Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

निरंकुश सत्ता चलाउने ओलीको प्रयास सफल हुँदैन : पुन

१७ पुस, बुटवल । नेपालको सम्पूर्ण अर्थ व्यवस्था सीमित मानिसको मुठ्ठीमा पार्ने गरी प्रधानमन्त्री केपी शर्मा ओली अगाडि बढेको आरोप नेकपा स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले लगाएका छन् । नेकपा प्रचण्ड–माधव नेपाल पक्षको लुम्बिनी प्रदेश कमिटी बैठकलाई बुटवलमा सम्बोधन गर्दै पुनले सो आरोप लगाएका हुन् । संविधानमा स्पष्ट रुपमा नेपाललाई समाजवाद उन्मुख मुलुक भनिए […]

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणको पुन: तयारी

१७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनष्टि पार्टी (नेकपा) भित्रको विवादका कारण होल्डमा रहेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको तयारी पुन: थालिएको छ । यस अगाडि डिसेम्बरको दोस्रो हप्ता भ्रमण गर्ने गरी गृहकार्य भएको थियो तर नेकपाभित्रको विवादका कारण सो भ्रमण हुन सकेन्, त्यसपछि जनवरीको पहिलो हप्ता भ्रमण गर्ने गरी तयारी गरिएको थियो । […]

माइतीघरमा मनाइयो राष्ट्रिय पोशाक दिवस (फोटो फिचर)

आज ८औं राष्ट्रिय पोशाक दिवस मनाइएको छ । युवाहरुले राष्ट्रिय पोशाकसहित काठमाडौंमा मार्च पास गरी दिवस मनाएका हुन् । ढाका र भाद्भाउले टोपी, दौरा-सुरुवाल, गुन्यु-चोली लगाएका युवाहरुले नेपाली झण्डासहित मार्चपास गरेका हुन् । राष्ट्रिय धरोधर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा भएको मार्चपास माइतीघर मण्डलाबाट सुरु भएर नेपाल कला परिषद् पुगेर माइतीघरमै टुङ्गिएको थियो । तस्वीर : […]

निर्माण सुरु भएको ९ वर्षसम्म बनेन कन्द्रा नदीमा पुल

१७ पुस, टीकापुर । कैलालीको भजनी नगरपालिका-३ स्थित कन्द्रा नदीमा पुल निर्माण सुरु भएको नौ वर्ष बितेको छ । नौ वर्षसम्म पुलको ६० प्रतिशत मात्र निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । हुलाकी राजमार्गअन्तर्गत बन्न लागेको पुल निर्माण विसं २०६८ बाट शुरु भएको हो । पुल निर्माण सम्पन्न नभएपछि त्यहाँका नागरिकको पुलबाट आवतजावत गर्ने […]

बुद्ध एअरको आरजु राइस मिल

१७ पुस, काठमाडौं । आन्तरिक उडानमा सबभन्दा बढी यात्रु बोक्ने बुद्ध एअरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत १५ वर्षयता हरेक वर्षायाममा खेतमा र्झछन् । कृषकहरुसँगै धान रोपाइँमा लाग्छन् र फर्कन्छन् । खेतीसँग बस्नेत परिवारको पुरानै सम्बन्ध छ । त्यसैले, २०६९ यता बुद्ध एयरले कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपाल कृषि कम्पनी नै स्थापना गरेर मोरङका विभिन्न गाउँपालिकामा […]

लोक सेवा आयोग : एक वर्षमा ३०४ जनामात्रै नियुक्ति सिफारिस

१७  पुस, काठमाडौं । लोक सेवा आयोगले एक वर्षको अवधिमा निजामती सेवातर्फ ३०४ जना उम्मेदवारहरु मात्रै स्थायी नियुक्तिको लागि सिफारिस गरेको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार विगतका वर्षहरुमा ५–६ कर्मचारी नियुक्तिका लागि सिफारिस हुन्थे । तर यस वर्ष कोभिड महामारीको कारण परीक्षाहरु स्थगित गर्नु परेकाले सिफारिस संख्या कम देखिएको आयोगको भनाइ छ […]

समृद्धिको पाइला आगामी वर्ष थप उचाइमा पुग्छ : प्रधानमन्त्री ओली

१७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रिय समृद्धिका पाइला आगामी वर्ष थप उचाइमा पुग्ने बताएका छन् । अर्काे नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि बसालेको जग अझ देखिने गरी थप उचाइमा पुग्ने ओलीको भनाइ छ । ‘हामीले मुलुक र जनताको दीर्घकालीन […]

कोभिड-१९ को खोपलाई अनुमति दिने भारतको तयारी, नेपालमा कहिले आउला ?

