समाचार
१७ पुस, काठमाडौं । वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ । श्रम स्वीकृति लिनका लागि श्रम कार्यालय जानै पर्ने बाध्यताबाट सेवाग्राहीलाई मुक्ति दिन भन्दै विभागले अनलाइनबाटै श्रम स्वीकृति दिन सुरु गरेको हो । शुक्रबार पहिलो दिन भएका कारण अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति लिनेको चाप देखिएन । पुनः […]
१७ पुस, काठमाडौं । सरकारले राहदानीमा राख्ने विभिन्न तस्वीरलाई स्वीकृति दिएको छ । पुस १५ गते बसेको मन्त्रिपरिषद बैठकले राहदानीका भित्री पानामा राख्ने तस्वीरलाई स्वीकृति दिएको हो । अब राहदानीको पहिलो कभर पेजको भित्री पृष्ठमा डाँफे र राष्ट्रिय झण्डा रहनेछ भने पृष्ठ १ मा सगरमाथाको तस्वीर राखिने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले […]
१७ पुस, जनकपुरधाम । जनकपुरधामबाट नक्कली कागजातसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत अररीया जिल्ला फारबिसगंज घर भइ विराटनगर महानगरपालिका १ बस्ने २७ वर्षीय समीर साह, महोत्तरीको भंगहा नगरपालिका-९ बस्ने २१ वर्षीय आदित्यकुमार यादव, जनकपुरधाम उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय चन्दन साह र वडा नम्बर २ का ५० वर्षीय रामचन्द्र […]
१७ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी पार्टीबीच एकता घोषणा भएको छ । शुक्रबार आयोजित कार्यक्रममा दुवै पार्टीका शीर्ष नेताहरुले एकता घोषणा गरेका हुन् । पार्टी एकताले उत्पीडित, राष्ट्रियता, महिला र शिल्पी समुदायको मुक्ति आन्दोलनलाई शक्ति प्रदान गर्ने बताएका छन् । कार्यक्रममा जसपा अध्यक्ष महन्थ ठाकुरले देशमा भइरहेका […]
१७ पुस, काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्राम र वाट्सएपको माध्यमबाट साथी बनाएर १३ लाख ३९ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुपन्देही मर्चवारी गाँउपालिका-४ बस्ने २९ वर्षीय धर्मेन्द्र उपाध्याय र सोही ठाउँ बस्ने ४५ वर्षीय अनन्तकुमार उपाध्याय रहेका छन् । उनीहरूले इन्स्टाग्राम र वाट्सएपमा फेक आइडी मार्फत […]
१७ पुस, वीरगञ्ज । पर्सामा ‘जनता आवास कार्यक्रम’ अन्तर्गत घर बनाउन थालिएको छ । जनता आवास कार्यक्रम प्रदेश सरकारको मातहतमा आएपछि पर्सामा पहिलोपटक घर बनाउन लागिएको हो । बहुदरमाई नगरपालिका-२ पिप्रामा बनाइने घरको शुक्रबार शिलान्यास गरिएको छ । जनता आवास कार्यक्रम पर्साका संयोजक प्रदेश सभा सदस्य रमेश पटेलले शिलान्यास गरेका हुन् । पिप्रा टोलमा तीन […]
१७ पुस, काठमाडौं । विभाजनको संघारमा रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएको आधिकारिक जानकारी निर्वाचन आयोगलाई दिएको छ । नेकपा स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाएको पत्र बिहीबार निर्वाचन आयोगमा दर्ता गरेको जानकारी दिए । उनले भने, […]
१७ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता जितेन्द्र देवले प्रधानमन्त्रीले आफू समस्यामा परेपछि मुलुकलाई नै खाल्डोमा हाल्ने काम गरेको आरोप लगाएका छन् । शुक्रबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले पार्टीभित्र समस्यामा परेपछि प्रधानमन्त्रीले जननिर्वाचित निकाय संसदमाथि आक्रमण गरेको बताएका हुन् । ‘तपाईलाई पार्टीभित्र समस्या भयो, तपाईलाई पार्टीभित्र कसैले काम गर्न दिएन । यो देशको समस्या होइन, […]
१७ पुस, काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले संसद विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतले मागेकाे एमिकस क्युरीका लागि नाम पठाएको छ । शुक्रबार सर्वोच्च वरिष्ठ अधिवक्ताहरु खगेन्द्रप्रसाद अधिकारी र पूर्णमान शाक्यको नाम पठाएको सर्वोच्च अदालत बार एशोसिएसनका सचिव शुभनराज आचार्यले जानकारी दिए । अधिकारी सर्वोच्च बारका वर्तमान अध्यक्ष हुन् भने शाक्य नयाँ कार्यकालका लागि हालै निर्वाचित […]
१७ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीमा कार्यरत एकजना प्रहरी हवल्दारलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय हरिनगरा, सुनसरीमा कार्यरत प्रहरी हवल्दार भोला यादव रहेका छन् । भारतबाट घरायसी सामान ल्याउन सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुस लिएको आरोपमा उनी पक्राउ परेका हुन् । अख्तियारका […]
