Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

नागदहमा नागपञ्चमी मेला नलाग्ने

६ साउन, काठमाडौं । यस वर्ष ललितपुरको नागदहमा नागपञ्चमी मेला स्थगित भएको छ । कोरोना भाइरसको जोखिमका कारण हरेक वर्ष हुँदै आएको मेला यस वर्ष स्थगित गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ । मंगलबार महानगरले सूचना जारी गर्दै साउन १० गते परेको नागपञ्चमीमा मेला नलाग्ने महानगरपालिकाको २४ नं वडाका वडाध्यक्ष दिनेश कार्कीद्वारा जारी सूचनामा उल्लेख छ […]

बाढीले प्रदेश २ का ६९ परिवार विस्थापित, २ जना बेपत्ता

६ साउन, जनकपुरधाम । बाढीका कारण प्रदेश २ को विभिन्न जिल्लाका ६९ परिवार विस्थापित भएका छन् । सर्लाही सदरमुकाम मलंगवा नगरपालिका– ५ मा लखनदेही खोलामा बाढी बस्तीमा पस्दा २७ परिवार विस्थापित भएका छन् । सर्लाहीकै लालबन्दी नगरपालिका–४ स्थित जर्वा खोलाको बाढीले १ घर, चक्रमटा गाउँपालिका– ५ ढेग्रा खोलाले १८ परिवारलाई विस्थापित गरेको छ । रौतहटको […]

टोखामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु

६ साउन, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-१ टाँसी डाँडामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । मंगलबार खाना खाने समयमा आएको पहिरोले पुरिएर स्थानीय ३/३ वर्षका सचिन राना र सन्धा रानाको मृत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए । डीएसपी खड्काका अनुसार मृत्यु हुने दुई बालबालिका जुम्ल्याहा हुन् । घटनाको […]

गण्डकीमा थपिए १६ जना कोरोना संक्रमित

६ साउन, काठमाडौं । गण्डकी प्रदेशमा मं‌गलबार फेरि १६ जना कोरोना भाइरस (कोभिड-१९)का नयाँ संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणबाट मंगलबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार थपिएका १६ जाना मध्ये ७ जना स्याङजाको पुतलीबजारका ७ जना रहेका छन् । तीमध्ये […]

रौतहटमा बाढीले बगाउँदा एकजना बेपता

६ साउन, रौतहट । रौतहटमा चाँदी नदीमा आएको बाढीले बगाउँदा एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चन्द्रपुर नगरपालिका–३ का ५८ वर्षीय सुकमान थिङ रहेका छन् । गैंडाटार अस्थायी प्रहरी पोष्ट नजिकै रहेको चाँदी नदीको बाँध रहेको स्थानबाट उनी मंगलबार बिहान बेपत्ता भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ । ‘प्रारम्भिक अनुसन्धानको क्रममा उनी आफैं […]

साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको घोषणा

६ साउन, काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन गर्ने घोषणा गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् । सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा  सम्बन्धित जिल्लाभित्र सार्वजनिक […]

कर्णालीमा थपिए १२ कोरोना संक्रमित, १४ जना डिस्चार्ज

६ असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा भएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार नयाँ थपिएका मध्ये १० जना दैलेखका हुने […]

हनुमन्ते खोलो : हिउँदमा मान्छेले मिच्छन्, बर्खामा बाढीले मिच्छ

६ साउन, काठमाडौं । बर्खा लाग्यो कि भक्तपुर नगरपालिकामा प्रत्येक वर्ष डुवानको जोखिम बढ्छ । खास गरी हनुमन्ते खोलामा आउने बाढीका कारण यहाँका बासिन्दाले सधैं त्रासमा बाँच्नुपरेको छ । दुई वर्षअघि आएको बाढीले बालिनाली र भौतिक संरचनामा धेरै क्षति पुर्‍याएको थियो । गत वर्ष भने त्यो स्वरुपको बाढी आएन । यस वर्ष फेरि भक्तपुरबासीमा त्रास […]

