Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

गमला बनाएर मासिक ५० हजार कमाइ   

१४ माघ, सुरुङ्गा । झापाको बाह्रदशी गाउँपालिका–६ कुमालगाउँका सावित्रादेवी पण्डितले गमला बनाउन थालेको झण्डै तीन दशक पुगेको छ । सावित्राले गमला बनाएर नै घर धानेकी छिन् । सुरुमा गमलासहित दियो, पाला, खुत्रुके बनाउँदै आए पनि पछिल्लो समय गमलाको माग बढेपछि अहिले उनले गमला मात्रै बनाउन थालेकी हुन् । ग्रामीण क्षेत्रदेखि शहरसम्म नै गमलाको माग बढेपछि […]

सुर्खेतमा टिपरले किचेर युवकको मृत्यु

१४ माघ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-३ सुर्खेत गौतमचोक नजिक टिपरले किचेर एक युवकको मृत्यु भएको छ । कालीकोट महावै गाउँपालिका-३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहलाई मंगलबार बिहान टिपरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिए । उनका अनुसार सिंह सवार रहेको भे१प २१७८ नम्बरको मोटरसाइकललाई भे१ख २२४२ को टिपरले […]

धनगढीमा स्टाफ नर्स मृत भेटिइन्

१४ माघ, कैलाली । कैलालीको धनगढीमा एक जना स्टाफ नर्स मृत फेला परेकी छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरस्थित माया मेट्रो अस्पतालमा कार्यरत स्टाफ नर्स मृत अवस्थामा फेला परेकी हुन्। दाङ घोराहीकी २३ वर्षीया देवीका श्रेष्ठ आफ्नै डेरामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता […]

बाजुरामा चार रेक्टरको भूकम्प

१४ माघ, बाजुरा । बाजुरामा मंगलबार बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५९ मिनेटमा ४‍‍‌.२ रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौंले जनाएको छ । भूकम्प जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका साबिकको रुगिन गाविसको उत्तरी भाग र विच्छ्या गाविसको दक्षिणीमा रहेको दोबाटोमा केन्द्र विन्दु बनाएर उक्त रेक्टरको भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी […]

बन्चरेडाँडालाई मेलम्ची बनाउन खोज्नेहरु सल्बलाएका छन् : राज्यमन्त्री मानन्धर

१४ माघ, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि निर्माणधीन बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल्ड साइटलाई मेलम्ची बनाउन खोज्नेहरु सल्बलाएको टिप्पणी गरेका छन् । नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरेडाँडामा निर्माण कार्य रोकिएपछि सोमबार अनुगमन गर्न पुगेका उनले राज्यको लगानीमाथि खेलवाड गर्नेहरुलाई कारबाही गरिछाड्ने बताएका छन् । यो आयोजना तोकिएकै समयमा […]

लेखापरीक्षक मृत्युको अनुसन्धान फितलो भएको गुनासो

१३ माघ, विराटनगर । विराटनगरका लेखा परीक्षक प्रवल घिमिरे शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानमा चासो नदेखाएको दाबि गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । शंकास्पद अवस्थामा शव भेटिएको एकसातासम्म प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको दाबि गर्दै जनप्रतिनिधी र लेखा परीक्षकहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् । सोमबार विराटनगर महानगरपालिका – २ का […]

हिरासतमा आत्महत्या प्रयास गरेका अभियुक्तको मृत्यु

१४ माघ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेका अभियुक्तको मृत्यु भएको छ । लागूऔषध मुद्दामा हिरासतमा रहेका हेम राउतको मृत्यु भएको हो । उनी बानेश्वर, शंखमूललगायतका क्षेत्रमा चोरी गरेर पटकपटक पक्राउ परेका व्यक्ति हुन् । प्रहरी रेकर्डमा राउत तीन पटक धरौटीमा छुटेको देखिने काठमाडौं प्रहरी परिसरले जनाएको छ । […]

आस्था राउतलाई आजै रिहा गर्न नेकपा नेताहरुको दबाव

१४ माघ, काठमाडौं । गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयको सामाजिक सञ्जालमा विरोध भइरहेको छ । नेकपाका नेता तथा सांसदहरुले आस्थालाई प्रक्रिया पूरा गरेर मंगलबार नै रिहा गर्न दबावसमेत दिएका छन् । नेकपाका नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फत आस्था राउतमाथि प्रहरीले अनावश्यक ज्यादती गरेको बताएका छन् । उनीहरुले सरकारलाई […]

