Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बाराको कलैयामा सरसफाइ अभियान सुरु

१३ माघ, वीरगञ्ज । तराई-मधेसमा बिहान बाक्लो हुस्सु लाग्ने क्रम रोकिएको छैन । जसले गर्दा बारा, पर्सा लगायत तराई-मधेसका जिल्लामा चिसो कायमै छ । सोमबार बिहानको चिसोमा बाराको सदरमुकाम कलैया भने एका एक तातिन पुग्यो । कलैया उपमहानगरपालिकाको सरसफाइका लागि सरोकारवाला तातेका हुन् । नगर प्रमुख राजेश राय यादव, बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, […]

बालुवाटार जग्गा अनियमितताका दोषीमाथि छिट्टै कारबाही अघि बढ्छ : मन्त्री अर्याल

१३ माघ, काठमाडौं । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता गर्नेमाथि छिट्टै कारबाही अघि बढ्ने बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले जटिल विषय भएकाले अनुसन्धानमा समय लागेको बताइन् । अनुसन्धानमा कमजोरी भए अदालतले प्रश्न उठाउन सक्ने भएकाले विधि पु¥याएर अनुसन्धान गरिएको मन्त्री अर्यालको भनाइ छ । […]

सभामुख सापकोटाको स्पष्टीकरण : प्रधानमन्त्रीलाई भेट्न ‘दौडिनु’ स्वाभाविक

१३ माघ, काठमाडौं । सभामुखमा निर्वाचित भएलगत्तै अरु सांसदलाई पन्छाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न हतारिएको भन्दै अग्निप्रसाद सापकोटा सामाजिक सञ्जालमा ट्रोलको शिकार भए । आइतबार सभामुख निर्वाचित भएलगत्तै  सापकोटालाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले बधाई दिन चाहेका थिए । तर नेकपाका सांसदहरुको पहिलो रोमा बसेका उनको ध्यान भने प्रधानमन्त्रीतिर देखिन्थ्यो । हात मिलाएर बधाई […]

वीरगञ्जमा भेटिएको शंकास्पद वस्तु प्रेसर कुकर बम भएको पुष्टि, सेनाद्वारा निष्क्रिय

१३ माघ, वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका निर्देशक बसरुद्दीन अंसारीको घर अगाडि फेला परेको शंकास्पद वस्तु बम नै भएको पुष्टि भएको छ । वीरगञ्ज–८ पानीट्याङकीस्थित घर अगाडि राखिएको बम नेपाली सेनाको टोलीले डिष्पोज गरेको हो । वीरगञ्जस्थित चण्डीप्रसाद गणको बम डिष्पोजल टोलीले बम डिष्पोज गरेको हो । चण्डीप्रसाद गणका गणपति कर्णेल मदनजंग राणाले अन्सारीको […]

कीर्ते मुद्दामा प्रदेश सांसदलाई एक वर्ष कैद

१३ माघ, विराटनगर । सरकारी छाप र हस्ताक्षर कीर्ते गरेको अभियोगमा प्रदेश सांसद गुलेफुन मियाँलाई एक वर्ष कैद र १४ हजार ५ सय ८३ जरिवाना सजायको फैसला भएको छ । तत्कालिन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकरी छापा कीर्ते गरेको आरोपमा उच्च अदालत विराटनगरले सांसद मियाँलाई दोषी ठहर गर्दै एक वर्ष कैद र […]

गुल्मीमा स्मार्ट फोनको टावरमा आगजनी

१३ माघ, गुल्मी । गुल्मीको धुर्कोटमा रहेको स्मार्ट फोनको टावरमा आगजनी भएको छ । धुर्कोट गाउँपालिका-६ धुर्कोटस्थित रजस्थलमा रहेको टावरमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । आइतबार राति करिब ११ बजेको समयमा भएको आगजनीबाट टावरको ओडीबक्स पूर्ण रुपमा जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । टावरमा क्षति पुगेका कारण स्मार्ट […]

धर्मभक्त माधेमाको पूर्णकदको शालिक अनावरण

१३ माघ, काठमाडौं । सहिद धर्मभक्त माथेमाको सम्झनामा पूर्ण कदको शालिक निर्माण भएको छ । माथेमालाई तत्कालिन शासकले झुण्ड््याएर मृत्युदण्ड दिएको सिफलको उकालो बकाइनाको रुख भएकै स्थानमा उनको पूर्णकदको शालिक निर्माण भएको हो । काठमाडौँ महानगरपालिकाले निर्माण गरेको सो शालिक आज काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनावरण गरे । करीब १७ लाखको लगानीमा निर्माण भएको […]

