समाचार
१३ माघ, काठमाडौं । आइतबार प्रतिनिधिसभाले गरेको सभामुख चयन र कोरोना भाइरसको बढ्दो प्रकोपमाथि आजका दैनिक अखबारहरू केन्द्रित भएका छन् । यसबाहेक एमसीसी, नेपाल–भारत सीमा बैठकलगायतका विषयलाई पनि पत्रपत्रिकाहरूले समेटेका छन् । ‘एमसीसी पारित गर्न संकल्प प्रस्ताव’ शीर्षक दिएर कान्तिपुरले आज मुख्य समाचार बनाएको छ । समाचार अनुसार सरकारले एमसीसीसँग जोडिएका आशंका निवारण गर्ने उद्देश्यसहित […]
१२ माघ, पोखरा । प्रदेशसभाको हिउँदे अधिवेशन सुरु भएको छ । सांसद राजीव गुरुङको हर्कतदेखि प्रदेशसभामा सांसदले उठाएका सवालको जवाफ दिन सरकारले ढिलाइ गरेको भन्दै भएको नियमापत्तिसम्मले आइतबारको संसद बैठक रोचक बन्यो । विशेष समयमा बोल्ने सांसदहरुले राजीव गुरुङले संसदकै गरिमामाथि ठेस पुर्याएको भन्दै घटनाबारे नेपाल कम्युनिस्ट पार्टी -नेकपा) र सरकारसँग जवाफसमेत मागे । विकास […]
१२ माघ, सिरहा । गृहकार्य नगरेको भन्दै सिरहाको मिर्चेया नगरपालिका ६ स्थित स्वस्तिक पाठशालामा अध्ययनरत बालकलाई शिक्षकले कुट्दा हात भाँचिएको छ । पाठशालाको छात्रावासमा रहेर अध्ययन गर्दै आएका सिरहा नगरपालिका वडा नम्बर २ का १३ बर्षीय बालक ऋतिक यादवको हात भाँचिएको हो । कक्षा ६ मा अध्ययन गर्दै आएका ऋतिकलाई नेपाली बिषयका शिक्षक तारा कार्कीले […]
१२ माघ, जनकपुरधाम । प्रदेश २ को स्थायी राजधानी जनकधपुरधाम नै रहने भएको छ । प्रदेशसभाका सभामुख सरोजकुमार यादव नेतृत्वमा रहेको विशेष संसदीय समितिले प्रदेशको स्थायी राजधानीबारे सहमति जुटाएको हो । ‘सबै दलको सहमतिमा राजधानी तोक्ने काम भएको छ’ उनले भने, ‘संसदीय प्रक्रिया भने पूरा गर्न बाँकी छ ।’ यादवका अनुसार प्रदेश राजधानीको सीमा उत्तरमा […]
१२ माघ, काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् । आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए । नेम्वाङको प्रस्तावलाघ नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती र राष्ट्रिय […]
१२ माघ, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको हेल्थ डेस्कले चीनबाट नेपाल आएका एक जना अमेरिकी नागरिकलाई कोरोना भाइरस शंक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पताल पठाएको छ । चीन ट्रान्जिट बनाएर नेपाल आएको उनलाई विमानमै ज्वरो आएकाले थप परीक्षणका लागि अस्पताल पठाइएको हो । विमानस्थल स्रोतले भन्यो, ‘चीनमा तीन घण्टा मात्रै बिताएका […]
१२ माघ, काठमाडौं । ‘सभामुख निर्वाचित गर्न यथेष्ट मत रहेको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको र सभामुख पद आफैंमा तटस्थ रहनुपर्ने पद भएको कुरालाई ध्यानमा राख्दै नेपाली कांग्रेस संसदीय दल आफ्नो तर्फबाट सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गर्दछ’ सभामुख चुन्न आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद मिनेन्द्र रिजालले भने, ‘हाम्रो निर्णय यति मात्र हो […]
१२ माघ, काठमाडौं । मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयन हेर्ने जिम्मा आफूलाई दिन प्रतिनिधिसभाको कानुन न्याय ता संसदीय मामिला मन्त्रालयले सरकारसँग माग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले हालै मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजनाको मस्यौदा ल्याएको छ । जसमा मानवअधिकार कार्ययोजना कार्यान्वयन अनुगमनको जिम्मा तीन तहका सरकारले आफैं लिने प्रस्ताव छ । कार्ययोजनाको मस्यौदामा सुझाव […]
१२ माघ, काठमाडौं । कालिकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली अमेरिकामा लुकेको खबर केही दिनअघि सञ्चारमाध्यममा छ्याप्छ्याप्ती भयो । तर, आइतबार उनले फेसबुकमा स्टाटस लेख्दै आफू त्यहाँ लुकेको नभई बिरामी परेकाले नेपाल फर्किन नसकेको दावी गरेकी छन् । उनको दाबीले सञ्चार माध्यममा आएका समाचारको विश्वसनीयतामा प्रश्न उठाएको छ । तर, उनको भनाइलाई पनि आँखा चिम्लेर […]
१२ माघ, जनकपुरधाम । प्रदेश २ सरकारले क्रसर उद्योग बन्द गर्ने जनाएपछि ट्रक व्यवसायीले पनि आन्दोलन गर्ने चेतावनी दिएका छन् । खोला उत्खननको बिरोध गर्ने क्रममा धनुषाको मिथिला नगरपालिका ५ का दिलिप महतोको क्रसर व्यवसायीकै अगुवाइमा गत पुस २५ गते विहान हत्या भएपछि प्रदेश सरकारले खोला उत्खननमा रोक लगाएको छ । खोला उत्खनन नहुँदा आफूहरुको […]
१२ माघ, पोखरा । जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेर पक्राउ परेका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) धरौटीमा रिहा भएका छन् । मनाङेको झापड खाएका मिलन भने प्रहरी हिरासतमा छन् । मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा मनाङका खेलाडीका लागि आवास तथा खेल मैदान व्यवस्थापन नगरेको भन्दै मनाङ्गेले ७ माघमा मिलनलाई झापड हानेका […]
