Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

राष्ट्रपतिका कारण राजतन्त्र ठीक भन्ने जमात बढ्यो : महामन्त्री कोइराला

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले राष्ट्रपति विद्या भण्डारीका कारण गणतन्त्रभन्दा राजतन्त्र ठीक भन्ने जमात बढेको बताएका छन् । ३८ औं वीपी स्मृति दिवसका अवसरमा बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले गरेको अर्चुअल कार्यक्रममा डा. कोइरालाले राष्ट्रपति भण्डारीको क्रियाकलापले भण्डारी नेकपाको मात्र राष्ट्रपति भएको सन्देश गएको बताए । यसले गर्दा कमसेकम […]

वीपीको विचार अहिले झनै सान्दर्भिक : देउवा

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको विचार अहिले झनै सान्दर्भिक भएको बताएका छन् । वीपी पुण्यतिथिका अवसरमा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले गरेको कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै उनले नेपालले आज हिंड्ने मूल बाटो वीपीकै विचार र विश्वासको बाटो भएको बताए । ‘उहाँको बाटो […]

वाग्मती नदीमा फसेका दुईजनाको उद्धार

६ साउन, जनकपुरधाम । सर्लाहीको वाग्मती नदीको बाढीमा फसेका दुई जनाको सकुलश उद्धार गरिएको छ । बागमती नगरपालिका-१२ स्थित वाग्मती नदीको बाढीमा फसेका दुई जनालाई प्रहरीको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । नदीमा दाउरा झिक्न गएका स्थानीय २४ वर्षीय डेटमान गोले र १६ वर्षीय निरज तितुङ्ग खोलाको बीच भागमा फसेपछि उनीहरुको […]

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो

६ साउन, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ५८७ जनाको मृत्यु भएको हो । यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २८ हजार ८४ पुगेको छ । साथै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि […]

गण्डकी प्रदेशमा ९ जना संक्रमित थपिए

६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ९ जना कोरोना संक्रमित थपिएका छन् । म्याग्दी, बागलुङ र स्याङ्जामा ३÷३ जना संक्रमित थपिएका हुन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा २ जना र बेनी नगरपालिकामा एक जना संक्रमित भेटिएका छन् । बागलुङको ताराखोला गाउँपालिकामा ३ जना । स्याङ्जाको फेदीखोला गाउँपालिकामा ३ जना संक्रमित भेटिएका गण्डकी प्रदेशको […]

भोलिदेखि वर्षा कम हुने

६ साउन, काठमाडौं । यस वर्ष मनसुन सुरु भएदेखि हालसम्म औसतभन्दा बढी वर्षा भएको छ । बुधबारदेखि भने पश्चिम क्षेत्रबाट वर्षा क्रमशः कम हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक सरजुकुमार वैद्यले दिएको जानकारीअनुसार भोलिदेखि पश्चिममा वर्षा कम हुँदै गए पनि प्रदेश १, २, गण्डकी र […]

एटीएम शुल्कमा राष्ट्र बैंकको कैंची, बैंकको आम्दानी रोकियो, खर्च उस्तै

६ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीतिबाट बैंकहरुको केही आम्दानीमा कैँची लगाइदिएको छ । बैंकहरुले लिँदै आएका कतिपय शुल्कहरु कटौति गर्ने मौद्रिक नीतिमा व्यवस्था गरिएपछि बैंकहरुको खर्च बढ्ने देखिएको छ । एटीएमलगायतका सेवाहरुमा बैंकले लिँदै आएको शुल्क राष्ट्र बैंकले कटौती गरिदिएपछि बैंकहरुको खर्चको भार बढ्ने भएको हो । बैंकहरुले […]

नेकपामा निकासका लागि प्रवक्ता श्रेष्ठको तीन सूत्र

४ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टीमा जारी संकट समाधानका लागि तीन सूत्र अघि सारेका छन् । मंगलबार ट्वीट गर्दै नेकपा प्रवक्ता श्रेष्ठले पार्टी एकताको रक्षा बटमलाइन भएको बताए । उनले भनेका छन्, ‘पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिर्वतन र महाधिवेशनको तयारीलाई निकासको सूत्र बनाऔं ।’ यद्यपि उनले […]

