Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सानो पानी आउँदा पनि भासिन्छ जमिन, पहाडी जिल्लामा डरैडर

७ साउन कैलाली । बझाङको केदारस्युँ गाउँपालिका २ का हेमन्त भण्डारीलाई राति निन्द्रा पर्दैन । उनको घर पहिरोको उच्च जोखिममा छ । असार १९ गते बझाङको केदारस्युँ गाउँपालिका ८ मलागीमा गएको भीषण पहिरोले उनलाई थप त्रसित बनाएको छ । ‘मेरो घर पनि पहिरोको उच्च जोखिममा छ’ उनले भने ‘डरै डरले रात बित्छ ।’ केदारस्युँ बझाङमा […]

प्रचण्डलाई माधव नेपाल समूहको प्रस्ताव : महाधिवेशनसम्म सहकार्य गरौं

७ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माधवकुमार नेपाल पक्षले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दीर्घकालीन सहकार्यको प्रस्ताव राखेको छ । आगामी मंसिरमा महाधिवेशन गरेर एकल अध्यक्ष बनाउने प्रधाननमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली ओलीको प्रस्तावको काउन्टरमा नेपाल पक्षले दीर्घकालीन सहकार्यको प्रस्ताव अघि सारेको हो । ओलीसँग सहमति गर्दै प्रचण्ड महाधिवेशनबाट अध्यक्ष बनिहाल्छन् […]

स्याङ्जामा पहिरोले घर बगाउँदा आमाको मृत्यु, छोरी घाइते

७ साउन, काठमाडौं । स्याङ्जामा बुधबार बिहान पहिरोले एक घर बगाउँदा आमाको मृत्यु भएको छ भने छोरी घाइते भएकी छन् । घरमाथिबाट खसेको पहिरोले घर बगाउँदा गल्याङ नगरपालिका–१० गाउँस्वाराकी ५२ वर्षीया माया सारुको मृत्यु भएको स्याङजाका डीएसपी राजेन्द्र अधिकारीले बताए । उनकी २० वर्षीया छोरी नारायणी सारु भने घाइते भएकी छन् । नारायणीलाई वालिङ प्राथमिक […]

तोलामै ९४ हजार पुग्यो सुनको भाउ

७ साउन, काठमाडौं । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । चाँदीको मूल्य पनि बढ्दो क्रममा देखिएको छ । बुधबारका लागि नेपाली बजारमा छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामै १३ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारका लागि […]

पक्की घरको सपना देखेका डोम परिवार कच्ची घर भत्काएर वर्षासँग जुझ्दै

७ साउन, जनकपुरधाम । दलित समुदायअन्तर्गत सबैभन्दा पिछडिएका डोम समुदायलाई मानिन्छ । यी समुदाय तराई/मधेशका जिल्लामा झुप्रो बनाएर बसोबास गरिरहेका छन् । दलितको नाममा करोडौं करोड बजेट विनियोजन भई खर्च भइरहेको छ । तर, डोम समुदायलाई यो बजेटले छुन सकेको छैन । सरकार त के स्थानीय जनप्रतिनिधिसम्मको नजरमा डोम पर्न सकिरहेका छैनन् । जसका कारण […]

पर्सा प्रहरीले अवैध सामान भन्सार बुझायो

७ साउन, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ११ लाख मूल्य बराबरको अवैध सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । वीरगञ्ज महानगरपालिका–१६ इनर्वाबाट बरामद गरिएका खाद्यान्न, लताकपडा र मोटर्स पार्टसका सामानहरु प्रहरीले भन्सारको जिम्मा लगाएको हो । गैर कानुनी तवरले नेपालबाट भारततर्फ तथा भारतबाट नेपालतर्फ ओसारपसार गरिरहेको अवस्थामा साउन ४ गते बरामद गरिएको अवैध सामान […]

बाजुरामा वडाध्यक्षको मृत्यु

७ साउन, कैलाली । बाजुराको बुढीगंगा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष राजेशकुमार सिंहको बुधबार बिहान निधन भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेका अनुसार उनको हृदयघातबाट मृत्यु भएका आशंका गरिएको छ । ‘बिहान एक्कासी उहाँको मृत्यु भयो’ प्रजिअ गैरे भने ‘ह्रृदयघातबाट मृत्यु भएको आशङ्का गरेका छौं ।’ सिंह नेपाली काँग्रेसबाट निर्वाचित थिए […]

