समाचार
१४ माघ, रौतहट । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका दुई नेता रौतहटबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका रौतहट जिल्ला सेक्रेटरी सिर्जना शाही र जिल्ला सदस्य दुर्गा बल रहेका छन् । उनीहरूलाई चन्द्रपुर नगरपालिका–३, को इपिलघारीबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले जानकारी दिए ।
१४ माघ, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन बदली, वर्षा र हिमपातको सम्भावना औंल्याएको छ । देशको पश्चिम भेग भएर पश्चिम न्यून चापीय प्रणाली भित्रिएको र यसको प्रभावले आगामी ३ दिन बदली, वर्षा र हिमपात हुनसक्ने देखिएको मौसमविद् प्रतीभा मानन्धरले जानकारी दिइन् । मौसमविद् मानन्धरका अनुसार, अफगानिस्तान र पाकिस्तान हुँदै सोमबार बिहान भित्रिएको […]
१४ माघ, काठमाडौं । कोरोना भाइरस संक्रमण झेलिरहेको चीनमा यसबाट ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ । झण्डै ३ हजार मानिस बिरामी परेका छन् । कोरोना भाइरसका कारण हुवेईमा सबैभन्दा धेरैको ज्यान गएको छ । बीबीसीको अनुसार हुवेईमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५६ बाट बढेर ७६ पुगेको छ । त्यस्तै, चीनका अन्य भागका […]
१४ माघ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूको प्राथमिकतामा विविध विषय परेका छन् । ‘पाथीभराको ३१७ रोपनी जग्गा सित्तैमा ८० वर्षसम्म यतीलाई’ शीर्षक दिएर नयाँ पत्रिकाले आज मुख्य समाचार बनाएको छ । समाचार अनुसार, सोलुखुम्बुको सगरमाथा निकुञ्जको ५० रोपनी जग्गा गैरकानूनी रूपमा कब्जा गरेको यती समूहले राजनीतिक प्रभावका आधारमा पूर्व पाथीभराको तीन […]
१३ माघ, बुटवल । सर्प अनुसन्धानकर्ताले नेपालमा विश्वकै दुर्लभ दुई टाउके करेत सर्प फेला पारेका छन् । सर्प अनुसन्धानकर्ता रूपन्देहीका युवा कमल देवकोटा र उनको समूहले दुईवटा टाउको भएको सर्प नवलपुरको कावासोती फेला पारेको हो । करेत बिषालु जातको सर्प हो । स्थानीय जुद्धवीर श्रीस मगरको घरमा यो सर्प भेटिएको हो । अस्पतालमा सो सर्पको […]
१३ माघ, काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे बहस भइरहेको भन्दै यसमा पास गर्न हतार गर्नु नपर्ने प्रतिक्रिया दिएका छन् । सोमबार सपथपछि पदभार ग्रहण गरेका सापकोटालाई एमसीसीबारे सञ्चारकर्मीहरुले प्रश्न गरेका थिए । जवाफमा उनले भने, यसबारे बहस छेडिएको छ । जब बहस छेडिन्छ, निचोडतिर पुग्छ । अध्यनन गर्दै जाउँ न […]
१३ माघ, काठमाडौं । सरकारले ल्याएको विवादित मिडिया काउन्सिलसम्बन्धी विधेयकलाई राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सामान्य हेरफेरसहित पारित गरेको छ । अब विधायन समितिले गरेको हेरफेरसहितको प्रतिवेदन राष्ट्रिय सभामा प्रस्तुत हुनेछ । समाचारजन्य सामाग्रीका कारण कसैको प्रतिष्ठामा आँच पुगे मिडिया काउन्सिलले आम सञ्चार माध्यम, पत्रकार र प्रकाशकलाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्ने सक्ने प्रस्तावित […]
