समाचार
१३ पुस, काठमाडौं । शुक्रबारबाट शुरु भएको होर्डिङ बोर्ड हटाउने क्रमलाई काठमाडौं महानगरपालिकाले आइतबार पनि निरन्तरता दिएको छ । आइतबार त्रिपरेश्वर, पुतलीसडक र सोह्रखुट्टेमा राखिएका ठूला बोर्डहरु हटाइएको महानगरका नगर प्रहरी शाखाका प्रमुख धनपति सापकोटाले जानकारी दिए । सहरको सौन्दर्य बढाउन भन्दै महानगरले होर्डिङ बोर्ड हटाउन शुरु गरेको हो । ४ वर्षअघि नै सर्वोच्च अदालतले […]
१३ पुस, बुटवल । बुटवलमा ढुवानी ग्राम अर्थात ट्रान्सपोर्ट भिलेज बन्ने भएको छ । बुटवल उपमहानगरपालिकाले व्यस्त बजार क्षेत्रमा रहेका ढुवानी व्यवसाय (ट्रान्सपोर्ट)लाई एकै स्थानमा व्यवस्थित गर्ने योजना अघि बढाएको हो । प्रदेशको अस्थायी मुकाम बुटवलमा जनघनत्व बढ्दै गएको र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भएकाले शहरभर छरिएर रहेकाहरुलाई एकै ठाउँमा राख्न ट्रान्सपोर्ट भिलेज बनाउन लागिएको मेयर […]
१३ पुस, काठमाडौं । पूर्व–पश्चिम रेलमार्गको सम्पूर्ण खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) १५ महिनाभित्र तयार हुने भएको छ । सरकारले यो रेलमार्गको डीपीआर बन्न बाँकी एउटा खण्डको काम १५ महिनामा सक्ने गरी परामर्शदाता छनोट गरेर काम थालेको हो । हालसम्म पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तरगत मध्यखण्डको डीपीआर बनाउन सुरु गरिएको थिएन । चितवन राष्ट्रिय निकुञ्ज छल्नेगरी तयार […]
१३ पुस, काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले आइतबार खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा आकस्मिक अनुगमन गर्यो । अनुगमनका क्रममा खाद्य पदार्थको लेवलिङमा गल्ती औंल्याएर सुधारका लागि निर्देशन दिइएको थियो । कुरा सामान्य लाग्छ । तर, यस क्रममा एउटा रोचक अवस्थाको सिर्जना भएको छ । निर्देशन दिने एक अधिकृत […]
१३ पुस, बुटवल । नेपाल भ्रमण वर्ष सन् २०२० शुभारम्भका लागि प्रदेश ५ अन्तर्गतको बर्दिया ठाकुरद्वारामा विशेष तयारी गरिएको छ । ‘घुम्न जाऔं बर्दिया’ नाराका साथ प्रदेश ५ को प्रमुख पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्वाराबाट नेपाल भ्रमण वर्ष सन् २०२० को शुभारम्भ गरिने गरि काम तीब्र पारिएको र उद्घाटनको तयारी पूरा भएको छ । भ्रमण बर्षमा […]
१३ पुस, वीरगञ्ज । झण्डै दुई सातादेखि घाम नलागेका कारण मध्य तराईको पर्सा, बारा, रौतहट लगायतका जिल्लामा अत्याधिक चिसो बढेको छ । शीतलहरसँगै बढेको चिसोका कारण वीरगञ्जमा एक जनाको ज्यान गएको छ । वीरगञ्जको शंकरचार्य गेटदेखि दक्षिण तर्फ परिचय नखुलेका एक जना पुरुष आइतबार विहान मृत फेला परेको पर्सा प्रहरीले जनाएको छ । चिसोमा रातभर […]
१३ पुस, चितवन । चितवनको भरतपुर महानगरपालिकाले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा १५ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । महानगरपालिकाले पुँजीगततर्फ १ अर्ब ८० करोड ७ लाख ७९ हजार रुपैयाँ रकम विनियोजन गरेकोमा २६ करोड ८६ लाख ९० हजार रुपैयाँमात्र खर्च गरेको हो । चालु आर्थिक वर्ष २०७६/७७ मा खर्च भएको रकमको ठूलो हिस्सा गत […]
