समाचार
८ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क नलिन निर्देशन दिएको छ । निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी काय गरी माथिल्लो कक्षामा विद्यार्थीको अभिलेखीकरण गराई बक्यौता शुल्क बुझाउन आज सार्वजनिक आग्रह गरेका थिए । शिक्षा मन्त्रालयले कोरोना महामारी र बन्दाबन्दीको विद्यमान […]
८ असार, कैलाली । कैलालीमा क्वारेन्टिनबाट घर गएका ५८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरु सबै लम्किचुहा नगरपालिकाका हुन् । ‘उनीहरुलाई २१ दिन क्वारेन्टाइनमा राखेर घर पठाएका हौं’ महादेब जजगाईँले अनलाइनखबरसँग भने ‘घर गएको ४/५ दिनपछि आज (सोमबार) बल्ल संक्रमित भएको रिर्पाेट आयो ।’ नगरपालिककाको क्वारेन्टिनमा २४२ जना थिए । उनीहरुको र्यापिड डायग्नोस्टिक […]
८ असार, काठमाडौं । स्वास्थ्य सामग्री खरिद प्रकरणमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल र उनका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीको भूमिका शंकास्पद देखिएको सार्वजनिक लेखा समितिका सदस्यहरूले बताएका छन् । संसदको लेखा समितिले सोमबार प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारी, स्वास्थ्यसचिव लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंह र स्वास्थ्य मन्त्रालयका प्रशासन प्रमुख रघुराम बिष्टसँग […]
८ असार, काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेसँगै काठमाडौंका अस्थायी बासिन्दा गत चैतमा गृहजिल्लातिर लागेका थिए । कोही पैदल हिँडेरै गाउँसम्म पुगे, कसैले मालवाहक सवारी साधनमा कष्टपूर्ण यात्रा गरे । सरकारले ८० दिनको लकडाउनपछि असार १ गतेबाट जिल्लाभित्र जोर–बिजोर प्रणाली लागु गर्दै लकडाउनलाई खुकुलो बनाएको छ । सीमित जनशक्ति राखेर उद्योग […]
८ असार, काठमाडौं । गण्डकी प्रदेशका थप ५३ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । प्रादेशिक स्वास्थ्य निर्देनालयका अनुसार तनहुँमा १७ जना संक्रमित थपिएका छन् । उनीहरु मध्ये बन्दीपुरका १० जना छन् भने भिमाद र आँबुखैरेनीका ३/३ र घिरिङका एक जना छन् । यस्तै स्याङ्जाका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरुमध्ये […]
८ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले अंगीकृत नागरिकताका विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको निर्णयले मुलुकलाई राजनीतिक दुर्घटनातिर लगेको बताएका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै कांग्रेस सांसद देवले नेकपाको निर्णय अत्यन्त अदूरदर्शी, अपरिपक्व, मुलुकमा साम्प्रदायिक दङ्गा भड्काउने र प्रकारान्तरले मुलुकलाई नै विभाजनमा लैजाने खालको भएको टिप्पणी गरेका हुन् । […]
८ असार, कैलाली । कैलालीमा क्वारेन्टिनबाट घर फर्किएका एक व्यक्तिको सोमबार मृत्यु भएको छ । जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ७ का ३६ बर्षका पुरुषको सोमबार साँझ मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । उनी बालसेवा माध्यामिक बिद्यालयको क्वारेन्टाइनबाट आइतबार मात्रै घर फर्किएका थिए । उनलाई आइतबार आरडिटी विधिबाट परीक्षण गरी एन्टीबडी नेगेटिभ […]
८ असार, काठमाडौं । चिया पसलदेखि भट्टीपसलसम्म अहिले सर्वाधिक चर्चा र चासोको ‘टपिक’ बनेको छ एमसीसी । राजनीतिको शीर्ष तहमा रहेका नेतादेखि युट्युबरले बनाएका भाइरल मेनहरु पनि एमसीसीकै बहसमा केन्द्रित भइरहेका छन् । यस्तोबेला संसदबाट सम्झौता पारित गर्ने वा नगर्ने निर्णायक ठाउँमा चाहिँ सत्तारुढ नेकपा छ । अमेरिकी विकास सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) […]
८ असार, काठमाडौं । अहिले धेरै नेपाली कामदारहरुको चासो छ, अब वैदेशिक रोजगारी कहिलेबाट खुल्छ ? यसो हुनुमा लकडाउनले बढाएको बेरोजगारी समस्या मात्र कारक छैन, नियमित बिदामा स्वदेश आएकाहरुलाई परेको अप्ठ्यारो पनि एक हो । यही सन्दर्भमा गत शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबारको बैठकले वैदेशिक रोजगारी खुला गर्ने निर्णय गरेको छ […]
८ असार, काठमाडौं । संसदमा छलफलकै क्रममा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, तेस्रो संशोधन विधेयक, २०७६ विषयलाई लिएर केही दिनयता निजी क्षेत्र डराएको छ । अख्तियारलाई निजी क्षेत्र समेत हेर्न सक्नेगरी क्षेत्राधिकार तोकिएको भन्दै निजी क्षेत्र डराएको हो । यसै सन्दर्भलाई लिएर उद्योगीहरूको संगठन नेपाल उद्योग परिसंघको टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको छ […]
