Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सञ्चारमन्त्रीको आक्रोश : पत्रकारिता क्षेत्र छुट्टै धातुले बनेको हो ?

१७ माघ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले स्वतन्त्र प्रेसमैत्री कानूनका लागि कुनै आन्दोलन गर्नुनपर्ने बताएका छन् । कानूनहरु सबै लोकतान्त्रिक बन्ने भन्दै उनले सानातिना न्यान्द्रो समातेर कराउन नपर्ने टिप्पणी गरे । नेपाल टेलिभिजन इटहरीको शुक्रबार शुभारम्भ गर्दै उनले भने ‘कानूनहरु लोकतान्त्रिक हुन्छ, एउटा त्यान्द्रो समातेर धेरै कराउनुपर्दैन छलफलका ठाउँ बाँकी छ । […]

प्रचार नहुँदा रामेछापको स्थानापति महादेव ओझेलमा

१७ माघ, रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका-९ पुरानागाउँमा रहेको ऐतिहासिक तथा धार्मिक तीर्थस्थलको रुपमा रहेको स्थानापति महादेव मन्दिर प्रचार अभावमा ओझेलमा परेको छ । स्थानापति महादेवस्थान काठमाडौंको पशुपति, पूर्वी नेपालको हलेसी महादेव जत्तिकै महत्वको महादेव मन्दिर भएको स्थानीयवासीको भनाइ छ । यो मन्दिरको इतिहास धेरै वर्र्ष पुरानो रहेको स्थानापति मावि पुरानागाउँका शिक्षक प्रकाश पुरीले […]

कमल थापाको प्रतिवेदन : धर्मपरिवर्तनको डढेलो फैलियो, सरकार सर्वसत्तावादतर्फ उन्मुख

१७ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तीब्र गतिमा इसाइकरण हुने देशमा नेपाल पहिलो नम्बरमा रहेको बताएका छन् । शुक्रबार सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष थापाले धर्मनिरपेक्षताको आडमा फैलिएको धर्मपरिवर्तनको डढेलोलाई समयमै नियन्त्रण गर्न नसके नेपालको राष्ट्रिय पहिचान नै समाप्त हुने बताएका छन् । त्यस्तै सामाजिक, सांस्कृतिक […]

कुखुराको मासु किलोमै १६० रुपैयाँ महँगियो

१७ माघ, काठमाडौं । गत मंसिर २९ देखि पुस ६ गतेसम्म चितवनमा चलाइएको अण्डा नष्ट गर्ने अभियान (चिकेन होलिडे) पछि बजारमा कुखुराको मासूको मूल्य आकाशिएको छ । चल्ला उत्पादकको आन्दोलनअघि काठमाडौं उपत्यकामा कुखुराको तयारी मासुको प्रतिकिलो मूल्य २१० रुपैयाँ थियो । अहिले मूल्य बढेर प्रतिकिलो ३ सय ७० रुपैयाँ पुगेको छ । १० दिनसम्म चल्ला […]

सिन्धुलीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

१७ माघ, काठमाडौं । वीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका-५ खनियाखर्कमा शुक्रबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका-६ का अन्दाजी ३३ वर्षीय सूर्यनारायण चौधरी रहेका छन् । पूर्वबाट काठमाडौंतर्फ गइरहेको स १ च १००९ नम्बरको जिप अनियन्त्रित भइ दुर्घटना हुँदा चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । […]

नेकपा बैठकमा समूहगत छलफलका सुझाव प्रस्तुत हुँदै

१७ माघ,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलमा उठेका विषय टोली नेताहरुले शुक्रबार प्रस्तुत गर्दैछन् । राष्ट्रियसभागृहमा जारी केन्द्रीय कमिटी बैठकमा १५ वटा टोली नेताले रिपोर्टिङ गर्नेछन् । यसअघि बिहीबार समूहगत छलफल नटुंगिएपछि कतिपय समूहको छलफल शुक्रबार पनि चलेको छ । समूहगत छलफलमा उठेका विषय टोली नेता र उपेनताले […]

सञ्चार माध्यम देश र जनताप्रति निष्ठावान हुनुपर्छ : प्रधानमन्त्री ओली

१७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यम देश र जनताप्रति निष्ठावान हुनुपर्ने बताएका छन् । शुक्रबार नेपाल टेलिभिजनको इटहरी च्यानलको औपचारिक सुभारम्भ गर्दै उनले सञ्चार माध्यमले निराशा फैलाउने र अरुलाई हानी पुर्‍याउने काम गर्न नहुने बताए । ‘सञ्चार माध्यम देश र जनताप्रति प्रतिवद्ध र निष्ठावान पनि हुनुपर्छ’ उनले भने ‘अरुलाई दुख दिएर, […]

