Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भैरहवा-लुम्बिनी-तौलिहवा सडकको लागत २३ करोड वृद्धि

१५ माघ, बुटवल । साढे दुई वर्षमा सक्ने गरी सम्झौता भएको भैरहवा-लुम्बिनी-तौलिहवा सडक समयमा काम नसकिँदा प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष प्रभावित भएको छ । साथै संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० पनि प्रभावित हुने निश्चित छ । सडक निर्माणमा ढिलाइ र कामका क्रममा धुलो र हिलोले पर्यटकमा नकारात्मक असर परेको […]

सुदूरपश्चिममा सञ्चारसम्बन्धी विधेयकमा का‌ंग्रेसको संशोधन प्रस्ताव

१५ माघ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको ‘रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ माथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संशोधन प्रस्ताव दर्ता गराएको छ । प्रदेश सरकारले मिडिया माथि अङ्कुश लगाउने उद्देश्यले विधेयक ल्याएको भन्दै कांग्रेसले संशोधन प्रस्ताव दर्ता गराएको हो । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले बुधबार प्रदेशसभा […]

सरकारी तथ्यांकमा समेटिए विदेशबाट फर्किएका कामदार

१४ माघ, काठमाडौं । सरकारी तथ्यांक अनुसार नेपालबाट दिनमा औसत १ हजार ४ सयभन्दा कामदार विदेसिन्छन् । तर विदेश पुगेका कति कामदार नेपाल फर्किन्छन् त ? तथ्यांक नराखेका कारण अहिले सरकारसँग यसको जवाफ छैन । अब भने सरकारले विदशमा काम गरेर फर्किएका नेपालीको तथ्यांक राख्न थालेको छ । अध्यागमन विभागसँग सहकार्य गरेर वैदेशिक रोजगार विभागले […]

यतीसँग मितेरी साइनो छैन, व्यापारिक घरानाको विवादमा परिन्न : प्रधानमन्त्री

१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यती होल्डिङलाई सरकारले लिजमा दिएको जमीन कानुनी प्रक्रिया पुर्‍याएर गरिएको बताएका छन् । उनले यतीमाथि भइरहेको आलोचनालाई ‘व्यापारिक घरानाको विवाद’ एवं ‘ब्ल्याकमेलरको दौडधूप’को संज्ञा दिएका छन् । यती होल्डिङसँग आफ्नो मितेरी साइनो भएजस्तो गरी प्रचार भइरहेको प्रधानमन्त्रीको गुनासो छ । यती प्रकरणलाई व्यापारिक घरानाको विवाद एवं ब्याकमेलरको […]

मकवानपुरमा प्रहरी र गाँजा तस्करबीच ‘फिल्मी’ इन्काउन्टर !

१५ माघ, मकवानपुर । नेपालमा सबैभन्दा बढी गाँजा खेती हुने जिल्ला मध्येमा मकवानपुर पर्छ । प्रहरीले गाँजा खेती नियन्त्रणका लागि कदम नचलाएको पनि होइन । यद्यपि, दिनहुँ गाँजा तस्करीको प्रयास भइरहन्छ । दैनिक जसो तस्करी पक्राउ परेका पनि छन् । घटनाक्रमहरुले मकवानपुरबाट भारतीय नागरिकले गाँजा खरिद गरेर लाने गरेको देखिन्छ । बढ्दो गाँजाको कारोबारलाई लक्षित […]

विदेशमा कोमामा रहेका बिरामी फर्काउन किन डराउँछ परिवार ?

१५ माघ, काठमाडौं । दक्षिण कोरियाबाट ‘कोमा’मा नेपाल फर्किएका झापाका ओमनाथ ढकाल आजभोलि घरैमा परिवारको हेरचाहमा छन् । थेरापीलगायतका उपचारले उनी बिस्तारै तंग्रिन पनि थालेका छन् । तर, विदेश कामको सिलसिलामा गम्भीर घाइते वा बिरामी भई अस्पतालको कोमामा पुगेका सबैको भाग्य ओमको जस्तो छैन । अझै पनि २२ जना नेपाली कामदार विदेशका अस्पतालमै अचेत अवस्थामा […]

रसुवागढी र तातोपानी नाकाबाट पर्यटकलाई नेपाल प्रवेशमा रोक

१५ माघ, काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि रसुवागढी र तातोपानी नाकाबाट पर्यटकको आवागमन १५ दिनलाई बन्द गरिएको छ । चिनियाँ पर्यटकको आवातजावतबाट भाइरसको संक्रमण फैलिनसक्ने भएकाले पर्यटकको आवागमन रोकिएको हो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले अनलाइनखबरसँग भने, ‘अहिले बाटो पनि अफ्ठ्यारो छ, त्यसैले दुई देशकै सहमतिमा १५ दिनलाई आवातजावत बन्द गरिएको हो […]

नेकपा भइसकियो, फ्याट्ट एमाले भनिन्छ !