१३ पुस, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सात हजार ४९४ नयाँ लाभग्राही थप गर्ने निर्णय गरेको छ । प्राधिकरणको कार्यकारी समितिको बैठक पुस ११ र १३ गते बसेर सो निर्णय लिइएको हो । पुनः जाँच तथा छुट सर्भेक्षण, २०७५ र ०७६ बाट संकलित लगतको विश्लेषणमार्फत विभिन्न जिल्लामा ती लाभग्राही थप भएका हुन् । त्यसैगरी, बैठकले […]
१३ पुस, तनहुँ । प्रतिवन्धित लागू औषध बिक्री वितरण गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबु खैरेनीका प्रमुख प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले आँबुखैरेनी गाउँपालिका ३ ठाडो लाइनबाट उनीहरुलाई पक्राउ गरेको हो । कुम्भबहादुर थापाका घरमा डेरा गरी बस्ने २२ वर्षीय उमेश खड्काले लागू औषधहरु लुकाई राखेको […]
१३ पुस, विराटनगर । सीमावर्ती भारतीय क्षेत्रमा रोकिएका करिब दुई हजार ट्रक नेपाल प्रवेश गर्न थालेका छन् । विराटनगर भन्सार नाका नजिकै रहेको मिरगञ्ज पुल सञ्चालनमा आएपछि भारतमा रोकिएका करिब दुई हजार ट्रक नेपाल प्रवेश गर्न थालेका हुन् । विराटनगर भन्सार प्रवेशका लागि पार गर्नुपर्ने भारत बथनाहको मिरगञ्ज पुल नौं दिनपछि सञ्चालनमा आएपछि रोकिएका ट्रक […]
१३ पुस, डोटी । डोटी जिल्लाका स्वास्थ्य संस्थाहरुमा कूल दरबन्दीको १३ प्रतिशत स्वास्थ्यकर्मीहरुको अभाव रहेको छ । स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारी अनुसार जिल्लाका नौ स्थानीय तहका ५९ स्वास्थ्य संस्थाहरुमा ३०८ कूल दरबन्दीमध्ये हाल २६७ मात्रै पदपूर्ति रहेको छ । सबैभन्दा बढी रिक्त दरबन्दी बोगटान फुड्सिल गाउँपालिकामा करिब ३० प्रतिशत देखिएको छ । उक्त गाउँपालिकामा […]
१३ पुस, पोखरा । ललितपुर महानगरपालिकाले सडकमा रंग पोतेरै भए पनि साइकल लेन बनाउन थालिसक्यो, काठमाडौं महानगरले पनि साइकल लेन बनाउने घोषणा गर्यो । यसको प्रभाव पोखरा महानगरपालिकामा पनि देखिएको छ । पोखरामा साइकल लेन बनाउनुपर्ने माग नयाँ होइन । नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीलगायतको टोलीले ८ वर्षअघि ‘साइकल सिटी पोखरा’ संस्था खोलेरै […]
१३ पुस, काठमाडौं । सरकारी जागिरमा मरिहत्ते गर्नेहरुको संख्या अहिले पनि ठूलो छ । केही वर्ष अघिसम्म त जागिर भनेकै सरकारी हो भन्ने बुझाइ थियो । तर, कर्णालीमा जन्मिएका दीपबहादुर शाहीले खाइरहेको सरकारी जागिर छोडिदिए । किनकि, उनी अरुभन्दा फरक सोच्थे । सरकारी जागिर छोडेर आफ्नै व्यवसाय सुरु गरेका शाहीले कालान्तरमा आफ्ना उत्पादन युरोप-अमेरिकासम्म पुर्याउन […]
१३ पुुस, जनकपुरधाम । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले महिलाले चाहेमा महिलाको प्रगति हुने बताए । आइतबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा उनले महिलाले विरोध गर्न नसक्दा उमेर नपुगेका छोरीहरुको विवाह भइरहेको धारणा राखेका हुन् । ‘महिलाको विरोधी महिला नै नहुने हो भने उमेर नपुगेकी छोरीको विवाह गराउँदैनन्’ उनले भने । छोरी १५ बर्षको […]
