Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बागलुङका सबै मतपेटिका सदरमुकाम ल्याइयो, मतगणनाको तयारी

१५ मंसिर, काठमाडौं । बागलुङको क्षेत्र नम्बर २ को प्रदेश (ख) को मतगणना केहीबेरमा सुरु गर्ने तयारी गरिएको छ । जिल्लाका सबै ४३ वटै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याइसकिएको र केहीबेरमा मतगणना गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताए । मुख्य निर्वाचन अधिकृत न्यौपानेका अनुसार, अहिले मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ । […]

ढिस्कोले पुरिएर कास्कीको मौजामा ३ जनाको मृत्यु

१५ मंसिर, पोखरा । पोखरा महानगरपालिका–२० स्थित मौजामा नाली खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु भएको छ । २ जना घाइते छन् । रिटेरिङ वाल लगाउने क्रममा आएको सुख्खा पहिरोले  ५ जना पुरिएकोमा ३ को मृत्यु भएको वडाध्यक्ष सीम गुरुङले जानकारी दिए । ढिस्कोमा पुरिएर ज्यान गुमाउने र घाइतेको नाम आउन खुलेको छैन […]

बौदिकाली गाउँपालिका-५ मा नेकपा विजयी

१५ मंसिर, नवलपुर । पूर्वी नवलपरासीको बौदिकाली गाउँपालिका वडा नं. ५ को अध्यक्षमा नेकपाका खिमबहादुर खरूमगर विजयी भएका छन् । शनिबार भएको उपनिर्वाचनमा नेकपाका खिमबहादुरले नेपाली कांग्रेसका तुल बहादुर रानालाई १३६ मतअन्तरले पराजित गरे । खरू मगरले ३६७ र रानाले २३१ मत पाएका छन् । समाजवादी पार्टीका प्रितम बहादुर रानाले ७ मत प्राप्त गरेका छन् […]

रामेछापको उमाकुण्ड–५ मा नेकपा विजयी

१५ मंसिर, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–५ को वडाध्यक्षमा नेकपा उम्मेदवार कुलबहादुर बस्नेत विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार सावित्री सुनुवारलाई दोब्बर मतअन्तरले पराजित गर्दै बस्नेत विजयी भएका हुन् । कुल १ हजार १ सय ७३ मत खसेकोमा बस्नेतले ७ सय ६९ मत प्राप्त पाए भने सुनुवार ३ सय ८० मतमा खुम्चिइन् । निर्वाचनमा […]

प्यूठान नगरपालिका-२ को अध्यक्षमा नेकपाका पोख्रेल विजयी

१५ मंसिर, प्यूठान । प्यूठान नगरपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपाका मुक्ति पोख्रेल विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार मोहन सिंह विष्टलाई दुई सय ८४ मतअन्तरले पछि पार्दैए नेकपाका पोख्रेल दाखाक्वाडी वडाअध्यक्षमा निर्वाचित भएका हुन् । पोख्रेलले १ हजार १ सय २७ र विष्टले ८ सय ४३ मत पाएका छन् । यस वडामा […]

धरान उपमहानगरपालिकामा नेकपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा

१५ मंसिर, काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरका लागि भएको उपनिर्वाचनमा नेकपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ ।  ३ वडाको मतगणना सकिँदा नेकपा उम्मेदवारले कांग्रेस उम्मेदवारलाई झिनो मतले पछि पारेका छन् । जारी मतगणना अनुसार नेकपा उम्मेदवार प्रकाश राईले २३०९ मत हासिल गरेका छन् । उनलाई कांग्रेस उम्मेदवार तिलक राईले कडा टक्कर दिइरहेका छन् । […]

चितवनमा नेकपालाई धक्का, एमालेले एक्लै जितेको वडा नेकपाले गुमायो

१५ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनका तीनवटा वडामा भएको निर्वाचनमा नेकपाका सबै उम्मेदवारहरुले पराजय भोगेका छन् । यसअघि एमालेले एक्लैले जितेका वडामा समेत माओवादी रएमाले मिल्दासमेत कांग्रेसले जित हात पारेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नः ४, वडा नः ५ र भरतपुर महानगरपालिका वडा नः […]

