले साथ दिइरहेको थियो न बंगलादेशबाट विदेश जान सहज नै थियो । उल्लेख्य कमाइ गर्ने बाटोको खाजीमै रहेका वेला मियाँ एक जना विचौलियासम्म […]
१६ माघ, काठमाडौं । मन्त्रिपरिषद्को १३ माघमा बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि एक वर्ष थप गर्ने, विश्वविद्यालय अनुदान आयोगमा दुई सदस्य नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिको अध्यक्षमा डा. निर्मल लामिछानेलाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल […]
१६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तर्थ समितिको गठन गरेका छन् । जसअनुसार अध्यक्षमा ४८ वर्षीय राजीव ढुंगाना, महामन्त्री मनोज वैद्य र महेश्वरी कुँवर रहेका छन् । तदर्थ समितिलाई ६ महिनाभित्र नेविसंघको १२ औं महाधिवेशन गर्ने जिम्मेवारी तोकिएको छ । सुनसरी घर भएका ४८ वर्षीय […]
१६ माघ, काठमाडौं । उपत्यकामा आजभोलि जताततै स्पा एवं साउनासहितका हेल्थ क्लबहरु खुलेका छन् । होटलबाट सुरु भएको साउना संस्कृति झाँगिँदै गर्दा बिहीबार ललितपुरमा साउनाभित्रै एक जोडीले ज्यान गुमाउनुपर्यो । साउनाभित्र नाङ्गै बसेर जाडो भगाउने र रिफ्रेस हुने उद्देश्यले पुगेका श्रीमान–श्रीमती दुबैले गुम्सिलो तातो कोठाभित्रै ज्यान गुमाएका हुन् । ललितपुर महानगरपालिका–१४ मा ‘फिट एन्ड फाइन’ […]
१६ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुले एमसीसी संसदबाट पारित गर्नुअघि पार्टीभित्र विज्ञ सम्मिलित कार्यदल बनाएर सबैका चासो र आशंकाहरुलाई सम्बोधन गर्न मुख्य नेतृत्वलाई सुझाव दिएका छन् । एमसीसी पारित गर्नै हुन्न भन्ने मत पार्टीभित्र झिनोरुपमा देखिएको छ । नेकपाको बैठकमा देखिएको वैचारिक बहसबारे चर्चा गर्नुपूर्व पेरिसडाँडा, धुम्बाराही र सभागृहसमेत […]
१६ माघ, बुटवल । प्रदेश न ५ मा प्रदेश जनस्वास्थ्य प्रयोगशाला कार्यालय स्थापना गरिएको छ । प्रयोगशालाको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरे । उनले जनस्वास्थ्य मानवसंग प्रत्यक्ष जोडिएकाले मन्त्रालयले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकता दिएको बताए । मन्त्री बरालले वजारमा स्वास्थ्य प्रयोगशालाहरुविच अस्वस्थ प्रतिस्पर्धा देखिएको बताउदै स्वास्थ्य क्षेत्रको लागि त्यो उचित […]
१६ माघ, पोखरा । पोखरामा ३ सय शैय्याको नर्सिङ अस्पताल खुल्ने भएको छ । पोखरा नर्सिङ क्याम्पसले पोखरा रामघाटमा नर्सिङ शिक्षण अस्पताल खोल्न लागेको हो । क्याम्पसले गुणस्तरीय नर्सिङ जनशक्ति उत्पादन र सेवा दिने उद्देश्यसहित अस्पताल चलाउन लागेको जनाएको छ । अस्पताल निर्माण सुरु गर्न गण्डकी प्रदेश सरकारले यो आर्थिक वर्षमा १ करोड रुपैयाँ बजेट […]
१६ माघ, काठमाडौं । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकबाट पत्रकारको लाइसेन्सको जाँच लिने व्यवस्था हटाउन माग गरेको छ । बिहीबार विज्ञप्ति जारी गरी महासंघले पत्रकारको लाइसेन्स जाँच लिने प्रावधान संविधानको मर्म र भावना विपरीत हुनुका साथै प्रेस स्वतन्त्रता विरोधी पनि भएको बताएको छ । महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा लाइसेन्स जाँच लिनेलगायतका प्रेस स्वतन्त्रताविरोधी […]
१६ माघ, पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को व्यवस्थापकीय जिम्मा १ वर्ष म्याद थप गरेर राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) लाई नै दिइएको छ । २०७२ सालमा सरकारले एक्याप व्यवस्थापनको जिम्मा ५ वर्षलाई एनटीएनसीलाई दिएको थियो । पुस मसान्तसम्ममा समुदायलाई हस्तान्तरण गर्ने सर्तसहित संरक्षण कोषलाई एक्याप व्यवस्थापनको जिम्मा लगाएको सरकारले फेरि १ वर्ष […]
१६ माघ, वीरगञ्ज । हङकङबाट आयात भएका दुईवटा साना गाडी धादिङबाट नियन्त्रणमा लिएर वीरगञ्ज भन्सार कार्यालय फिर्ता लगिएको छ । साउथ चाइना एक्जिम लिमिटेड वीरगञ्ज भन्सारबाट मंगलबार जाँचपास भएको गाडी धादिङको आदमघाटबाट नियन्त्रणमा लिई रिचेकमा हालिएको हो । भन्सारका अधिकारीहरुले गाडी रिचेकमा हाल्ने निधोमा पुगेपछि कर्मचारीले गाडी खोजेका थिए । गाडी नियन्त्रणमा लिन सुरुवातमा एजेन्टलाई […]
१६ माघ, बुटवल । बुद्धको अस्तु धातु रहेको रामग्रामलाई लुम्बिनीसँग जोडेर एकीकृत विकास गर्ने गरी रामग्राम स्तूप क्षेत्रको गुरुयोजना बनेको छ । बुद्धको जीवनीसँग अभिन्नरुपमा जोडिएको स्थल भएर पनि पूर्वाधार निर्माण र प्रचारप्रसारको अभावमा यो क्षेत्र ओझेलमा परेपछि गुरुयोजना बनाएर विकास गर्न लागिएको हो । राज्यले उपेक्षा गरेको भन्दै आलोचना र छुट्टै रामग्राम विकास कोषको […]
१६ माघ, विराटनगर । ११ वर्षकी बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दुईजनालाई आजीवन काराबासको सजाय सुनाइएको छ । विराटनगर महानगरपालिका ८ कि ११ वर्षकी बालिकाको अपहरण गरी सामूहिक बलात्कारपछि हत्या गर्ने २५ बर्षका अब्वास अन्सारी र १९ बर्षका चन्दु महतोलाई जिल्ला अदालत मोरङले बिहीबार आजीवन कैद सजाय सुनाएको हो । २०७५ माघ १२ […]
from समाचार – Online Khabar https://ift.tt/36HgaVi
via IFTTT