समाचार
६ साउन, काठमाडौं । सरकारी निकायले चालु आर्थिक वर्ष कार्यालय सहयोगी र सवारी चालकबाहेक अन्य पदमा अस्थायी, ज्यालादारी वा करारमा थप आर्थिक दायित्व पर्ने गरी नयाँ नियुक्ती गर्न नपाउने भएका छन् । अर्थ मन्त्रालयले बजेट कार्यान्वयन मार्गदर्शन जारी गर्दै कार्यक्रम खर्च शीर्षकबाट खर्च गर्ने गरी करारमा कर्मचारी राख्न नपाउने प्रावधान ल्याएको हो । करारमा राख्न […]
७ साउन, चितवन । मध्य बर्खामा झमझम पानी परिहेको छ । तर, यहीबेला चितवनको माडीस्थित कुमुसखोलामा चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले चेपाङ समुदायका १० घरमा आगो र हात्ती लगाएका छन् । झमझम पानी परिरहेका बेला गरीब सुकुम्बासीहरुलाई कम्युनिस्ट सरकारले छानोविहीन बनाइदिएको छ । गत शनिबार निकुञ्जले माडी नगरपालिका-९ कुसुमखोलामा हात्तीसहितको टोली पठाएर सुकुम्बासीको घर भत्काएको हो […]
६ साउन, काठमाडौं । बर्खा लाग्यो कि भक्तपुर नगरपालिकामा प्रत्येक वर्ष डुवानको जोखिम बढ्छ । खास गरी हनुमन्ते खोलामा आउने बाढीका कारण यहाँका बासिन्दाले सधैं त्रासमा बाँच्नुपरेको छ । दुई वर्षअघि आएको बाढीले बालिनाली र भौतिक संरचनामा धेरै क्षति पुर्याएको थियो । गत वर्ष भने त्यो स्वरुपको बाढी आएन । यस वर्ष फेरि भक्तपुरबासीमा त्रास […]
७ साउन, काठमाडौं । प्रदेश नम्बर १ की सांसद उषाकला राई ‘ब्याण्ड भर्सेस ब्राण्ड’ अभियानमा लागेकी छिन् । सरकारद्वारा प्रतिवन्धित घरेलु मदिरालाई ब्राण्डका रुपमा विकास गरी देशको अर्थतन्त्र बलियो बनाउने उनले अभियान थालेकी छिन् । ‘वर्षमा दुई खर्बको विदेशी रक्सी नेपालमा खपत हुँदोरहेछ’, सांसद उषाकलाको प्रश्न छ, ‘विदेशी रक्सी चाहिँ रेस्टुरेन्टहरुमा विनारोकतोक चियर्स गर्ने, अनि […]
६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना भाइरस (कोभिड–१९) को सक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ९६३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ । उनीहरुमध्ये ४० जनाको मृत्यु भएको छ भने १२ हजार ४७७ जना निको […]
६ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्न नसक्दा कांग्रेस कमजोर हुँदै गएको बताएका छन् । पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्व सभापति वीपी कोइरालाको ३८ औँ स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी सङ्घले मंगलबार सुन्दरीजलमा आयोजित ‘वृक्षारोपण कार्यक्रम’मा बोल्दै उनले पार्टी कमजोर हुनुमा कमजोर नेतृत्व पनि कारक रहेको धारणा राखे […]
६ साउन, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले सिफलसम्म बस्ती खाली गराउने प्रस्तावसहितको संशोधित गुरुयोजना मन्त्रालयमा पठाएको छ । गत पौष १९ गते कोषबाट पारित गरी मन्त्रालय पठाइएको सो गुरुयोजनालाई मन्त्रालयले संशोधनका लागि फेरि कोषमा फिर्ता गरेको थियो । गत साता सो संशोधनसहितको अवधारणा मन्त्रालयमा पठाइएको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए । पठाउन […]
६ साउन, काठमाडौं । सरकारले प्रशासकीय अदालतको अध्यक्षमा पूर्वसचिव डिल्लीराज घिमिरेलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले घिमिरेलाई अध्यक्षमा नियुक्त गरेको हो । प्रशासकीय अदालतका दुईजना सदस्यमा उच्च अदालत पोखराका रजिष्ट्रार कृष्णप्रसाद पौडेल र अधिवक्ता रीता मैनाली नियुक्त भएका छन् । पौडेलले प्रशासकीय अदालतको सदस्य नियक्त हुनुअघि रजिष्ट्रार पदमा दिएको राजीनामा सरकारले स्वीकृत […]
६ साउन, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित विद्यार्थी भर्ना र परीक्षा १ भदौदेखि सञ्चालन गर्न पाइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ गर्न दिने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताए । तर यसरी भर्ना र परीक्षा सञ्चालन गर्दा […]
५ साउन, वीरगञ्ज । पर्साको पकाहामैनपुर गाउँपालिका– १ धोरेका ४० वर्षीय श्यामवदन यादव ‘पागल इन्जिनियर’को रूपमा परिचित छन् । रोहित भण्डारी ‘सुकदेव’ले लेखेको ‘सम्भव छ’ नामक पुस्तकमा २२ जना पौरखीको कथा समेटिएको छ, जसमध्ये एउटा कथा ‘पागल इन्जिनियर’ श्यामवदन कै हो । उनले भारतको बैङ्गलोरमा कम्प्युटर इन्जिनियरिङ र एमबीए गरे । दुईवटा डिग्रीले राम्रो ठाउँमा […]
६ साउन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले आमसञ्चारमाध्यममा हुने लगानी पारदर्शी बनाउने बताएका छन् । नागरिकको बढी सरोकार भएको क्षेत्र सञ्चार पनि भएकाले यसलाई व्यावसायिक बनाउनका लागि लगानीलाई पारदर्शी बनाइने उनले बताए । मंगलबार प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिमा उनले भने ‘…सञ्चार संवेदनशील क्षेत्र हो । नेपाल सन्दर्भमा […]