१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कतिपय काममा एमालेजस्तो भइएको स्वीकार गरेका छन् । अब राष्ट्र निर्माणको मूल्यमा त्यसलाई बिर्सदै जानुपर्ने नेकपा अध्यक्ष ओलीको भनाइ छ । बुधबार राष्ट्रिय सभागृहमा सुरु भएको नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले भने, ‘कहिले–कहिले बोल्दाखेरि मैले नेकपा नभनेर एमाले भनिराख्या हुन्छु । पृष्ठभूमिले तानेको । […]

नेकपा बैठकमा डराए प्रधानमन्त्री !

१५ माघ, काठमाडौं । केन्द्रीय कमिटीको बैठकका एजेण्डा तयार पार्न मंगलबार साँझ बालुवाटारमा नेकपा सचिवालयको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री ओलीले माग गरे – भोलि मैले राष्ट्रिय सभागृहमा एमसीसी र यती लगायतका विषयमा बोल्न पाउनुपर्‍यो । सरकारको बचाउमा बोल्न पाउनुपर्‍यो । सचिवालयले प्रधानमन्त्रीलाई केन्द्रीय कमिटीको बैठकमा लामो भाषण गर्ने अनुमति दियो । तर, सचिवालयकै […]

जिप र मोटरसाइकल ठोक्किँदा एक दम्पतिको मृत्यु

१५ माघ, जनकपुरधाम । पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ स्थित गोदारमा भएको दुर्घटनामा एक दम्पतिको ज्यान गएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ६४ प ३०४८ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स १ च १८५८ नम्बरको जिप बुधबार एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ […]

चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन मरे दुई गैँडा     

१५ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा मंगलबार एकै दिन दुई गैँडा मरेका छन् । यी सँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैँडाको सङ्ख्या १३ पुगेको छ । सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज क्षेत्रमा हुन् । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जको तमासपुर क्षेत्रमा अन्दाजी १८/२० वर्षको पोथी गैँडा मृतावस्थामा […]

शाइन रेसुंगा बैंकका ग्राहकलाई उपचार शुल्कमा छुट

१५ माघ, बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैक लि. र बाँकेको नेपालगञ्ज मेडिकल कलेज बीच बैंकका ग्राहकलाई उपचार सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार शाइन रेसुंगा डेभलपमेण्ट बैंकका खातावाल ग्राहकहरुले उक्त मेडिकल कलेजमा उपचार गराउँदा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने छन् । मेडिकल कलेजले बैंकका ग्राहकहरुको स्वास्थ्य जाँच, प्याथोलोजी, शल्यक्रिया र […]

अस्ट्रेलियाका वैज्ञानिकले कोरोना भाइरसको ‘नक्कल’ बनाए, उपचारमा सहयोग पुग्ने अपेक्षा

१५ माघ, काठमाडौं । अस्ट्रेलियाका केही वैज्ञानिकहरूले आफूहरूले विश्वभरि त्रासका रूपमा फैलिरहेको कोरोना भाइरस नामक जीवाणुको नक्कल (कपी) बनाएको दाबी गर्दै यसबाट रोगको पहिचान र उपचारमा सहयोग पुग्न सक्ने अपेक्षा गरेका छन् । कोरोना भाइरस उत्पत्ति भएको मुलुक चिनभन्दा बाहिर यसरी उक्त भाइरसको कपी गरिएको यो पहिलोपटक भएकाले वैज्ञानिकहरूले यसलाई ‘महत्वपूर्ण उपलब्धि’ बनेका छन् । […]

बैंकले तोक्न थाले कर्जामा ‘फिक्स्ड ब्याजदर’

१५ माघ, काठमाडौं । गत शुक्रबार राष्ट्रिय वाणिज्य बैंकको ५५ औं वाषिर्कोत्सवलाई सम्वोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ‘फिक्स्ड ब्याजदर’ को विषय उठान गरे । उनले दीर्घकालीन कर्जा लिनेहरुका लागि स्थिर ब्याजदर कायम गर्न निर्देशन नै दिएका थिए । बैंकहरुले बुधबारदेखि नै ‘फिक्स्ड ब्याजदर’ नीति कार्यान्वयनमा ल्याएका छन् । बुधबार ३ वाणिज्य बैंकहरुले नयाँ ब्याजदर […]