खाटबाट लडेर एक पुरुषकाे मृत्यु

७ साउन, जनकपुरधाम । सर्लाहीमा सुतिरहेको अवस्थामा खाटबाट लडेर एक व्यक्तिको मृत्यु भएकाे छ । सर्लाहीको हरिपुर नगरपालिका-२ घर भई इश्वरपुर नगरपालिका-३ मा बस्दै आएका ४० वर्षीय धनबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । इश्वरपुर नगरपालिका-३ बस्ने सूर्यकुमार श्रेष्ठको घरमा सहयोगीको रुपमा बस्दै आएका श्रेष्ठ सुतिरहेकाे अवस्थामा खाटबाट लडेर घाइते भएका थिए । लालबन्दी […]

गाँजासहित २ जना पक्राउ

७ साउन, जनकपुरधाम । सर्लाहीमा गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिवन नगरपालिका-२ बस्ने ३४ वर्षीय बिरु लामा र १८ वर्षीय गणेश काफ्ले रहेका छन् । पैदल हिंडिरहेको अवस्थामा लालबन्दी नगरपालिका-१ लखनदेही खोला छेउबाट दुवै जनालाई मंगलबार राति ७ किलो गाँजासहित नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए । इलाका […]

पर्सामा रक्सी भट्टी नष्ट

७ साउन, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकामा प्रहरीले अवैध मदिरा उत्पादन गर्ने दुईवटा रक्सी भट्टी नष्ट गरेको छ । बहुदरमाई नगरपालिका– ७ बहुअर्वाभठ्ठा बस्ने प्रभु साह कलवारले सञ्चालन गरेका रक्सी भट्टी नष्ट गरिएको हो । विशेष सूचनाको आधारमा मंगलबार बिहान ४ बजेतिर गएको प्रहरी टोलीले कलवारले सञ्चालन गरेको दुईवटा रक्सी भट्टी नष्ट गरेको जिल्ला प्रहरी […]

लमजुङमा कम्तीमा १० घर पहिरोमा पुरिए

७ साउन, लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. १ मा पहिरो जाँदा कम्तीमा १० घर पुरिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार केही दिनदेखि परिरहेको अविरल वर्षापछि गएको पहिरोमा परेर घर पुगिएका हुन् । जिल्ला प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार हाल नजिकै रहेको इलाका प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको छ । आफू पनि […]

प्रि–मनसुनमा मनसुन थपिँदा पहिरोको ओइरो

७ साउन, काठमाडौं । दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ)ले यो वर्षको मनसुनमा ‘नर्मल’ वर्षा हुने पूर्वानुमान गरेको थियो । तर ३० जेठमा मनसुन सुरु भएयता नेपालमा औसतभन्दा धेरै पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकी प्रवक्ता डा. अर्चना श्रेष्ठ यो वर्ष मनसुनको पहिलो एक महिनामा ‘नर्मल’भन्दा बढी वर्षा भएको बताउँछिन् […]

बारा र पर्साका थप ९ जनामा कोरोना संक्रमण पुष्टि

७ साउन, वीरगञ्ज । बारा र पर्सामा थप ९ जनामा कोरोना भाइरस -कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका र आफ्नै खर्चमा पीसीआर परीक्षण गराएका ९ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालको पीसीआर ल्याबले जनाएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । मारुती फर्मास्युटिकल्समा दुईजना कर्मचारीमा कोरोना […]

लकडाउन खुलेसँगै सुरु भयो जाम (फोटो फिचर)

७ साउन, काठमाडौं । एक सय दुई दिन लामो लकडाउन अन्त्य भएसँगै बुधबार बिहानदेखि काठमाडौं उपत्यकामा सवारी साधनहरुको लामो जाम सुरु भएको छ । लकडाउन अवधिभर काठमाडौंका सडक खुला र शान्त थिए । ट्राफिक प्रहरीहरु पनि फुर्सदिला देखिन्थे । मंगलबार मध्यरातिदेखि सरकारले लकडाउन अन्त्यको घोषणा गरेपछि काठमाडौं सवारी जाम, भिडभाडको पुरानै परिचयमा फर्किएको छ । […]

