Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रदेश १ प्रहरी कार्यालयका एक कर्मचारीमा कोरोना पु्ष्टि

७ साउन, काठमाडौं । प्रदेश १ को प्रदेश प्रहरी कार्यालयमा  कार्यरत एक प्रहरी कर्मचारीमा कोरोना सं‌क्रमण देखिएको छ । ज्वरो आएपछि परीक्षणका लागि नमुना पठाइएकामा मंगलबार उनमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले जानकारी दिए । उनलाई कोशी अस्पतालको आइसोलेसनमा  लगिएको छ । डीआईजी कार्कीका अनुसार उनको संक्रमणको स्रोत […]

यस वर्ष अमरनाथ यात्रा नहुने

७ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण यस वर्ष अमरनाथ यात्रा नहुने भएको छ । भारत प्रशासित कश्मीरले हिमालय क्षेत्रको गुफाको तीर्थयात्रा रद्द गर्ने निर्णय गरेको हो । अधिकारीहरुले कोरोना भाइरसको कारण यो यात्रा रद्द गर्नुपरेको बताएका छन् । उनीहरुले स्वास्थ्य जोखिम निकै ठूलो रहेको बताएका छन् । दुई महिनासम्म चल्ने अमरनाथ […]

कोरोनाको जोखिम टरेको छैन, स्वास्थ्य नियम पालना गर्नुहोला : राष्ट्रपति

७ साउन, काठमाडौं । सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेको भोलिपल्ट राष्ट्रपति विद्यादेवी भण्डारीले नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट बच्न आवश्यक नियमहरू पालना गर्न आग्रह गरेकी छन् । भण्डारीले बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत जनजीवन सहज पार्नका लागि मात्रै सरकारले लकडाउन सरल बनाएको उल्लेख गरेकी हुन् । ‘जनजीवनलाई सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको […]

वैशाखदेखिको तलब सरकारले व्यहोर्नुपर्ने बोर्डिङका शिक्षकको माग

७ साउन, काठमाडौं । निजी विद्यालयमा कार्यरत शिक्षकहरूले वैशाख महिनायताको तलब सरकारले नै व्यहोर्नुपर्ने माग गरेका छन् । निजी शैक्षिक संस्थथामा कक्षा १२ सम्म अध्यापन गराउँदै आएका शिक्षकहरूको संगठन संस्थागत विद्यालय शिक्षक युनियनले बुधबार विज्ञप्तिमार्फत यस्तो माग राखेको हो । युनियनका अध्यक्ष होमकुमार थापा भन्छन्, ‘अन्य विकल्प नहुञ्जेलसम्म वैशाखदेखिको तलब सरकारद्वारा नै व्‍यहोरियोस् वा सञ्चालकहरूलाई […]

राजविराजमा स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना संक्रमण

७ साउन, सप्तरी । सप्तरी सदरमुकाम राजविराजमा बुधबार स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना संक्रमण देखिएको छ । राजविराज नगरपालिका–२ का ३१ बर्षीय पुरुष, राजविराज ३ का ६३, ३२ र २३ बर्षीय पुरुष, राजविराज ६ का ३२ र ३६ बर्षीया महिला, तथा ४० र ४३ वर्षका पुरुष संक्रमित देखिएका छन् । राजविराज वडा नम्बर ७ का २० […]

स्याङ्जामा जिपबाट खसेर एकजनाको मृत्यु

७ साउन , काठमाडौं । स्याङ्जामा जिपबाट खसेर बुधबार एकजनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको भिरकोट नगरपालिका-४ छाङछाङदीमा ग १ ज ७४४५ नम्बरको जिपबाट खस्दा पाल्पाको रम्भा गाउँपालिका-४ का १६ वर्षीय मनबहादुर सारुको मृत्यु भएको हो । त्रियासीबाट बयारघारीतर्फ जाँदै गरेको जिपको ढालाबाट खसेर घाइते भएका सारुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारको […]

‘सहकारीमा त्रास हट्यो, तरलता अभाव हुँदैन’

७ साउन, काठमाडौं । लकडाउन थपिँदै जादा सहकारी क्षेत्रमा (लगानी योग्य पुँजी) तरलता अभाव हुने एक किसिमको डर थियो । सहकारी क्षेत्रका अगुवाहरु पनि कलडाउनका बेला सहकारी क्षेत्रमा तरलता अभाव हुन सक्ने बताउँदै आएका थिए । तर अब भने तलता अभावको डर हटेको सहकारी क्षेत्रका अगुवाहरुले बताउन थालेका छन् । सहकारीमा निक्षेपकर्ताकोहरुको आकर्षण पुन बढेपछि […]

