समाचार
१७ पुस, सुर्खेत । कर्णाली प्रदेश सभाको संसदीय समितिका अध्यक्ष चढ्ने गाडीमा आगजानी भएको छ । प्रदेश सभाको अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेश सिंह चढ्ने गाडीमा बिहीबार राति जाजरकोटको भेरी नगरपालिका–७, पुन्म गाउँमा पार्किङ गरेको अवस्थामा आगजानी गरिएको प्रहरीले जनाएको छ । सिंह चढ्ने कर्णाली प्रदेश ००१ झ ००४० नम्बरको सरकारी गाडी सडक […]
१७ पुस, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउन सिफारिस गरेको छ । शुक्रबार हेटौंडामा बसेको बागमती प्रदेश मन्त्रिपरिषदको वैठकले प्रदेश प्रमुखलाई प्रदेश सभाको वैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो । गत साउन ८ गते स्थगित वर्षे अधिवेशन स्थगित भएपछि हिउँदे प्रदेशसभाको बैठब बसेको छैन । सत्तारुढ दल […]
१७ पुस, काठमाडौं । बारबरा फाउन्डेसन काठमाडौंले कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर काम गरेका व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ । कोरोना महामारीको समयमा नेपालभित्र जनस्वास्थ्य तथा पत्रकारिता क्षेत्रमा रहेर उत्कृष्ट सेवा गरेका व्यक्तिहरुलाई फाउन्डेसनले ‘कोभिड १९ विशिष्ट सम्मान’ प्रदान गर्ने भएको हो । फाउन्डेसनले सम्मान योग्य नेपाली नागरिकलाई मनोनयन दर्ताका लागि आवेदन दिन आह्वान समेत […]
१७ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी नेतृ निरुदेवी पालले संघीयता नै खारेज गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएकी छन् । ‘संघीयता खर्चिलो भयो र प्रदेशको त झन् कामै देखिएन । त्यसकारण बरु स्थानीय तहलाई थप बलियो बनाऔं र संघीयता खारेज गरिदिने आँट प्रधानमन्त्री ओलीले गर्नुपर्छ’ पालले अनलाइनखबरसंग भनिन् । पालले बिहीबार सामाजिक सञ्जाल […]
१७ पुस, काठमाडौं । सरकारले गत आर्थिक वर्षमा १ खर्ब ९३ अर्ब रुपैयाँ आन्तारिक ऋण उठाउँदा औसतमा ६.५ प्रतिशत ब्याजदर व्यहोर्नु परेको थियो । चालु आर्थिक वर्षको बजेटका लागि २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण जुटाउनु पर्नेछ । यसमध्ये ५७ अर्ब पहिलो चौमासमा उठिसकेको छ । चालु आवको पहिलो चौमासमा अघिल्लो वर्षको तुलनामा २ […]
१७ पुस, काठमाडौं । राष्ट्रपति कार्यालयद्वारा जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोधमा दर्ता भएको रिटमा शुक्रबार सुनुवाइ हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालद्वारा छुट्टाछुट्टै दायर रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको इजलासमा सुनुवाइ हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति […]
१७ पुस, जनकपुरधाम । संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले प्रदेश २ मा १ हजार १ सदस्यीय संघर्ष समिति बनाएको छ । नेकपा प्रदेश कमिटिको विशेष बैठकले जारी आन्दोलनका कार्यक्रम सञ्चालन गर्न प्रदेश सहइन्चार्ज विश्वनाथ साहको संयोजकत्वमा संघर्ष समिति गठन गरेको अर्का प्रदेश सहइन्चार्ज महेन्द्र पासवानले जानकारी दिए । बैठकले गरेका निर्णय सार्वजनिक गर्न शुक्रबार […]
१७ पुस, जनकपुरधाम । धनुषामा एक बालकको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको छ । जिल्लाको बिदेह नगरपालिका- २ का ५ वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा शुक्रबार बिहान फेला परेको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताए । उनका अनुसार बालक दुई दिनदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा बालकको शव उनकै हजुरबुवा […]
१७ पुस, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमिसम्बन्धी नियमावली (अठारौ संसोधन) तत्काल कार्यान्वयन गर्नका लागि सबै स्थानीय सरकारलाई परिपत्र जारी गरेको छ । सो सम्बन्धी नियमावली ९ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको मन्त्रालयले जानकारी दिएको छ । सो नियमावलीमा भूमिको द्वेध स्वामित्व अन्त्य, जग्गाको हदबन्धी सम्बन्धी व्यवस्थापन तथा भूमिहित सुकुमबासी तथा […]
१७ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । गौतम बिहान साढे नौ बजेतिर खुमलटार पुगेका थिए । प्रचण्डसँग झण्डै एक घण्टा छलफल गरेर गौतम फर्किएका छन् । नेकपा विभाजन पछि गौतम कुनै समूहमा पनि गएका छैनन् । नेकपा विभाजन रोक्न प्रयास गर्ने गौतमले […]
१७ पुस, काठमाडौं । सन् २०२० मा देशभर प्रेस स्वतन्त्रता उल्लंघनका ९६ वटा घटना भएका छन् । सन् २०१९ को तुलनामा उल्लंघनका घटनामा केही कमी आए पनि प्रेस स्वतन्त्रतको अवस्थामा सुधार नआएको फ्रिडम फोरम नामक संस्थाले जनाएको छ । सन् २०१९ मा प्रेस स्वतन्त्रता उल्लंघनका १११ वटा घटनाहरु भएका थिए । ९६ वटा घटनामा १६ महिलासहित […]