चितवनमा स्क्रब टाइफसबाट एक पुरुषको मृत्यु   

६ साउन, चितवन । भरतपुर अस्पतालमा उपचाररत स्क्रब टाइफसका एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१ ठिमुराका ३२ वर्षीय पुरुष रहेका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गत असार २९ गते उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए । ज्वरोसँगै श्वासप्रश्वास, मुटु र कलेजोमा समस्या देखिएका उनको मंगलबार बिहान मृत्यु […]

उपसभामुखको निर्वाचन तत्काल गर्न माग

६ साउन, कठमाडौं । अन्तर पार्टी महिला सञ्जालले उपसभामुखको निर्वाचन तत्काल गर्न सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएका छन् । अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीहरुले सभामुख सापकोटालाई भेटेर सभामुखको निर्वाचन भएको लामो समय बित्दा पनि उपसभामुख पद रिक्त भएकोप्रति ध्यानाकर्षण गराएको हो । सञ्जालले राजनैतिक र राज्यका संरचनाका हरेक नीति निर्माण तहमा महिलाको अनिवार्य सहभागितामा जोड […]

आकाशमा उडान छैन, सडकमा पहिरो गयो !

६ साउन, काठमाडौं । सरकारले जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने भने पनि आकाशको लकडाउन भदौ १ सम्म कायम राखेको छ । यहीबेला बाढी–पहिरोका कारण सडक यातायात अवरुद्ध हुँदा अस्पताललगायत अत्यावश्यक काममा लामो दुरीको यात्रा गर्नुपर्ने मानिसलाई कठिनाइ उत्पन्न भएको छ । सडक विभागका अनुसार सोमबारको बाढी र पहिरोले सडक र पुलहरुमा बढी भौतिक क्षति […]

सडक अवरुद्ध हुँदा काठमाडौंमा तरकारी आपूर्ति घट्यो

६ साउन, काठमाडौं । निरन्तरको वर्षापछि आएको बाढी र पहिरोका कारण काठमाडौं उपत्यकामा तरकारी आपूर्तिमा समस्या देखिएको छ । बाढी र पहिरोले उपत्यका भित्रने मुख्य सडक अवरुद्ध हुँदा कालीमाटी बजारमा पहिलेझैं तरकारी भित्रिन नसकेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । सामान्य बेलामा भन्दा झण्डै आधा मात्रै तरकारी आएको समितिका प्रवक्ता विनय […]

मप विश्वविद्यालयको रजिस्ट्रारका लागि दौडधुप

५ साउन, सुर्खेत । असार २९ गतेदेखि रजिस्ट्रारविहीन बनेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले रजिस्ट्रारका लागि आवेदन आहृवान गरेपछि उक्त पद हात पार्न दौडधुप सुरु भएको छ । रजिस्ट्रारका लागि १९ जनाले आवेदन दिएका छन् । तर विश्वविद्यालयले पूर्वडीन तथा सेवा आयोगका सदस्य प्रा.डा. केशरसिंह राना, पूर्वडीन प्रा. डा. दीपबहादुर रावल, पूर्वडीन सह-प्राध्यापक अनन्तराज घिमिरे, डा. नारायप्रसाद पौडेल […]

वर्षाले वीरगञ्ज जलमग्न (फोटो फिचर)

६ साउन, वीरगञ्ज । अविरल वर्षाका कारण वीरगञ्ज जलमग्न बनेको छ । वीरगञ्जको श्रीपुर, जिल्ला प्रशासन कार्यालय, गोश्वारा रोड, आदर्शनगर, पानीट्याङ्की लगायतका स्थानमा पानी जमेको हो । जमेको पानी सर्वसाधरणको घर तथा पसलमा समेत पसेको छ । समथर जमिन र वर्षाको पानीका लागि उपयुक्त निकासको प्रबन्ध हुन नसक्दा वीरगञ्ज वर्षेनी डुबानमा पर्ने गरेको छ । […]

