समाचार
१७ माघ, वीरगञ्ज । कृषि क्षेत्रमा हुने वैज्ञानिक अनुसन्धानबाट आएका नतिजा किसानको तहसम्म पुग्न नसकेको गुनासो जनप्रतिनिधिहरुले गरेका छन् । कार्यालयको घेरामा मात्रै अनुसन्धान सीमित रहेको भन्दै उनीहरुले अध्ययन अनुसन्धानबाट आएका नतिजालाई किसानसम्म पुर्याउन सुझाव दिएका छन् । कृषि अनुसन्धान परिषद नार्कले आयोजना गरेको आ.व ०६७/७७ को योजना तथा बजेट तर्जुमा गोष्ठीको उद्घाटन कार्यक्रममा उपस्थित […]
१७ माघ, रौतहट । रौतहटको गौरमा बिहीबार राति चार वर्षकी बालिकाको बलात्कार भएको छ । बलात्कार आरोपमा प्रहरीले गौर नगरपालिका १ मा साइकल मर्मत गर्ने ५४ बर्षका रामकिशोर मिश्रलाई पक्राउ गरेको छ । बालिकाका छिमेकी मिश्रले चकलेट बिस्कुट दिई ललाई फकाई घर नजिकै बारीमा लगी बलात्कार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । बालिकाको […]
१७ माघ, चितवन । चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग जुटाउन गर्न लागिएको वृहत धनधान्याचल महोत्सव–२०७६ को तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव मूल आयोजक समितिले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । माघ १९ गतेदेखि २६ गतेसम्म रंगशाला निर्माण परिसरमा नै वृहत धनधान्याचल महोत्सव–२०७६ […]
१७ माघ, बुटवल । रुपन्देहीको सैनामैना रामापुरमा दुई मोटरसाइकल र स्कुटर ठोक्किदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । लु ४२ प ७०९६ र लु ३५ प ५०१९ नम्बरको मोटरसाइकल र लु २४ प ७४७२ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको […]
१७ माघ, हेटौँडा । हेटौँडा-नारायगढ सडकखण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका-११ थानाभयाङमा शुक्रबार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा-३ बस्ने ३५ वर्षीय सागर पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडा बजारबाट स्थानीय नवलपुरतर्क जाँदै गरेको ना१क ७००६ नं को सनसाइन इङ्लिस बोर्डिङ स्कुलको बसले विपरीत दिशाबाट आउँदै […]
१७ माघ, काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–८ खटार पाँडुलास्थित उपकार इँटा उद्योगका एक मजदुर शुक्रबार मृत अवस्थामा फेला परेका छन् । भारतको दरभङ्गा निवासी ४८ वर्षीय भोली सदाय बिहान ८ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी निरीक्षक गोविन्द अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार सदायलगायत उद्योगका चार जना मजदुरसँगै सुतेको र तीन […]
१७ माघ, जनकपुरधाम । प्रदेश २ सरकारले यस वर्ष २० हजार छात्रालाई साइकल वितरण गर्ने भएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । कक्षा ८ मा अध्ययन गर्ने छात्रालाई प्रदेश सरकारले साइकल वितरण गर्दै आएको छ । यसअघि १५ हजार साइकल वितरण गरिसकेको सरकारले यस पटक २० हजारलाई वितरण गर्ने […]
१७ माघ, काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नेपालमा त्यसको रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीनवटा समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा उच्चस्तरीय अनुगमन समिति, स्वास्थ्य सचिव खगराज बरालकोको अध्यक्षतामा निर्देशक समिति र गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. दीपेन्द्ररमण श्रेष्ठको अध्यक्षतामा स्वास्थ्य प्राविधिक समिति गठन भएको […]
१७ माघ, विराटनगर । अनलाइन सपिङको नाममा ठगी गर्ने गिरोहले नागरिकताको फोटोकपी कै भरमा नक्कली बैंकखाता खोलेको भेटिएको छ । ६७ लाख ९९ हजार ७५० रुपैयाँसहित पक्राउ परेका आठ जनाले फोटोकपी कै भरमा ७८ वटा बैंक खाता खोलेको पाइएको प्रहरीले जनाएको छ । यसरी खाता खोल्दा महिला बढी प्रयोग भएका छन् । खाता खोल्दा एउटा […]
१७ माघ, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पुराना ऐन, कानूनलाई नयाँ संविधान अनुसार परिमार्जन र विस्थापन गर्नुपर्ने बताएका छन् । गैर सरकारी संस्था महासंघले आयोजना गरेको कार्यक्रममा उनले सबै पुराना ऐनलाई कायमै राखेर परिवर्तनको आभास नहुने बताए । ‘संविधान कार्यन्वयन गर्न नयाँ कानुन, ऐन चाहिन्छ । कानुनहरु बनाउन जरुरी पनि छ । पुराना भएका […]
१७ माघ, काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपालको वैदेशिक व्यापार ७ खर्ब ५१ अर्ब ९७ करोड पुगेको छ । जुन गत वर्षभन्दा २.२६ प्रतिशतले कमी हो । गत वर्ष समीक्षा अवधिमा नेपालको वैैदेशिक व्यापार ७ खर्ब ६९ अर्ब ३४ करोड हाराहारी थियो । पुस महिनाको अन्त्यसम्म ६ खर्ब ९४ अर्ब ६९ करोडको बस्तु […]