१३ माघ, काठमाडौं । सोमबार सवा ४ बजे टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका एक स्वास्थ्यकर्मीको म्यासेज आयो । म्यासेज हेर्नासाथ थाहा भयो, ‘ब्रेकिङ न्यूज’ रहेछ । ‘भेरिफाई’ गरेर झट्टपट्ट समाचार पोष्ट गरियो, ‘नेपालमा थप एकजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि ।’ केही मिनेटमै समाचार फैलियो । समाचार पोष्ट भएको केही मिनेटमा उही स्वास्थ्यकर्मीको […]
१३ माघ, काठमाडौं । सांसदहरुले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन नामबाट ‘ट्रेड’ शब्द हटाउन प्रस्ताव गरेका छन् । निजामती कर्मचारीलाई ट्रेड युनियन अधिकार दिने कि नदिने भन्ने बहसबाट अगाडि बढेर सोमबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नाममाथि बहस भएको हो । सरकार निजामती कर्मचारीलाई ट्रेड युनियन अधिकार दिने पक्षमा देखिएपछि सांसदहरु ट्रेड युनियनको […]
१३ माघ, काठमाडौं । कास्की फुटबल संघका अध्यक्षलाई कुटेको आरोपमा गण्डकीका प्रदेशसभा सदस्य दीपक मनाङ्गेलाई प्रहरीले पक्राउ गर्यो । अभद्र व्यवहारको आरोपमा उनी तीन दिन हिरासत बसेर ६ हजार धरौटीमा आइतबार छुटे । मनाङ्गे माला लगाएर हिरासतबाट निस्किएको भोलिपल्ट गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिई चार दिनका लागि हिरासतमा राखेको छ । उनलाई चारदिन हिरासतमा […]
१३ माघ, पोखरा । सांसदले उठाएको प्रश्नको जवाफ नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार गण्डकी प्रदेशसभा अवरुद्ध गरेको छ । ७ दिनभित्र सदनमा सांसदले उठाएको प्रश्नको जवाफ दिनुपर्ने व्यवस्थालाई सरकारले लत्याएको भन्दै कांग्रेसले संसद अवरुद्ध गरेको हो । नियमानुसार माघ ५ गते सांसदले उठाएको प्रश्नको आइतबारको बैठकमा नै सम्बन्धित मन्त्रीले दिइसक्नुपर्ने थियो । […]
१३ माघ, जनकपुरधाम । प्रमुख दलहरुले आ–आफ्नो अडान नछाड्दा प्रदेश २ को नामबारे सहमति जुट्न सकेन । स्थायी राजधानी जनकपुरधामलाई तोक्न सहमत दलहरु नामाकरण सन्दर्भमा भने विभाजित भएका हुन् । प्रदेशको नाम र स्थायी राजधानीबारे सहमति जुटाउन गठित संसदीय विशेष समितिको सोमबार बसेको बैठकमा दलहरुले आफ्नो अडान दोहोर्याएका छन् । सत्तारुढ समाजवादी–राष्ट्रिय जनता दल (राजपा)ले […]
१३ माघ, जनकपुरधाम। मृत्युको मुखमा पुगिसकेको छोरा घर फर्किदाको खुसी धनुषाको कमला नगरपालिका–५ पर्साकी ७५ वर्षीया अमरदेवी यादवलाई जति अरुलाई कमै थाहा होला । वैदेशिक रोजगारीका क्रममा पुगेर मृत्युदण्डको सजाय सुनाइएको पर्साका उमेश यादव सोमबार घर पुगेका छन् । उमेशलाई स्वागत गर्न श्रीमती सञ्जु र दुई छोरा जनकपुर विमानस्थलमै पुगेका थिए । तर अमरदेवी जान […]
१३ माघ, काठमाडौं । काठमाडौंका पर्यटकीय स्थलहरुमा आजभोलि एउटा बडेमानको मूर्ति देखिन्छ । कतिले यो मूर्तिलाई हनुमानको भन्ठानेका छन् भने कतिले पहलमानको । सरकारका निकायहरुले यो मूर्ति हिममानव यतीको हो भनेका छन् । विज्ञहरु भने यसमा यतीको परिकल्पित स्वरुप कत्ति पनि नझल्किने बताउँछन् । यसलाई हेर्ने बटुवाहरुले चाहिँ आ–आफ्नो हिसाबले लख काटेका छन् । तीमध्ये […]
