Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रदेशका नाम पञ्चायतको अञ्चलजस्ता : बाबुराम भट्टराई

१४ माघ, काठमाडौं । संघीय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संघीयता र समावेशिताको मुद्दा क्रमश खोसिदै गएको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा धारणा राख्दै उनले प्रदेशको नाम र राजधानी तोक्ने क्रममा संघीयता र समावेशिताको मर्म विपरीतका काम भएको टिप्पणी गरे । ‘पछिल्ला घटनाक्रमबाट संविधानले अगाडि सारेका संघीयता समावेशिता जस्ता मुद्दा खोसिएका छन्, संघीयता नाममात्रको […]

अब जति बढी बिजुली उपयोग, उति कम दरको महशुल

१४ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उपभोक्तालाई बढीभन्दा बढी विद्युत् खपत गर्न प्रोत्साहन गर्ने भन्दै  नयाँ महशुलदर  प्रस्ताव गरेको छ । थ्रि -फेज र सामुदायिक खानेपानी आयोजनाहरुको विद्युत महशुलदर पनि घटाउन प्रस्ताव गरिएको छ । तीन वर्ष अगाडिसम्म कसरी कम बिजुली खपत गर्ने भन्नेमा चितिन्त नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक बढीभन्दा बढी बिजुली उपयोग गराउने […]

पूर्वाधार विकास कार्यालय ललितपुरका लेखा अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्धा

१४ माघ, काठमाडौं । २२ हजार रुपैयाँ घुस लिएको आरोपमा पूर्वाधार विकास कार्यालय बागमती प्रदेश ललितपुरका लेखा अधिकृत बिष्णुहरि पुडासैनीविरुद्ध विशेष अदालत काठमाडौंमा मंगलबार मुद्धा दायर भएको छ । सडक निर्माणका लागि टेण्डर सम्झौता भई काम हुँदै गर्दा मोबिलाइजेशन पेस्की लिन आएका सेवाग्राहीसँग उक्त रकम घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्धा दायर […]

आस्था राउत प्रकरण : जिल्ला प्रशासन कार्यालयमा अभियोग पत्र दायर

१४ माघ, काठमाडौं । प्रहरीले गायिका आस्था राउत प्रकरणबारे अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । प्रहरीले बुझाएको रायको आधारमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार दिउँसो अभियोग पत्र दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले अभियोग पत्र दायर भइसकेको अनलाइनखबरलाई बताए । योसँगै प्रहरीले […]

अझै पक्राउ परेनन् बचतकर्ताको ८ करोड लिएर भागेका सहकारी सञ्चालक

१३ माघ, वीरगञ्ज । पर्साको छपकैयाँकी खैरुन नेसा बिहान चिया बेच्ने र दिउँसो कवाडीमा काम गर्ने गर्छिन् । बिहान बेलुकीको छाक टारेपछि बचेको पैसा सहकारीमा बचत गर्थिन् । बचत ४ वटा छोरीको विवाहमा काम लाग्छ भन्ने उनलाई लाग्थ्यो । तर प्राइम बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक २४ चैत ०७५ मा भागेपछि उनी छाँगाबाट खसेजस्तै […]

मधेसी दललाई पालैपालो सरकारको लोभ देखाइएको छ : राजपा

१४ माघ, काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र सरकारले मधेसी दलभित्र खेल्न खोजेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले मधेसको मुद्दा संबोधन नगर्ने तर मधेसी दललाई सत्ताको लोभ देखाएर समर्थन लिने प्रवृत्ति देखिएको बताए । एउटालाई १८ महिना सरकारमा ल्याउने र फेरि अर्कोलाई […]

देउवा भन्छन् : सैन्य गठबन्धन मान्दैनौं भने भइहाल्यो नि !

