Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

वीरेन्द्रनगरमा तनाव : टिपरको ठक्करबाट युवकको मृत्यु, युवतीले गरिन् आत्महत्या

१४ माघ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर-४ मा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । घटनाबाट विक्षिप्त बनेकी एक युवतीलेे घटनालगत्तै आत्महत्या गरेकी छन् । मंगलबार बिहान वीरेन्द्रनगर-४ मसुरीखेल चोकमा भे १ ख २२४२ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कालिकोटको महावै गाउँपालिका-३, […]

कोरोना भाइरस : नेपाल सतर्क भए पुग्छ !

१४ माघ, काठमाडौं । चीनबाट सुरू भएको कोरोना भाइरसको संक्रमण नेपालसहित ११ देशमा फैलिएको विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले जनाएको छ । विश्वभर २ हजार ७ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ, जसमध्ये चीनमा मात्रै २ हजार ७ सय ४१ जना छन् । चीन बाहिर ३७ जना मानिसमा कोरोना संक्रमणको पुष्टि हुँदा ३६ जना […]

वीरेन्द्रनगर तनावग्रस्त, बुधबार बिहानसम्मका लागि कर्फ्यु जारी

१४ माघ, काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर मंगलबार दिनभर तनावग्रस्त बनेको छ ।  बिहान वीरेन्द्रनगर नगरपालिका-३ गौतमचोक नजिकै टिपरले किचेर एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि वीरेन्द्रनगर बजार क्षेत्र तनावग्रस्त बनेको हो । भे१प २१७८ नम्बरको मोटरसाइकलमा सवार कालीकोटका २१ वर्षीय केशरबहादुर सिंहलाई भे१ख २२४२ नम्बरको टिपरले किचेको थियो । […]

प्रदेशका नाम पञ्चायतको अञ्चलजस्ता : बाबुराम भट्टराई

१४ माघ, काठमाडौं । संघीय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संघीयता र समावेशिताको मुद्दा क्रमश खोसिदै गएको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा धारणा राख्दै उनले प्रदेशको नाम र राजधानी तोक्ने क्रममा संघीयता र समावेशिताको मर्म विपरीतका काम भएको टिप्पणी गरे । ‘पछिल्ला घटनाक्रमबाट संविधानले अगाडि सारेका संघीयता समावेशिता जस्ता मुद्दा खोसिएका छन्, संघीयता नाममात्रको […]

नक्कली प्रमाणपत्रको आरोपमा शिक्षकविरुद्ध भ्रष्टाचारको मुद्धा 

१४ माघ, काठमाडौं । बाँकेको कम्दी-७ पदमपुरमा रहेको शहिद स्मारक माध्यमिक विद्यालयका तत्कालिन शिक्षक उदयराज यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको छ। यादवले प्रावि तहको शिक्षक पदमा नियुक्त हुन माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश बोर्ड अफ हाइस्कुल एण्ड इन्टरमिडिएट एजुकेशन युपी भारतबाट हाइस्कुल उत्तीर्ण गरेको झुट्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको खुलेको हो। उनले […]

पापको भागीदार बन्दिनँ भन्दै प्रदेश राज्यमन्त्री झाले दिइन् राजीनामा

१४ माघ, जनकपुरधाम । प्रदेश २ सरकारकी भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पलकुमारी झाले राजीनामा दिएकी छन् । उनले मंगलबार राष्ट्रिय जनता पार्टी (राजपा) संसदीय दलको कार्यालयमार्फत मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा पत्र बुझाएकी हुन् । पत्रमा ‘राज्य मन्त्रीको हैसियत, पदीय मर्यादा र पदको प्रतिष्ठा जोगाउन लामो देखिको मेरो प्रयासका वावजुद पनि स्थिति अनुकुल हुने […]

चितवन अदालतको फैसला : प्रहरीसँग विवाद गर्दैमा अभद्र व्यवहार हुँदैन

१४ माघ, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी कर्मचारीसँग विवाद गरेकै कारण गायिका आस्था राउतमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा लाग्यो र प्रहरी हिरासतमा पुगिन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि चार दिन थुनामा राख्न अनुमति दियो । तर चौतर्फी आलोचना भएपछि भोलपल्टै प्रशासनले ४ हजार रुपैयाँ धरौटी लिएर रिहा गर्‍यो । राउत छुटेकै दिन जिल्ला अदालत […]

