समाचार
७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै किसानलाई सूचना दिन किसान क्रेडिट कार्डको व्यवस्था गरिने बताए । किन्छु भनेको बेलामा मल र बीउसमेत नपाउने किसानलाई सरकारले क्रेडिट कार्ड दिने कुरा आफैंमा नौलो थियो । केन्द्रीय बैंकको घोषणालाई लिएर सामाजिक सञ्जालमा ठट्यौली टिप्पणीहरु पनि गरिए […]
७ साउन, काठमाडौं । वार्षिक २० लाखसम्म कारोबार गर्ने साना करदाताले मोबाइल एप्सलगायत अन्य विद्युतीय माध्यमबाट कर बुझाउन सक्ने व्यवस्था कार्यान्वयनमा आएको छ । बजेटमा गरिएको घोषणा कार्यान्वयनमा आएसँगै अब करिब ६० प्रतिशत करदाताले घरबाटै कर तिर्न सक्नेछन् । आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा कुल ६ लाख ९० हजार करदाताले आय विवरण […]
७ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवस आज मनाइँदै छ । वि.सं. १९८१ असार १५ गते रामेछापमा जन्मिएका पुष्पलालको निधन २०३५ साल साउन ७ गते भारतमा भएको थियो । पुष्पलालले २००६ साल भदौ ३० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । उनको स्मृति दिवसको अवसरमा प्रेस विज्ञप्ति […]
७ साउन, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर एक जना किशोरको मृत्यु भएको छ । जगरनाथपुर–६ माधोपुर बस्ने १६ वर्षीय कृष्ण पटेलको मृत्यु भएको हो । मंगलबार साँझ ५ बजे जगरनाथपुर–६ स्थित नौरंगी खोलामा पौडी खेल्ने क्रममा डुबेर पटेल वेपत्ता भएका थिए । खोजतलासका क्रममा एक घन्टापछि उनको शव भेटिएको इलाका प्रहरी […]
७ साउन, झापा । जिल्लाको बुद्धशान्ति गाउँपालिकामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका–७ मोतीडाँडामा गएको पहिरोले घर पुर्दा मेचीनगर–९ निवासी १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको हाे । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगरबाट बुद्धशान्ति–७ निवासी तेजकुमार बराइलीको घरमा पाहुना आएका दर्नालको मङ्गलबार राति गएको पहिरोले घर पुर्दा मृत्यु भएको छ […]
७ साउन, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाको थवाङ घर भएका पाका कम्युनिष्ट नेता बर्मन बुढाको निधनले आफू मर्माहत भएको बताएका छन् । उनको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको प्रचण्डको भनाइ छ । बुधबार शोक विज्ञप्ति जारी गर्दै प्रचण्डले बर्मन बुढाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजन र आफन्तजनमा समवेदना प्रकट गरेका छन् […]
७ साउन, बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड पहिरोले पुनः अवरुद्ध भएको छ । मंगलबार राति तानसेन नगरपालिका–८ गौडेपुल नजिकै र तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै नाग मन्दिरमा पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । गौडेपुल नजिकैको पहिरो दुई हप्तादेखि खस्ने र रोकिने हुँदै आएको छ । केही घण्टा वर्षा हुँदा पहिरो गएको ठाउँमा […]
७ साउन, सिन्धुपाल्चोक । जनैपूर्णिमाको अवसरमा बर्सेनि एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यो वर्ष भने नहुने भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गरेको छ । गाउँपालिकाको बैठकले यो वर्ष जनैपूर्णिमाको दिन लाग्ने मेला तथा जात्रा नगर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिए । यो वर्षको […]
७ साउन, काठमाडौं । रोल्पाको थवाङ घर भएका पुराना कम्युनिष्ट नेता बर्मन बुढाको निधन भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा उनको बुधबार बिहान निधन भएको हो । उनी ९० वर्षका थिए । विगत एक वर्षदेखि उनको आन्द्राको क्यान्सरको उपचार हुँदै आएको थियो । बर्मन बुढा २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट सांसद बनेका […]
७ साउन, ताप्लेजुङ । अविरल वर्षासँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुई पुल बगाएको छ । फक्ताङलुङ गाउँपालिका–७ मा पर्ने चीनसँगको सीमावर्ती ओलाङचुङगोलाका पुल गएराति बगाएको वडाध्यक्ष छेतेन भोटेले जानकारी दिए। उनका अनुसार बाढीले ओलाङचुङगोलाबाट दाङ्जेन जाने पक्की पुल र मिक्वाखोला गाउँपालिकाको पापुङ जाने काठेपुल बगाएको हो । बाढीले पुल बगाएपछि घाँसदाउरा ओसारपसारलगायतका काममा […]
