समाचार
११ पुस, काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिकासहित प्याकेजमा सहमति नभएसम्म केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने निर्णय गरेको छ । शुक्रबार पौडेल समूहका वार्ता टोली संयोजक प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको पौडेल समूहको बैठकमा वार्ता टोलीले अहिलेसम्म भएका छलफलबारे ब्रिफिङ गरेको थियो । महाधिवेशन कार्यतालिका, नेविसंंघ, केन्द्रीय विभाग […]
११ पुस, काठकाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले १२ सय मेगावाटको बहुप्रतिक्षित बुढीगण्डकी जलविद्युत आयोजना प्रभावितले पाउने मुआब्जा रकममा लाभकर छुट दिन प्रस्ताव गरेको छ । हाल बुढीगण्डकी आयोजनाका प्रभावितलाई दिइएको मुआब्जामा १० प्रतिशत लाभकर लिने गरिन्छ । तर प्रभावितहरुले त्यसको विरोध गर्दै आएका छन् । शुक्रबार राष्टियसभा अन्तर्गततको राष्ट्रिय सरोकार समितिमा ऊर्जामन्त्री वर्षमान […]
११ पुस, राँझा (बाँके) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयमा स्थानीय तहका उजुरी धेरै परेका छन् । बाँके, बर्दिया र दाङ कार्य क्षेत्र रहेको अख्तियारको नेपालगञ्जस्थत सम्पर्क कार्यालयमा आर्थिक वर्ष २०७६/७७ को पहिलो पाँच महिनामा परेका ४३३ उजुरीमध्ये करिब आधा स्थानीय तहका छन् । मङ्सिर मसान्तसम्म स्थानीय तहमा सङ्घीय मामिलातर्फ १३० र शिक्षातर्फ […]
११ पुस, पोखरा । साइकल सिटी पोखराले गर्दै आएको ‘टुर दि पोखरा’को पाँचौं संस्करण शनिबार हुने भएको छ । ‘थोपा थोपा इन्धन बचाऔं’ नारासहित सुरु भएको टुर दि पोखराको यस संस्करणमा १८.५ किलो मिटर साइकल दौड हुने भएको छ । साइकल सिटीले टुर दि पोखराका लागि साइकलयात्री विशाल गर्बुजा र जमुना थापालाई सद्भावना दूत समेत […]
११ पुस, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि साउदी अरेबियाका राजदूत मुसेइड अल मारवानेले शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल-साउदी अरेबिया द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपाल र साउदी अरबियाबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै राजदूत मारवानेको […]
११ पुस, रौतहट । नेपाल भारतको सीमाको दशगजा क्षेत्र बनाइएका संरचनाहरु हटाउन सुरु गरेको छ । नेपाल र भारत दुवै पक्षका सुरक्षाकर्मीको संयुक्त पहलमा दशगजा क्षेत्रमा बनाइएका गाईगोठ, घरटहरा, पसल तथा बजार हटाउन थालेको हो । रौतहटको पश्चिमी सीमा क्षेत्रबाट सुरु भएको अभियान सरमुजवासम्म पुगेको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणले जनाएको छ । […]
११ पुस, काठमाडौं । अख्तियार दुरुपयोय अनुसन्धान आयोगले घुस लिएको आरोपमा एक प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । आयोगले आठ हजार रुपैयाँ घुस लिएको भन्दै इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । दमक नगरपालिका–४ ताराबारीको काठमिलबाट पक्राउ परेका हवल्दार श्रेष्ठले काठ फर्निचर कारोबारमा सहजीकरण गर्छु भनेर सेवाग्राहीसँग घुस लिएको […]
