समाचार
१७ पुस, काठमाडौं । लोक सेवा आयोगले एक वर्षको अवधिमा निजामती सेवातर्फ ३०४ जना उम्मेदवारहरु मात्रै स्थायी नियुक्तिको लागि सिफारिस गरेको छ । कोभिड महामारीको कारण परीक्षाहरु स्थगित गर्नु परेकाले यस वर्ष सिफारिस संख्या कम देखिएको आयोगको भनाइ छ । स्थानीय सेवातर्फ भने प्रतिवेदन अवधिमा ८ हजार ६३९ उम्मेदवारहरु स्थायी नियुक्तिको लागि सिफारिस भएका आयोगको […]
१७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रिय समृद्धिका पाइला आगामी वर्ष थप उचाइमा पुग्ने बताएका छन् । अर्काे नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि बसालेको जग अझ देखिने गरी थप उचाइमा पुग्ने ओलीको भनाइ छ । ‘हामीले मुलुक र जनताको दीर्घकालीन […]
१७ पुस, काठमाडौं । भारतले कोभिड-१९ को खोपलाई छिट्टै अनुमित दिने भएको छ । भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डियाका भिजी सोमानीले बिहीबार आयोजना गरिएको एक वेबिनारमा अनुमति दिने अन्तिम तयारीमा रहेको जानकारी दिएका हुन् । ‘निश्चय नै नयाँ वर्ष २०२० हाम्रो खुसिको कुरा हुनेछ किनभने हामीले केही प्राप्त गर्ने छौ,’उनले भने । आज शुक्रबार […]
१७ पुस, काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभा विघटन भए पनि स्थायी सदन राष्ट्रियसभाको बैठक आज पहिलो पटक बस्न लागेको हो । बैठक अपराह्न चार बजे बोलाइएको छ । आजको बैठकको सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक आह्वान गरेको सम्बन्धी पत्र पढेर सुनाइने छ । यस्तै मन्त्रिपरिषद पुनर्गठनबारे पनि जानकारी गराइने छ […]
१७ पुस, काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२० को विदाई र नयाँ वर्ष […]
१६ पुस, काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । बिहीबार बसेको बढुवा समितिको बैठकले एसएसपीहरुलाई बढुवा गर्न सिफारिस गरेको हो । डीआईजीमा बढुवा सिफारिस हुनेमा एसएसपी कमल गिरी, गणेशबहादुर ठाडा मगर, अभिकुमार खत्री, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र […]
१६ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको बताएको छ । प्राधिकरणले बिहीबार एक प्रेश विज्ञप्ति जारी गर्दै राष्ट्रिय विद्युत प्रणालीमा भारवहन क्षमताभन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रसारण तथा आपूर्तिमा अवरोध भएकपनि लोडसेडिङ नभएको बताएको छ । ‘विगत ३ वर्षअघि नै लोडसेडिङ अन्त्य गरिसकेको, फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था […]
१६ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि वैधानिकताको दाबी दुवै समूहले गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली समूहले पार्टीको नाम र निर्वाचन चिन्ह आफूले पाउने दाबी गरेको छ । अर्को पक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले पनि आफूहरुसँग केन्द्रीय कमिटी सदस्यहरुको बहुमत भएकाले पार्टी नाम र निर्वाचन चिन्ह सूर्य आफूहरुले […]
१६ पुस, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओली गरेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको बिहीबार प्युठानमा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । २५० मेगावाट विद्युत अपुग भएका बेला प्रधानमन्त्री ओलीले भारतसँग प्रसारण लाइन […]
१६ पुस, काठमाडौं । सर्वोच्च अदालतले उखु किसानले उद्योगबाट पाउन बाँकी रकम एक महिनाभित्र भुक्तानी दिलाउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश कुमार रेग्मीको इजलासले आजको मितिले एक महिनाभित्र अनिवार्य रुपमा उखु किसानलाई उद्योगले तिर्नुपर्ने रकम भुक्तानी दिनु दिलाउनू भनी अन्तरिम आदेश जारी गरेको हो । उखु किसानले आफूले बेचेको उखुको […]
१६ पुस, काठमाडौं । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा सिँचाइ तथा बाढी नियन्त्रणबाट हुने लाभका आधारमा तय हुने लागत नेपालले नबेहोर्ने भएको छ । नेपाल र भारतबीच महाकाली सन्धिअनुरुप बन्ने यो आयोजनाबारे नेपालका ऊर्जासचिव दिनेश घिमिरे र भारतका जलस्रोत सचिव यूपी सिंहसहितको टोलीबीच सोमबार दिल्लीमा भएको वार्तामा भारत सिँचाइ तथा बाढी नियन्त्रणको लाभको सबै लागत भारतले नै […]