सर्पले डस्दा कञ्चनपुरमा एक महिलाको मृत्यु

६ साउन कैलाली । सर्पले डसेर कञ्चनपुरमा मंगलबार एकजनाको मृत्यु भएको छ । सर्पको टोकाइबाट महाकाली नगरपालिका- १ को पशुपती टोलकी ४० वर्षीय निर्मला पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ‘उपचारका लागि स्वास्थ्य केन्द्र लैजादै गर्दा उहाँको मृत्यु भएको हो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापाले भने, ‘भुसा निकाल्ने […]

दार्चुलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु, ३ जना घाइते

६ साउन कैलाली । दार्चुलामा सोमबार राति गएको पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका-८ मा पहिरोले पुरिएर स्थानीय अर्जुन दर्जी र मिलन दर्जीको मृत्यु भएको हो । पहिरोले पुरिएर र घाइते भएकामध्ये सोही ठाउँकी लक्ष्मी परियार गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । लक्ष्मीका […]

सेलिब्रिटी एक भ्रम

कला र जीवन एक हिसाबले अभिन्न छ । हामी जीवनका विभिन्न खुसीहरु नाचेर, गाएर व्यक्त गर्छौं । जीवन कलाभन्दा भिन्न त छैन । हामी गीत गाउँदै मेलापात गर्छौं, गीत गाउँदै काम गर्छौं, काम गर्दै गीत गाउँछौं । तर, गीत मात्र गाउँदैनौं । अहिले जहाँ पनि कर्कश गीतहरु मात्र जो सुनिन्छ, मेलापात नै छोडेर गीत मात्र […]

बक्राहा खोलाका कारण चार परिवार बिस्थापित, १५० परिवार जोखिममा

६ साउन, विराटनगर । बाक्राहा खोलाले बाँध कटान गरेपछि मोरङको सुनवर्षी नगरपालिका–७ मा ४ परिवार बिस्थापित भएका छन् । १५० परिवार उच्च जोखिममा परेका छन् । अबिरल वर्षासँगै आएको बाढीले चैता र मल्धैयाको बीचबाट १५ मिटर साइट बाध कटान गरेपछि १५० परिवार जोखिममा परेका हुन् । खोलाले कटान गरेका कारण ४ परिवारलाई सुरक्षित स्थानमा सारिएको […]

नारायणी नदी खतराको तहभन्दा माथि, ३० परिवारलाई सुरक्षित स्थानमा सारियो

६ साउन, चितवन । चितवनका दुई ठूला नदीहरुमा पानीको सतह निकै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणी नदीले खतराको तह पार गरेको छ भने, राप्ती नदी चेतावनीको तहभन्दा माथि पुगेको छ । नारायणी नदीको जलसतह ८ मिटरभन्दा माथि पुग्यो भने खतराको तह मानिन्छ । तर देवघाट क्षेत्रमा गरिएको मापनमा अहिले जलसतह […]

पोखरा–बागलुङ सडकखण्ड खुलाउने प्रयास जारी

६ साउन, पर्वत । पर्वतको कुश्मा नगरपालिका–२, नयाँ पुलमा अबरुद्ध सडक प्रहरीको संयोजनमा खुलाउने प्रयास भइरहेको छ । गएराति पोखरा–बागलुङ सडकखण्डमा ठूलो ढुंगा खस्दा सडक पूर्ण रुपमा अबरुद्ध भएको थियो । अबरुद्ध बाटोलाई जिल्ला प्रहरी कार्यालय, पर्वतबाट ५ जनाको टोली समेत खटाएर स्काभेटरको प्रयोगबाट खुलाउने प्रयास भइरहेको छ । प्रहरीका अनुसार हाल बाटोको केही अंश […]

मौवा खोला पुल छेउमा ग्याबिन जाली भरेर सडक मर्मत गरिने

६ साउन, चितवन । चितवन र धादिङको सिमानामा पर्ने मौवाखोला पुलको छेउमा भत्किएको सडक ग्याबिन जाली भरेर मर्मत गरिने भएको छ । बाढीले भत्काएको भागमा नेपाली सेनाको सहयोगमा ग्याबिन जाली भरेर सडक सञ्चालन गरिने डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्ण अधिकारीले जानकारी दिए । चितवन र धादिङको सिमाना रहेको मौवाखोलाको पुल र सडक जोड्ने १२ […]