१२ माघ, बर्दिबास (महोत्तरी) । बर्दिबासको एउटा पार्टी प्यालेसमा शनिबार दिउँसो नेकपा महोत्तरीको जिल्ला कमिटीको ब्यानरमुनि उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलकै लहरमा निम्त्याइएका थिए– राजपाका वरिष्ठ उपाध्यक्ष शेखर सिंह र मृगेन्द्रकुमार सिंह । आफ्नो पार्टीको ब्यानरमुनि राजपा नेताहरुलाई राखेर नेकपा नेताले प्रदेश २ को सरकारको समीकरण चाँडै फेरिने उद्घोष गरे । मुख्यमन्त्री लालबाबु […]
१२ माघ, काठमाडौं । झुट्टा र नक्कली भ्याट बिल प्रयोग गरी साढे २३ करोड रुपैयाँ राजस्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले दुईवटा फर्मविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । विभागले गोरखा घर भई काठमाडौंमा व्यवसाय गर्ने रेजिङ इन्टरनेशनलका प्रोपाइटर सञ्जीव मास्केले १४ करोड ८७ लाख रुपैयाँ राजस्व छली गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा […]
१२ माघ, झापा । पूर्वराजा ज्ञानेन्द्र शाह भारतको सिलगुडीतर्फ लागेका छन् । पछिल्लो समय झापामा रहेका पूर्वराजा शाह आइतबार दमकबाट सिलगुडी प्रस्थान गरेका हुन् । परिवारसहित गएका पूर्वराजाको भ्रमण चार दिने भएको बताइएको छ ।
१२ माघ, विराटनगर । विराटनगरका लेखा परीक्षक प्रवल घिमिरेको शंकास्पद अवस्थामा सिंघिया खोलामा शव भेटिएपछि प्रहरीले उनीसँगै होटलमा खानपान गरेका चारजना व्यावसायीमाथि अनुसन्धान सुरु गरेको छ । मगंलबार विहान विराटनगर– २ का ५० वर्षका प्रवल घिमिरेको शव सिंघिया खोलामा भेटिएको थियो । सोमबार राति अबेरसम्म होटलमा सँगै बसेका चारजना व्यावसायीलाई तारेखमा राखेर प्रहरीले अनुसन्धान सुरु […]
१२ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नव निर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिपक्षको अभिभावक बन्न सुझाव दिएका छन् । सभामुखमा निर्विरोध निर्वाचित भएकै दिन आइतबार डा. भट्टराईले सभामुख सापकोटालाई यस्तो सुझाव दिएका हुन । सामाजिक सञ्जाल ट्विटरमा बधाई तथा शुभकामना दिँदै डा. भट्टराईले लेखेका छन्, ‘सभामुख सत्तापक्षको निरीह रबरस्टाम्प […]
१२ माघ, काठमाडौं । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको सिकैचामा जन्मेकी हुमाकुमारी बखिम फागुनमा ५० वर्ष पुग्दैछिन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा वरिष्ठ खाद्य अनुसन्धान अधिकृतका रुपमा कार्यरत उनलाई सजिलो गरी चिन्न खाद्य वैज्ञानिक भन्दा हुन्छ । घाँस दाउरा, गोठालो र भान्साको जोहोसँगै गाउँकै सरकारी स्कुलमा पढेर हुर्किएकी हुमाले बेल्जियमबाट खाद्य प्रविधि विषयमा स्नातकोत्तर र […]
१२ माघ, काठमाडौं । वैदेशिक रोजगारमा जाने श्रमिकहरूको म्यादी जीवनबीमा अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । अब कामदारले श्रम तथा रोजगार कार्यालयको वरिपरी रहेको बीमा कम्पनीको कार्यालयसम्म धाउनु पर्नेछैन। अनलाइन बीमाका लागि वैदेशिक रोजगार विभाग र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ । यो बीमा कम्पनीले विभागसँग सम्झौता गरेका अनलाइन […]
१२ माघ, काठमाडौं । विभिन्न राजनीतिक दलका नेताहरुले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटासामु व्यवस्थापिकालाई निष्पक्ष बनाउने चुनौती रहेको प्रतिक्रिया दिएका छन् । प्रतिनिधिसभाले सापकोटालाई सभामुख चयन गरेपछि बाहिर पत्रकारलाई प्रतिक्रिया दिँदै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना विषयमा भएका आलोचनालाई ध्यान दिएर संसद अगाडि बढाउन सापकोटालाई आग्रह गरे । नेताहरुमा आलोचना […]
१२ माघ, पोखरा । अभद्र व्यवहार मुद्दामा प्रहरी हिरासतमा रहेका सांसद दीपक मनाङ्गे आइतबार दिउँसो ६ हजार रुपैयाँ धरौटीमा रिहा भए । रिहा भएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले हिरासत बसाइका क्रममा आफूले आराम गर्न पाएको बताए । हिरासत बसाइ कस्तो भयो भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘मलाई मजै लाग्यो, रेस्ट गर्न पायो नि, दुई दिन […]
१२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखबारे छिट्टै निर्णय हुने बताएका छन् । प्रतिनिधिसभाको सभामुखमा आइतबार सांसद अग्नि सापकोटा निर्विरोध निर्वाचित भएका छन् । तर उपसभामुखको पद भने खाली छ । सभामुख निर्वाचित भइसकेपछि उपसभामुखबारे अब के हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, […]
from समाचार – Online Khabar https://ift.tt/2O2RX5v
via IFTTT