अब हजारको नोटमा नेपालकै जुम्ल्याहा हात्ती, २६ अर्बको नयाँ नोट बजारमा

७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले २६ अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँको नयाँ नोट आज (बुधबार) देखि बजारमा पठाएको छ । नयाँ विशेषतासहितको नयाँ नोट बजारमा पठाइएको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवति नेपालले जानकारी दिए । उनका अनुसार आज बजारमा पठाइएका नयाँ नोटहरुमा सुरक्षा विशेषता अन्य यथावत रहे पनि हात्तीको संख्या भने थपिएको […]

बर्मन बुढाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान

७ साउन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले पुराना कम्युनिष्ट नेता एवम् पूर्वसांसद बर्मन बुढाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन् । पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गर्नुअघि अन्तिम श्रद्धाञ्जली दिने क्रममा उपराष्ट्रपति पुनले राष्ट्रिय झण्डा ओढाएका हुन् । यसैगरी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् । अन्तिम […]

लोडसेडिङ हट्नुअघिको डेडिकेटेड तथा ट्रंक लाइनको महसुल उठाउन सिफारिस

७ साउन, काठमाडौं । डेडिकेटेड तथा ट्रक लाइनको महसुल सम्बन्धी विवादबारे अध्ययन गरेर सिफारिस गर्न बनेको समितिले उद्योगमा लोडसेडिङ अन्त्य हुनुअघिको डेडिकेटेड तथा ट्रंक विद्युत लाइनको विजुली महसुल उठाउनुपर्ने सिफारिस गरेको छ । डेडिकेटेड महसुल विवादबारे अध्ययन गर्नुपर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीकै प्रस्तावमा गत पुसमा मन्त्रिपरिषद बैठकबाट ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा ५ […]

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो

७ साउन, विराटनगर । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४१ पुगेको छ । महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको पनि मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए […]

६० प्रतिशत करदाताले अब घरबाटै कर तिर्न सक्ने

७ साउन, काठमाडौं । वार्षिक २० लाखसम्म कारोबार गर्ने साना करदाताले मोबाइल एप्सलगायत अन्य विद्युतीय माध्यमबाट कर बुझाउन सक्ने व्यवस्था कार्यान्वयनमा आएको छ । बजेटमा गरिएको घोषणा कार्यान्वयनमा आएसँगै अब करिब ६० प्रतिशत करदाताले घरबाटै कर तिर्न सक्नेछन् । आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा कुल ६ लाख ९० हजार करदाताले आय विवरण […]

चार महिनापछि सुरु भयो मापसे जाँच

७ साउन, काठमाडौं । कोरोना महामारीका कारण रोकिएको मादक पदार्थ सेवन जाँच पुनः सुरु हुने भएको छ । बुधबारबाट नियमित रुपमा चाँज थालिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले अनलाइनखबरलाई बताए । उनले भने, ‘सावधानी अपनाउँदै जाँच गर्छौं, मेसिनको प्रयोगलाई भने निरुत्साहित नै गर्छौं ।’ अवस्था अनुसार मेडिकलमा लगेर समेत जाँच गराएर कारबाहीको […]

म नै सर्वेसर्वा हुँ भन्ने प्रवृत्तिविरुद्ध दृढतापूर्वक उभियौं : माधव नेपाल

७ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवस आज मनाइँदै छ । वि.सं. १९८१ असार १५ गते रामेछापमा जन्मिएका पुष्पलालको निधन २०३५ साल साउन ७ गते भारतमा भएको थियो । पुष्पलालले २००६ साल भदौ ३० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । उनको स्मृति दिवसको अवसरमा प्रेस विज्ञप्ति […]



from समाचार – Online Khabar https://ift.tt/3fQxZ9H
via IFTTT
Powered by Blogger.