समाचार
१५ पुस, काठमाडौं । माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले ७ प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय सञ्चाललनमा ल्याएको छ । प्रदेश १ को मोरङ जिल्लाको विराटनगर, प्रदेश २ को धनुषा जिल्लाको जनकपुर, प्रदेश ३ को ललितपुर, गण्डकी प्रदेशको कास्की जिल्लाको पोखरा, प्रदेश ५ को दाङ जिल्लाको घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको […]
१५ पुस, काठमाडौं । प्रदेश २ को पर्साको ठोरी र प्रदेश ३ को चितवनलाई जोड्ने छोटो दुरीको वैकल्पिक मार्गमा मंगलबारदेखि दुई चक्के सवारी साधन मोटरसाइकल तथा साइकल सञ्चालनमा आएका छन् । कुटो कोदालोको सहायताले ठोरी-बाँदरझुला-कुसुमखोला-प्याउली हुँदै माडीको बगही पुग्ने वैकल्पिक बाटो स्थानीयले निर्माण गरेपछि यो सडक भएर मोटरसाइकल तथा साइकल गुड्न थालेको बाँदरझुलाका स्थानीय मदन […]
१५ पुस, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा भाग लिन भारतीय पर्यटन प्रहृलाद सिंह पटेल नेपाल आइपुगेका छन् । उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्वागत गरे । भ्रमण वर्षको औपचारिक उद्घाटन बुधवार दशरथ रंगशालामा हुँदैछ । यस समारोहमा सहभागी हुन चीनबाट सहायक पर्यटन मन्त्री नेपाल आइपुगेका छन् । जमैका […]
१५ पुस, बुटवल । माछाको व्यावसायिक प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले रूपन्देहीमा पहिलोपटक वृहतस्तरको मत्स्य, कृषि तथा माघी महोत्सव हुने भएको छ । रुपन्देही माछाका लागि उर्वर ठाउँ रहेको, यहाँका चारवटा गाउँपालिकामा माछा सुपरजोन कार्यक्रम लागू भएकाले यसको बजार बिस्तार गर्न र कृषि क्षेत्रकै विकासमा योगदान पुर्याउन महोत्सव आयोजना गरिएको हो । नेपाल मत्स्य व्यवसायी संघ […]
१५ पुस, काठमाडौं । भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा भाग लिन चीनका सहायक पर्यटनमन्त्री वङ सियापोफेङ नेपाल आइपुगेका छन् । उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वागत गरेका छन् । भ्रमण वर्षको उद्घाटनमा नेपाल आउने उच्च विदेशी पाहुनामध्ये उनी पनि एक हुन् । नेपाल भ्रमण वर्षको उद्घाटन बुधबार दशरथ रंगशालामा हुँदैछ […]
१५ पुस, काठमाडौं । नेपाल भ्रमण वर्षको मुखमा बर्दियामा अत्याधुनिक रिसोर्ट संचालनमा आएको छ । बर्दिया राष्ट्रिय निकुन्ज र यस आसपासमा आउने पर्यटकको सुविधालाई लक्षित गर्दै बर्दियाको ठाकुरबाबा नगरपालिका, ९ ठाकुरद्धारमा बबई रिसोर्ट सञ्चालनमा आएको हो । जंगल सफारी, वर्ड वाचिङ, बबई नदी र कर्णा लीमा र्याफ्टिङ, डल्फिन वाचिङजस्ता प्याकेज उपलब्ध हुने रिसोर्टका प्रवन्धक धर्मराज […]
१५ पुस,बुटवल । प्रदेश ५ सरकारले प्रदेशसभाको अधिवेशन माघ ५ गते आह्वान गर्न सिफारिस गरेको छ । चार महिनापछि पहिलोपटक अधिवेशन डाकिएको हो । प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख यादवले आगामी माघ ५ गतेलाई प्रदेश सभाको अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको […]
१५ पुस, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाको बैठक मंगलबार लगातार दोस्रो दिन पनि सांसदहरुले अवरुद्व गरेका छन् । प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका सांसदले दोस्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्व गरेका हुन् । गत आर्थिक बर्षमा सञ्चालन गरिएका योजनाको भुक्तानी नदिएको भन्दै सांसदहरुले पछिल्लो केही महिना यता संसद बैठक अवरुद्व गर्दै […]
१५ पुस, काठमाडौं । चिनी उद्योगीहरुले किसानको उखु खरिदको बक्यौता रकम फिर्ता गर्न प्रतिवद्धता जनाएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सम्पर्क बाहिर रहेका उखु उद्योगी सम्पर्कमा आएका र किसानको रकम फिर्ता गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए । मंगलबार संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले यसअघि सम्पर्कबाहिर […]
१५ पुस, काठमाडौं । चीन र भारतबाट काठमाडौंसम्म अन्तरदेशीय रेल ल्याउने विषयलाई वर्तमान सरकारले आफ्नो प्रतिष्ठाको बिषय बनाएर ठूलै कसरत गरिरहेको छ । तर दुवै रेलमार्गको प्राविधिक तहमा भएका अध्ययनहरुमा नेपाली प्राविधिक संलग्न छैनन् । चीन र भारतका प्राविधिकले दिएका रिपोर्टहरुमै निर्भर रहेर दुई महत्वाकांक्षी परियोजना अघि बढाउन सरकार अग्रसर भएको हो । यसले नेपाल […]