६ साउन, काठमाडौं । एमनेस्टी इन्टरनेसनलले चितवनको माडीस्थित चेपाङबस्तीमा गरिएको आगजनीलाई क्रूरतापूर्ण कार्य भन्दै त्यसलाई तत्काल रोक्न माग गरेको छ । गत शनिबार चितवन राष्ट्रिय निकुञ्जका अधिकारीहरूले गरेको आगजनीलाई उसले मानवअधिकारको गम्भिर उल्लङ्घन भनेको छ । एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भनेका छन्, ‘आफ्नो आवासबाट जबरजस्ती कसैलाई हटाउनु एउटा क्रूरतापूर्ण कार्य हो । पहिल्यैदेखि […]
६ साउन, काठमाडौं । सरकारले सरकारी कार्यालयमा हाल भइरहेको दुई सिफ्टको व्यवस्था अन्त्य गरेको छ । अब विहान १० बजेदेखि साँज ५ बजेसम्म कार्यालय सञ्चालन हुने सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । हाल विहान ८ बजेदेखि १ बजेसम्म र १ देखि ६ बजेसम्म सरकारी कार्यालय सञ्चालन भएका […]
५ साउन, काठमाडौं । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले सञ्चारगृहलाई राहत र सहुलियत दिन सरकारलाई निर्देशन दिएको छ । मंगलबार पत्रकार महासंघ र मिडिया सञ्चालकहरुसँग छलफल गर्दै समितिले सरकारलाई यस्तो निर्देश गरेको हो । ‘विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९ ले आमसञ्चार क्षेत्रमा पारेको नकारात्मक असरको विस्तृत अध्ययन गरी त्यसको प्रभावका बीचमा प्रकाशन प्रसारणलाई निरन्तरता […]
६ साउन, काठमाडौं । सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको बताएको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन मंगलबार राति १२ बजेपछि अन्त्य हुने जानकारी दिएका हुन् ।
६ साउन, जनकपुरधाम । महोत्तरीमा देवरको कुटपिटबाट भाउजुको मृत्यु भएको छ । देवर शेखनारायण महतोले कुटपिट गर्दा बर्दिबास नगरपालिका-१४ निवासी लुखियादेवी महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टका अनुसार ४९ वर्षीय शेखनारायणले ५५ वर्षीया भाउजु लुखियादेवीलाई कुटपिट गर्दा उनको ज्यान गएको हो । विष्टले भने, ‘घटनाको प्रारम्भिक अनुसन्धान अनुसार सोमबार […]
६ साउन, सप्तरी । गत बिहीबार मृत्यु भएका वृद्धको सम्पर्कमा आएका ७ जनामा कोरोना संक्रमण देखिएपछि सप्तरीको राजविराजमा फेरि कडाइ गरिएको छ । राजविराज नगरपालिकाले बुधबारदेखि लकडाउन गर्ने भन्दै मंगलबार नगर क्षेत्रमा माइकिङ गरेको छ । राजनीतिक दलका नेताका साथै उद्योग वाणिज्य संघका पदाधिकारीले समेत लकडाउन गर्न सुझाव दिएकाले बुधबारदेखि लकडाउन गरिने मेयर शम्भु यादवले […]
६ साउन, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले पर्रोहा सामुदायिक वनमा दश हजार चिउरीका बिरुवा रोपेको छ । चुरे क्षेत्र संरक्षण, बनस्पति घ्यूको उत्पादन र मौरीको चरण क्षेत्रका लागि रुपन्देहीमै पहिलोपटक ठूलो मात्रामा चिउरीका बिरुवा रोपिएको हो । सैनामैनाको वडा नंं ३ र ५ मा पर्ने पर्रोहा सामुदायिक वनमा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३८औं स्मृति […]
६ साउन, रौतहट । रौतहटबाट स्रोत नखुलेको ११ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । इशनाथ नगरपालिका-४ मठियाबाट सोही ठाउँ बस्ने १९ वर्षीय पवनकुमार सिन्हा पक्राउ परेका हुन् । मठिया महुलियाबाट स्रोत नखुलेको उक्त रकमसहित उनलाई नियन्त्रणमा लिइएको रौतहट प्रहरीले जनाएको छ । साइकलमा झोला झुण्डाएर आउँदै गरेका सिन्हालाई चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद […]
५ साउन, काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका जवाङ खोलामा सोमबार पहिरोले १२ घर बगाएको छ । गाउँपालिका कार्यालयका अनुसार जवाङ खोलामा सञ्चालित ढुंगाखानीमा पहिरो खसेको हो । पहिरोमा कुनै मानवीय क्षति भएको छैन । घर बगाएका १२ परिवारलाई अहिले सुरक्षित स्थानमा राखिएको गाउँपालिकाका कार्यकारी अधिकृत लक्षण भट्टराईले जानकारी दिए । पहिरोले ३ वटा टिपर […]
६ साउन, काठमाडौं । प्रतिबन्धित विप्लव समूहका पूर्वसैन्य कमाण्डरसहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नेपालगञ्ज उपमहानगरपालिका-२० राँझाबाट कुमार भनिने चित्रबहादुर बिक र सुरेश रावतलाई मंगलबार नियन्त्रणमा लिएको हो । चित्रबहादुर विप्लव समूहको भेरी कर्णाली न्याय विभागका पूर्वप्रमुख र पूर्वसैन्य माण्डर रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्रला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी […]
from समाचार – Online Khabar https://ift.tt/3hsOWYb
via IFTTT





















