समाचार
८ साउन, डोटी । श्रीमती र छोरासहित दुई वर्ष भारतको मुम्बईमा बसेका डोटी शिखर नगरपालिका–३ का २५ वर्षीय भरत बोगटी जेठ ११ गते घर पुगे । आउने दशैं–तिहारसम्म घर फर्किने योजनामा रहेका उनलाई विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) ले कुबेलामा घर आउन बाध्य बनायो । कोरोनाबाट बच्नका लागि उनी सपरिवार घर आए । तर […]
७ साउन, काठमाडौं । गुठी संस्थानले रातो मत्स्येन्द्रनाथको रथारोहण फेरि स्थगित गरेको छ । बुधबार दिउँसो साउन १० गतेको लागि तय गरिएको रथारोहण बुधबार राति नै सूचना जारी गरेर स्थगित गरिएको हो । गुठी संस्थान ललितपुर शाखा कार्यालयले जारी गरेको सूचनामा कोरोना भाइरसका कारण तोकिएको मितिमा रथारोहण हुन नसक्ने उल्लेख गर्दै नयाँ मुहूर्त जुराएर पुनः […]
७ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१ का कृष्णप्रसाद पराजुलीले गाउँको उत्पादनलाई शहरसम्म पुर्याउनुपर्छ भन्दै राप्ती खोलामा तुइन हाल्न अगुवाइ गरेका थिए । नियति पनि कस्तो ! जसले तुइन लगायो, उसैलाई बाढीले बगायो । पराजुलीको अगुवाइमा ०४८ सालमा हेटौंडा सिमेन्ट उद्योगले सामरी र राप्ति खोलाको दोभानमा ९५ मिटर लामो तुइन राखिएपछि गाउँले हषिर्त भए । अब […]
७ साउन, चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । सडकखण्डको १६ किलोमा खसेको ठूलो पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोसँगै ठूलो चट्टान झरेका कारण फोरेर पहिरो पन्छाइएको प्रहरीले जनाएको छ । मंगलबार राति पौने ९ बजेको समयमा भरतपुर महानगरपालिका–२९ स्थित […]
७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बुधबारदेखि बजारमा ल्याएको एक हजार रुपैयाँको नयाँ नोटमा नेपालमै जन्मिएको जुम्ल्याहा हात्तीको फोटो राखिएको छ । अहिलेसम्म प्रयोग हुँदै आएको अफ्रिकन हात्तीको फोटो हटेको छ । हजारको नोटमा नेपाली हात्तीको फोटो राख्ने निर्णय राष्ट्र बैङ्कले आर्थिक वर्ष २०६९÷७० सालमै गरेको भए पनि बुधबारदेखि मात्रै नेपाली हात्तीको फोटोसहितको नयाँ […]
७ साउन, काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विभिन्न माग राखेर अवरुद्ध गरेको अनलाइन कक्षा पुनः सञ्चालन गर्ने भएका छन् । निजी तथा संस्थागत विद्यालय अर्गनाईजेसन (प्याब्सन), एनप्याब्सन, नेपाल अभिभावक महासंघ, राष्ट्रिय अभिभावक महासंघ र संस्थागत विद्यालय शिक्षक युनियनले ८ साउनदेखि अनलाइन कक्षा चलाउने निर्णय गरेको हो । १ भदौबाट मात्रै विद्यार्थी भर्ना र परीक्षा सञ्चालन […]
७ साउन, चितवन । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा महोत्तरीको जलेश्वर–२ कि ३५ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । कुल १५९ वटा नमुना परीक्षण भएकोमा एक जनामा मात्रैं कोरोना संक्रमण भेटिएको प्रयोगशालाले जनाएको छ ।
७ साउन, काठमाडौं । पूर्वाञ्जल विश्वविद्यालयले नोवेल कोरोना भाइरस (कोभिड–१९) लक्षित लकडाउनका कारण रोकिएको परीक्षा भदौ पहिलो साता सञ्चालन गर्ने भएको छ । परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाद्वारा बुधबार जारी सूचनामा यो विश्वविद्यालय अन्तर्गतका क्याम्पस र कलेजहरूमै परीक्षा केन्द्र कायम हुने उल्लेख छ । सरकारले भदौ १ देखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन खुल्ला गर्ने […]
७ साउन, हेटौंडा । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्माण गरेको ३२ वटा पुलको बुधबार एकैसाथ उद्घाटन भएको छ । बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले ती पुलको उद्घाटन गरे । मकवानपुरको कैलाश गाउँपालिकास्थित दुवोखोला पक्की पुलसहित ३२ वटा पक्की पुल उद्घाटन गरिएको हो । पुल उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारका […]
७ साउन, काठमाडौं । लगातारको वर्षाले काठमाडौं उपत्यकाका नदीमा ठूलो बाढी आयो । बाढीले खोला र किनारमा फालिएका फोहोर मैला बगाएर लग्यो । मुख्य नदी वागमती उपत्यकाबाट बाहिर निस्कने विन्दु चोभारको एक छेउमा नदीले बगाएर ल्याएका प्लास्टिकसहित धेरै हलुका वस्तुहरु जम्मा हुन्छन् । धादिङ गजुरीका ३८ वर्षीय दिलिप घले श्रीमती र छोराछोरीसहित चोभारमै बस्छन् । […]
७ साउन, काठमाडौं । अखिल नेपाल किसान महासंघले चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडी नगरपालिका- ९ कुसुमखोलामा चेपाङ समुदायको घर भत्काइदिएकामा विरोध जनाएको छ । महासंघले उक्त घटना अमानवीय, गैर जिम्मेवार तथा श्रमजीवि किसान विरोधी हर्कत भन्दै भर्त्सना गरेको छ । उक्त काममा प्रत्यक्ष रुपले संलग्न निकुञ्ज प्रशासनका कर्मचारी र त्यसका लागि आदेश दिने निकायका पदाधिकारीलाई […]