१६ पुस, पोखरा । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबारे प्रमुख विपक्षी नेपाली कांग्रेस विभाजित छ । पार्टी सभापति शेरबहादुर देउवा सर्वोच्च अदालतको फैसला पर्खिने पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल आन्दोलन चर्काउनुपर्ने पक्षमा छन् । मेलमिलाप दिवसको अवसरमा बिहीबार पोखरामा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले अहिले निर्वाचनमा […]
१६ पुस, काठमाडौं । सभामुख अग्नि सापकोटाले अहिलेकै अवस्थामा संसद विघटन हुन नसक्ने भन्दै संविधानको रक्षाका लागि आफूले खेल्नुपर्ने भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको बताएका छन् । नेकपा (प्रचण्ड–माधव समूह) को अनेमसंघ, नेपाली कांग्रेस सम्बद्ध नेपाल महिला संघ, जनता समाजवादी सम्बद्ध समाजवादी महिला संघ र विवेकशिल साझा पार्टी सम्बद्ध विवेकशील साझा महिलाको संयुक्त ज्ञापनपत्र बुझ्दै […]
१६ पुस, काठमाडौं । १४ असार २०७५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनको एक कार्यक्रममा भनेका थिए, ‘रेलको कुरा गर्दा खेलौना देखाए । जहाजको कुरा गर्दा बाल्टीमा पानी हालेर कागजको जहाज बनाएर उडाए । अब हेर्दाहेर्दै हनुमाननगरबाट पानीजहाज चल्छ । यो २०१८ हो, २०१९ को सुरुमै जहाज चल्छ । पुस १६ गते त […]
१६ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विभाजनपछि दुबै समूहबाट पार्टी निर्माण कार्य तीव्र पारिएको छ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले साविकको केन्द्रीय संरचना चलाएको छैन । तर, केपी शर्मा ओली समूहले भने केन्द्रदेखि जिल्ला तहसम्म नयाँ नेतृत्व चयन शुरु गरेको छ । बुधबारमात्रै काभ्रेमा ओली समूहका अध्यक्ष चयन भएका […]
१६ पुस, काठमाडौं । बालुवाटारस्थित ललिता निवास क्याम्पाभित्रको सरकारी जग्गा आफ्नो नाममा पारेको अभियोग लागेकी उमाकुमारी ढकाल्नी धरौटीमा रिहा भएकी छन् । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोग लागेकी उनी थुनछेकका लागि विशेष अदालतमा उपस्थित भएकी थिइन् । ढकाल्नी दुई लाख रुपैयाँ धरौटीमा रिहा भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए । विशेष […]
१६ पुस, काठमाडौं । ललितपुरको इमाडोलमा ९ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इमाडोलको बोजे पोखरीमा डेरा गरी बस्ने ४२ वर्षका हर्कबहादुर विक छन् । उनलाई महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले पक्राउ गरेर अनुसन्धान थालेको महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माले अनलाइनखबरलाई बताए । उनका अनुसार बालिकालाई ५ […]
१५ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्यहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि स्वाब संकलन भएको छ । राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते अपरान्ह ४ बजे सुरु हुँदैछ । बैठक बस्ने अघिल्लो दिन बिहीबार सांसद र संसद सचिवालयका कर्मचारीहरुको निःशुल्क कोभिड–१९ परीक्षण गरिएको हो । ‘४४ जना माननीयसहित एक सय जनाको स्वाब संकलन भएको छ’ राष्ट्रिय सभा […]
१६ पुस, काठमाडौं । संसद विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतलाई राय दिन नेपाल बार एशोसिएसनले ३ जना कानुनविद चयन गरेको छ । बिहीबार बसेको बारको कार्यसमिति बैठकले वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनालीलाई एमिकस क्युरीको रुपमा चयन गरेको हो । बारका महासचिव लीलामणि पौडेलले सर्वोच्च अदालतले माग गरेअनुसार एमिकस क्युरीको रुपमा ३ जनाको […]
१६ पुस, दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसलाई जनताले पाँच वर्षसम्म प्रतिपक्षमा बस्न मत दिएकाले सत्ता कांग्रेसका लागि प्यारो नभएको बताउनुभएको छ । पैतालीसौँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेस तनहुँले बिहीबार आयोजना गरेको कार्यक्रममा केन्द्रीय सदस्य पौडेलले सरकारले चुनाव नचाहेको आरोप लगाउँदै संवैधानिक निकायहरुमा असंवैधानिक तवरबाट पदाधिकारी नियुक्ति गर्ने मात्रै […]
१६ पुस, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राजनीतिक पहुँचका भरमा अनावश्यक ठाउँमा पनि विमानस्थल निर्माण भएको बताएका छन् । बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले राजनीतिक पहुँचका आधारमा निर्माण भएका कतिपय विमानस्थल अहिले सञ्चालन हुन नसकेको पनि बताए । देशभर ५५ वटा एयरपोर्ट […]
from समाचार – Online Khabar https://ift.tt/3pFlFO6
via IFTTT






















