समाचार
१५ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा मङ्गलबार एकै दिन दुई गैँडा मरेका छन् । यी सँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैँडाको सङ्ख्या १३ पुगेको छ । सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज क्षेत्रमा हुन् । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जको तमासपुर क्षेत्रमा अन्दाजी १८/२० वर्षको पोथी गैँडा […]
१५ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा मंगलबार एकै दिन दुई गैँडा मरेका छन् । यी सँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैँडाको सङ्ख्या १३ पुगेको छ । सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज क्षेत्रमा हुन् । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जको तमासपुर क्षेत्रमा अन्दाजी १८/२० वर्षको पोथी गैँडा मृतावस्थामा […]
१५ माघ, बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैक लि. र बाँकेको नेपालगञ्ज मेडिकल कलेज बीच बैंकका ग्राहकलाई उपचार सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार शाइन रेसुंगा डेभलपमेण्ट बैंकका खातावाल ग्राहकहरुले उक्त मेडिकल कलेजमा उपचार गराउँदा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने छन् । मेडिकल कलेजले बैंकका ग्राहकहरुको स्वास्थ्य जाँच, प्याथोलोजी, शल्यक्रिया र […]
१५ माघ, काठमाडौं । अस्ट्रेलियाका केही वैज्ञानिकहरूले आफूहरूले विश्वभरि त्रासका रूपमा फैलिरहेको कोरोना भाइरस नामक जीवाणुको नक्कल (कपी) बनाएको दाबी गर्दै यसबाट रोगको पहिचान र उपचारमा सहयोग पुग्न सक्ने अपेक्षा गरेका छन् । कोरोना भाइरस उत्पत्ति भएको मुलुक चिनभन्दा बाहिर यसरी उक्त भाइरसको कपी गरिएको यो पहिलोपटक भएकाले वैज्ञानिकहरूले यसलाई ‘महत्वपूर्ण उपलब्धि’ बनेका छन् । […]
१५ माघ, काठमाडौं । गत शुक्रबार राष्ट्रिय वाणिज्य बैंकको ५५ औं वाषिर्कोत्सवलाई सम्वोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ‘फिक्स्ड ब्याजदर’ को विषय उठान गरे । उनले दीर्घकालीन कर्जा लिनेहरुका लागि स्थिर ब्याजदर कायम गर्न निर्देशन नै दिएका थिए । बैंकहरुले बुधबारदेखि नै ‘फिक्स्ड ब्याजदर’ नीति कार्यान्वयनमा ल्याएका छन् । बुधबार ३ वाणिज्य बैंकहरुले नयाँ ब्याजदर […]
१५ माघ, पोखरा । सर्वोच्च अदालतले फेवाताल संरक्षण गर्न आफूले गरेको फैसला कार्यान्वयनको प्रगति सरकारसँग माग गरेको छ । सर्वोच्चको फैसला कार्यान्वयन नगरेको भन्दै अधिवक्ता खगेन्द्र सुवेदीले दायर गरेको अदालतको अवहेलना मुद्दामा मंगलबार सुनुवाई गर्दै न्यायाधीश प्रकाशमान सिंह राउत र प्रकाशकुमार ढुंगानाको इजलासले कुन सरकारले कुन मितिमा फैसला कार्यान्वयनमा कति काम गरे प्रगतिको विस्तृत विवरण […]
१५ माघ, गोरखा । अजिरकोट गाउँपालिकामा एक वा दुई छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गरेका दम्पत्तिका दुवै छोरीहरुले ११ र १२ कक्षा निशुल्क पढ्न पाउने भएका छन् । चालु आर्थिक वर्षबाट गाउँपालिकाले उनीहरुलाई ११ र १२ को शिक्षाका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको हो । ‘छोरी भए पुगेसरी निशुल्क शिक्षा’ कार्यक्रम अन्तर्गत छात्रवृत्ति उपलब्ध गराइने […]