७ साउन, विराटनगर । कोशी अस्पताल विराटनगरको शौचालयको भेन्टिलेसनबाट भागेका थुनुवा दुई घण्टापछि पक्राउ परेका छन् । बलात्कार आरोपमा पक्राउ परेका मोरङको ग्रामथान गाउँपालिका– २ का २१ वर्षीय विजय सरदार भेन्टिलेसनबाट भागेको दुई घण्टापछि होटलबाट पक्राउ परेका हुन् । ३० असारमा १९ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा मंगलबार पक्राउ परेका सरदारलाई बुधबार बिहान इलाका प्रहरी […]
७ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको छ । सरकारले १ भदौदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै बोर्डले तयारी अगाडि बढाएको छ । असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना रहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । उनले भने, ‘कक्षा १२ को परीक्षा १५ असोजमा सम्पन्न […]
७ साउन, काठमाडौं । स्वास्थ्य सेवा विभागले खरिद गरेको सातवटा अटोमेटेड आरएनए एक्सट्रयाक्सन मेसिन नेपाल आइपुगेको छ । मेसिन सँगै ३ लाख आरएनए एक्सट्रयाक्सन किट पनि ल्याइएको छ । देशभरको प्रयोशालामा स्वाब होल्ड भएर रिपोर्ट आउन एक हप्ताभन्दा बढी समय लागेको बेला स्वास्थ्य सचिव लक्ष्मण अर्यालले कार्यभार सम्हालेको दिन नै अटोमेटेड पिसिआर खरीद गर्ने निर्णय […]
७ साउन, जनकपुरधाम । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका कोरोना संक्रमित प्रादेशिक अस्पताल जनकपुरधाम हुँदै धरान पुगेको पाइएको छ । महोत्तरीको महोत्तरी गाउँपालिकाका ६० वर्षीय पुरुषको मंगलबार मृत्यु भएको थियो । महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार शवलाई ल्याएर बुधबार बिहान नियम अनुसार अन्तिम संस्कार गरिएको छ । मृतक सेवानिवृत्त सरकारी इन्जिनियर […]
७ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ७७९ नमुना परीक्षण गरिएको थियो । दुई जनाको मृत्यु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पतालमा ४६ वर्षीया चिनियाँ नागरिक […]
७ साउन, जनकपुरधाम । सर्लाहीमा दुई छुट्टाछुट्टै स्थानमा आएको बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका-४ बस्ने १९ वर्षीय विशाल गोलेको ईश्वरपुर नगरपालिका-४ स्थित अम्बेमा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त खोलामा पौडी खेल्ने क्रममा उनलाई मंगलबार बाढीले बगाएको थियो । उनको शव बगेको ठाउँदेखि करिब ३ किलोमिटर […]
७ साउन, काठमाडौं । सरकारले बाढी, पहिरो, डुवान तथा कटानजस्ता कारणबाट घरवारविहीन भएका परिवारलाई घर बनाउन भूकम्प प्रभावितलाई जति नै सुविधा दिने भएको छ । मन्त्रिरिषदको साउन ५ गतेको बैठकले प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड २०६४ लाई संशोधन गरी विपद पीडित उद्धार र राहतसम्बन्धी (सातौं संशोधन) मापदण्ड २०७७ स्वीकृत गरेको छ । उक्त मापदण्ड […]
६ साउन, काठमाडौं । सरकारले लकडाउन अन्त्य भएको घोषणा गरे पनि एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्न अझै पास चाहिने भएको छ । मन्त्रिपरिषद बैठकको निर्णयमा स्पष्ट व्याख्या नभएपछि पुरानै निर्णयलाई गृह मन्त्रालयले निरन्तरता दिएको हो । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले पासको सम्बन्धमा पुरानै निर्णय यथावत रहेको अनलाइनखबरलाई बताए । उनले भने, ‘साउन मसान्तसम्म […]
७ साउन, काठमाडौं । दोलखा र रामेछाप जोड्ने खिम्ति खोलामा रहेको झोलुङ्गे पुलबाट बुधबार एक वृद्ध हामफालेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक रेशम बोहराका अनुसार दिउँसो १ बजेको समयमा जिरी नगरपालिका-२ रजनटोल बस्ने ६० वर्षीय लालबहादुर बस्नेत झोलुङ्गे पुलबाट हामफालेका हुन् । झोलुङ्गेपुलबाट हामफालेको सूचना पाएलगत्तै खटिएको प्रहरीको टोलीले […]
७ साउन, काठमाडौैं । सरकारले कोरोना भाइरसबाट अतिप्रभावित घरेलु, साना तथा मझौला उद्यम र पर्यटन व्यवसाय लक्षित आर्थिक पुनरुत्थान कोष बनाउने घोषणा गर्यो । चालु आर्थिक वर्ष २०७७/०७८ को बजेट वक्तव्यले यसलाई सम्बोधन गरेको छ । घोषणाअनुसार यी व्यवसायका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी व्यवसाय सञ्चालनका लागि ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउन ५० अर्ब […]
from समाचार – Online Khabar https://ift.tt/39iPIEm
via IFTTT