१३ माघ, विराटनगर । प्रदेश १ सरकारले माघ २३ गतेका लागि हिउँदे अधिवेशन आव्हान गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ २३ गते दिउँसो ३ बजेका लागि हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको हो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले बैठक आह्वान गर्ने प्रावधान छ । हिउँदे अधिवेशनबाट नै प्रदेश सरकारले प्रदेशको नामको टुंगो लगाउने […]
१३ माघ, कैलाली । कैलालीमा खाल्डोमा जमेको पानीमा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडी नगरपालिका वडा नम्बर ७ बस्ने पंकज चौधरीका सात महिनाको नाबालक छोरा आरम्भ चौधरी रहेका छन् । घर नजिकैको खाल्डोमा जमेको पानीमा डुबेर बालक आरम्भ घाइते भएका थिए । उनको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी […]
१३ माघ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार १४ औं महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडल र कृष्ण सिटौला समूहले २६ मंसिरमा बोलाइएको केन्द्रयि समिति बैठक बहिस्कार गरेपछि सुरु भएको विवाद १० माघमा बूढानीलकण्ठ बैठकमा टुंगिएको थियो । त्यही सहमतिअनुसार बोलाइएको बैठकमा पौडेल र सिटौला समूहका नेताहरु […]
१३ माघ, विराटनगर । उच्च अदालत विराटनगरको आदेशपछि विराटनगर महानगरपालिकाका जनप्रतिनिधीले पाउदै आएको सुविधा घटेको छ । प्रदेश सरकारले निर्माण गरेको ऐन विपरीत सुविधा लिएको देखिएपछि उच्च अदालत विराटनगरले महानगरको निर्णय बदर गर्न परमादेश जारी गरेको थियो । अदालतको परमादेशपछि पुसबाट जनप्रतिनिधिले प्रदेशसभाले पारित गरेको ऐनअनुसार मात्र सुविधा लिएका छन् । विराटनगर महानगर प्रमुख भीम […]
१३ माघ, काठमाडौं । भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुको सहभागितामा सुर्खेतमा आयोजित नेपाली सेना ‘भूतपूर्व सैनिक सम्मेलन-२०७६’ सोमबार सम्पन्न भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले एक विशेष कार्यक्रमकाबीच सम्मेलनको समापन गरेका हुन् । सम्मेलनको समापन गर्दै प्रधानसेनापति थापाले नेपालको संविधानले सुम्पिएका विशिष्ट जिम्मेवारीलाई अडिग र अविचलित रहँदै पुर्खाको रगत, पसिना र बलिदानबाट प्राप्त नेपाली […]
१३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाली पोर्ट’ नामक अध्यागमन व्यवस्थापन तथा सीमा नियमन प्रणालीको सुभारम्भ गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले ‘नेपाली पोर्ट’ को उद्घाटन गरेका हुन् । अध्यागमनको सूचनाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपालमै उपलब्ध विज्ञ र विभागका प्राविधिकहरुको टोलीले १ वर्ष लगाएर नेपाली पोर्ट नामक प्रणालीको […]
१३ माघ, बुटवल । प्रदेश ५ को प्रादेशिक पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दाङका ईन्जिनियर ध्रुब मजगैँया नियुक्त भएका छन् । प्रदेश ५ को सोमबार बसेको मन्त्री परिषद् बैठकलले मजगैँयालाई नियुक्त गरेको सरकारकार प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए । मन्त्री परिषद् बैठकले आगामी वर्षको वैैशाख ४ र ५ गते […]
from समाचार – Online Khabar https://ift.tt/36zvYcA
via IFTTT