प्रदेश ५ को उपचुनाव : महरा र शंकर पोखरेलको वडामा कांग्रेस विजयी

१५ मंसिर, बुटवल । सत्तारुढ नेकपाका दुई प्रभावशाली नेताहरुको वडा दाङको घोराही उपमहानगरपालिका वडा नंं. १६ मा नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगी विजयी भएका छन् । संघीय संसदका निवर्तमान सभामुख कृष्णबहादुर महरा र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको वडामा अध्यक्ष पदका लागि शनिबार भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सुरेशबहादुर केसीलाई […]

कास्की २ मा विद्या भट्टराईको अग्रता

१५ मंसिर, पोखरा । कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । एउटा वडाको मतगणना सकिँदा नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता लिएकी छन् । पोखरा महानगरपालिका वडा नम्बर ३३ को मतगणना सकिँदा विद्याले ३ हजार २ सय मत ल्याएकी छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले २ हजार १ सय १५ […]

चक्रपथभित्र आज जोर–बिजोर प्रणाली, ठूला गाडीलाई सागभर रिङरोड भित्र निषेध

१५ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथभित्रका क्षेत्रमा आज बिजोर नम्बरका मात्र सवारी साधन गुड्न पाउने भएका छन् । चक्रपथ र त्यस बाहिरका क्षेत्रमा भने जोर–बिजोर प्रणाली लागू हुनेछैन । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सहज पार्न ट्राफिक प्रहरीले चक्रपथभित्र आज जोर–बिजोर प्रणाली लागू गरेको हो । दुई दशकपछि नेपालमा आयोजना हुन […]

गुल्मीको रुरुक्षेत्रमा नेकपाका सिंजाली निर्वाचित

१५ मंसिर, गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर ६ रिमुवाको वडा अध्यक्षमा नेकपाका गिरिप्रसाद सिंजाली निर्वाचित भएका छन् । सिंजालीले ८०२ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । उनले नेपाली कांग्रेसका उम्मेदवार बेदप्रसाद दर्लामीलाई ७५ मत अन्तरले पराजित गरे । कांग्रेसका दर्लामीले ७२७ मत ल्याए । स्वतन्त्र उम्मेदवार मनबहादुर दर्लामीले […]

१३ औं साग आजदेखि, यसरी हुँदैछ उद्घाटन

१५ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन आज राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दैछिन् । सागअन्तर्गत भलिबल प्रतियोगिताका खेल यसअघि नै भए पनि औपचारिक उद्घाटन अपराह्न ५ बजे दशरथ रंगशालामा गर्न लागिएको हो । भब्य समारोहबीच राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने समारोह ३ घण्टा १४ मिनेट सञ्चालन हुनेछ । उद्घाटनसत्रमा सहभागी सातवटै […]

मोरङको धनपालथान गाउँपालिका-२ को अध्यक्षमा कांग्रेस विजयी

१५ मंसिर, काठमाडौं । मोरङको धनपालथान गाउँपालिका वडानम्बर २ को अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका नारायण प्रसाद साह १ हजार ७ सय १ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका पंकज मण्डलले १ हजार ४९७ मत पाए । यहाँका ४ हजार ७४ मतदातामध्ये ३ हजार २ सय ८४ मत खसेको […]

खैरहनी नगरपालिकाका दुवै वडामा कांग्रेस विजयी

१५ मंसिर, चितवन । चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ को अध्यक्षमा कांग्रेस विजयी भएको छ । वडा नम्बर ४ को अध्यक्षमा देवबहादुर बस्नेत र ५ मा प्रतिमा बस्नेत विजयी भएका हुन् । वडा नम्बर ४ मा निर्वाचित कांग्रेसका देवबहादुर बस्नेतले १ हजार १३८ र नेकपाका बेदबहादुर अधिकारीले ९८६ मत पाए । यहाँ […]