सुर्खेतमा ट्रकले ठक्कर दिँदा ट्याक्टर चालकको मृत्यु

१७ माघ, काठमाडौं । सुर्खेत वीरेन्द्रनगरको जुम्लारोडस्थित पिपिरा चोक नजिकै शुक्रबार बिहान ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक जाजरकोटको चुनीचाँदे गाउँपालिका-७ का ३४वर्षीय प्रेम कार्की रहेका छन् । सुब्बाकुनाबाट वीरेन्द्रनगर बजारतर्फ आउँदै गरेको भे१त ७५८९ नम्बरको ट्याक्टरलाई पछाडीबाट आइरहेको लु१ख ७६७० नम्बरको ट्रकले ठक्कर दिँदा उनको मृत्यु […]

यौन दुर्व्यवहार आरोपमा एसएसपी राणा निलम्बित

१७ माघ, काठमाडौं । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई निलम्बन गरेको छ । संघीय प्रहरी इकाइ धरानमा कार्यरत् राणाले एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई निलम्बन गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता सह–सचिव केदारनाथ शर्माले उनलाई बिहीबार निलम्बन गरिएको अनलाइनखबरलाई बताए । साथै, गृहले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पनि […]

औषधी पसलमा पेट्रोल छर्केर आगजनी

१७ माघ, जनकपुरधाम । जनकपुरधामस्थित प्रदेश २ को प्रादेशिक अस्पताल अगाडिको एक औषधी पसलमा आगजनी भएको छ । कल्याण औषधी पसलमा आगजनी भएको हो । पसलको झ्यालबाट पेट्रोल छर्केर आगजनी गरेको देखिएकाे प्रहरीको भनाइ छ । आगो कसले र किन लगाएकाे हाे ? भन्ने विषयमा खुल्न नसकेकाे र घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ । […]

‘बस पल्टिएर मान्छे मर्‍यो भनेर बसमा आगो लगाउँदै हिँड्ने ?’

१७ माघ, काठमाडौं । सरकारले छाउगोठ भत्काएको भन्दै संसदमा विरोध भएको छ । जुम्लाबाट निर्वाचित सांसद गजेन्द्र महतले छाउगोठको नाममा आफूहरुका घर भत्काएको भन्दै विरोध गरेका हुन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले भने, ‘एउटा व्यक्तिको मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ ? आठ जना मान्छेको एउटा होटलमा मृत्यु भएको छ, होटल भत्काउँदै हिँड्ने ? हजारौं […]

मौनधारणमा मन्त्री भुसाल !

१७ माघ, काठमाडौं । तत्कालीन एमालेका उप-महासचिव धनश्याम भुसालले २२ वैशाख ०७६ को एक भाषणमा समृद्धि र समाजवादको अभियानमा लागेको क्रान्तिकारी पार्टीले बाटो बिराएको भन्दै नेतृत्वको चर्को आलोचना गरेका थिए । उनी यतिबेला कृषि मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् र सार्जजनिक मञ्चहरुमा उतिसाह्रो देखिँदैनन् । क्रान्तिकारीहरुले विकासको सवालमा कोरा परिकल्पना धेरै गरेको तर मानिसको विकासको कुरै […]

मौद्रिक नीतिको समीक्षा हुँदै, पुरा होला बैंकर्सको माग ?

१६ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवाषिर्क समीक्षा गर्न गृहकार्य शुरु गरेको छ । चालु आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको मौद्रिक नीतिको अर्धवाषिर्क समीक्षाका लागि राष्ट्र बैंकमा अर्को सातादेखि छलफल शुरु हुने भएको छ । राष्ट्र बैंकको एक उच्च अधिकारीले भने, ‘हामीले मौद्रिक नीतिका लागि आगामी सातादेखि छलफल शुरु गर्दैछौं, धेरै […]

प्रअदेखि पियनसम्म महिला : हेड सरभन्दा दंग परेर हेर्दछन्

महिलाले मात्र विद्यालय सञ्चालन गर्दा समग्र शैक्षिक सुधार कति राम्रो हुँदो रहेछ भन्ने यहाँस्थित एक विद्यालयले पुष्टि गरेको छ । घोराही उपमहानगरपालिका–११ मा अवस्थित बालकल्याण मावि, खैराले सो पुष्टि गरेको हो । बिहानको प्रार्थनाको लागि घण्टी बजाउने कार्यालय सहयोगीदेखि प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षिका, अन्य कर्मचारी महिला छन् । प्रधानाध्यापक श्यामा रावत विगत तीन वर्षदेखि विद्यालयको […]