१५ माघ, काठमाडौं । भारतको मोतीहारीदेखि चितवनको लोथरसम्म खाना पकाउने एलपी ग्यास पाइपलाइन विस्तार आयोजनाबाट सरकार पछि हटेको छ । यो आयोजनाले नेपालाई फाइदा नदिने भन्दै प्रधानमन्त्रीले असहमति जनाएको निगम उच्च स्रोतले बतायो । केही वर्षभित्रै देशमा विद्युतको उत्पादन प्रशस्त हुने तथा ग्यासको विकल्पमा विद्युत् खपत बढाउन राज्यले नीति लिने भन्दै प्रधानमन्त्रीले ग्यास पाइपलाइन आयोजना […]
१५ माघ, रौतहट। तराई-मधेसमा मधेसी नेशनल पार्टीको नाममा आतंक मच्चाउने भूमिगत समूहका एक जना भारतीय युवकलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारीका चाँद अली रहेका छन् । अली नेपाल प्रवेश गर्दै गरेको सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय रौतहटको विशेष टोलीले मंगलबार राति साढे १२ बजे उनलाई नियन्त्रणमा लिएको हो […]
१५ माघ, गलेश्वर । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको विकट कुइनेमङ्गलेमा अक्करेभिर फोडेर मंगलबार मोटर बाटो पुर्याएपछि गाउँलेले नाचगान गरेर खुशियाली मनाएका छन् । पात्लेखर्कमा ९३ वर्षीय रिबहादुर छन्त्याल पैदल छिचोल्नसमेत मुस्किल पर्ने अक्करे पहाडलाई काटेर मोटरबाटो गाउँमा पुगेपछि हर्षविभोर हुँदै छमछमी पुख्र्यौली नाच नाचेका थिए । घरआँगानमै मोटरबाटो पुगेपछि अर्का वृद्ध ८५ वर्षीय चित्रबहादुर पुनसमेत फुरुङ्ग […]
१४ माघ, काठमाडौं । अघिल्लो मंगलबार दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा राती २ बजेसम्म सहि-सलामत रहेका ८ जना भारतीय पाहुना बिहान ८ बजे ढोका खोल्दा बेहोस अवस्थामा भेटिएका थिए । त्यसपछि कर्मचारीले प्रहरी बोलाए, प्रहरी आएर हेलिकोप्टर मगाईयो, काठमाडौंबाट गएको हेलिकोप्टरले अचेत अवस्थाका व्यक्तिलाई काठमाडौं ल्याएर अस्पताल भर्ना गरियो । उनीहरुलाई अस्पताल भर्ना गर्नासाथ चिकित्सकले मृत […]
१५ माघ, हेटौंडा । मकवानपुर प्रहरीले गोली प्रहार गरी ३२ किलो गाँजासहित तस्करीमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार राति साढे १२ बजेतिर हेटौंडा–११, थाना भर्याङमा भारतीय नम्बर प्लेटको बीआर ०६जी ४४५७ नम्बरको कारलाई रोक्न खोज्दा भैरबडाँडातर्फ भागेपछि प्रहरीले कारको टायरमा गोली हानी उनीहरुलाई नियन्त्रणमा लिएको हो । मकवानपुरको मनहरीबाट लागूऔषध गाँजा बोकेर […]
१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही पनि काम भएन भनेर भएको प्रचार सही नभएको बताएका छन् । सरकारले युगान्तकारी काम गरिरहेको उनको दाबी छ । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने, ‘केही पनि काम भएन भनिन्छ । त्यस्तो होइन । प्रचार नभएको हुनसक्छ […]
१४ माघ, विराटनगर । झापा बिर्तामोडका एक युवकको हत्या गरी मोरङ र सुनसरीको सीमा क्षेत्रमा पर्ने केसलिया खोला किनारमा शव फालेको खुलेको छ । मंगलबार बिहान केसलिया खोला किनार नजिकै रहेको बासघारीमा विभत्स अवस्थामा शव फेला परेको थियो । अनुसन्धानका क्रममा शव झापा बिर्तामोड घर भएका २० वर्षीय अभिषेक कट्वालको हत्या भएको खुलेको हो । […]