१४ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) छिटो पास गर्न माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई शुभकामना दिँदै देउवाले आफू प्रधानमन्त्री भएको बेलामा एमसीसी क्याबिनेटले पास गरेको स्मरण गरे । यति ठूलो सहयोग अमेरिकी सरकारको कहिल्यै नआएको भन्दै उनले भने, ‘मिल्ट्री एलाइन्स […]

रुपन्देही ट्रक दुर्घटना : मृतक तीनै जनाको पहिचान खुल्यो

१४ माघ, बुटवल । रुपन्देहीमा तीन वटा ट्रक ठोक्किएर भएको दुर्घटनामा मृतक तीनै जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा नवलपरासी पाल्हीनन्दन ४ का ३० वर्षीय लालु कुर्मी, ३५ वर्षीय मोबिकन कुर्मी र ना २ ख ८४८१ का चालक सुनसरी चतराका अन्दाजी ३५ वर्षीय पूर्णबहादुर भुजेल रहेका छन् । भैरहवा–भुमही सडकको रोहिणी गाँउपालिका-४ छिपागढमा ३ […]

दिक्तेलमा कम्पोष्ट मल तथा वायोग्यास उद्योगको निर्माण अन्तिम चरणमा   

१४ माघ, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालन गर्न लागिएको कम्पोष्ट मल तथा वायोग्यास उद्योगको काम अन्तिम चरणमा पुगेको छ । पन्ध्र वडा रहेको यस नगरपालिकालाई पूर्णरुपमा अर्ग्यानिक नगर बनाउने उद्देश्यले सुरु गरिएको उक्त निर्माणाधीन कम्पोष्ट मल तथा वायोग्यास उद्योगका लागि आवश्यक मेसिन जडान यसै महिना सकिने र त्यसपछि कम्पोष्ट मल र वायोग्यास […]

संसदमा देउवा : मुस्किलले सभामुख चयन हुनु भएकोमा बधाई

१४ माघ, काठमाडौं । विपक्षी दलका नेता शेरबहादुर देउवाले मुस्किल मुस्किलले सभामुख चयन भएको भन्दै अग्निप्रसाद सापकोटालाई बधाई दिएका छन् । सापकोटा सभामुख भएपछि मंगलबार बसेको पहिलो बैठकमा सबै दलका नेताहरुले शुभकामना दिने कार्यतालिका थियो । सुरुमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै शुभकामना दिए […]

म पार्टीमा निहुँमात्र खोज्ने मान्छे होइन : रामचन्द्र पौडेल

१४ माघ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा आफू निहुँ खोज्ने मान्छे मात्र नभएको बताएका छन् । मंगलबार प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा उनले विगतमा आफू मध्यमार्गी नेताको रुपमा कहलाएको भन्दै अहिले पनि निहुँमात्र नखोजेको बताए । ‘पार्टीलाई विधिमा चलाउने लडाईं नै हो । यो लडाईमा म विगतमा मध्यमार्गीको रुपमा कहलाएकै हुँ’ […]

गोरखपुर-रुपन्देही प्राकृतिक ग्यास पाइपलाइन बनाउन गृहकार्य

१३ माघ, काठमाडौं । नेपाल-भारत प्राकृतिक ग्यास पाईपलाईन आयोजना अगाडि बढाउन भारत सकारात्मक देखिएको छ । प्राकृतिक ग्यासको पहिलो अन्तरदेशीय पाइपलाईन आयोजना अघि बढाउन नेपालले गरेको प्रस्तावमा भारतले व्यवसायिक सुनिश्चितता माग गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीसम्म प्राकृतिक ग्यासको पाइपलाइन विछ्याई दिन नेपालले भारतलाई प्रस्ताव गरेको थियो । […]

रुपन्देहीमा दिवंगत प्रदेश सांसदको सम्झना

१४ माघ, बुटवल । नेपाली कांग्रेस प्रदेश ५ का विपक्षी दलका नेता बलदेब शर्मा पोखरेलको नवौ दिनको पुण्य तिथिमा श्रद्धाञ्जलीसभा गरिएको छ । गत माघ ५ गते ८२ बर्षको उमेरमा पोखरेलको मृत्यु भएको थियो । कांग्रेस संसदीय समितिले आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशलाई स्थापित गर्ने योद्धा गुमाउँदा पीडाबोध भएको बताए । […]

जीवन धान्न गिट्टीको सहारा

१४ माघ, जाजरकोट । माघको चिसो, सडकको छेउमा एकाबिहानै रुकुमपश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारेस्थित ६५ वर्षीय पुतली परियार गिट्टी कुट्दै गरेको भेटिन्छिन् । उमेर जति बुढो भए पनि उनका कर्मशील हात भने गिट्टीमा कुदिरहेका छन् । गिट्टी कुटेर दैनिक छ हजारभन्दा बढी कमाउने गरेको उनको भनाइ छ । छोराछोरीले पालनपोषण गर्ने उमेरमा उनलाई गिट्टी कुट्न रहर […]