मिडिया काउन्सिल विधेयकबाट दण्ड सजाय हट्यो

१३ माघ, काठमाडौं । मिडिया काउन्सिल विधेयकबाट दण्ड सजाय हटाउने सहमति जुटेको छ । संसदको विधायन समितिले दण्डसजायसम्बन्धी व्यवस्था हटाउने सहमति जुटाएको हो । सरकारले ल्याएको विधेयकमा आम सञ्चार माध्यम, पत्रकार र प्रकाशकलाई मिडिया काउन्सिलले २५ हजारदेखि १० लाख रुपैयाँसम्म् जरिवाना गर्ने सक्ने व्यवस्था थियो । यसको नेपाल पत्रकार महासंघसहित सञ्चार क्षेत्रले विरोध गरे । […]

राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन, १२ मानव अधिकारकर्मी पक्राउ

१३ माघ, काठमाडौं । राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने १२ जना मानवअधिकारकर्मी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चरण प्रसाईं, पूर्णिमाया लामा, एमएम आचार्य, जनक राउत, एलिना गौतम, निराजन थपलिया, विपीन बुढाथोकी, शंकर राजन कुइँकेलसहित १२ जना छन् । निषेधित क्षेत्र तोड्न खोजेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख […]

नवनिर्वाचित सभामुख सापकोटाले लिए पद तथा गोपनीयताको सपथ

१३ माघ, काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहबीच सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारी विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित […]

आस्था राउतलाई हिरासतमा राख्न म्याद थप्ने तयारी

१३ माघ, काठमाडौं । गायिका आस्था राउतलाई हिरासतमा राख्न प्रहरीले म्याद थप गर्ने तयारी गरेको छ । राउतविरुद्ध परेको अभद्र व्यवहारको कसूर सम्बन्धी जाहेरीमाथि अनुसन्धानका लागि म्याद थप गर्ने तयारी गरिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले अन्य मुद्दामा जस्तै राउत प्रकरणमा पनि कानून अनुसार प्रहरी अघि बढेको बताए । उनले अनलाइनखबरसँग […]

‘सामान्य रोग रहेछ, आफ्नै मान्छेले त्रासमा बाँच्न बाध्य पारे’

जतिबेला बुझ्ने भएँ, त्यहीबेलादेखि म बिरामी भएको थाहा पाएँ । तर, के बिरामी ? कसैलाई थाहा थिएन । म बच्चीलाई झन थाहा हुने कुरै भएन । कोही भन्थे– यो त पूर्व जन्मको पापको फल हो । कोही सुनाउँथे – बाउआमाले गरेको पापको सजाय छोरीले भोग्दैछे । यस्तो कुरा सुन्दा मेरो बाल मष्तिष्कमा हजाराैं प्रश्नहरु उठ्थे […]

ओखलढुंगामा बिरामी बोकेको जीप दुर्घटना, १ को मृत्यु, ३ गम्भीर घाइते

१३ माघ, ओखलढुंगा । ओखलढुंगामा सोमबार बिहान सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका छन् । चम्पादेवी गाउँपालिका–५ को सिद्धडाँडामा जीप दुर्घटना हुँदा सोही ठाउँका ५५ वर्षीय सन्तोष विश्वकर्माको घटनास्थलमै ज्यान गएको हो । गाउँबाट बिरामी लिएर ओखलढुङ्गा सदरमुकामस्थित मिसन अस्पताल आउँदै गरेको बा २१ च ७३६१ […]

‘कर्मचारीलाई युनियन खोल्न दिँदा सेना प्रहरीभित्र प्रश्न उठ्छ’

१३ माघ , काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा लामो समयदेखि कर्मचारी ट्रेड युनियनबारे जुहारी चल्दै आएको छ । सरकारले निजामति कर्मचारीलाई ट्रेड युनियन खोल्न दिने गरी संघीय निजामती सेवासम्बन्धी विधेयक ल्याएपछि जुहारी सुरु भएको हो । सरकारी प्रस्ताव जस्ताको त्यस्तै पारित हुनुपर्छ भन्दै कांग्रेसका सांसदसमेत विधेयकको पक्षमा उभिएका छन् । तर, सत्तारुढ […]

