समाचार
७ साउन, सप्तरी । सप्तरी सदरमुकाम राजविराजमा बुधबार स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना संक्रमण देखिएको छ । राजविराज नगरपालिका–२ का ३१ बर्षीय पुरुष, राजविराज ३ का ६३, ३२ र २३ बर्षीय पुरुष, राजविराज ६ का ३२ र ३६ बर्षीया महिला, तथा ४० र ४३ वर्षका पुरुष संक्रमित देखिएका छन् । राजविराज वडा नम्बर ७ का २० […]
७ साउन , काठमाडौं । स्याङ्जामा जिपबाट खसेर बुधबार एकजनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको भिरकोट नगरपालिका-४ छाङछाङदीमा ग १ ज ७४४५ नम्बरको जिपबाट खस्दा पाल्पाको रम्भा गाउँपालिका-४ का १६ वर्षीय मनबहादुर सारुको मृत्यु भएको हो । त्रियासीबाट बयारघारीतर्फ जाँदै गरेको जिपको ढालाबाट खसेर घाइते भएका सारुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारको […]
७ साउन, काठमाडौं । लकडाउन थपिँदै जादा सहकारी क्षेत्रमा (लगानी योग्य पुँजी) तरलता अभाव हुने एक किसिमको डर थियो । सहकारी क्षेत्रका अगुवाहरु पनि कलडाउनका बेला सहकारी क्षेत्रमा तरलता अभाव हुन सक्ने बताउँदै आएका थिए । तर अब भने तलता अभावको डर हटेको सहकारी क्षेत्रका अगुवाहरुले बताउन थालेका छन् । सहकारीमा निक्षेपकर्ताकोहरुको आकर्षण पुन बढेपछि […]
७ साउन, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारबाही गरी एक लाख बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले दुई साताका अवधिमा एक हजार ५९ जनालाई कारबाही गर्दा प्रतिव्यक्ति १०० का दरले एक लाख पाँच हजार ९०० राजश्व सङ्कलन गरेको हो । कोभिड १९- को सङ्क्रमण फैलिनबाट रोक्न गृह मन्त्रालयले असार […]
६ साउन, गोरखा । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङको स्वास्थ्यचौकी भवन तीन पटक थपिएको म्यादभित्र पनि ठेकेदारले निर्माण सकेको छैन । १८ महिनामा निर्माण सक्न २०७१ वैशाख २८ गते धुलिखेल निर्माण सेवासँग सम्झौता भए पनि २०७२ कात्तिक २८ मा एक वर्ष, २०७३ कात्तिक २७ मा ८ महिना र २०७४ असार ३० गते ३२ महिना म्याद थप […]
७ साउन, रौतहट । लालबकैया नदीमा आएको बाढीले बगाउँदा रौतहटको कटहरियामा एक जनाको मृत्यु भएको छ । कटहरिया नगरपालिका– १ भसेडवामा २५ वषैका बैजु यादवलाई खोलाले बगाएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी भरत श्रेष्ठले बताए । बाढीले ल्याएको काठ दाउरा झिक्ने क्रममा उनलाई पानीले बगाएको उनले जानकारी दिए । मंगलबार चन्द्रपुर नगरपालिका– ३ गैडाटारमा चादी नदीले […]
७ साउन, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा तीनजना बालबालिकासहित २२ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र दैलेख अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट बुधबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमित १६ जना दैलेख […]
७ साउन, काठमाडौं । अपहरणमा परेको भनेर प्रहरीमा उजुरी गरिएका व्यक्ति होटलमा युवतीसँग भेटिएका छन् । अपहरित भएको भनेर महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरले खोजी गरिरहेका व्यक्ति काठमाडौं–४, चुनदेवीका ३० वर्षीय शक्तिराज रेग्मी होटलमा भेटिएका हुन् । महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार गएराति उनी बसपार्कस्थित सुगन्ध होटलमा भेटिएका हुन् । उनी पक्राउ परेपछि अपहरणको नाटक […]
७ साउन, चितवन । भरतपुर अस्पतालको अति दुर्गन्धित बनेको शव गृहलाई व्यवस्थित बनाइएको छ । दुई-तीन सय मिटरसम्म दुर्गन्ध फैलिन थालेपछि शव गृहलाई व्यवस्थित गरिएको अस्पतालका पोस्टमार्टम चिकित्सक डा. सुजन अधिकारीले जानकारी दिए । शव गृहका बिग्रिएका तीनवटा फ्रिजको मर्मत गरी चलाउन थालिएको डा. अधिकारीले बताए । ‘पहिला फ्रिज पनि चल्दैनथे, बेवारिसे ३/४ वटा शव कुँहिएर […]
७ साउन, काठमाडौं । आज देशका मुख्य नदीहरुमा जल सतह घट्दो क्रममा रहेको छ । कन्काइ, कमला, बागमती, नारायणीलगायतका नदीहरुको बहाव घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजु वैद्यले कोसी र त्यसका सहायक नदीहरुमा पानीको बहाब बढ्दो क्रममा रहे पनि कन्काइ, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबइ र […]
७ साउन कैलाली । बझाङको केदारस्युँ गाउँपालिका २ का हेमन्त भण्डारीलाई राति निन्द्रा पर्दैन । उनको घर पहिरोको उच्च जोखिममा छ । असार १९ गते बझाङको केदारस्युँ गाउँपालिका ८ मलागीमा गएको भीषण पहिरोले उनलाई थप त्रसित बनाएको छ । ‘मेरो घर पनि पहिरोको उच्च जोखिममा छ’ उनले भने ‘डरै डरले रात बित्छ ।’ केदारस्युँ बझाङमा […]
७ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माधवकुमार नेपाल पक्षले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दीर्घकालीन सहकार्यको प्रस्ताव राखेको छ । आगामी मंसिरमा महाधिवेशन गरेर एकल अध्यक्ष बनाउने प्रधाननमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली ओलीको प्रस्तावको काउन्टरमा नेपाल पक्षले दीर्घकालीन सहकार्यको प्रस्ताव अघि सारेको हो । ओलीसँग सहमति गर्दै प्रचण्ड महाधिवेशनबाट अध्यक्ष बनिहाल्छन् […]
७ साउन, काठमाडौं । स्याङ्जामा बुधबार बिहान पहिरोले एक घर बगाउँदा आमाको मृत्यु भएको छ भने छोरी घाइते भएकी छन् । घरमाथिबाट खसेको पहिरोले घर बगाउँदा गल्याङ नगरपालिका–१० गाउँस्वाराकी ५२ वर्षीया माया सारुको मृत्यु भएको स्याङजाका डीएसपी राजेन्द्र अधिकारीले बताए । उनकी २० वर्षीया छोरी नारायणी सारु भने घाइते भएकी छन् । नारायणीलाई वालिङ प्राथमिक […]
७ साउन, काठमाडौं । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । चाँदीको मूल्य पनि बढ्दो क्रममा देखिएको छ । बुधबारका लागि नेपाली बजारमा छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामै १३ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारका लागि […]
७ साउन, जनकपुरधाम । दलित समुदायअन्तर्गत सबैभन्दा पिछडिएका डोम समुदायलाई मानिन्छ । यी समुदाय तराई/मधेशका जिल्लामा झुप्रो बनाएर बसोबास गरिरहेका छन् । दलितको नाममा करोडौं करोड बजेट विनियोजन भई खर्च भइरहेको छ । तर, डोम समुदायलाई यो बजेटले छुन सकेको छैन । सरकार त के स्थानीय जनप्रतिनिधिसम्मको नजरमा डोम पर्न सकिरहेका छैनन् । जसका कारण […]
७ साउन, काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथारोहणको मुहूर्त साउन १० गते शनिबारका लागि जुरेको छ । गत चैत २८ गते कोरोनाका कारण रोकिएको रथ निर्माण कार्य गत असार १० गतेदेखि पुनः सुरु गरिएको थियो । तर मुहूर्त कुरेर अहिलेसम्म रथारोहण गरिएको थिएन । पाटन तलेजु मन्दिरका पुजारी रक्षण राजोपाध्यायका अनुसार साउन १० गतेको लागि मुहूर्त […]
७ साउन, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ११ लाख मूल्य बराबरको अवैध सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । वीरगञ्ज महानगरपालिका–१६ इनर्वाबाट बरामद गरिएका खाद्यान्न, लताकपडा र मोटर्स पार्टसका सामानहरु प्रहरीले भन्सारको जिम्मा लगाएको हो । गैर कानुनी तवरले नेपालबाट भारततर्फ तथा भारतबाट नेपालतर्फ ओसारपसार गरिरहेको अवस्थामा साउन ४ गते बरामद गरिएको अवैध सामान […]
७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीति विगतका वर्षहरूको भन्दा कम आलोचित छ । कोभिड-१९ ले औद्योगिक तथा व्यावसायिक क्षेत्र संकटमा परेका बेला आएको मौद्रिक नीतिलाई निजी क्षेत्रले खुलेर स्वागत गरेको छ । सधैं सरकारसँग असन्तुष्ट रहने निजी क्षेत्रले समेत यसपटक फरकखालको प्रतिक्रिया दिएको छ । गत जेठ […]
७ साउन, कैलाली । बाजुराको बुढीगंगा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष राजेशकुमार सिंहको बुधबार बिहान निधन भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेका अनुसार उनको हृदयघातबाट मृत्यु भएका आशंका गरिएको छ । ‘बिहान एक्कासी उहाँको मृत्यु भयो’ प्रजिअ गैरे भने ‘ह्रृदयघातबाट मृत्यु भएको आशङ्का गरेका छौं ।’ सिंह नेपाली काँग्रेसबाट निर्वाचित थिए […]
७ साउन, जनकपुरधाम । सर्लाहीमा सुतिरहेको अवस्थामा खाटबाट लडेर एक व्यक्तिको मृत्यु भएकाे छ । सर्लाहीको हरिपुर नगरपालिका-२ घर भई इश्वरपुर नगरपालिका-३ मा बस्दै आएका ४० वर्षीय धनबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । इश्वरपुर नगरपालिका-३ बस्ने सूर्यकुमार श्रेष्ठको घरमा सहयोगीको रुपमा बस्दै आएका श्रेष्ठ सुतिरहेकाे अवस्थामा खाटबाट लडेर घाइते भएका थिए । लालबन्दी […]
७ साउन, जनकपुरधाम । सर्लाहीमा गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिवन नगरपालिका-२ बस्ने ३४ वर्षीय बिरु लामा र १८ वर्षीय गणेश काफ्ले रहेका छन् । पैदल हिंडिरहेको अवस्थामा लालबन्दी नगरपालिका-१ लखनदेही खोला छेउबाट दुवै जनालाई मंगलबार राति ७ किलो गाँजासहित नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए । इलाका […]
from समाचार – Online Khabar https://ift.tt/2ZO84tJ
via IFTTT