गमला बनाएर मासिक ५० हजार कमाइ   

१४ माघ, सुरुङ्गा । झापाको बाह्रदशी गाउँपालिका–६ कुमालगाउँका सावित्रादेवी पण्डितले गमला बनाउन थालेको झण्डै तीन दशक पुगेको छ । सावित्राले गमला बनाएर नै घर धानेकी छिन् । सुरुमा गमलासहित दियो, पाला, खुत्रुके बनाउँदै आए पनि पछिल्लो समय गमलाको माग बढेपछि अहिले उनले गमला मात्रै बनाउन थालेकी हुन् । ग्रामीण क्षेत्रदेखि शहरसम्म नै गमलाको माग बढेपछि […]

सुर्खेतमा टिपरले किचेर युवकको मृत्यु

१४ माघ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-३ सुर्खेत गौतमचोक नजिक टिपरले किचेर एक युवकको मृत्यु भएको छ । कालीकोट महावै गाउँपालिका-३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहलाई मंगलबार बिहान टिपरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिए । उनका अनुसार सिंह सवार रहेको भे१प २१७८ नम्बरको मोटरसाइकललाई भे१ख २२४२ को टिपरले […]

धनगढीमा स्टाफ नर्स मृत भेटिइन्

१४ माघ, कैलाली । कैलालीको धनगढीमा एक जना स्टाफ नर्स मृत फेला परेकी छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरस्थित माया मेट्रो अस्पतालमा कार्यरत स्टाफ नर्स मृत अवस्थामा फेला परेकी हुन्। दाङ घोराहीकी २३ वर्षीया देवीका श्रेष्ठ आफ्नै डेरामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता […]

बाजुरामा चार रेक्टरको भूकम्प

१४ माघ, बाजुरा । बाजुरामा मंगलबार बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५९ मिनेटमा ४‍‍‌.२ रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौंले जनाएको छ । भूकम्प जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका साबिकको रुगिन गाविसको उत्तरी भाग र विच्छ्या गाविसको दक्षिणीमा रहेको दोबाटोमा केन्द्र विन्दु बनाएर उक्त रेक्टरको भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी […]

बन्चरेडाँडालाई मेलम्ची बनाउन खोज्नेहरु सल्बलाएका छन् : राज्यमन्त्री मानन्धर

१४ माघ, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि निर्माणधीन बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल्ड साइटलाई मेलम्ची बनाउन खोज्नेहरु सल्बलाएको टिप्पणी गरेका छन् । नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरेडाँडामा निर्माण कार्य रोकिएपछि सोमबार अनुगमन गर्न पुगेका उनले राज्यको लगानीमाथि खेलवाड गर्नेहरुलाई कारबाही गरिछाड्ने बताएका छन् । यो आयोजना तोकिएकै समयमा […]

लेखापरीक्षक मृत्युको अनुसन्धान फितलो भएको गुनासो

१३ माघ, विराटनगर । विराटनगरका लेखा परीक्षक प्रवल घिमिरे शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानमा चासो नदेखाएको दाबि गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । शंकास्पद अवस्थामा शव भेटिएको एकसातासम्म प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको दाबि गर्दै जनप्रतिनिधी र लेखा परीक्षकहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् । सोमबार विराटनगर महानगरपालिका – २ का […]

हिरासतमा आत्महत्या प्रयास गरेका अभियुक्तको मृत्यु

१४ माघ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेका अभियुक्तको मृत्यु भएको छ । लागूऔषध मुद्दामा हिरासतमा रहेका हेम राउतको मृत्यु भएको हो । उनी बानेश्वर, शंखमूललगायतका क्षेत्रमा चोरी गरेर पटकपटक पक्राउ परेका व्यक्ति हुन् । प्रहरी रेकर्डमा राउत तीन पटक धरौटीमा छुटेको देखिने काठमाडौं प्रहरी परिसरले जनाएको छ । […]



from समाचार – Online Khabar https://ift.tt/38LDsL4
via IFTTT
Powered by Blogger.