समाचार
१६ माघ, काठमाडौं । समाजवादी विद्यार्थी युनियनले संसद्मा प्रस्तुत प्रविधि विधेयक फिर्ता लिन माग गरेको छ । दुई दिने केन्द्रीय समिति बैठकले विधेयक फिर्ता लिन माग गर्ने निर्णय गरेको युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले जानकारी दिए । बैठकले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन पूर्ण समानुपातिक प्रणालीमा गर्नुपर्ने, स्ववियु निर्वाचनको निश्पक्षताका लागि स्वतन्त्र निर्वाचन केन्द्रीय समिति गठन […]
१६ माघ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभालाई जीवन्त राख्न प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् । ‘सबै कुराको सुरुवात हुने थलो भनेको संसद नै हो । यसलाई कसरी जीवन्त राख्न सकिन्छ, त्यसमा मेरो सक्दो प्रयास हुनेछ’ बिहीबार संसदीय मामिला पत्रकार समाजले सिंहदरबारमा गरेको कार्यक्रममा सभामुख सापकोटाले भने । सदनलाई जीवन्त बनाउनका लागि सबै पक्षसँग छलफल […]
१६ माघ, काठमाडौं । चितवनमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माणका लागि सहयोग जुटाउन धुर्मुस सुन्तली फाउन्डेसनले महायज्ञ लगाउने भएको छ । माघ १९ देखि २६ गतेसम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणस्थलमा धनधान्यान्चल महायज्ञ लगाउने फाउन्डेसनले जनाएको छ । ३ अर्ब लागत अनुमान गरिएको रंगशाला निर्माणका लागि जनस्तरबाट सहयोग जुटाउनका लागि महायज्ञ गर्न लागिएको अध्यक्ष सीताराम कट्टेल […]
१६ माघ, जनकपुरधाम । तपाईंको घर प्रदेश २ मा छ ? र, वैदेशिक रोजगारमा जान चाहनुभएको छ ? तर रकमको अभावमा जान सकिरहनुभएको छैन भने अब त्यो चिन्ता हटाउँदा हुन्छ । विदेश जाने युवाका लागि प्रदेश सरकारले बिना धितो ऋण दिने व्यवस्था मिलाएको छ । प्रदेश सरकारले यस्तो व्यवस्था मिलाएसँगै विदेश जानकै निम्ति चर्को व्याजमा […]
१६ माघ, काठमाडौं । नेपाल इन्डिया चाईना एक्पो (नाईस) कार्यक्रम स्थगित भएको छ । आगामी फेबु्रअरी २२ देखी २५ सम्म काठमाडौंमा त्रिदेशिय ट्राभल एक्स्पो आयोजनाको तयारी थियो । तर, चीनमा फैलिएको कोरानो संक्रमणका कारण चिनियाँ प्रतिनिधिको सहभागिता अनिश्चित भएका कारण तत्कालका लागि कार्यक्रम स्थागित भएको प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले जनाएको छ । […]
१६ माघ, काठमाडौं । सरकारले विश्व विद्यालय अनुदान आयोगको रिक्त सदस्य पदमा प्रा. डा. धर्मकान्त बास्कोटा र प्रा. डा. रामकण्ठ मकाजु श्रेष्ठलाई नियुक्ति गरेको छ । दुबै जनालाई १३ माघमा बसेको मन्त्री परिषद् बैठकले सदस्यमा नियुक्त गरेको सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए । बास्कोटा त्रिभुवन विश्वविद्यालयका उपकुलपति हुन भने मकाजु काठमाडौं विश्व […]
१६ माघ, काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरस भारतमा पनि पुगेको छ । केरला राज्यमा कोरोना भाइरस संक्रमित विद्यार्थी भेटिएको त्यहाँका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । चीनको वुहान विश्वविद्यालयबाट आएका विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको लक्षण देखिएको हो । भारतमा करिब पाँच सय बिरामीलाई निगरानीमा राखिएको छ । नेपालमा पनि एक विद्यार्थीमा […]
१६ माघ, काठमाडौं । काठमाडौंस्थित ताहाचाल सामुदायिक आवास व्यवस्थापन समाजका कार्यलय सचिव सन्तोष घिमिरेलाई चेक किर्ते गरी बैंकबाट २० लाख रुपैयाँ निकालेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । भोजपुरको षडानन्द गाउँपालिका-११ घर भई हाल काठमाडौंको दक्षिणकाली नगरपालिका-६ बस्ने ५६ वर्षीय घिमिरेलाई हस्ताक्षर भइसकेको चेकमा अंक र अक्षर थप गरेर बैंकबाट रकम निकालेको आरोपमा प्रहरीले पक्राउ […]
१६ माघ, काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रबाट कृषि क्षत्रेमा हुने कर्जा काठमाडौं उपत्यका र आसपासकै क्षेत्रमा सबैभन्दा धेरे लगानी हुने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले ५७ जिल्लामा भएको कर्जा लगानी सम्बन्धी नयाँ रिपोर्ट सार्वजनिक गर्दै सबैभन्दा धेरै काठमाडौं क्षेत्रमै कृषि कर्जा लगानी भएको देखाएको हो । राष्ट्र बैंकले अध्ययन रिपोर्ट सार्वजनिक गर्दै […]
१६ माघ, काठमाडौं । गोकर्ण फरेस्ट रिसोर्टलाई नेपाल ट्रस्टको २८ सय रोपनी जग्गाको लिज अवधि थप्ने सरकारी निर्णयको विषयमा बिहीबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छलफल गरेको छ । बिहीबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र नेपाल ट्रस्टका अधिकारी बोलाएर छलफल गरेको हो । बैठकमा लेखा समिति सभापति भरतकुमार शाहले लिज अवधि नसकिँदै थप समयका लागि […]