१७ पुस, काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको आँगन स्वीट्सले बिक्री गरेको लड्डुमा मंगलबार मानिसको नङ भेटियो । नेपाल प्रहरीका एक जना हाकिमले आफ्नो बढुवाको खुसीयालीमा बाँडेको लड्डुमा नङ भेटिएको घटना यतिबेला चर्चामा छ । वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआइजी) मा बढुवाको खुसीयालीमा डा. देवबहादुर बोहोराले आँगनबाट दुई किलो मिक्स मिठाई किनेका […]
१७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनष्टि पार्टी (नेकपा) भित्रको विवादका कारण होल्डमा रहेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको तयारी पुन: थालिएको छ । यस अगाडि डिसेम्बरको दोस्रो हप्ता भ्रमण गर्ने गरी गृहकार्य भएको थियो तर नेकपाभित्रको विवादका कारण सो भ्रमण हुन सकेन्, त्यसपछि जनवरीको पहिलो हप्ता भ्रमण गर्ने गरी तयारी गरिएको थियो । […]
१७ पुस, बुटवल । नेपालको सम्पूर्ण अर्थ व्यवस्था सीमित मानिसको मुठ्ठीमा पार्ने गरी प्रधानमन्त्री केपी शर्मा ओली अगाडि बढेको आरोप नेकपा स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले लगाएका छन् । नेकपा प्रचण्ड–माधव नेपाल पक्षको लुम्बिनी प्रदेश कमिटी बैठकलाई बुटवलमा सम्बोधन गर्दै पुनले सो आरोप लगाएका हुन् । संविधानमा स्पष्ट रुपमा नेपाललाई समाजवाद उन्मुख मुलुक भनिए […]
आज ८औं राष्ट्रिय पोशाक दिवस मनाइएको छ । युवाहरुले राष्ट्रिय पोशाकसहित काठमाडौंमा मार्च पास गरी दिवस मनाएका हुन् । ढाका र भाद्भाउले टोपी, दौरा-सुरुवाल, गुन्यु-चोली लगाएका युवाहरुले नेपाली झण्डासहित मार्चपास गरेका हुन् । राष्ट्रिय धरोधर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा भएको मार्चपास माइतीघर मण्डलाबाट सुरु भएर नेपाल कला परिषद् पुगेर माइतीघरमै टुङ्गिएको थियो । तस्वीर : […]
१७ पुस, टीकापुर । कैलालीको भजनी नगरपालिका-३ स्थित कन्द्रा नदीमा पुल निर्माण सुरु भएको नौ वर्ष बितेको छ । नौ वर्षसम्म पुलको ६० प्रतिशत मात्र निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । हुलाकी राजमार्गअन्तर्गत बन्न लागेको पुल निर्माण विसं २०६८ बाट शुरु भएको हो । पुल निर्माण सम्पन्न नभएपछि त्यहाँका नागरिकको पुलबाट आवतजावत गर्ने […]
१७ पुस, काठमाडौं । लोक सेवा आयोगले एक वर्षको अवधिमा निजामती सेवातर्फ ३०४ जना उम्मेदवारहरु मात्रै स्थायी नियुक्तिको लागि सिफारिस गरेको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार विगतका वर्षहरुमा ५–६ कर्मचारी नियुक्तिका लागि सिफारिस हुन्थे । तर यस वर्ष कोभिड महामारीको कारण परीक्षाहरु स्थगित गर्नु परेकाले सिफारिस संख्या कम देखिएको आयोगको भनाइ छ […]
१७ पुस, काठमाडौं । आन्तरिक उडानमा सबभन्दा बढी यात्रु बोक्ने बुद्ध एअरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत १५ वर्षयता हरेक वर्षायाममा खेतमा र्झछन् । कृषकहरुसँगै धान रोपाइँमा लाग्छन् र फर्कन्छन् । खेतीसँग बस्नेत परिवारको पुरानै सम्बन्ध छ । त्यसैले, २०६९ यता बुद्ध एयरले कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपाल कृषि कम्पनी नै स्थापना गरेर मोरङका विभिन्न गाउँपालिकामा […]
१७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रिय समृद्धिका पाइला आगामी वर्ष थप उचाइमा पुग्ने बताएका छन् । अर्काे नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि बसालेको जग अझ देखिने गरी थप उचाइमा पुग्ने ओलीको भनाइ छ । ‘हामीले मुलुक र जनताको दीर्घकालीन […]
१७ पुस, काठमाडौं । भारतले कोभिड-१९ को खोपलाई छिट्टै अनुमति दिने भएको छ । भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डियाका भिजी सोमानीले बिहीबार आयोजना गरिएको एक वेबिनारमा अनुमति दिने अन्तिम तयारीमा रहेको जानकारी दिएका हुन् । ‘निश्चय नै नयाँ वर्ष २०२१ हाम्रो खुसीको कुरा हुनेछ किनभने हामीले केही प्राप्त गर्ने छौं,’ उनले भने । आज […]
१७ पुस, काठमाडौं । राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । प्रतिनिधिसभा विघटन भए पनि स्थायी सदन राष्ट्रियसभाको बैठक आज पहिलो पटक बस्न लागेको हो । बैठक अपराह्न चार बजे बोलाइएको छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलका अनुसार आजको बैठकको सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक आह्वान गरेको सम्बन्धी पत्र पढेर सुनाइने छ […]
from समाचार – Online Khabar https://ift.tt/38RP5Sr
via IFTTT






