१३ पुस, चितवन । चितवनको दोस्रो पर्यटकीय केन्द्रको रुपमा विकास हुँदै गरेको पटिहानी पर्यटन विकास समितिको अध्यक्षमा शंकरराज थपलिया चयन भएका छन् । समितिको उपाध्यक्षमा साजनकुमार महतो, सचिवमा सुमन ढकाल, सहसचिमा सुमित्रा पण्डित, कोषाध्यक्षमा रामराज तिवारी चयन भएका छन् । समितिमा पदेन सदस्यहरुमा पटिहानी उपभोक्ता समितिका अध्यक्ष, बेलसहर सामुदायिक वनका अध्यक्ष, वीरेन्द्रनगर सामुदायिक वनका अध्यक्ष, […]
१३ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आसन फेरिएको छ । यसअघि अरु नेताहरुसँगै बस्दै आएका उनी आइतबारको बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीसँगै बसे । प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पहिलो पटक सचिवालय बैठक बसेको थियो । बैठकमा अध्यक्षद्वयका लागि छुट्टै कुर्सी […]
१३ पुस, काठमाडौं । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० आउँदो बुधबार (१ जनवरी २०२०) देखि शुभारम्भ हुँदैछ । दशरथ रंगशालामा आयोजना हुने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष शुभारम्भ भएको घोषणा गर्नेछिन् । उद्घाटन समारोहलाई भव्य बनाउन भ्रमण वर्ष सचिवालयले भरपुर कोशिस गरिरहेको छ । पर्यटनमन्त्री योगेश भट्टराईले […]
१३ पुस, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले सीपी गजुरेलसहित आफ्ना नेता कार्यकर्ता पक्राउको विरोध गरेको छ । आइतबार उपप्रधानमन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गरेर अवरोध गरेको भन्दै विरोध जनाएको हो । क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले विज्ञप्ति जारी लाठीचार्जबाट पोलिट्ब्युरो सदस्य दिनेश शर्मा, सुरेस श्रेष्ठ, केन्द्रीय सदस्य शारदा महत, महिला नेतृ […]
१३ पुस, धनगढी । भारतबाट लागूऔषध खैरो हिरोइन नेपाल ल्याउँदै गरेको अवस्थामा एक भारतीय नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाकाप्रहरी कार्यालय टीकापुरको टोलीले जानकी गाउँपालिका १ को दुर्गौलीबाट तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमाभारतको लखिमपुर खिरी घर भएका ४६ वर्षीय सुनिल गुप्ता, लम्की चुहानगरपालिका १ का ३६ वर्षीय राजु अवस्थी […]
१३ पुस, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ पल्लो हुम्दी डाँडागाउँमा ६३ वर्षीया चिजाकुमारी विक बस्थिन् । सँधैजसो छरछिमेकमा भेटिने उनी पुस ६ गते साँझबाट एकाएक हराइन् । दुई दिनसम्म पनि गाउँमा नदेखिएपछि उनको खोजतलास हुन थाल्यो । चिजा बस्दै आएको घरमा बाहिरबाट चुकुल लगाइएको थियो । गाउँलेले विकले प्रयोग गर्दै आइरहेको मोबाइलमा फोन गरे […]
१३ पुस, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७६ सर्वसम्मत पास गरेको छ । समितिको आइतावार बसेको बैठकले विधेयक र प्रतिवेदन पास गर्दै संसदमा पठाउने निर्णय गरेको हो । समितिमा लोकसेवाका कर्मचारी सरुवा गर्दा उसको सहमति लिनुपर्ने विद्यमान व्यवस्था हटाउने सहमति भएको थियो । तर […]
from समाचार – Online Khabar https://ift.tt/2Ff7M4l
via IFTTT