सुनसरीमा एम्बुलेन्स र ट्रक ठोक्किँदा ७ जनाको मृत्यु

१५ मंसिर, विराटनगर । सुनसरीमा एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा एम्बुलेन्समा सवार सात जनाको मृत्यु भएको छ । विराटनगरबाट उदयपुरतर्फ जाँदै गरेको काे १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक गएराति कोसी गाउँपालिकाको हरिपुरमा ठोक्किएर दुर्घटना भएको हो । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी विनोद शर्माले दुर्घटनाको पुष्टि गर्दै त्यसमा सवार […]

दाङ र अर्घाखाँचीका वडा नेकपाबाट कांग्रेसले खोस्यो

१५ मंसिर, काठमाडौं । अर्खाखाँची र दाङमा वडाअध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा कांग्रेस विजयी भएको छ । अघिल्लो चुनावमा नेकपाले जितेका यी स्थानमा यसपटक कांग्रेसले बाजी मारेको हो । घोराही उपमहानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा नेपाली कांग्रेसका तारा डिसी विजयी भएका छन् । उनले नेकपाका सुरेशबहादुर केसीलाई १ सय १ मतले पराजित गरे । […]

१३औं सागमा नेपालको पहिलो पदक पक्का, महिला भलिबल फाइनलमा

१४ मंसिर, काठमाडौं । नेपाल पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग)मा महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । अब स्वर्णका लागि भने भारतसँग खेल्ने छ । यद्यपि १३ औं सागमा नेपालको पहिलो पदक पक्का भएको छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ३-० ले हराएको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट […]

तस्वीरमा महिला भलिबलको ऐतिहासिक जित

१४ मंसिर, काठमाडौं । नेपाली महिला भलिबल टिम पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा प्रवेश गरेको छ । यससँगै नेपालको १३ औं सागमा कम्तिमा रजत पदक पक्का भएको छ । फाइनलमा भारतलाई हराएर स्वर्ण जित्ने बाटो पनि खुला छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलका क्रममा देखिएका केही दृश्य

उपचुनाव : अपेक्षाअनुसार मत खसेन, १२ घण्टामा आधा परिणाम आउने

१४ मंसिर, काठमाडौं । कास्कीसहित ३७ जिल्लाका ५२ सीटमा उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । तर, अपेक्षाअनुसार मत नखसेको निर्वाचन आयोग आफैंले स्वीकार गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेश सभा सदस्यका लागि भक्तपुर १ क, दाङ ३ ख र बाग्लुङ २ खमा शनिबार मतदान भएको छ । यस्तै धरान उपमहानगरपालिकासहित ४८ […]

बैतडीबाट कांग्रेसले पनि जितको खाता खोल्यो

१४ मंसिर, काठमाडौं । उपनिर्वाचनमा नेपाली कांग्रेसले बैतडीबाट जितको खाता खोलेको छ । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेस विजयी भएको हो । प्रमुख प्रतिपक्षी कांग्रेसका गजेन्द्रबहदुर चन्दले नेकपाका उम्मेदवार हराए । निकटतम प्रतिद्वन्दीलाई ४ मतले पछि पार्दै कांग्रेसका चन्द विजयी भएका हुन् । नेकपाका धनबहादुर चन्दले २१५ मत ल्याए भने विजयी […]

धुलिखेल २ को वडाध्यक्षमा कोइराला विजयी

१४ मंसिर, काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का देव कोइराला विजयी भएका छन् । शनिबार भएको उपचुनावमा उनले ८६७ मत पाए । उनको निकतम प्रतिद्वन्द्वी कांग्रेसका दणबहादुर खत्रीले ५८२ मत पाए । राष्ट्रिय जनता पार्टीले ३२ मत पाउँदा राप्रपा संयुक्तले ६ मत पाएको छ । ३२ मत […]



from समाचार – Online Khabar https://ift.tt/2Ri0CDF
via IFTTT
Powered by Blogger.