कलैयामा जनप्रतिनिधिका लागि एकै पटक २१ थान मोटरसाइकल खरिद

१४ माघ, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिकाले एकै पटक २१ थान मोटरसाइकल खरिद गरेको छ । जनप्रतिनिधि र कर्मचारी चढ्नका लागि एकैपटक २१ थान मोटरसाइकल खरिद गरिएको हो । भ्याट बाहेक झण्डै २ लाख २६ हजार रुपैयाँको दरले टिभीएसको आरटीआर मोटरसाइकल खरिद गरिएको कलैया उपमहानगरपालिकाले जनाएको छ । खरिद गरिएका मोटरसाइकल मध्ये १६ वटा वडाध्यक्षका […]

स्थानीय सरकारको खातामा साढे २० अर्ब राजस्व

१४ माघ, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म संकलित कूल राजस्वबाट साढे २० अर्ब रुपैयाँ स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार यो पाँच महिनामा २० अर्ब ४९ करोड ७१ लाख रुपैयाँ स्थानीय सरकारहरुको खातामा गएको छ । देशभरका ७५३ वटै सरकारले यो रकम पाउँछन् । अन्तर सरकारी वित्त […]

धरौटीमा छुटेपछि आस्थाले गरिन् प्रहरीको प्रशंसा

१४ माघ, काठमाडौं । अभद्र व्यवहारको मुद्दामा धरौटीमा रिहा भएपछि गायिका आस्था राउतले प्रहरीको प्रशंसा गरेकी छन् । हिरासतमा आफूलाई प्रहरीबाट निकै सहज र राम्रो व्यवहार भएको उनले बताइन् । हँसिलो अनुहारमा आफ्नो बुवासँग बाहिर निस्केकी आस्थाले उपस्थित सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिएकी थिइन् । उनले यसअघि प्रहरीप्रतिको आफ्नो गलत बुझाइ दुई दिनमा फेरिएको समेत बताइन् । […]

नेकपा बैठक भोलिबाट, ओलीको उद्घाटन मन्तव्य

१४ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक भोलि सुरु हुँदैछ । राष्ट्रियसभा गृहमा विहान ११ बजे बोलाइएको बैठकलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । यसलाई उद्घाटन मन्तव्य भनिएको छ । तर सरकारका पछिल्ला निर्णयहरुबारे पार्टीभित्र र बाहिर उठेका विषयमा सम्बोधन गर्ने संकेत देखिएको एक नेता […]

तिलोत्तमाको ९ नम्बर वडा देशकै पहिलो खुला पोलिथिनमुक्त घोषणा

१४ माघ, बुटवल । नगरलाई खुला पोलिथिनमुक्त घोषणाको तयारीमा रहेको तिलोत्तमा नगरपालिकाको वडा नम्बर ९ देशकै पहिलो खुला पोलिथिनमुक्त वडा घोषित भएको छ । नगरका १७ वटा वडामध्ये मंगलबार औपचारिक समारोहका बीच वडा नम्बर ९ लाई शून्य पोलिथिन वडा घोषणा गरिएको हो । घोषणाअघि नगरप्रमुख र वडाध्यक्षको नेतृत्वमा वडावासीले बाजागाजासहितको र्‍याली निकालेका थिए । र्‍यालीपछि […]

संवैधानिक आयोग खाली हुनुको कारण ‘अनवान्टेड बेबी’

१४ माघ, काठमाडौं । अध्यक्षसहित पाँच/पाँच जना पदाधिकारी हुनुपर्ने राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग र आदिवासी जनजाति आयोग पदाधिकारीविहीन छन् । पदाधिकारी भएका अधिकांश संवैधानिक आयोगहरू पनि पूर्ण छैनन् । संवैधानिक आयोगमध्ये लोक सेवा आयोग र राष्ट्रिय मानव अधिकार आयोगबाहेक कुनै पनि आयोगमा पूरा पदाधिकारी छैनन् । शरीरविनाको टाउको राष्ट्रिय समावेशी आयोगका अध्यक्ष शान्तराज […]

