Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

टोनी हागनको सम्मानमा हुलाक टिकट प्रकाशन

१४ पुस, काठमाडौं । भूगर्भविद् तथा अनुसन्धानकर्ता टोनी हागनको सम्मानमा हुलाक टिकट प्रकाशन भएको छ । फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालय र टोनी हागन फाउण्डेसनद्वारा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले टिकटमा टाँचा लगाएकी हुन । हागनको मुखाकृति अंकित रु. २० दरको टिकट प्रकाशन गरिएको हो । यस्तो टिकट १० लाख प्रति छापिएको […]

पर्यटकको स्वागतका लागि तयार छ ठमेल

१४ पुस, काठमाडौं । काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेलमा पर्यटन व्यवसायी तथा स्थानीय घरधनीले भ्रमण वर्षका लागि तयार रहेको सन्देश प्रवाहका लागि ऐक्यवद्धता व्यक्त गरेका छन् । सोमबार साँझ ठमेलको नर्सिङ चोकमा ठूलो मण्डला बनाएका व्यवसायील आफूहरु भ्रमण वर्षमा पर्यटकको स्वागतका लागि तयार रहेको सन्देश दिएका हुन् । ‘आज हामी ठमेलबासी र व्यवसायीले सांस्कृतिक र्‍यालीसहित […]

रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत गरिने

१४ पुस, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत गराउने भएको छ । सिंहदरबारस्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालयमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण प्राधिकरणको विशेष प्राथमिकतामा परेकाले रानीपोखरीको मोडेलअनुसार उपभोक्ता समितिमार्फत पुनर्निर्माण गरिने निर्णय भएको जानकारी […]

मुख्यमन्त्रीसँग अपशब्द बोलेको आरोपमा एक जना पक्राउ

१४ पुस, काठमाडौं । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग अभद्र किसिमको शब्द प्रयोग गरेर बोलेको आरोपमा एक जना प्रहरी नियन्त्रणमा छन् । नुवाकोट घर भई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था चलाउने पुष्पराज पाण्डेलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले सोमबार नियन्त्रणमा लिएको हो । महाशाखाका प्रवक्ता एसपी मुकेश सिंहले उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरे । उनले भने, […]

उद्योगी र बैंकर्सबीच सहकार्यको सहमति

१४ पुस, काठमाडौं । बैंक र उद्योगी-व्यवसायीबीचको दूरी टाढा रहेको चर्चा भइरहेका बेला सोमबार फरक दृश्य देखियो । दुबै क्षेत्रका नेताहरुले हात मिलाउदै भने, ‘हामी एक अर्काका परिपूरक हौं ।’ उद्योगीहरुको संस्था नेपाल उद्योग परिसंघ र वाणिज्य बैंकका सीईओहरुको छाता संस्था नेपाल बैंकर्स संघले सहकार्यको सहमति गर्दाको दृष्य हो यो । उनीहरुले एउटा समझदारीपत्रमा हस्ताक्षर […]

चितवनमा जनगणनाको पूर्व तयारीबारे छलफल

१४ पुस, चितवन । एक वर्ष पछि अर्थात वि.सं. २०७८ सालमा सुरु हुने राष्ट्रिय जनगणनाको पूर्व तयारी जिल्ला तथ्याङक कार्यालय चितवनले सुरु गरेको छ । प्रत्येक १०/१० वर्षमा हुने जनगणनामा विगत भन्दा यसपटक तथ्याङ्क संकलनको दायरालाई फराकिलो बनाउने तयारी स्वरुप काम थालिएको कार्यालयले जनाएको छ । जिल्लाको जनसंख्याको परिवर्तन, लैंगिक अवस्था, वृद्ध, बालबालिका र युवा, घरको […]

प्रहरी अस्पतालकी डीआईजी सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस

१४ पुस, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी अस्पतालकी प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा. आशा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । गृह सचिव प्रेमकुमार राईको अध्यक्षता र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव सदस्य रहेको बढुवा समितिको सोमबार बसेको बैठकले डा. सिंहलाई एआईजीमा बढुवा गर्न […]