मुख्यमन्त्रीले उद्घाटन गर्ने महायज्ञस्थलमा पुरुषको शव भेटियो

१४ माघ, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-५ गिधनियामा पुरुषको शव फेला परेको छ । गिधनियामा मंगलबारबाट सुरु हुने ‘सीताराम नाम जप महायज्ञ’ स्थलमा एक पुरुषको शव भेटिएको हो । आगामी माघ २६ गतेसम्म चल्ने महायज्ञ आज मंगलबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम छ । महायज्ञका लागि सुरक्षामा खटिने सशस्त्र प्रहरीलाई बस्नका […]

महासंघका अध्यक्ष भन्छन्-पत्रकारलाई लाइसेन्स चाहिँदैन

१४ माघ, काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता गर्न लाइसेन्स चाहिने व्यवस्था गर्न नहुने बताएका छन् । संसदको विधायन समितिले मिडिया काउन्सिल विधेयकमार्फत पत्रकारलाई लाइसेन्स लिने चाहिने प्रावधान प्रस्ताव गरेपछि आचार्यले यस्तो प्रतिक्रिया दिएका हुन । ‘राजनीति, समाजसेवा, पत्रकारितालगायत अभिव्यक्ति स्वतन्त्रता प्रयोगमा लाइसेन्स चाहिँदैन’ अध्यक्ष आचार्यले अनलाइनखबरसँग भने, ‘नागरिकले जुनसुकै माध्यमबाट अभिव्यक्ति […]

पुल्चोक क्याम्पसमा माघ १७ बाट प्राविधिक प्रदर्शनी हुने

१४ माघ, काठमाडौं । ललितपुरमा राष्ट्रिय प्राविधिक प्रदर्शनी हुने भएको छ । इलेक्ट्रोनिक्स इन्जिनियरिङका विद्यार्थीहरूको संस्था लोकसले यही यही माघ १७ गतेदेखि १९ सम्म ३ दिन प्रदर्शनी गर्न लागेको हो । लोकसले अघिल्ला वर्ष पनि यस्ता प्रदर्शनी गर्दै आएको थियो । यो प्रदर्शनीको १७ औं शृंखला हो । लोकसले सोमबार एक पत्रकार सम्मेलन गरेर प्रविधि […]

एमसीसी सम्झौता संशोधन गरेर मात्र पारित गरौं : विवेकशील नेपाली

१४ माघ, काठमाडौं । विवेकशील नेपाली दलले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता संशोधन गरेर मात्रै पारित गर्न माग गरेको छ । विवकेशील नेपाली दलले मंगलबार विज्ञप्ति प्रकाशित गरी एमसीसीका केही बुँदामा सरकारले प्रष्टता ल्याइ आवश्यक संशोधन गरेर मात्र पारित गर्नु पर्ने बताएको हो । एमसीसीबारे नागरिकस्तरमा विभिन्न शंका र जिज्ञासा उठेको भन्दै विवेकशीलले राष्ट्रिय प्राथमिकतामा […]

सोमबार राति नै अस्पताल भर्ना भइन् आस्था राउत

१४ माघ, काठमाडौं । गायिका आस्था राउतलाई हिरासतबाट अस्पतालमा लगिएको छ । स्वास्थ्यमा समस्या आएको भन्दै राउतलाई त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना गरिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले सोमबार साँझ नै राउतलाई अस्पताल भर्ना गरिएको अनलाइनखबरलाई बताए । ‘हाइपर टेन्सनका कारण समस्या भएपछि उहाँलाई अस्पताल लगिएको हो’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुवेदीले […]

‘ए’ डिभिजन लिगमा आज २ खेल हुँदै

१४ माघ, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज पनि नवौं चरणका २ खेल हुँदैछ । एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार आजको दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । मध्याह्न १२ बजे हुने खेलमा हिमालयन शेर्पाले सरस्वती युथ क्लबसँग खेल्नेछ । यस्तै, दिउँसो ३ बजे त्रिभुवन आर्मीले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । […]