बसरुद्दीन अन्सारीको निवासअगाडि शंकास्पद वस्तु फेला

१३ माघ, वीरगञ्ज । वीरगञ्जस्थित नेसनल मेडिकल कलेजका निर्देशक बसरुद्दीन अन्सारीको निवासअगाडि शंकास्पद वस्तु फेला परेको छ । वीरगञ्ज महानगरपालिका–१०, पानीट्याङकीस्थित अन्सारीको घरअगाडि सोमबार बिहान शंकास्पद वस्तु भेटिएको हो । घरअगाडि शंकास्पद वस्तु देखेपछि अन्सारी परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ घटनास्थल पुगेको प्रहरीले त्यस क्षेत्रको आवागमनमा रोक लगाएको छ । जिल्ला […]

मकवानपुरका २ एनसेल टावरमा आगजनी

१३ माघ, मकवानपुर । जिल्लाका दुई एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । भीमफेदी गाउँपालिका देउराली र हेटौंडा उपमहानगरपालिका– १५ मा रहेको एनसेल टावरमाथि गएराति आगजनी भएको हो । आगजनीबाट टावरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । घटनापछि देउरालीममा इलाका प्रहरी कार्यालय भीमफेदी र हेटौंडा उपमहानगरपालिका–१५ मा इलाका प्रहरी कार्यालय […]

शहीद ‘ए’ डिभिजन लिगमा आज पुलिससँग एपीएफ र मछिन्द्रसँग थ्री स्टार भिड्दै

१३ माघ, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आजदेखि नवौं चरणका खेल सुरु अहुँदैछ । आठौं चरणसम्मको खेल हुँदा उपाधि होड रोमाञ्चक बनेको छ । प्रत्येक चरणपछि उपाधिको समीकरण रोचक बन्दै गएको छ । नवौं चरणको पहिलो दिन उपाधिका दुई दाबेदार मछिन्द्र क्लब र थ्री स्टार क्लब भिड्दैछन् । दिउँसो ३ बजे दशरथ रंगशालामा […]

सभामुख सापकोटाविरुद्धको रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा

१३ माघ, काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ । गत शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिट न्यायाधीश प्रधान मल्लको एकल इजलासमा परेको हो । आइतबार तोकिएको रिटको पेसी न्यायाधीश हरिप्रसाद फुँयालले हेर्न नमिल्ने भएपछि आजका लागि […]

पर्यटकको तथ्यांक : वर्षमा झण्डै १२ लाख !

१३ माघ, काठमाडौं । नेपालमा एक वर्षभित्र २० लाख पर्यटक भित्र्याउने गरी ‘भ्रमण वर्ष २०२०’ मनाइँदैछ । तर, सन् २०१९ को तथ्यांक हेर्दा पर्यटक आगमनमा दर निराशाजनक देखिएको छ । यस वर्ष ८ लाख बढी पर्यटक भित्र्याउनु चुनौतीपूर्ण देखिएको छ । अध्यागमन विभागको तथ्यांक अनुसार एक वर्षको अवधिमा सन् २०१९ मा कुल ११ लाख ९७ […]

गायिका आस्था राउत प्रहरीमा हाजिर, स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगियो

१३ माघ, काठमाडौं । एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी छन् । उनी नातेदारसहित सोमबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् । अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । परिवारको समन्वयमा उनलाई साेमबार प्रहरीसमक्ष आत्मसमर्पण गराइएको हो । राउतलाई प्रहरीले […]

कैलालीको जुवाघरमा प्रहरी छापा, वडाध्यक्षसहित १६ पक्राउ

१३ माघ, धनगढी। कैलालीको गोदावरी नगरपालिकाबाट एक वडाध्यक्षसहित १६ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । नगरपास्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा गोदावरी नगरपालिका–१० का वडाध्यक्ष रवीन्द्र शाहीसहित १६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ । पक्राउ परेका अन्य व्यक्ति र उनीहरूको साथबाट बरामद गरिएका रकम तथा सामानबारे भने प्रहरीले खुलाएको छैन । […]



from समाचार – Online Khabar https://ift.tt/2Gr784a
via IFTTT
Powered by Blogger.