समाचार
६ साउन, म्याग्दी । निरन्तरको वर्षापछि कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदीमा सोमबार आएको बाढीले म्याग्दीको विभिन्न ठाउँमा सडक, तीन मोटरेबल, दुई झोलुङ्गे पुल तथा दुई ठाउँमा मन्दिर बगाएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाको रुप्सेखोलामा आएको बाढीले निर्माणाधीन र पुरानो मोटरेबल पुल पुरेको छ । अन्नपूर्ण–३ काभ्रेको भजेनीखोलामा आएको बाढीले स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई बेपत्ता […]
६ साउन, काठमाडौं । दार्चुलाबाट छाङरुसम्म पुग्न स्थलमार्गमा अवरोध भएका कारण नेपाली सेनाले सर्वसाधारणका लागि ट्याक खोल्ने कार्य गरिरहेको छ । भौगोलिक रुपमा विकट घाँटीबगर–तिंकर सडकखण्डमा ट्याक खोल्ने जिम्मा पाएको सेनाले त्यसअघि सर्वसाधारणका लागि गोरेटो बाटो खोलेको हो । छाङरुवासीले सदरमुकाम खलङ्गा आवतजावत गर्न अहिले भारततर्फ रहेको बाटो प्रयोग गर्दै आएका थिए । मौरी भिरमा […]
६ साउन, धनगढी । कैलालीका चार स्थानमा शंंकास्पद वस्तु फेला परेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय जाने बाटो, धनगढी बजारको एलएन चोक र लम्कीचुहा नगरपालिका कार्यालय अगाडि मंगलवार बिहान कुकर बम जस्तै देखिने शंकास्पद वस्तु फेला परेका प्रहरीले जनाएको छ । कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले विभिन्न चार स्थानमा बम […]
६ साउन, काठमाडौं । पूर्वी नवलपरासीको बुलिङटारमा पहिरोले घर पुरिँदा दुई जना सम्पर्कविहीन भएका छन् । पहिरोले बुलिङटार गाउँपालिका–२ डाँडाझेरीका ७० वर्षीय शेरबहादुर सार्की र उनकी श्रीमती बेपत्ता भएका गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले जानकारी दिए । घरमा सुतिरहेका बेला उनीहरुलाई मंगलबार बिहान करिब तीन बजेतिर आएको पहिरोले घरसँगै पुरेको थियो । पहिरोले बाख्रा र कुखुरा […]
६ साउन, विराटनगर । सप्तकोशी नदीमा आएको बाढीले खतराको तह पार गरेको छ । मंगलबार बिहान ६ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक छ । यो वर्षकै उच्च मापन हो । कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हुँदा खतराको तह पार गर्छ । बहाव उच्च भएपछि […]
६ साउन, बुटवल । भारी वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा प्रदेश ५ मा सिद्धार्थ राजमार्ग र पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएका छन् । तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै सोमबार राति पहिरो खस्दा बुटवल–तानसेन सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको हो । त्यहाँ दुई हप्तादेखि पहिरो खस्ने र पन्छाउने क्रम चलिरहेको छ । सिद्धार्थ राजमार्गकै तिनाउ गाउँपालिका–३, […]
६ साउन, कैलाली । कैलालीस्थित घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी गरिएको छ । नगरपालिकाको से १ झ २४१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूले आगजनी गरेको प्रहरीले जनाएको छ । सोमबार राति करिब ११ बजे गाडीमा आगजनी भएको हो । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिसरण भट्टले भने, ‘आगो समयमै नियन्त्रणमा आउँदा ठूलो क्षति हुन […]
६ साउन, काठमाडौं । कोरोना भाइरसविरुद्धको भ्याक्सिनबाट सकारात्मक परिणाम प्राप्त भएकोलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) स्वागत गरेको छ । भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई डब्ल्यूएचओले बधाइसमेत दिएको छ । यद्यपि फैलिँदो संक्रमणबाट लड्नका लागि अझै धेरै काम गर्न बाँकी रहेको डब्ल्यूएचओले जनाएको छ । जेनेभामा एक प्रेस कन्फ्रेन्समा बोल्दै डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका निर्देशक डा. माइक […]
५ साउन, काठमाडौं । सरकारले साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने तयारी गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले तत्काल विद्यालयहरु नखोल्ने तर अभिलेखिकरणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । ‘अहिले स्कुल खुल्दैन तर अभिमुखीकरण सुरु गर्ने भनेका छौं’ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने । उनका अनुसार सामुदायिक स्कुलका शिक्षकहरुलाई साउन ८ देखि […]
५ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पार्टीभित्रको विवादको विषयमा पूर्वमाओवादीसम्वद्ध स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन् । नेताहरुलाई सोमबार विहान आफ्नै निवास खुमलटारमा बोलाएर प्रचण्डले केन्द्रीय कमिटीको पछिल्लो बैठकदेखि आइतबार प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तासम्मका घटनाक्रमबारे ब्रिफिङ गरे । पूर्वमाओवादी भनेर बैठक गर्नु […]