कलैया उपमहानगरपालिका–५ का वडाध्यक्ष मण्डलको निधन

१४ माघ, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राम अयोध्या मण्डलको निधन भएको छ । मण्डलको सोमबार साँझ बरेवा घुसुकपुर टोलस्थित आफ्नै निवासमा निधन भएको हो । तत्कालिन नेकपा एमालेबाट उनी वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनी लामो समयदेखि लिभर क्यान्सर रोगबाट ग्रसित थिए । नगरपालिकाले उनको उपचारका लागि […]

सभामुखलाई शुभकामना दिँदै प्रधानमन्त्रीले भने – एमसीसी अनुमोदनको प्रतीक्षामा छ

१४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख चयनमा विलम्ब भएको स्वीकार गरेका छन् । तर अब सरकार र संसदले पनि आफ्नो काम तीव्र गतिमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई शुभकामना दिने क्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता समेत रहेका ओलीले भने, […]

बर्दियामा आफैंले बोकेको बन्दुक पड्केर प्रहरी घाइते

१४ माघ, काठमाडौं । विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्न गएका एक जना प्रहरी आफ्नै बन्दुक पड्किँदा घाइते भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय, ढोडरीमा कार्यरत् प्रहरी विप्लव समूहका कार्यकर्ताबारे सूचना पाएपछि मधुवन नगरपालिका-४, मौवामा पुगेको थियो । तर, त्यहाँ भुलवश प्रहरीले बोकेको हतियार पड्किँदा एक जना घाइते छन् । घाइते हुने […]

अवैध सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर श्रीमानको हत्या !

१४ माघ, विराटनगर । मोरङ कटहरी गाउँपालिका– ७ का विकास सरदारको हत्या उनकै श्रीमतीको योजनामा भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रेमीसँगको सम्बन्धका बारेमा ४५ वर्षीय श्रीमान विकास सरदारले थाहा पाएपछि श्रीमती दयावती सरदारको सल्लाहमा प्रेमी बद्री सरदारसहितको समुहले हत्या गरेको खुलेको हो । ३५ वर्षीय दयावती सरदारको दुई वर्षयता बोस भनिने ३६ वर्षीय बद्री […]

राष्ट्रपतिद्वारा प्रजातान्त्रिक पार्कको अनावरण

१४ माघ, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौंडा उपमहानगरपालिका-११ शहीद पार्कमा निर्माण भएकोे प्रजातान्त्रिक पार्कको अनावण गरेकी छन् । राष्ट्रपति भण्डारीले राजनीतिक परिवर्तनका लागि लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह र पहिलो जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको […]

पत्रकारको परीक्षा देशले धान्न सक्दैन : सञ्चारमन्त्री बाँस्कोटा

१४ माघ, काठमाडौं । नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा मिडिया काउन्सिलबाट पत्रकारहरुको परीक्षा लिन नहुने बताएका छन् । पत्रकारहरुको परीक्षा लिने कानून बनाइयो भने त्यसको कार्यान्वयन गर्न गाह्रो हुने भएकाले मिडिया काउन्सिल विधेयकमा त्यस्तो परीक्षाको प्रावधान राख्न नहुने मन्त्री बाँस्कोटाको धारणा छ । मन्त्री बास्कोटाले भने, ‘मिडिया काउन्सिलले कुन-कुन दिन […]

विद्यार्थीको हात भाँच्ने शिक्षक पक्राउ   

१४ माघ, लहान । गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने सिराहाको मिर्चैयास्थित स्वस्तिक पाठशालाका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । गृहकार्य नगरेको भन्दै सिराहा नगरपालिका–२ निवासी १२ वर्षीय रितिक यादवलाई कुटपिट गरी हात भाँचिदिएको आरोपमा पाठशालाका शिक्षक ताराबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । कुटपिटबाट रितिकको बायाँ हात भाँचिएकाले शिक्षक कार्कीलाई पक्राउ गरिएको इलाका […]

स्ववियु निर्वाचनका लागि कांग्रेसले माग्यो समय

१४ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि नेपाली कांग्रेसले समय मागेको छ । आफ्नो भातृ संगठन नेपाल विद्यार्थी संघ अहिले नेतृत्वविहीन रहेकाले मिति घोषणा र अन्य तयारी अघि बढाउन समय माग गरेको हो । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले त्रिविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटासँग कुरा गरी नेविसंघ नेतृत्वविहीन भएकाले स्ववियू […]



from समाचार – Online Khabar https://ift.tt/2uJp87q
via IFTTT
Powered by Blogger.