सुर्खेतमा मास्क प्रयोग नगर्नेबाट एक लाख राजस्व संकलन

७ साउन, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारबाही गरी एक लाख बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले दुई साताका अवधिमा एक हजार ५९ जनालाई कारबाही गर्दा प्रतिव्यक्ति १०० का दरले एक लाख पाँच हजार ९०० राजश्व सङ्कलन गरेको हो । कोभिड १९- को सङ्क्रमण फैलिनबाट रोक्न गृह मन्त्रालयले असार […]

१८ महिनामा सक्नुपर्ने स्वास्थ्यचौकी भवन ६ वर्षसम्म पूरा भएन

६ साउन, गोरखा । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङको स्वास्थ्यचौकी भवन तीन पटक थपिएको म्यादभित्र पनि ठेकेदारले निर्माण सकेको छैन । १८ महिनामा निर्माण सक्न २०७१ वैशाख २८ गते धुलिखेल निर्माण सेवासँग सम्झौता भए पनि २०७२ कात्तिक २८ मा एक वर्ष, २०७३ कात्तिक २७ मा ८ महिना र २०७४ असार ३० गते ३२ महिना म्याद थप […]

बाढीले बगाउँदा रौतहटमा युवकको मृत्यु

७ साउन, रौतहट । लालबकैया नदीमा आएको बाढीले बगाउँदा रौतहटको कटहरियामा एक जनाको मृत्यु भएको छ । कटहरिया नगरपालिका– १ भसेडवामा २५ वषैका बैजु यादवलाई खोलाले बगाएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी भरत श्रेष्ठले बताए । बाढीले ल्याएको काठ दाउरा झिक्ने क्रममा उनलाई पानीले बगाएको उनले जानकारी दिए । मंगलबार चन्द्रपुर नगरपालिका– ३ गैडाटारमा चादी नदीले […]

कर्णालीमा ३ बालबालिकासहित थप २२ जनामा कोरोना संक्रमण

७ साउन, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा तीनजना बालबालिकासहित २२ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र दैलेख अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट बुधबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमित १६ जना दैलेख […]

अपहरित भनिएका व्यक्ति युवतीसँग होटलमा भेटिए

७ साउन, काठमाडौं । अपहरणमा परेको भनेर प्रहरीमा उजुरी गरिएका व्यक्ति होटलमा युवतीसँग भेटिएका छन् । अपहरित भएको भनेर महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरले खोजी गरिरहेका व्यक्ति काठमाडौं–४, चुनदेवीका ३० वर्षीय शक्तिराज रेग्मी होटलमा भेटिएका हुन् । महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार गएराति उनी बसपार्कस्थित सुगन्ध होटलमा भेटिएका हुन् । उनी पक्राउ परेपछि अपहरणको नाटक […]

भरतपुर अस्पतालको शव गृह सुधार गरियो

७ साउन, चितवन । भरतपुर अस्पतालको अति दुर्गन्धित बनेको शव गृहलाई व्यवस्थित बनाइएको छ । दुई-तीन सय मिटरसम्म दुर्गन्ध फैलिन थालेपछि शव गृहलाई व्यवस्थित गरिएको अस्पतालका पोस्टमार्टम चिकित्सक डा. सुजन अधिकारीले जानकारी दिए । शव गृहका बिग्रिएका तीनवटा फ्रिजको मर्मत गरी चलाउन थालिएको डा. अधिकारीले बताए । ‘पहिला फ्रिज पनि चल्दैनथे, बेवारिसे ३/४ वटा शव कुँहिएर […]

देशभरका नदीमा जलसतह घट्दै, आज पनि पानी पर्ने सम्भावना

७ साउन, काठमाडौं । आज देशका मुख्य नदीहरुमा जल सतह घट्दो क्रममा रहेको छ । कन्काइ, कमला, बागमती, नारायणीलगायतका नदीहरुको बहाव घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजु वैद्यले कोसी र त्यसका सहायक नदीहरुमा पानीको बहाब बढ्दो क्रममा रहे पनि कन्काइ, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबइ र […]