११ पुस, काठमाडौं । नेपाल र चीनबीचको अन्तरदेशीय प्रसारणलाइनको निर्माणको थप प्रक्रिया अघि बढ्ने भएको छ । दुबै देशले आ–आफ्नोतर्फका भूभागमा पर्ने प्रसारणलाइनको निर्माणको लागि विस्तृत सम्भाब्यता अध्ययन अघि बढाउने सहमति गरेका छन् । नेपाल चीनबीचको संयुक्त ऊर्जासम्बद्ध प्राविधिक समिति बैठकमा यस्तो सहमति भएको हो । प्राविधिकस्तरमा संयुक्त रुपमा परियोजनाको विस्तृत अध्ययन गर्ने विषयमा प्राधिरकण […]
११ पुस, काठमाडौं । अकुपाई टुँडिखेल अभियान अन्तर्गत शनिबार बिहान खुल्लामञ्चलाई सिंगार्ने कार्यक्रम हुने भएको छ । सोसाइटी अफ नेपलिज, आर्किटेक्ससँगको सहकार्यमा कलाकार धन यख्याले खुलापन र वातावरणीय सन्तुलन झल्कने गरी रंगिचंगी आकृतिहरु कोर्ने कार्यक्रमहरु रहेका छन् ।आकृतिहरुमा थप रङ्ग भर्न बालकदेखि वृद्धासम्मले सहयोग गर्ने छन् । टुँडिखेलमा भएको अतिक्रमण रोक्न गत कात्तिक देखि सुरु […]
११ पुस, काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ स्थित रामचन्द्र भञ्ज्याङमा शुक्रबार जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । मृतकको पहिचान खुल्न नसकेको र मृतक मध्ये १ जना महिला र २ जना पुरुष रहेको मकवानपुरका प्रहरी उपरीक्षक अरुण पौडेलले अनलाइनखबरलाई जानकारी दिए । हेटौंडाबाट काठमाडौं आउँदै गरेको […]
११ पुस, रामेछाप । रामेछाप नगरपालिकाको वडा नम्बर ८ स्थित भंगेरीमा अन्तर्राष्ट्रिय स्तरको संग्रहालय बन्ने भएको छ । सहिद गंगालाल र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव स्व. पुष्पलाल श्रेष्ठको जन्मस्थलमा सो संग्रहालय बन्न लागेको हो । भंगेरीलाई कम्युनिस्टहरुको तीर्थस्थलको रुपमा विकास गर्ने गरी भंगेरीलाई अन्तर्राष्ट्रिय संग्रहालयको रुपमा विकास गर्ने प्रदेश-३ का आर्थिक मामिला तथा योजनामन्त्री […]
११ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्याइएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि भन्दै ओलीलाई शुक्रबार दिउँसो सेन्टर पुर्याइएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार केहीबेरमा ओलीको डायलाइसिस हुँदैछ । प्लाज्मा फेरेसिसले काम नगरेपछि उनले नियमित रूपमा मिर्गौलाको डायलाइसिस गरिरहेका छन् ।
११ पुस, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-६, ग्रिनल्याण्डमा घरको छतबाट खसेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय ग्रिनल्याण्ड स्कुलमा अध्ययनरत् अनिषा पौडेलको मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालले अनलाइनखबरलाई दिएको जानकारी अनुसार बुधबार पौडेल स्कुलबाट फर्किएर खेलिरहेका बेला ५ तलामाथिबाट खसेकी थिइन् । छतबाट खस्दा कम्पाउण्डको बारमाथि लगाइएको […]
११ पुस, काठमाडौं । नेपाल ट्रस्कोट कार्यालयले गाई चराउने मैदान बन्न नदिन गोकर्ण रिसोर्टको लिज सम्झौताको म्याद थप गरेको स्पष्टीकरण दिएको छ । पुरानो सम्झौता अवधि ५ वर्ष ८ महिना बाँकी रहँदा नै अर्को २५ वर्षका लागि सम्झौता गरेकोमा सरकार विवादमा परेको छ । कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी कार्यालयले सम्झौता थप गर्ने निर्णयको बचाउ […]