१४ माघ, काठमाडौं । ठूलो प्रिन्टरले काम थालेपछि गत मंसिर दोस्रो साता यातायात व्यवस्था विभागले भन्यो, ‘४ महिनाभित्र सबै बाँड्न बाँकी स्मार्ट लाइसेन्सको छपाइ सक्छौं ।’ तर, विभागले अझै यो मेसिनलाई पूर्ण क्षमतामा उपयोग गरेको छैन भने स्मार्ट लाइसेन्सको गाँठो फुकाउने योजना बनाउनसमेत बनाउन सकेको छैन । यसले गर्दा स्मार्ट लाइसेन्सको समस्या लामै समय कामय […]
१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्राकृतिक धक्का भनेर कोराना भाइरसतिर संकेत गरेको स्पष्टीकरण दिएका छन् । मंगलबार संसद बैठकलाई सम्बोधन गर्दै उनले २०२० को सरुमा नै प्राकृतिक रुपमा धक्काको संकेत देखिएको बताएका थिए । लगत्तै बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले कसले धक्का दिँदैछ भन्दै प्रश्न गरे । बुधबार सत्तारुढ नेपाल कम्युनिस्ट […]
१५ माघ, काठमाडौं । आगामी चैत २९ गते हुने उद्योग वाणिज्य महासंघको चुनावमा दुईजना बहालवाला उपाध्यक्षहरु एकै कित्तामा उभिने भएका छन् । वर्तमान ३ उपाध्यक्षमध्ये चन्द्र ढकाल र उमेशलाल श्रेष्ठ एकै कित्तामा उभिने भएका हुन् । यी दुईबीच चुनावमा कसरी अघि बढ्ने भन्नेमा सहमति भइसकेको छ । चुनाव नजिकिँदै जादा आकांक्षीहरुले दौडधुप तीब्र बनाएका छन् […]
१५ माघ, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक राजधानीमा सुरु भएको छ । राष्ट्रियसभा गृहमा बुधबार बिहान नेकपा केन्द्रीय समिति बैठक सुरु भएको हो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि दोस्रो पटक जम्बो केन्द्रीय समितिको बैठक बसेकाे हाे । बैठकको सुरुमै सम्बोधन गर्दै प्रधानमन्त्री केपी […]
१५ माघ, काठमाडौं । मनाङ मर्स्याङ्दी गत वर्षको लिग च्याम्पियन टिम हो । अनि संकटा क्लब मनाङभन्दा पछि रहँदै उपविजेता बनेको थियो । गत वर्ष मनाङले लगातार १२ खेल जित्दै लिग उपाधि पक्का गरे पनि अन्तिम खेलमा हार व्यहोरेको थियो । संकटाले पनि लिगमा उत्कृष्ट प्रदर्शन गरेको थियो। यस पटक मनाङले उपाधि रक्षा गर्ने अभियानलाई […]
१५ माघ, पोखरा । कात्तिक दोस्रो हप्तादेखि बन्द भएको पोखरा महानगरभित्र चल्ने गाडीमा लागु भएको इटिकेटिङ अझै सुरु हुन सकेको छैन । इटिकेटिङ लागु भएको २ महिनामै असफल भएपछि पुनः सुरु हुन नसकेको हो । पोखरा महानगरभित्र चल्ने सार्वजनिक गाडीमा विद्युतीय टिकट (इटिकेटिङ) लागु गर्न पोखराका बस व्यवसायी, महानगर र महानगरबीच गत चैत ३ गते […]
१५ माघ, काठमाडौं । भारतमा कक्षा ४ मा अध्ययनरत एक विद्यार्थीविरुद्ध देशद्रोहको मुद्दा दर्ता भएको छ । नागरिकता ऐन संशोधनसम्बन्धी नाटकमा अभिनय गरेको आरोपमा एक विद्यालयका विद्यार्थीलाई कर्नाटक प्रहरीले देशद्रोहसम्बन्धी मुद्दा लगाएको भारतीय सञ्चार माध्यमले जनाएको छ । भारतको समसामयिक विषयमा बनेको नाटक व्यवस्थापनविरुद्ध पनि मुद्दा दर्ता भएको छ । नाटकले राजद्रोह र शान्ति भंग […]
from समाचार – Online Khabar https://ift.tt/2t83Yzl
via IFTTT