१७ पुस, काठमाडौं । भारतले कोभिड-१९ को खोपलाई छिट्टै अनुमित दिने भएको छ । भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डियाका भिजी सोमानीले बिहीबार आयोजना गरिएको एक वेबिनारमा अनुमति दिने अन्तिम तयारीमा रहेको जानकारी दिएका हुन् । ‘निश्चय नै नयाँ वर्ष २०२० हाम्रो खुसिको कुरा हुनेछ किनभने हामीले केही प्राप्त गर्ने छौ,’उनले भने । आज शुक्रबार […]

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

१७ पुस, काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभा विघटन भए पनि स्थायी सदन राष्ट्रियसभाको बैठक आज पहिलो पटक बस्न लागेको हो । बैठक अपराह्न चार बजे बोलाइएको छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलका अनुसार आजको बैठकको सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक आह्वान गरेको सम्बन्धी पत्र पढेर सुनाइने छ । यस्तै […]

नयाँ वर्ष सन् २०२१ सुरु

१७ पुस, काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२० को विदाई र नयाँ वर्ष […]

सशस्त्र प्रहरीका ६ एसएसपीको डीआईजीमा बढुवा सिफारिस

१६ पुस, काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । बिहीबार बसेको बढुवा समितिको बैठकले एसएसपीहरुलाई बढुवा गर्न सिफारिस गरेको हो । डीआईजीमा बढुवा सिफारिस हुनेमा एसएसपी कमल गिरी, गणेशबहादुर ठाडा मगर, अभिकुमार खत्री, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र […]

लोडसेडिङ गर्नुपर्ने अवस्था आएको छैन : प्राधिकरण

१६ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको बताएको छ । प्राधिकरणले बिहीबार एक प्रेश विज्ञप्ति जारी गर्दै राष्ट्रिय विद्युत प्रणालीमा भारवहन क्षमताभन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रसारण तथा आपूर्तिमा अवरोध भएकपनि लोडसेडिङ नभएको बताएको छ । ‘विगत ३ वर्षअघि नै लोडसेडिङ अन्त्य गरिसकेको, फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था […]

नेकपाका जिल्ला अध्यक्ष र सचिव को कता ? (सूचीसहित)

१६ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि वैधानिकताको दाबी दुवै समूहले गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली समूहले पार्टीको नाम र निर्वाचन चिन्ह आफूले पाउने दाबी गरेको छ । अर्को पक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले पनि आफूहरुसँग केन्द्रीय कमिटी सदस्यहरुको बहुमत भएकाले पार्टी नाम र निर्वाचन चिन्ह सूर्य आफूहरुले […]

लोडसेडिङ अन्त्य कुलमानले होइन, केपी ओलीले गरेका हुन् : पोखरेल

१६ पुस, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओली गरेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको बिहीबार प्युठानमा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । २५० मेगावाट विद्युत अपुग भएका बेला प्रधानमन्त्री ओलीले भारतसँग प्रसारण लाइन […]

उखु किसानको भुक्तानी एक महिनाभित्र दिन सर्वोच्चको अन्तरिम आदेश

१६ पुस, काठमाडौं । सर्वोच्च अदालतले उखु किसानले उद्योगबाट पाउन बाँकी रकम एक महिनाभित्र भुक्तानी दिलाउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश कुमार रेग्मीको इजलासले आजको मितिले एक महिनाभित्र अनिवार्य रुपमा उखु किसानलाई उद्योगले तिर्नुपर्ने रकम भुक्तानी दिनु दिलाउनू भनी अन्तरिम आदेश जारी गरेको हो । उखु किसानले आफूले बेचेको उखुको […]