१७ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रियसभा दलका नेता दीनानाथ शर्माले पार्टीको किचलोका कारण प्रतिनिधिसभा विघटन हुनु दुःखद् भएको बताएका छन् । शुक्रबारदेखि सुरु भएको राष्ट्रियसभा, हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै शर्माले दलभित्रको द्वन्द्वको असर जनप्रतिनिधिमूलक संस्थामा पर्नु राम्रो नहुने बताए । ‘अहिलेको सन्दर्भमा जे भयो त्यो राम्रो भएन’ उनले भने, ‘प्रतिपक्षले […]
१७ पुस, काठमाडौं । अंग्रेजी नयाँ वर्षको माहोल छ । घुमघाम गर्ने र रमाउने बहाना खोजीरहेकाहरुका लागि यो एउटा राम्रो मौका पनि हो । तपाईं पनि भोलीको शनिबार घुमघाममा बिताउने मुडमा हुनुहुन्छ भने यसपाली घ्याम्पेडाँडातिर पो बरालिने कि ? भक्तपुरमा पर्ने घ्याम्पेडाँडा काठमाडौंवासीका लागि परिचित गन्तब्य हो । यहाँबाट करीव एक घण्टाको उकालो चढेपछि पुगिन्छ रानीकोट […]
१७ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५२२५ जनामा गरिएको परीक्षणमा २७३ पुरुष र १५३ महिला गरी ४२६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६१ हजार १९ जना पुगेको छ । […]
१७ पुस, काठमाडौं । खुकुरी प्रहार गरी लुटपाटमा संलग्न गिरोहका ५ जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा असनका रोहन नेपाली शाही, थानकोटका अभय तुलाधार, जुम्लाका हरि शर्मा, चक्रपथका अमित तुलाधर र नरदेवीका रोहित शाही छन् । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार उनीहरुले मैतीदेवीको सन्दुस बचत तथा ऋण सहकारी संस्थामा […]
१७ पुस, काठमाडौं । अध्यादेश प्रकरण र प्रतिनिधिसभा विघटनपछि विभिन्न आन्दोलन सुरू भए । त्यसको प्रत्यक्ष/अप्रत्यक्ष असर स्वास्थ्य क्षेत्रमा पनि पर्यो । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला सडक आन्दोलनमा निस्किएका नेताहरूलाई पछ्याउँदै जनताले पनि निस्फिक्री सडक तताएका छन् । यसले जनस्वास्थ्य क्षेत्रमा काम गर्नेहरुलाई भने स्तब्ध बनाएको छ । डा. शरद वन्त यो कदमलाई […]
१७ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनमार्फत हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न माग गरेका छन् । नभए सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने उनको चेतावनी छ । शुक्रबार काठमाडौंमा विरोध प्रदर्शनपछि आयोजित सम्बोधन गर्दै राप्रपा अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना अब राप्रपाको मात्र एजेण्डा नभएको बताए । […]
१७ पुस, काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले फेला परेका मोटरसाइकल सम्बन्धित धनीलाई शुक्रबार हस्तान्तरण गरेका हुन् । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको उनले बताए । […]
१७ पुस, काठमाडौं । कोरोना भाइरस महामारीले विश्व नै प्रभावित बनेको वर्ष २०२० बिहीबारदेखि हामीबाट बिदा भइसकेको छ । नयाँ आशा र उमंगसहित हामीले शुक्रबारदेखि नयाँ वर्ष २०२१ लाई स्वागत गरिरहेका छौं । कोरोना महामारीले गर्दा वर्ष २०२० मा विश्वभर खेलकुद गतिविधिहरु प्रभावित बने । नेपाली खेलकुद पनि एक हिसाबले ठप्पै भयो । अब नयाँ वर्ष […]
१७ पुस, काठमाडौं । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बुटवल उपमहानगरपालिका–८ की ४२ वर्षीया महिलाको शुक्रबार बिहान ११ः४५ बजे मृत्यु भएको हो । अस्पतालका अनुसार उनीमा ५ पुसमा कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरोका साथै स्वासप्रश्वासमा समस्या […]
१७ पुस, काठमाडौं । कोभिड महामारीमा मुटुरोगीको ज्यान बचाउने अग्रपंक्तिका अस्पतालमध्ये पहिलो नम्बरमा आउँछ– शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र । महामारीकालमा यो अस्पतालले अति नाजुक अवस्थाका थुप्रै मुटुरोगीलाई आकस्मिक शल्यक्रिया गरेर असामयिक मृत्युबाट जोगायो । गंगालाल अस्पतालले कोभिड महामारीबीच २८४ जनाको साँघुरिएको मुटुको नशा खोल्यो (प्राइमरी एञ्जिओप्लास्टी) भने ८६३ जनाको एञ्जियोग्राम गर्यो । त्यसैगरी […]
१७ पुस, काठमाडौं । सरकारको असफलता, भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रणलगायतका विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको भृकुटीमण्डपदेखि रत्नपार्क शान्तिवाटिकासम्म राप्रपाले प्रदर्शन गरेको छ र शान्तिवाटिकामा सभा गरेको छ । प्रदर्शनमा राप्रपाको झण्डा, राष्ट्रिय झण्डा र हिन्दु धर्मसँग आस्था राख्ने विभिन्न समूहको झण्डा लिएर प्रदर्शनकारी सहभागी छन् । प्रदर्शनपछिको […]
from समाचार – Online Khabar https://ift.tt/2XecaJT
via IFTTT






