८ असार, जनकपुरधाम । नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने विषय राखेको विरोधमा सोमबार साँझ जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सात बर्षपछि अंगीकृत नागरिकता दिने निर्णय गरेपछि त्यसको भोलिपल्ट संसदको राज्य व्यवस्था समितिले नागरिकता विधेयकमा सहमति जुटाएको थियो […]
८ असार, सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ४९ करोड २१ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबार आयोजित छैठौं गाउँसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याएको हो । गाउँपालिकाले आन्तरिक आम्दानी ५६ लाख ४० हजार, नेपाल सरकारको वित्तिय समानीकरणबाट १० करोड ३३ लाख, […]
८ असार, बुटवल । पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिरोले दुई वटा गाडी बगाउँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेका एउटा मिनी ट्रक र पानी बोक्ने ट्यांकर पहिरोले बगाउँदा तीन जना पुरुषको मृत्यु भएको हो । तीनजना मध्ये दुईजनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी […]
८ असार, गुल्मी । गुल्मीमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकु, काठमाडौं र प्रदेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीमा सोमबार ४४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा मालिका गाउँपालिकाका ९, इस्मा गाउँपालिकाका ३२, मुसिकोट नगरपालिकाका १ र रुरुक्षेत्र गाउँपालिकाका २ जना गरी कुल ४४ जनामा कोरोना […]
८ असार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं बाहिर जानेको लागि पनि पास वितरणमा कडाइ गरेको छ । सोमबार सूचना जारी गरी उपत्यकाबाहिर जाँदा नियमपूर्वक क्वारेन्टिनमा राख्ने व्यहोरा सम्बन्धित स्थानीय तहले प्रमाणित गरेपछि मात्रै पास वितरण गर्ने उल्लेख गरेको हो । अब जुन स्थानीय तहमा जानको लागि पास माग गरिन्छ सोही स्थानीय तहले नियमपूर्वक […]
८ असार, काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच सोमबार भेटवार्ता भएको छ । भेटका क्रममा राजदूत क्वात्राले दुई देशबीचको सदियौदेखिको सम्बन्ध र नेपाल भारतबीच सम्पन्न भएका र सम्पन्न हुने क्रममा रहेका विकास आयोजनाका बारेमा छलफल भएको महान्यायाधिवक्ताको कार्याललयले जानकारी दिएको छ । महान्यायाधिवक्ता खरेलले संविधान सभाबाट बनेको नेपालको संविधान […]
८, असार हेटौंडा । असार २ गते घरकै भान्सा कोठामा मृत भेटिएकी हेटौंडा उपमहानगरपालिका– ४ गर्दोही सूर्यचोककी सुस्मिता थापाको हत्यामा ससुरा र नन्दको संलग्नता देखिएको छ । एकसाता लामो अनुसन्धानपछि हत्यामा सुस्मिताका ससुरा प्रकाश थापा र नन्द सीताको संलग्नता पुष्टि हुने आधार भेटिएको मकवानपुरका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए । त्यस दिन खाना […]
८ असार, दाङ । दाङमा एक जना जनप्रतिनिधिसहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै दाङमा कोरोना संक्रमितको संख्या २८५ र घोराही उपमहानगरपालिकामा १ सय ४७ पुगेको छ । सोमबार देखिएका नयाँ संक्रमितहरु सबै घोराही उपमहानगरपालिकाका हुन् । जनप्रतिनिधि घोराही उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष हुन् भने अन्य १२ जना भारतबाट […]
८ असार, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको बंगेरी पुल नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निजगढ नगरपालिका वडा नम्बर १० का ३४ वर्षीय डम्बर लामा र सोही ठाउँ बस्ने ४० वर्षीय रामबहादुर मोक्तान रहेका छन् । बाराका प्रहरी निरीक्षक रुद्र कँडेलका अनुसार मोटरसाइकलमा सवार लामाको घट्ना स्थलमै […]
८ असार, काठमाडौं । निजी शैक्षिक संस्थाले बन्द रहेको अवधिको शुल्क असुल गर्न लागेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आपत्ति जनाएको छ । निजी विद्यालय सञ्चालकहरुका संस्था प्याव्सन र एनप्याब्सनले अभिभावकलाई बाँकी रकम चुक्ता गर्न अपिल गरेपछि नेविसंघले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो । अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गर्दै पढाइ नभएको अवधिको […]
८ असार, सप्तरी । सप्तरीमा कोरोना संक्रमण पुष्टि भएको थाहापाए लगत्तै एक व्यक्ति क्वारेन्टिनबाटै भागेका छन् । हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर १ भारदहस्थित वीपी माविको क्वारेन्टिनमा बसेका २४ वर्षीय युवक क्वारेन्टिनबाट भागेका हुन् । उनको पीसीआर परीक्षणको रिपोर्ट सोमबार आएको थियो । रिपोर्ट पोजेटिभ आएको थाहा पाएपछि उनलाई छुट्टै कोठामा राखिएको थियो । तर […]
from समाचार – Online Khabar https://ift.tt/3doiqnN
via IFTTT






