रूपन्देहीको रोहिणीमा ३ ट्रक जुधे, ३ जनाको मृत्यु, ९ घाइते

१४ माघ, बुटवल । रूपन्देहीमा ३ वटा ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु१ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना२ख ८४८१ र ना५ख ७८५६ नम्बरको ट्रकमा मंगलबार बिहान ठोक्किँदा ३ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले दुर्घटनाको […]

ह्याकरको खुलासापछि एनआरएन अमेरिकाका प्रवक्तासहित २ निलम्बित

१४ माघ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका प्रवक्ता ओम भट्टराई र सल्लाहकार शिव मल्ल निलम्बनमा परेका छन् । नक्कली फेसबुक पेजमार्फत गैरआवासीय नेपाली संघका विभिन्न व्यक्तिविरुद्ध निरन्तर चरित्र हत्या गरेको पुष्टि भएपछि एनआरएन अमेरिकाको आकस्मिक बैठकले उनीहरूलाई कारबाही गरेको हो । भट्टराई र मल्लले पदीय आचरणविपरीत कार्य गरेको भनी एनआरएनका आजीवन सदस्य प्रसन्न […]

नेकपामा अग्नि सापकोटाको राजीनामापछि शिवमाया केन्द्रीय सदस्य बन्ने

१४ माघ, काठमाडौं । पार्टी एकीकरणको डेढ वर्षपछि पहिलोपटक बस्न लागेको नेकपा केन्द्रीय कमिटीको बैठकमा सदस्यहरुले नेतृत्वको चर्को आलोचना गर्ने देखिएपछि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड साझा धारणाका साथ प्रस्तुत हुने तयारीमा छन् । स्थायी कमिटी बैठकमा सहभागी नभएका अध्यक्ष तथा प्रधानमन्त्री ओली बुधबारबाट सुरु हुने बैठकमा भने उपस्थित हुँदैछन् । बैठकको सुरुमै प्रधानमन्त्रीले […]

उद्योग वाणिज्य महासंघमा नेता बन्न दौडधुप

१४ माघ, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई) मा यतिबेला चुनावी माहोल तातिएको छ । महासंघकी अध्यक्ष भवानी राणाको कार्यकाल सकिन २ महिनामात्रै बाँकी छँदा महासंघमा चुनावी सरगर्मी शुरु भएको हो । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने विद्यमान व्यवस्थाअनुसार शेखर गोल्छा आगामी अध्यक्ष बन्ने पक्का छ । अध्यक्ष […]

सभामुख सापकोटाविरुद्धको मुद्दामा आज पनि बहस हुँदै

१४ माघ, काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको मुद्दाको पेसी मंगलबार पनि न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ । अग्नि सापकोटालाई नेकपाले सभामुख उम्मेदवार बनाउने निर्णयलगत्तै वरिष्ठ अधिवक्ता दिनेशराज त्रिपाठीले व्यक्ति हत्यामा संलग्नलाई सभामुख बनाउन लागिएको भन्दै रिट दायर गरेका थिए । मुद्दाको पेसी तोकिएको तेस्रो दिन पुनः यो मुद्दा न्यायाधीश सपना […]

भ्रष्टाचारमा पाँचवर्षे हदम्यादसहितको विधेयक राष्ट्रियसभामा पेस हुँदै

१४ माघ, काठमाडौं । राष्ट्रियसभाको आज बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक पेस हुने भएको छ । दुवै विधेयक प्रधानमन्त्री केपी शर्मा ओलीले पेस गर्ने कार्यसूची छ । भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा भ्रष्टाचारसम्बन्धी मुद्दामा पाँचवर्षे हदम्याद राख्ने प्रस्ताव गरिएको छ । यो विधेयकमा सल्लाहकार, परामर्शदाता […]

रूपन्देहीको रोहिणीमा ट्रक जुधे, १२ जना घाइते

१४ माघ, बुटवल । भैरहवा–परासी सडक खण्डअन्तर्गत रूपन्देहीको रोहिणी गाउँपालिकाको सेमरहवामा मंगलबार बिहान दुई ट्रक आपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । परासी हुँदै भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् । दुर्घटनामा परी घाइते १२ मध्ये ४ […]



from समाचार – Online Khabar https://ift.tt/2t2WgX4
via IFTTT
Powered by Blogger.