७ साउन, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको हो । ठूलो चट्टानसहित पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । राति […]
७ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु बुधबारबाट खुल्ने भएका छन् । साउन ६ गतेदेखि लकडाउन अन्त्य भएसँगै शिक्षक/कर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएकाले साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु हुने त्रिविले जानकारी दिएको छ । क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय सन्चालन भने नहुने त्रिवि रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ […]
६ साउन, काठमाडौं । सरकारी निकायले चालु आर्थिक वर्ष कार्यालय सहयोगी र सवारी चालकबाहेक अन्य पदमा अस्थायी, ज्यालादारी वा करारमा थप आर्थिक दायित्व पर्ने गरी नयाँ नियुक्ती गर्न नपाउने भएका छन् । अर्थ मन्त्रालयले बजेट कार्यान्वयन मार्गदर्शन जारी गर्दै कार्यक्रम खर्च शीर्षकबाट खर्च गर्ने गरी करारमा कर्मचारी राख्न नपाउने प्रावधान ल्याएको हो । करारमा राख्न […]
७ साउन, चितवन । मध्य बर्खामा झमझम पानी परिहेको छ । तर, यहीबेला चितवनको माडीस्थित कुमुसखोलामा चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले चेपाङ समुदायका १० घरमा आगो र हात्ती लगाएका छन् । झमझम पानी परिरहेका बेला गरीब सुकुम्बासीहरुलाई कम्युनिस्ट सरकारले छानोविहीन बनाइदिएको छ । गत शनिबार निकुञ्जले माडी नगरपालिका-९ कुसुमखोलामा हात्तीसहितको टोली पठाएर सुकुम्बासीको घर भत्काएको हो […]
६ साउन, काठमाडौं । अन्तर जिल्ला चल्ने मध्यम तथा लामो दूरीका निजी तथा सार्वजनिक सवारी साधन भदौ १ गतेदेखि मात्र सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । यातायात व्यवसायीहरुले साउन ८ गतेदेखि नै […]
६ साउन, काठमाडौं । १२० दिन लामो लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो । कोरोन भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो । सुरूमा ८ दिनका लागि […]
६ साउन, काठमाडौं । बर्खा लाग्यो कि भक्तपुर नगरपालिकामा प्रत्येक वर्ष डुवानको जोखिम बढ्छ । खास गरी हनुमन्ते खोलामा आउने बाढीका कारण यहाँका बासिन्दाले सधैं त्रासमा बाँच्नुपरेको छ । दुई वर्षअघि आएको बाढीले बालिनाली र भौतिक संरचनामा धेरै क्षति पुर्याएको थियो । गत वर्ष भने त्यो स्वरुपको बाढी आएन । यस वर्ष फेरि भक्तपुरबासीमा त्रास […]
७ साउन, काठमाडौं । प्रदेश नम्बर १ की सांसद उषाकला राई ‘ब्याण्ड भर्सेस ब्राण्ड’ अभियानमा लागेकी छिन् । सरकारद्वारा प्रतिवन्धित घरेलु मदिरालाई ब्राण्डका रुपमा विकास गरी देशको अर्थतन्त्र बलियो बनाउने उनले अभियान थालेकी छिन् । ‘वर्षमा दुई खर्बको विदेशी रक्सी नेपालमा खपत हुँदोरहेछ’, सांसद उषाकलाको प्रश्न छ, ‘विदेशी रक्सी चाहिँ रेस्टुरेन्टहरुमा विनारोकतोक चियर्स गर्ने, अनि […]
६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना भाइरस (कोभिड–१९) को सक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ९६३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ । उनीहरुमध्ये ४० जनाको मृत्यु भएको छ भने १२ हजार ४७७ जना निको […]
६ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्न नसक्दा कांग्रेस कमजोर हुँदै गएको बताएका छन् । पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्व सभापति वीपी कोइरालाको ३८ औँ स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी सङ्घले मंगलबार सुन्दरीजलमा आयोजित ‘वृक्षारोपण कार्यक्रम’मा बोल्दै उनले पार्टी कमजोर हुनुमा कमजोर नेतृत्व पनि कारक रहेको धारणा राखे […]
६ साउन, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले सिफलसम्म बस्ती खाली गराउने प्रस्तावसहितको संशोधित गुरुयोजना मन्त्रालयमा पठाएको छ । गत पौष १९ गते कोषबाट पारित गरी मन्त्रालय पठाइएको सो गुरुयोजनालाई मन्त्रालयले संशोधनका लागि फेरि कोषमा फिर्ता गरेको थियो । गत साता सो संशोधनसहितको अवधारणा मन्त्रालयमा पठाइएको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए । पठाउन […]
from समाचार – Online Khabar https://ift.tt/3fQV6Bg
via IFTTT






