१७ माघ, कैलाली । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का आलिताल गाउँपालिका कमिटीका अध्यक्षमाथि कुटपिट भएको छ । डडेल्धुराको आलिताल गाउँपालिका कमिटीका अध्यक्ष ज्ञानेन्द्र जोशीमाथि कुटपिट भएको हो । शुक्रबार दिउँसो बैठकमा सहभागी हुन गइरहेका बेला जोशीलाई अज्ञात समूहले अपहरण गरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। जोशीलाई मुकुन्डो लगाएर आएको समूहले […]
१७ माघ, काठमाडौं । ४० हजार घुस लिएको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासीका खरिदार नेत्रबहादुर चौधरी थारुविरुद्ध विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्धा दायर भएको छ । मोही जग्गा बाँडफाँड गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा आरोपित चौधरीले […]
१७ माघ, काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्दा लिएको ऋणको पुष मसान्तमा भुक्तानी गर्नुपर्ने किस्ता तिरेको छ । नेपाल एयरलाइन्सका अनुसार दुईओटा वाइडवडीको किस्ता रकम ६६ करोड ५५ लाख ९९ हजार सात सय ७० र न्यारोवडीको ३४ करोड ८५ लाख ६४ हजार ६ सय २३ रुपैयाँ […]
१७ माघ, गोरखा । अवैध क्रसर उद्योगमा टिपरको ठक्करबाट महिलाको मृत्यु भएपछि गोरखा नगरपालिका-१० छेपेटार शुक्रबार बिहानैदेखि तनावग्रस्त छ । बिहान दूध बेच्न गएकी गोरखा नगरपालिका-१० अमलापानीकी ५२ वर्षीयामनमाया तामाङलाई ग १ ख ८०२७ नम्वरको टिपरले ठक्कर दिएको थियो । ठक्करबाट सामान्य घाइते भएकी तामाङलाई ब्याक गरी किचेर मारेको भन्दै स्थानीयले क्रसरमा रहेका करिब २० […]
१८ माघ,बुटवल । रुपन्देही प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लामा लागूऔषध नियन्त्रण गर्ने अभियान अन्तर्गत खटिएको प्रहरी टोलीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ का बिष्णु गाहा मगर र भैरहवाको मेउडीहवा बस्ने रेनु बनियालाई पक्राउ गरेको हो । सिद्धार्थनगर नगरपालिका-१ स्थित तनहूँ होटलको कोठा नम्बर १३६ बाट दुबै जनालाई नियन्त्रणमा लिएको प्रहरीले […]
१७ माघ, बुटवल । सैनामैना नगरपालिकाले नगरभित्रका पशुपालक किसानहरुलाई करिब २८ लाख अनुदान दिने निर्णय गरेको छ । युवा लक्षित व्यवसाय प्रवर्द्धन कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा ४३ जना पशुपालक किसानहरुलाई अनुदान वितरण गर्ने निर्णय भएको नगरपालिकाका पशु शाखा अधिकृत ईन्द्रबहादुर खड्काले बताए । सैनामैना नगरपालिकाले गाई गोठ सुधार, बाख्रा गोठ सुधार, कुखुरा खोर सुधार […]
१७ माघ, काठमाडौं । ललितपुर कुपन्डोलको जनकपुर इन्जिनियरिङ कलेज परिसरमा विद्यार्थीले आगजनी गरेका छन् । इन्जिनियरिङको स्नातक तह तेस्रो सेमेस्टरका विद्यार्थीले कलेजले सर्वे गर्न नलगेको भन्दै विरोधमा आगजनी गरेको हो । विद्यार्थीहरुले कलेजका पुराना फर्निचरलगायतका सामान बालेर प्रदर्शन गरेका हुन् । परीक्षा आउने बेलासम्म पढाइ नसकेको र सर्वेमा पनि नलगेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन् […]
१७ माघ, काठमाडौं । चीनमा कोराना भाइरसको संक्रमण फैलिँदै गएपछि नेपालका महत्वपूर्ण विकास आयोजनामा समेत त्यसको प्रभाव देखिन थालेको छ । विभिन्न विकास आयोजनामा कार्यरत चिनियाँ परमर्शदाता, ठेकेदार, व्यवस्थापक र कामदार नयाँ वर्ष मनाउन चीन गएपछि नेपाल फर्किएका छैनन् । यसले केही महत्वपूर्ण आयोजनाहरु प्रभावित हुने डर पैदा भएको सरकारी अधिकारीहरुले बताएका छन् । नयाँ […]
१७ माघ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले स्वतन्त्र प्रेसमैत्री कानूनका लागि कुनै आन्दोलन गर्नुनपर्ने बताएका छन् । कानूनहरु सबै लोकतान्त्रिक बन्ने भन्दै उनले सानातिना न्यान्द्रो समातेर कराउन नपर्ने टिप्पणी गरे । नेपाल टेलिभिजन इटहरीको शुक्रबार शुभारम्भ गर्दै उनले भने ‘कानूनहरु लोकतान्त्रिक हुन्छ, एउटा त्यान्द्रो समातेर धेरै कराउनुपर्दैन छलफलका ठाउँ बाँकी छ । […]
१७ माघ, काठमाडौं । गत पुस २७ गते अनलाइन समाचार पोर्टल दिनेशखबरमा एउटा समाचार आयो– मलेसियाको माछापोखरीमा डुब्दा एक नेपाली कामदारले ज्यान गुमाए । त्यसको दुई दिनपछि अमेरिकामा रहेका नेपालीहरूले सञ्चालन गरेको नेपाल ट्वान्टीफोर आवर्स पोर्टलले पोर्चुगलको समुद्रमा डुबेर दुई नेपालीको मृत्यु भएको खबर छाप्यो । झट्ट हेर्दा यी दुई समाचारबीच त्यति कसिलो सम्बन्ध छैन […]
from समाचार – Online Khabar https://ift.tt/2vySpSs
via IFTTT