मंगलवार र बुधवार सबै सरकारी निकायमा दीपावली गर्न सर्कुलर

१४ पुस, काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष २०२० को उद्घाटन र त्यसको अघिल्लो दिन सबै सरकारी निकायमा दीपावली गर्न पत्राचार गरेको छ । ८ पुसको सचिवस्तरीय निर्णयअनुसार मन्त्रालयले पुस १५ र १६ मा दीपावली गर्न निर्देशन दिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत सम्पूर्ण स्थानीय तहलाई पर्यटन […]

प्रदेश ३ को प्रदेशसभा अधिवेशन पुस २१ मा

१४ पुस, हेटाैंडा । प्रदेश ३ सरकारले प्रदेशसभा अधिवेशन पुस २१ गते आहृवान गर्न सिफारिस गरेको छ । हेटौंडामा बसेको मन्त्रिपरिषदको बैठकले पाँचौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेशको नाम र राजधानी टुंगो लगाएको भोलिपल्ट प्रदेश सरकारले अधिवेशन आह्वान गर्न सिफारिस गरेको […]

पर्सामा विकास निर्माणका काममा प्रशासनको निगरानी

१४ पुस, वीरगञ्ज । पर्सा जिल्लामा ठेक्का लागेर रोकिएका विकास आयोजनाको काम ७ दिन भित्र सुरु गर्न प्रशासनले अल्टिमेटम दिएको छ । पर्सा जिल्लामा सञ्चालित विकास निर्माणका अयोजना र कार्यालयहरुले आर्थिक वर्ष ०७६/७७ मा हासिल गरेको लक्ष्य, प्रगति र प्राप्त उपलब्धिको समिक्षापछि प्रशासनले त्यस्तो निर्देशन दिएको हो । केही आयोजनाको काम सन्तोषजनक देखिएपनि अधिकांश आयोजनाहरुले […]

मदन भण्डारी राजमार्गलाई ओलीको गृहनगरतर्फ सोझ्याउन खोजिएपछि विवाद

१४ पुस, काठमाडौं । सरकारले दुई वर्षअघि घोषणा गरेको मदन भण्डारी राजमार्ग (चुरे राजमार्ग) को पूर्वी रुटका विषयमा विवाद उब्जेको छ । मोरङ, इलाम र झापा जिल्लामा कहाँबाट राजमार्ग लैजाने भन्नेमा विवाद भएको हो । सबैभन्दा बढी विवाद भएको क्षेत्र हो, झापाको दमक । प्रधानमन्त्रीको गृहनगर दमकलाई पूर्वपश्चिम राजमार्गले छुन्छ । यही राजमार्गभन्दा माथि उत्तरतर्फ […]

प्रदेश सभा २ को बैठक आज पनि अवरुद्ध

१४ पुस, जनकपुरधाम  । डेढ महिनापछि बसेको प्रदेश सभा २ को बैठक प्रतिपक्षी दलका सांसदहरूले अवरुद्ध पारेका छन् । सोमबार दिउँसो २ बजे बोलाइएको प्रदेश सभाको बैठक सुरु भएको केही बेरमै प्रतिपक्षी तथा एक जना सत्तारूढ दलका सांसदले अवरुद्ध गरेका हुन् । संसदीय विकास कोषको योजनामा काम गरेका उपभोक्ता समितिहरुको बक्यौता रकम भुक्तानीको माग गर्दै संसद […]

सागमा पदक जितेका खेलाडीलाई प्रदेश ५ सरकारले नगदसहित सम्मान गर्ने

१४ पुस, बुटवल । प्रदेश ५ सरकारले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सागमा सहभागी विजेतालाई प्रोत्साहन स्वरुप नगदसहित सम्मान गर्ने निर्णय गरेको हो । सागमा सहभागी भएका प्रदेश ५ का खेलाडीलाई एकलतर्फ स्वर्णपदक विजेतालाई १ लाख, समूहमा स्वर्ण जित्नेलाई ८० हजार […]

घुससहित सशस्त्र प्रहरीका एक जवान पक्राउ

१४ पुस,  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ हजार ५ सय रुपैयाँ घुससहित मोरङको बख्री बोर्डर आउट पोष्टमा कार्यरत एक जना सशस्त्र प्रहरीका जवानलाई नियन्त्रणमा लिएको छ । भारतबाट प्याज ल्याउने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा सशस्त्र प्रहरीका जवान सचित नारायण विश्वासलाई नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी […]