११ पुस, हेटौंडा । सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि जिल्ला समन्वय समिति मकवानपुरले मकवानपुर गढीमा विजय उत्सव मनाउनेदेखि लिएर इन्द्रसरोवरमा प्याराग्लाइडिङ गर्नेसम्मको कार्यक्रम सार्वजनिक गरेको छ । भ्रमण वर्षलाई सफल पार्न समन्वय समितिले जिल्लाको प्रमुख नाका क्षेत्रमा गन्तव्य चिनाउने होर्डिङ बोर्ड राख्ने भएको छ । भ्रमण वर्षलाई सफल बनाउने जिम्मेवारी […]
११ पुस, काठमाडौं । नेपाल ट्रष्टको कार्यालयले पोखराको हिमा गृह र चितवनको दियालो बंगलालाई पनि रिसोर्ट चलाउन भाडामा दिने तयारी गरेको छ । गोकर्ण रिसोर्टबारे लिज सम्झौताबारे विवाद भइरहेका बेला नेपाल ट्रष्टले भने चार ठाउाको संरचना रिसोर्ट व्यवसायका लागि भाडामा दिने तयारी गरेको हो । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ट्रष्टका सचिव गजेन्द्रकुमार ठाकुरले हिमा गृह, […]
१० पुस, काठमाडौं । काठमाडौंका चोक–चोकमा रहेका होर्डिङ बोर्ड आजबाट हटाउन थालिएको छ । काठमाडौं महानगरपालिकाको नेतृत्वमा टोली परिचालन गरी होर्डिङबोर्ड झिक्न सुरु गरिएको हो । महानगरपालिकाले ४ वटा कार्यदल बनाएर यो अभियान चलाएको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा बसेको बैठकले कार्यदल बनाएर तत्कालै होर्डिङ बोर्ड हटाउने निर्णय गरेको थियो । महानगरको संयोजकत्वमा […]
११ पुस, काठमाडौं । विवेकशील नेपाली दलले पूर्वराजा वीरेन्द्र शाह तथा उनको परिवारको सम्पति राष्ट्रियकरण गरी बनेको नेपाल ट्रष्टको जग्गा भाडामा दिने क्रममा अनियमितता तथा भ्रष्टाचार भएको भन्ने विषयमा आम सञ्चार माध्यममा आएका समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सो दलकी उपाध्यक्ष अजीता राईले शुक्रबार एक प्रेश विज्ञप्ती जारी गर्दै ट्रष्टको स्वामित्वमा रहेको गोकर्ण रिसोर्टको […]
११ पुस,काठमाडौं । भारतमा नरेन्द्र मोदी सरकारविरुद्धको आन्दोलन हिंसात्मक बन्दै जाँदा दिल्ली र उत्तर प्रदेशसहित कतिपय राज्यका धेरै जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको छ नागरिकता संशोधन कानूनविरुद्धको आन्दोलन चर्किदै जाँदा हिंसा भड्किएपछि शुक्रवार उत्तर प्रदेशका २१ जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको समाचार एजेन्सीहरुले जनाएका छन् । मुस्लिम बाहुल्य जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको छ । […]
११ पुस, काठमाडौं । अहिले डेडिकेटेड तथा ट्रंकलाइनको महसुलसम्बन्धी विवाद उत्कर्षमा छ । यसअघिसम्म कुलमान घिसिङको मात्र टाउको दुखाइरहेको यो समस्या अब प्रधानमन्त्रीनिवास बालुवाटारभित्रै प्रवेश गरेको छ । डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएका कतिपय उद्योगले नेपाल विद्युत प्राधिकरणलाई महशुल नतिरेपछि यसबारे विवाद सिर्जना भएको हो । महशुल नतिर्ने उद्योगीहरुको अडानले अन्योलको अवस्था सिर्जना भएको […]
१० पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले आम्दानीको ५० प्रतिशतमात्रै कर्जा पाउने गरी कडाइ गरेपछि बैंकिङ क्षेत्रमा तरंग आएको छ । यसले कर्जा लिएर व्यवसाय गर्न चाहनेहरुलाई निरुत्साहित बनाएको दाबी बैंकर्स र अन्य सरोकारवालाले गरेका छन् । राष्ट्र बैंकले एकीकृत निर्देशनलाई संशोधन गर्दै ऋणिको कर चुक्ता अनिवार्य गर्नुका साथै ऋण लिने सीमामा समेत कडाइ गरेको […]
from समाचार – Online Khabar https://ift.tt/2QrOIoF
via IFTTT