प्रचण्डलाई झुक्याएर शीतल निवास लगिएको होइन : प्रवक्ता श्रेष्ठ

६ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले शनिबारको सचिवालय बैठकपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई झुक्याएर शीतल निवास लगिएको भन्ने सत्य नभएको बताएका छन् । स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रचण्ड झुक्याएर लैजाने खालको अध्यक्ष नभएको बताए । सञ्चारकर्मीहरुको एक प्रश्नमा उनले भने, ‘जानु भएको सत्य हो, […]

राहत र उद्धारमा जुट्ने प्रस्ताव पास गर्दै नेकपा बैठक स्थगित

६ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बाढी, पहिरोमा परेकाहरुको उद्धार, राहत र पुनर्स्थापनामा परिचालित हुन नेता कार्यकर्तालाई निर्देशन दिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटी बैठकले प्रकृतिक विपत्तिमा परेकाहरुको उद्धार प्रभावकारी बनाउन, घाइतेहरुको निःशुल्क उपचार, घरबारविहीन भएकाहरुलाई अस्थायी अवास र अभिभावक गुमाएका बालकालिकालाई संरक्षण गर्न सरकारको विशेष ध्यानाकर्षण […]

वन मन्त्रालयलाई उपभोक्ता महासंघको प्रश्न- अर्बाैं रुपैयाँ कसको खातामा गयो ?

६ साउन, काठमाडौं । अब ‘हरियो वन, राज्यको धन’ रहेन ? सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकसँग हामीले यो प्रश्न गर्दा उनीसँग जवाफ छैन । जवाफ होस् पनि कसरी ? सामुदायिक वनकै पदाधिकारीहरुलाई प्रयोग गरेर काठ तस्कर, बिचौलिया र वन प्राविधिकहरुले सयौं बिघा जंगल नांगै बनाएर सर्पट कटान गरेको उनले आफ्नै आँखाले देखेकी छन् […]

राष्ट्रपतिका कारण राजतन्त्र ठीक भन्ने जमात बढ्यो : महामन्त्री कोइराला

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले राष्ट्रपति विद्या भण्डारीका कारण गणतन्त्रभन्दा राजतन्त्र ठीक भन्ने जमात बढेको बताएका छन् । ३८ औं वीपी स्मृति दिवसका अवसरमा बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले गरेको अर्चुअल कार्यक्रममा डा. कोइरालाले राष्ट्रपति भण्डारीको क्रियाकलापले भण्डारी नेकपाको मात्र राष्ट्रपति भएको सन्देश गएको बताए । यसले गर्दा कमसेकम […]

वीपीको विचार अहिले झनै सान्दर्भिक : देउवा

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको विचार अहिले झनै सान्दर्भिक भएको बताएका छन् । वीपी पुण्यतिथिका अवसरमा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले गरेको कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै उनले नेपालले आज हिंड्ने मूल बाटो वीपीकै विचार र विश्वासको बाटो भएको बताए । ‘उहाँको बाटो […]

वाग्मती नदीमा फसेका दुईजनाको उद्धार

६ साउन, जनकपुरधाम । सर्लाहीको वाग्मती नदीको बाढीमा फसेका दुई जनाको सकुलश उद्धार गरिएको छ । बागमती नगरपालिका-१२ स्थित वाग्मती नदीको बाढीमा फसेका दुई जनालाई प्रहरीको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । नदीमा दाउरा झिक्न गएका स्थानीय २४ वर्षीय डेटमान गोले र १६ वर्षीय निरज तितुङ्ग खोलाको बीच भागमा फसेपछि उनीहरुको […]

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो

६ साउन, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ५८७ जनाको मृत्यु भएको हो । यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २८ हजार ८४ पुगेको छ । साथै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि […]



from समाचार – Online Khabar https://ift.tt/30vfi53
via IFTTT
Powered by Blogger.