असारसम्म सुन्दरीजलमा मेलम्चीको पानी खस्ने दाबी

१४ पुस, काठमाडौं । मेलम्चीे खानेपानी आयोजनाको पानी आगामी असार मसान्तसम्ममा सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा खस्ने दाबी गरिएको छ । संसदीय समितिमा आयोजित छलफलमा आयोजनाका प्रमुख तिरेशप्रसाद खत्रीले सो दाबी गरेका हुन् । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समिति बैठकमा खत्रीले सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार नै मेलम्चीको पानी काठमाडौंमा ल्याउने बताए । त्यसका […]

भ्रमण वर्ष उद्घाटन साग भन्दा भब्य !

१४ पुस, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भको तयारी पूरा भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष सचिवालयले सोमवार मिडिया ब्रिफिङमार्फत भ्रमण वर्षको तयारी पूरा भएको जानकारी दिएका छन् । दशरथ रंगशालामा १ जनवरी (बुधबार) हुने उद्घाटन समारोह एक महिना अगाडि दक्षिण एसियाली खेलकुद […]

बसको ठक्करबाट एक बालिकाको मृत्यु  

१४ पुस, काठमाडौं । रौतहटमा बसको ठक्करबाट सोमबार एक बालिकाको मृत्यु भएको छ । परोहा नगरपालिका-२ जिगडवा बेलबिछुवास्थित सडकमा ना.३ ख १४२८ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने महमद अलिकी ५ वर्षीया छोरी सिधरा खातुनको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको सुकदेव चोकस्थित शिवदर्शन हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको […]

प्रहरीलाई घुस दिन खोजेको आरोपमा महिला पक्राउ

१४ पुस, वीरगञ्ज । बाराबाट प्रहरीले प्रहरी कर्मचारीलाई घुस दिन खोजेको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका-२ छपकैयाकी अम्बेया खातुनलाई पक्राउ गरेको हो । बाराको जीतपुर सिमरा उपमहानगरपालिका-७ स्थित इलाका प्रहरी कार्यालय, जीतपुर, बाराको कार्यालय भवन अगाडि चेकजाँचका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीले वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेको […]

कृषिमन्त्रीको दाबी – खसीको मासुको अनियन्त्रित मूल्यवृद्धि रोक्यौं

१४ पुस, काठमाडौं । सांसदहरुले खसीको मासुको मूल्य काठमाडौंमा नियन्त्रण बाहिर गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । मासुको बजार व्यवस्थापनमा सरकार निरिह भएको भन्दै उनीहरुले व्यवसायीका कारण जनता महँगीको मारमा परेको बताए । प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकमा यस विषयमा छलफल भएको थियो । बैठकमा समितिका सभापति विमल […]

बुटवलमा दोस्रो सडक खाना महोत्सव सुरु

१४ पुस, बुटवल । बुटवलमा दोस्रो सडक खाना महोत्सवको आयोजना गरिएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०२० को अवसर पारेर सोमवारदेखि तीन दिने सडक खाना महोत्सव सुरु गरिएको हो । विभिन्न जातजातिको सांस्कृतिक पहिचान झल्किने झाँकीसहितको र्‍यालीले बजार परिक्रमा गरेपछि मुख्यमन्त्री शंकर पोखरेलले महोत्सवको उद्घाटन गरे । ‘अतिथि […]

ए बाबा ! म सांसद हुँ कि हुलाकी ?

१४ पुस, काठमाडौं । २०५७ सालमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)को तर्फबाट सरस्वती क्याम्पस सभापतिको उम्मेदवारी दिएका बाग्लुङका सूर्य पाठक चुनाव हारेपछि जापान हानिए । उतैबाट स्नातक, स्नातकोत्तर हुँदै जनप्रशासनमा विद्यावारिधी गरे । जापानबाट २०७० सालमा नेपाल फर्केका उनी अहिले बाग्लुङ-१ बाट निर्वाचित भएर प्रतिनिधिसभा सदस्य छन् । अध्ययन, नोकरी र व्यावसायमा गरी १३ […]



from समाचार – Online Khabar https://ift.tt/37wLxmz
via IFTTT
Powered by Blogger.