५ साउन, काठमाडौं । पानी नपर्दै पनि एक वृद्ध छाता लिएर सडकमा हिँडिरहेका हुन्छन् । कसैले सोध्छ, ‘ए बाजे, किन छाता लिएर हिँडेको ?’ वृद्धले जवाफ फर्काउँछन्, ‘मौसम विभागले पानी पर्दैन भनेको छ, त्यही भएर ।’ मौसम विभागले गरेको पूर्वानुमान नमिलेको भनेर व्यङ्ग्य गर्न केही वर्ष अगाडि एउटा पत्रिकामा छापेको कार्टुन हो यो । तर […]
५ साउन, काठमाडौं । सोमबार दिनभर परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले देशभरका विभिन्न राजमार्ग, सहायक राजमार्ग, पुल, रणनीतिक सडक र ग्रामीण सडकहरुमा ठूलो क्षति पुर्याएको छ । सडक विभागका अनुसार विभिन्न खोला र नदीमा बनेका विभिन्न पुलहरुमा क्षति पुगेको छ । सडकहरुमा जताततै पहिरो खस्ने र नदीले कटान गर्ने क्रम बाक्लिएपछि सडक विभागले […]
५ साउन, काठमाडौं । आइतबारदेखि सुरु भएको भारी वर्षाले सोमबार काठमाडौं उपत्यकामा पनि क्षति पुर्याएको छ । वाग्मती लगायतका उपत्यकाका नदीहरुमा पानीको सतह बढेपछि नदी किनारका बस्तीहरु डुवानमा परेका छन् । जल तथा मौसम विज्ञान विभागले पूर्वसूचना दिँदै भनेको छ, साउन ४ देखि ९ गतेसम्म देशैभरि भारी वर्षा हुन्छ । सोमबारसम्म आइपुग्दा विभिन्न जिल्लामा बाढी […]
५ साउन, काठमाडौं । सरकारी नम्बर प्लेटको मोटरसाइकलमा पुरुष र महिलाले यात्रा गरिरहेको एउटा तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । मोटरसाइकलको पछाडि बसेकी महिलाले लगाएको पोशाकलाई लिएर विभिन्न टीकाटिप्पणी गरिएका छन् । यो तस्वीरका विषयमा अहिले धेरैलाई कौतुहल पनि छ । तस्वीर वास्तविक नभएर फोटोसप गरिएको पो हो कि ? मोटरसाइकलमा सवार व्यक्ति […]
५ साउन, काठमाडौं । तिनकुनेमा ट्राफिक लाइटमा गाडी रोकिराखेको वेला सार्वजनिक बस कुध्दा तीन वटा सवारीसधानमा क्षति पुगेको छ । कोटेश्वरबाट तिनकुनेतर्फ आउँदै गरेको बा ३ ख ८६८१ नम्बरको सार्वजनिक बसले एउटै लेनमा रहेको तीन वटा निजी सानो गाडीलाई ठक्कर दिएको हो । महानगरीय प्रहरी प्रभाग, कोटेश्वरका प्रहरी निरीक्षक राजन लामाका अनुसार घटनामा कोही पनि […]
५ साउन, विराटनगर । विराटनगर भन्सारले जाँचपास गरेर नेपाल ल्याउन अनुमति दिएको ७ हजार किलोभन्दा बढी माछा सुनसरी प्रहरीले बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले ७ हजार ५ सय १० किलो अफ्रिकन माङगुर (क्याट फिस) माछा नष्ट गरेको हो । क्याट फिस आयात गर्न प्रतिबन्ध रहेकाले बरामद गरेर नष्ट गरेको प्रहरी […]
काठमाडौं । बेलायतको अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरुले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सुरुवाती परीक्षणमा सकारात्मक नतिजा आएको छ । एस्ट्राजेनेकाको सहकार्यमा निर्माण गरिएको यो खोपको सुरुवाती परीक्षणले मानिसमा खोपको प्रयोग सुरक्षित रहेको देखाएको हो । यसले प्रतिरक्षा शक्ति पनि राम्रो हुने संकेत मिलेको छ । बेलायती अनुसन्धानकर्ताले गत अप्रिलमा पहिलोपटक कोरोना भाइरसविरुद्धको खोपको परीक्षण […]
५ साउन, जनकपुरधाम । दुई दिनदेखिको बर्षाले प्रदेश २ का विभिन्न ठाउँ डुबानमा परेको छ । प्रदेश २ का सबै ८ जिल्लाको दक्षिणतिरका अधिकांश गाउँमा पानी पसेको छ । पूर्वपश्चिम राजमार्गमै पानी जम्दा सोमबार केहीबेर यातायातसमेत प्रभावित बनेको छ । आइतबारदेखि जारी रहेको बर्षाका कारण खोला र नदीको सतह बढ्दै जाँदा बाढीको त्रास उत्पन्न भएको छ […]
५ साउन, काठमाडौं । पछिल्लो समय साना कारोबारमा विद्युतीय भुक्तानी बढ्दै गएको छ । मोबाइल र टेलिभिजन रिचार्ज गर्न, पानी/बिजुलीको बिल तिर्न, हवाई टिकट काट्न र अन्य विद्युतीय कारोबारमा रकम भुक्तानी गर्न सेवा सञ्चालक तथा सेवा प्रदायकका विद्युतीय पर्स (ई–वालेट) एपको प्रयोग बढ्दो छ । यही बेला नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत विद्युतीय कारोबारको भुक्तानी […]
५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । उनीहरूमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ८६८ जना निको […]
५ साउन, काठमाडौं । विभिन्न विषयगत समितिका सभापतिले संघीय संसदको सुशासनमाथि नै प्रश्न उठाएका छन् । सोमबार सभामुुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपाध्यक्ष शशीकला दाहालसहितको बैठकमा सभापतिहरुले अन्य निकायमाथि प्रश्न उठाउने संसदमाथि नै प्रश्न उठ्नु जायज नहुने बताए । सभापतिहरुले संसदका लागि भएका खरिदका विषयमा, सेवा सुविधाका विषयमा पनि प्रश्न […]
from समाचार – Online Khabar https://ift.tt/2DYtaNz
via IFTTT






