सर्वोच्चले माग्यो फेवाताल संरक्षणको प्रगति विवरण

१५ माघ, पोखरा । सर्वोच्च अदालतले फेवाताल संरक्षण गर्न आफूले गरेको फैसला कार्यान्वयनको प्रगति सरकारसँग माग गरेको छ । सर्वोच्चको फैसला कार्यान्वयन नगरेको भन्दै अधिवक्ता खगेन्द्र सुवेदीले दायर गरेको अदालतको अवहेलना मुद्दामा मंगलबार सुनुवाई गर्दै न्यायाधीश प्रकाशमान सिंह राउत र प्रकाशकुमार ढुंगानाको इजलासले कुन सरकारले कुन मितिमा फैसला कार्यान्वयनमा कति काम गरे प्रगतिको विस्तृत विवरण […]

अजिरकोटमा छोरी मात्र जन्माए १२ कक्षासम्म निशुल्क

१५ माघ, गोरखा । अजिरकोट गाउँपालिकामा एक वा दुई छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गरेका दम्पत्तिका दुवै छोरीहरुले ११ र १२ कक्षा निशुल्क पढ्न पाउने भएका छन् । चालु आर्थिक वर्षबाट गाउँपालिकाले उनीहरुलाई ११ र १२ को शिक्षाका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको हो । ‘छोरी भए पुगेसरी निशुल्क शिक्षा’ कार्यक्रम अन्तर्गत छात्रवृत्ति उपलब्ध गराइने […]

एलपी ग्यासको पाइपलाइन परियोजनाबाट पछि हट्यो सरकार

१५ माघ, काठमाडौं । भारतको मोतीहारीदेखि चितवनको लोथरसम्म  खाना पकाउने एलपी ग्यास पाइपलाइन विस्तार आयोजनाबाट सरकार पछि हटेको छ । यो आयोजनाले नेपालाई फाइदा नदिने भन्दै प्रधानमन्त्रीले असहमति जनाएको निगम उच्च स्रोतले बतायो । केही वर्षभित्रै देशमा विद्युतको उत्पादन प्रशस्त हुने तथा ग्यासको विकल्पमा विद्युत् खपत बढाउन राज्यले नीति लिने भन्दै प्रधानमन्त्रीले ग्यास पाइपलाइन आयोजना […]

एमसीसीलाई इण्डो प्यासिफिकसँग जोड्नु बेकार : प्रधानमन्त्री ओली

१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई इण्डो प्यासिफिक रणनीतिसँग जोड्नु बेकार भएको बताएका छन् । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले एमसीसीबारे धेरै विवाद गर्न आवश्यक नभएको बताएका छन् । यो कम्प्याक्ट एसियाका साथै अफ्रिका र दक्षिण अमेरिकाका गरी ४९ […]

तराईमा आतंक मच्चाउने भारतीय युवकलाई गोली हानी पक्राउ

१५ माघ, रौतहट। तराई-मधेसमा मधेसी नेशनल पार्टीको नाममा आतंक मच्चाउने भूमिगत समूहका एक जना भारतीय युवकलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारीका चाँद अली रहेका छन् । अली नेपाल प्रवेश गर्दै गरेको सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय रौतहटको विशेष टोलीले मंगलबार राति साढे १२ बजे उनलाई नियन्त्रणमा लिएको हो […]

म्याग्दीको पात्लेखर्कमा मोटरबाटो पुगेपछि नाचगान गरेर खुशियाली  

१५ माघ, गलेश्वर । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको विकट कुइनेमङ्गलेमा अक्करेभिर फोडेर मंगलबार मोटर बाटो पुर्‍याएपछि गाउँलेले नाचगान गरेर खुशियाली मनाएका छन् । पात्लेखर्कमा ९३ वर्षीय रिबहादुर छन्त्याल पैदल छिचोल्नसमेत मुस्किल पर्ने अक्करे पहाडलाई काटेर मोटरबाटो गाउँमा पुगेपछि हर्षविभोर हुँदै छमछमी पुख्र्यौली नाच नाचेका थिए । घरआँगानमै मोटरबाटो पुगेपछि अर्का वृद्ध ८५ वर्षीय चित्रबहादुर पुनसमेत फुरुङ्ग […]

होटेलमै हुनुपर्छ हेल्थ क्लिनिक, नेपालमा के छ ?

१४ माघ, काठमाडौं । अघिल्लो मंगलबार दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा राती २ बजेसम्म सहि-सलामत रहेका ८ जना भारतीय पाहुना बिहान ८ बजे ढोका खोल्दा बेहोस अवस्थामा भेटिएका थिए । त्यसपछि कर्मचारीले प्रहरी बोलाए, प्रहरी आएर हेलिकोप्टर मगाईयो, काठमाडौंबाट गएको हेलिकोप्टरले अचेत अवस्थाका व्यक्तिलाई काठमाडौं ल्याएर अस्पताल भर्ना गरियो । उनीहरुलाई अस्पताल भर्ना गर्नासाथ चिकित्सकले मृत […]



from समाचार – Online Khabar https://ift.tt/2RBJUyQ
via IFTTT
Powered by Blogger.