पञ्चेश्वरको सिँचाइ र बाढी नियन्त्रणको लाभबापतको सबै लागत बेहोर्न भारत सहमत

१६ पुस, काठमाडौं । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा सिँचाइ तथा बाढी नियन्त्रणबाट हुने लाभका आधारमा तय हुने लागत नेपालले नबेहोर्ने भएको छ । नेपाल र भारतबीच महाकाली सन्धिअनुरुप बन्ने यो आयोजनाबारे नेपालका ऊर्जासचिव दिनेश घिमिरे र भारतका जलस्रोत सचिव यूपी सिंहसहितको टोलीबीच सोमबार दिल्लीमा भएको वार्तामा भारत सिँचाइ तथा बाढी नियन्त्रणको लाभको सबै लागत भारतले नै […]

देउवालाई पौडेलको प्रश्न : त्यो आँधीले ओलीसँगै तपाईंलाई बगायो भने के हुन्छ ?

१६ पुस, पोखरा । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबारे प्रमुख विपक्षी नेपाली कांग्रेस विभाजित छ । पार्टी सभापति शेरबहादुर देउवा सर्वोच्च अदालतको फैसला पर्खिने पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल आन्दोलन चर्काउनुपर्ने पक्षमा छन् । मेलमिलाप दिवसको अवसरमा बिहीबार पोखरामा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले अहिले निर्वाचनमा […]

प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन : सभामुख

१६ पुस, काठमाडौं । सभामुख अग्नि सापकोटाले अहिलेकै अवस्थामा संसद विघटन हुन नसक्ने भन्दै संविधानको रक्षाका लागि आफूले खेल्नुपर्ने भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको बताएका छन् । नेकपा (प्रचण्ड–माधव समूह) को अनेमसंघ, नेपाली कांग्रेस सम्बद्ध नेपाल महिला संघ, जनता समाजवादी सम्बद्ध समाजवादी महिला संघ र विवेकशिल साझा पार्टी सम्बद्ध विवेकशील साझा महिलाको संयुक्त ज्ञापनपत्र बुझ्दै […]

पानीजहाज चढेर कोलकता कहिले पुगिन्छ ?

१६ पुस, काठमाडौं । १४ असार २०७५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनको एक कार्यक्रममा भनेका थिए, ‘रेलको कुरा गर्दा खेलौना देखाए । जहाजको कुरा गर्दा बाल्टीमा पानी हालेर कागजको जहाज बनाएर उडाए । अब हेर्दाहेर्दै हनुमाननगरबाट पानीजहाज चल्छ । यो २०१८ हो, २०१९ को सुरुमै जहाज चल्छ । पुस १६ गते त […]

जबसका २२ संयोजकमध्ये ओली पक्षमा ६ जना मात्र (सूचीसहित)

१६ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विभाजनपछि दुबै समूहबाट पार्टी निर्माण कार्य तीव्र पारिएको छ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले साविकको केन्द्रीय संरचना चलाएको छैन । तर, केपी शर्मा ओली समूहले भने केन्द्रदेखि जिल्ला तहसम्म नयाँ नेतृत्व चयन शुरु गरेको छ । बुधबारमात्रै काभ्रेमा ओली समूहका अध्यक्ष चयन भएका […]

बालुवाटार जग्गा प्रकरणका प्रमुख अभियुक्तकी पत्नी २ लाख धरौटीमा रिहा

१६ पुस, काठमाडौं । बालुवाटारस्थित ललिता निवास क्याम्पाभित्रको सरकारी जग्गा आफ्नो नाममा पारेको अभियोग लागेकी उमाकुमारी ढकाल्नी धरौटीमा रिहा भएकी छन् । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोग लागेकी उनी थुनछेकका लागि विशेष अदालतमा उपस्थित भएकी थिइन् । ढकाल्नी दुई लाख रुपैयाँ धरौटीमा रिहा भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए । विशेष […]



from समाचार – Online Khabar https://ift.tt/3rHV7hd
via IFTTT
Powered by Blogger.