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो हटाउने काम सुरु

६ साउन, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा खसेको पहिरो हटाउने काम सुरु भएको छ । सो ठाउँमा केहीबेरदेखि पानी पर्न रोकिएको मौकामा पहिरो हटाउन थालिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । खनालका अनुसार पहिरो झण्डै ५० मिटर लामो छ । सोमबार विहानैबाट अवरुद्ध सडकखण्ड खुलाउन अहिले […]

खोकनावासीलाई झस्काउने भूमि आयोग र प्राधिकरण

६ साउन, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण र रोकथामका लागि लागु गरिएको लकडाउनले मुलुक ठप्प रहेका बेला सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गर्‍यो । १२ बैशाखको मन्त्रिपरिषद् बैठकले गठन गरेको यो आयोगको मुख्य काम हो– भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउनु र अव्यवस्थित बसोबासीको जग्गा व्यवस्थित गर्नु । खर्च नगरी नहुने […]

गण्डकी प्रदेश : बाढीले बगायो सडक, पुल र मन्दिर, एक बेपत्ता

६ साउन, म्याग्दी । निरन्तरको वर्षापछि कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदीमा सोमबार आएको बाढीले म्याग्दीको विभिन्न ठाउँमा सडक, तीन मोटरेबल, दुई झोलुङ्गे पुल तथा दुई ठाउँमा मन्दिर बगाएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाको रुप्सेखोलामा आएको बाढीले निर्माणाधीन र पुरानो मोटरेबल पुल पुरेको छ । अन्नपूर्ण–३ काभ्रेको भजेनीखोलामा आएको बाढीले स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई बेपत्ता […]

छाङरुका नागरिकका लागि सेनाले घाँटीबगरमा २५० मिटर ट्याक खोल्यो

६ साउन, काठमाडौं । दार्चुलाबाट छाङरुसम्म पुग्न स्थलमार्गमा अवरोध भएका कारण नेपाली सेनाले सर्वसाधारणका लागि ट्याक खोल्ने कार्य गरिरहेको छ । भौगोलिक रुपमा विकट घाँटीबगर–तिंकर सडकखण्डमा ट्याक खोल्ने जिम्मा पाएको सेनाले त्यसअघि सर्वसाधारणका लागि गोरेटो बाटो खोलेको हो । छाङरुवासीले सदरमुकाम खलङ्गा आवतजावत गर्न अहिले भारततर्फ रहेको बाटो प्रयोग गर्दै आएका थिए । मौरी भिरमा […]

धनगढी बजारका चार स्थानमा शंकास्पद वस्तु, सेनाले पार्‍यो निष्कृय

६ साउन, धनगढी । कैलालीका चार स्थानमा शंंकास्पद वस्तु फेला परेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय जाने बाटो, धनगढी बजारको एलएन चोक र लम्कीचुहा नगरपालिका कार्यालय अगाडि मंगलवार बिहान कुकर बम जस्तै देखिने शंकास्पद वस्तु फेला परेका प्रहरीले जनाएको छ । कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले विभिन्न चार स्थानमा बम […]

पूर्वी नवलपरासीको बुलिङटारमा पहिरोले घर पुर्दा दुईजना वेपत्ता

६ साउन, काठमाडौं । पूर्वी नवलपरासीको बुलिङटारमा पहिरोले घर पुरिँदा दुई जना सम्पर्कविहीन भएका छन् । पहिरोले बुलिङटार गाउँपालिका–२ डाँडाझेरीका ७० वर्षीय शेरबहादुर सार्की र उनकी श्रीमती बेपत्ता भएका गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले जानकारी दिए । घरमा सुतिरहेका बेला उनीहरुलाई मंगलबार बिहान करिब तीन बजेतिर आएको पहिरोले घरसँगै पुरेको थियो । पहिरोले बाख्रा र कुखुरा […]



from समाचार – Online Khabar https://ift.tt/2OGy8AD
via IFTTT
Powered by Blogger.