१६ माघ, काठमाडौं । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको म्याद एक वर्ष थप गरेको छ । माघ १३ गते बसेको मन्त्रिपरिषद बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप गरेको हो । ती दुबै आयोगको म्याद आउँदो माघ २६ गते सकिँदै थियो ।
काठमाडौं । क्रिस्टोफर हेनरी गेल (क्रिस गेल)ले नेपालमा क्रिकेट खेल्ने भएका छन् । वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान अनि टि-२० का लिजेण्ड गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउने भएका हुन् । उनले पोखरा राइनोजबाट ईपीएल खेल्ने भएका हुन् । बिहिबार पोखरा राइनोजले पत्रकार सम्मेलन गर्दै गेलले खेल्ने जानकारी गराएको हो । गत सिजन पोखराबाट दक्षिण […]
१६ माघ, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित सडकमा हिँडिरहेका एक व्यक्तिको गलामा लगाएको सुनको सिक्री लुट्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लम्जुङ्गको सुन्दरवजार नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका- २६ मित्रनगर वस्ने २७ वर्षीय मन वहादुर घर्ती र मकवानपुरको मनहरी गाउँपालिका-३ घर भई बालाजु बस्ने ३१ वर्षीय सुविना राई रहेका छन् । काठमाडौं […]
१६ माघ, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर-३ गौतमचोकमा मंगलबार टिपरले किचेर कालीकोटका २१ वर्षीय केशर सिंहको घटनास्थलमै मृत्यु भएपछि तनावग्रस्त बनेको वीरेन्द्रनगर सामान्य बन्न थालेको छ । तीन दिनको प्रयासपछि बिहीबार पीडितपक्ष र प्रशासनबीच पाँच बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । प्रहरी नियन्त्रणमा रहेका टिपर चालक राजकुमार बोहोराविरुद्ध कारबाहीका लागि पीडित पक्षले किटानी […]
१६ माघ, काठमाडौं । पब्लिकेसन नेपालयले २०२० देखि प्रकाशनको कार्यकारी जिम्मेवारी नयाँ नेतृत्वलाई सुम्पेको छ । प्रकाशनसँग सम्बन्धित व्यवस्थापकीय र प्रकाशकीय दुवै क्षेत्रलाई अब दुईजना महिलाहरूले सम्हाल्ने भएका छन् । नेपालयका अनुसार व्यवस्थापनको नेतृत्व सैजन मास्के र प्रकाशनको नेतृत्व भूषिता वशिष्ठले पाएका हुन् । लामो समयदेखि नेपालयसँग सम्बन्धित सैजन मास्के बजार व्यवस्थापनको विद्यार्थी हुन् । […]
१६ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नबीच व्यापार, लगानी र प्रविधि हस्तान्तरणलाई द्विपक्षीय हितमा उपयोग गर्नुपर्ने, युरोपेली सङ्घमार्फत नेपाललाई प्राप्त हुँदै आएको सहयोगलगायत विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पु¥याउनुपर्ने, व्यापार, लगानी र प्रविधि हस्तान्तरणलाई […]
१६ माघ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउन-पुस)मा सरकारले पूँजिगत खर्च मात्र १४ प्रतिशत मात्र गर्न सक्यो । जसले गर्दा समग्र बजेट खर्च कमजोर देखिएको छ । विकासे मन्त्रालयहरु खर्च कमजोर हुँदा सरकारको समग्र खर्च नै कमजोर बन्न पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार ठूलो बजेट ओगटेर बसेका मन्त्रालयहरुले नै […]
१६ माघ, काठमाडौं । त्यस्तो ठाउँमा जन्मिएँ, जहाँ माहोल नै क्रिकेटमय थियो । अझ बुवाले पनि क्रिकेट फलो गर्ने भएकाले त्यसको प्रभाव ममाथि हुने नै भयो । तर सानोमा रहरले क्रिकेट खेलिन्थ्यो, अहिले देशका लागि खेलिरहेको छु । जब राष्ट्रिय झण्डा अंकित जर्सी लगाएर मैदान उत्रिन्छु र नेपालको राष्ट्रिय गान्छ, मनमा छुट्टै आनन्दको अनुभूति हुन्छ […]
१६ माघ, काठमाडौं । निकै उतारचढावका बीच कारोबार हुँदै आएको पहेँलो धातुको मूल्य स्थानीय बजारमा माघयता उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार पुगेको छ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ७ सयले […]
१६ माघ, काठमाडौं । राष्ट्रिसभा अन्तरगत विधायन समितिले पारित गरेको पत्रकारको परीक्षासम्बन्धी प्रावधानलाई राष्ट्रियसभाले हटाउने गृहकार्य थालेको छ । अब परीक्षासम्बन्धी दफालाई हटाएर मात्र मिडिया काउन्सिल विधेयक प्रतिनिधिसभामा पठाइने भएको छ । तीन दिनअघि विधायन समितिको बैठकले पत्रकारले काउन्सिलमा परीक्षा दिएर लाइसेन्स लिनुपर्ने प्रतिवेदन तयार पारेर राष्ट्रियसभालाई बुझाएको थियो । पत्रकारलाई परीक्षा दिने व्यवस्था मिडिया […]
१६ माघ, चितवन । मकवानपुरमा प्रहरीले पिकअप गाडीमा गाँजा र अफिम ओसार पसार गर्दै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गको हेटौडा उपमहानगरपालिका– १९ नेवारपानीबाट हेटौडातर्फ जाँदै गरेको बा ३ च ५९९७ नम्वरको पिकअप भ्यान चेकजाँच गर्ने क्रममा ६३ किलो गाँजा र तीनसय ग्राम अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । […]
from समाचार – Online Khabar https://ift.tt/2vANKQ7
via IFTTT