सानो पानी आउँदा पनि भासिन्छ जमिन, पहाडी जिल्लामा डरैडर

७ साउन कैलाली । बझाङको केदारस्युँ गाउँपालिका २ का हेमन्त भण्डारीलाई राति निन्द्रा पर्दैन । उनको घर पहिरोको उच्च जोखिममा छ । असार १९ गते बझाङको केदारस्युँ गाउँपालिका ८ मलागीमा गएको भीषण पहिरोले उनलाई थप त्रसित बनाएको छ । ‘मेरो घर पनि पहिरोको उच्च जोखिममा छ’ उनले भने ‘डरै डरले रात बित्छ ।’ केदारस्युँ बझाङमा […]

प्रचण्डलाई माधव नेपाल समूहको प्रस्ताव : महाधिवेशनसम्म सहकार्य गरौं

७ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माधवकुमार नेपाल पक्षले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दीर्घकालीन सहकार्यको प्रस्ताव राखेको छ । आगामी मंसिरमा महाधिवेशन गरेर एकल अध्यक्ष बनाउने प्रधाननमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली ओलीको प्रस्तावको काउन्टरमा नेपाल पक्षले दीर्घकालीन सहकार्यको प्रस्ताव अघि सारेको हो । ओलीसँग सहमति गर्दै प्रचण्ड महाधिवेशनबाट अध्यक्ष बनिहाल्छन् […]

स्याङ्जामा पहिरोले घर बगाउँदा आमाको मृत्यु, छोरी घाइते

७ साउन, काठमाडौं । स्याङ्जामा बुधबार बिहान पहिरोले एक घर बगाउँदा आमाको मृत्यु भएको छ भने छोरी घाइते भएकी छन् । घरमाथिबाट खसेको पहिरोले घर बगाउँदा गल्याङ नगरपालिका–१० गाउँस्वाराकी ५२ वर्षीया माया सारुको मृत्यु भएको स्याङजाका डीएसपी राजेन्द्र अधिकारीले बताए । उनकी २० वर्षीया छोरी नारायणी सारु भने घाइते भएकी छन् । नारायणीलाई वालिङ प्राथमिक […]

तोलामै ९४ हजार पुग्यो सुनको भाउ

७ साउन, काठमाडौं । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । चाँदीको मूल्य पनि बढ्दो क्रममा देखिएको छ । बुधबारका लागि नेपाली बजारमा छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामै १३ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारका लागि […]

पक्की घरको सपना देखेका डोम परिवार कच्ची घर भत्काएर वर्षासँग जुझ्दै

७ साउन, जनकपुरधाम । दलित समुदायअन्तर्गत सबैभन्दा पिछडिएका डोम समुदायलाई मानिन्छ । यी समुदाय तराई/मधेशका जिल्लामा झुप्रो बनाएर बसोबास गरिरहेका छन् । दलितको नाममा करोडौं करोड बजेट विनियोजन भई खर्च भइरहेको छ । तर, डोम समुदायलाई यो बजेटले छुन सकेको छैन । सरकार त के स्थानीय जनप्रतिनिधिसम्मको नजरमा डोम पर्न सकिरहेका छैनन् । जसका कारण […]

रातो मत्स्येन्द्रनाथको रथयात्रा साउन १० गतेदेखि

७ साउन, काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथारोहणको मुहूर्त साउन १० गते शनिबारका लागि जुरेको छ । गत चैत २८ गते कोरोनाका कारण रोकिएको रथ निर्माण कार्य गत असार १० गतेदेखि पुनः सुरु गरिएको थियो । तर मुहूर्त कुरेर अहिलेसम्म रथारोहण गरिएको थिएन । पाटन तलेजु मन्दिरका पुजारी रक्षण राजोपाध्यायका अनुसार साउन १० गतेको लागि मुहूर्त […]

पर्सा प्रहरीले अवैध सामान भन्सार बुझायो

७ साउन, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ११ लाख मूल्य बराबरको अवैध सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । वीरगञ्ज महानगरपालिका–१६ इनर्वाबाट बरामद गरिएका खाद्यान्न, लताकपडा र मोटर्स पार्टसका सामानहरु प्रहरीले भन्सारको जिम्मा लगाएको हो । गैर कानुनी तवरले नेपालबाट भारततर्फ तथा भारतबाट नेपालतर्फ ओसारपसार गरिरहेको अवस्थामा साउन ४ गते बरामद गरिएको अवैध सामान […]



from समाचार – Online Khabar https://ift.tt/3eS03Iu
via IFTTT
Powered by Blogger.