हिउँदे वर्षातले तरकारीमा क्षति

१७ माघ, बाँके । पटकपटकको हिउँदे वर्षाले बाँकेमा लगाइएका आलुलगायतका तरकारीबालीमा क्षति पुगेको छ । जिल्लाका किसानले लगाएका आलु, गोलभेँडा, काउली, बन्दा, खुर्सानीजस्ता सागसब्जीमा हिउँदे वर्षाले क्षति पुगेको कृषि ज्ञान केन्द्र, बाँकेका बाली संरक्षण अधिकृत सकिल अहमदले जानकारी दिए । उनका अनुसार, तरकारीको प्रकृति हेरेर ७५ प्रतिशतसम्म क्षति पुगेको छ । यस जिल्लामा छ हजार […]

चावहिल चोकमा बन्ने भयो सार्न मिल्ने आकाशे पुल

१७ माघ, काठमाडौं । चावहिल चोकमा पैदल यात्रुका लागि आकाशे पुल निर्माण कार्य शुरु भएको छ । बिहीबार काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले पुल निर्माणको शिलान्यास गरेर निर्माण कार्यको शुभारम्भ गरे । फलामे यो पुल निर्माणको लागत १ करोड २१ लाख ३३ हजार ८४३ रुपैयाँ अनुमान गरिएको छ । बोलपत्र आह्वान हुँदा आएका प्रस्तावमध्ये कान्छामान […]

नेकपा बैठकमा भाग लिन मन्त्री हिँडेपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

१७ माघ, धनगढी । नेकपा केन्द्रीय समिति बैठकमा सहभागी हुन मन्त्री हिँडेपछि सुदूरपश्चिम प्रदेशसभाको शुक्रबारका लागि तय बैठक स्थगित भएको छ । सुदूरपश्चिम प्रदेशसभाकाे शुक्रबारका लागि बाेलाइएकाे बैठकमा एफएम रेडियो र टेलिभिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ लाई विषयगत समितिमा लैजाने कार्यसूची थियो । तर आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह नेकपाको केन्द्रीय समिति […]

ईयूबाट अलग्गियो बेलायत

१७ माघ, काठमाडौं । युरोपेली युनियन (ईयू) मा संगठित भएको ४७ वर्षपछि बेलायत यसबाट आज अलग हुँदैछ । बेलायती संसदसँगै युरोपेली संसद्ले समेत ईयूबाट बाहिरिने अनुमति दिएपछि शुक्रबार राति ११ बजे बेलायत इयूबाट अलग हुन लागेको हो । ब्रसेल्सस्थित युरोपेली संसद्मा बुधबार भएको मतदानमा ६ सय २१ सांसदले बहिर्गमन सम्झौता अनुमोदनको पक्षमा मत दिएका थिए […]

उखुकिसानले सरकारबाटै पाएनन् १ अर्ब ११ करोड, ८८ करोड भुक्तानीमा उद्योगीको अटेरी

१७ माघ, काठमाडौं । उखु किसानहरू उद्योगीबाट त ठगिए नै सरकारबाटसमेत ठगिएका छन् । किनभने सरकारले अनुदानबापत दिने रकम उखु किसानलाई दिएकै छैन । तराईमा उखु खेती गरिने ८ जिल्लाका ९ उद्योगबाट किसानले पाउनु पर्ने बक्यौता रकम ८८ करोड हाराहारी छ जबकि, सरकारले किसानलाई दिनुपर्ने अनुदानबापतको रकम भने एक अर्ब ११ करोड छ । सरकारले […]

गोरखामा क्रसर उद्योगको टिपरले ठक्कर दिँदा महिलाको मृत्यु

१७ माघ, गोरखा । गोरखा नगरपालिका-१० स्थित गोरखकाली क्रसर उद्योगको टिपरले ठक्कर दिँदा स्थानीय एक महिलाको मृत्यु भएको छ । स्थानीय एक विद्यालयमा दूध पुर्‍याउन जाँदै गरेकी ५२ वर्षीया मनमाया तामाङलाई शुक्रबार विहान ग १ ख ८०२७ नम्बरको टिपरले ठक्कर दिएको थियो । गोरखा नगरपालिका १० अमलापानी घर भएकी मनमाया भुइँमा लडेपछि ब्याक गरेर किचेर […]

कोरोना भाइरस : डब्लुएचओद्वारा विश्वव्यापी आपतकाल घोषणा

१७ माघ, काठमाडौं । चीनमा फैलिरहेको नयाँ कोरोना भाइरसले विश्वव्यापी स्वास्थ्य आपतकाल निम्त्याएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले घोषणा गरेको छ । चीन हुँदै अन्य देशमा समेत कोरोना भाइरसको संक्रमण फैलन थालेपछि डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो । ‘यो घोषणाको मुख्य कारण चीनमा के भइरहेको छ भन्ने होइन कि अन्य देशमा के भइरहेको […]



from समाचार – Online Khabar https://ift.tt/2OfRi0s
via IFTTT
Powered by Blogger.