१५ पुस, काठमाडौं । सीमा नापजाँचका लागि गएको नेपाली टोलीलाई कालापानीमा भारतले रोकेको छ । भारतको नयाँ नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई भारततर्फ पारेपछि नेपालले विरोध गरेको छ । मसिंर २७ मा सरकारले नेपाल भारत अन्तर्राष्ट्रिय सीमा निरीक्षण समिति समेत बनायो, नसलाई सीमा दुरुस्त रहे नरहेको, अतिक्रमण भएको नभएको, सीमा स्तभ हराए नहराएको […]
१५ पुस, काठमाडौं । संसदको हिउँदे अधिवेशनलाई कानून बनाउने अधिवेशनका रुपमा लिइन्छ । नागरिकतादेखि संघीय प्रहरी लगायतका दजनौं ऐनहरु संसदमा विचाराधीन छ, संसदको सभामुख चयन गर्नुपर्ने जिम्मेवार पनि प्रतिनिधिसभाको छ । तर ४ पुसमा पहिलो दिन राष्ट्रपतिले अधिवेशन आह्वान गर्दै पठाएको पत्र पढेर सुनाएको संसद बैठक बस्न सकेको छैन । भोलि बोलाइएको बैठक पनि सूचना […]
१५ पुस, काठमाडौं । भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा भाग लिन म्यानमारका पर्यटनमन्त्री ओन मउङ नेपाल आएका छन् । सरकारले भ्रमण वर्षको उद्घाटनका क्रममा सहभागिताका लागि दिएको निम्ता स्वीकार गर्दै पर्यटनमन्त्री नेपाल आएका हुन् । मन्त्री मउङलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सोल्टी होटेलमा स्वागत गरेका छन् ।
१५ पुस, काठमाडौं । बुधबार हुने नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनमा भाग लिन जमैकाका पर्यटनमन्त्री एडमन्ड बार्लेट काठमाडौं आइपुगेका छन् । मन्त्री बार्लेटलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोल्टी होटेलमा पुगेर स्वागत गरेका छन् । भीआईपी पाहुनाहरुलाई सोल्टी होटेलमा रहने व्यवस्था मिलाइएको छ ।
१५ पुस, काठमाडौं । नेपालले सीमा विवादबारे भारतसँग छलफल गर्न परराष्ट्र सचिवस्तरीय वार्ताको नयाँ मिति प्रस्ताव गरेको छ । यसमा भारतको सहमति भने आइसकेको छैन । भारतले आठौं संस्करणको राजनीतिक नक्सा प्रकाशित गर्दा नेपाली भूमि पनि आफ्नोतिर पारेपछि नेपालले विरोध गरेको थियो र मंसिर ६ गते कूटनीतिक नोट पनि पठाएको थियो । जसमा वर्षौको सीमा […]
१५ पुस, काठमाडौं । गृह सचिव प्रेमकुमार राईले बक्यौता नतिरेका क्यासिनो सञ्चालन गर्न अन्तरिम आदेश जारी गर्ने न्यायाधीशअरुलाई संसदीय समितिमा उपस्थित गराउनुपर्ने बताएका छन् । मंगलबार संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा गृह सचिव राईले अदालतका कारण राज्यकोषलाई अर्बौ राजस्व नतिर्ने क्यासिनो सञ्चालन भइरहेको जिकिर गरे । ‘क्यासिनो सञ्चालन हुने, मजदूरले […]
१५ पुस, काठमाडौं । नेपाली कांग्रेसले पुस १७ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । माघ ९ गते हने राष्ट्रियसभा निर्वाचनको उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न भनी कांग्रेसले पुस १७ गते दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ । सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा बहुमतका आधारमा महाधिवेशनलगायतको निर्णय गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष […]
१५ पुस, काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ । ठूला करदाता कार्यालयले सर्वोच्च अदालतको आदेशअनुसार एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरी १५ दिनभित्र कर बुझाउन २२ मंसिरमा पत्राचार गरेको थियो । तर एनसेलले आगामी ६ महिनाभित्र सबै […]
१५ पुस, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले उखु किसानको समस्याप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गरी किसानका हक अधिकारसम्बन्धी कानून प्रभावकारी कार्यान्वयन गर्न र उखु किसानका विषयमा हालै देखिएको समस्या समाधान गर्न सरकार, चिनी उद्योगी र संवद्ध पक्षलाई आग्रह गरेको छ । उद्योगले खरिद गरेको उखुको मूल्य नपाउँदा […]
१५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाको विकल्पमा अर्को टिम बनाउन प्रस्ताव अघि सारेका छन् । पार्टी संस्थापन पक्षले बहुमतका आधारमा महाधिवेशनको मिति तोकेपछि संस्थापन इतर समूह असन्तुष्ट छ । उनीहरुले पार्टीको परम्परा र विधान विपरीतका निर्णय भएको भन्दै सच्याउन माग गरेका छन् । नभएसम्म केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी […]
१५ पुस, काठमाडौं । पुँजी बजारको नियमक निकाय धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया छनोट समितिले अघि बढाएको छ । बोर्डको अध्यक्ष बन्न ८ जना आवेदन दिएकोमा ३ जना सर्ट लिस्टमा परेका छन् । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा बनेको ३ सदस्यीय समितिले बोर्ड अध्यक्षका लागि भिष्मराज ढुंगाना, निरज गिरी र डा. केशवप्रसाद श्रेष्ठको […]
from समाचार – Online Khabar https://ift.tt/2QfxkEN
via IFTTT