समाचार
१३ पुस, काठमाडौं । प्रहरीले काठमाडौंबाट नेत्रविक्रम चन्द (विप्लव) समूहका एक दर्जन बढी कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । आइतबार दिउँसो प्रदर्शनीमार्गबाट प्रहरीले १३ जनालाई पक्राउ गरेको हो । विप्लव समूह निकट विद्यार्थी अखिल क्रान्तिकारीको आयोजनामा सीमा अतिक्रमणविरुद्ध प्रदर्शन गर्न लागिएको थियो । कालापानी, लिपुलेकलगायतका भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा प्रदर्शनको तयारी भइरहेको बेला प्रहरीले […]
१३ पुस, काठमाडौं । नेपाली कांग्रेसका सांसदको विरोधका बाबजुद प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुको बहुमतले विधेयक पारित भएको हो । नेपाली कांग्रेसका सांसदहरुले विधेयकको समग्र विषयमा सरोकारवाला पक्ष र सञ्चार क्षेत्रसँग छलफलको माग गरेका थिए । नागरिक स्वतन्त्रता, मौलिक हक हनन गर्ने, […]
१३ पुस, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (साविकको नेपाल खाद्य संस्थान)मा ४८७ क्वीन्टल कुहिएको चामल भेटिएको छ । संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले उपभोक्ता अधिकारकर्मीसहित आइतबार थापाथलीस्थित गोदाममा अनुगमन गर्दा कुहिएको बास्मती चामल फेला परेको हो । गोदाममा चार वर्ष पुरानो र उपभोग्य मिति नभएको चामलसमेत भेटिएको छ । […]
१३ पुस, काठमाडौं । बक्यौता रकम माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका उखु किसानले आइतवार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । शनिबार माइतीघर मण्डलामै धर्ना दिएका उनीहरुले आइतवार प्रदर्शन गरेका हुन् । सरकारले आफ्ना माग सम्बोधन नगरेकाले प्रदर्शन सिंहदरबारसम्म गर्ने किसानहरुले बताए । बक्यौता रकम नपाउन्जेल घर नफर्किने काठमाडौं केन्द्रित भएका उखु किसानहरुको […]
१३ पुस, काठमाडौं । तीनकुनेस्थित नापी विभाग अगाडि ७० वर्षीया वृद्धालाई ठक्कर दिएर भागेको टिपर क्षेत्रपाटीमा भेटिएको छ । राति करिब साढे ९ बजे टिपरले ठक्कर दिँदा वृद्धा गम्भिर घाइते भएकी थिइन् । लगत्तै, उनलाई उपचारका लागि नजिकैको सिभिल अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकले मृत घोषित गरे । मृत्यु हुने वृद्धाको परिचय खुलेको छैन […]
१३ पुस, काठमाडौं । कीर्तिपुर नगरपालिकाले बागमती नदी किनारमा बसेका सुकुम्बासीहरुको टहरा भत्काएको छ । चोभार नजिक बागमती नदी क्षेत्र अतिक्रमण गरेर बसेको र बोसो मिश्रित साबुन फ्याक्ट्री सञ्चालन गरेर दुर्गन्ध फैलाएको भन्दै टहरा भत्काइएको हो । कीर्तिपुर नगरपालिकाकी उपमेयर सरस्वती खड्काले वातावरण प्रदूषण भएको गुनासो आएपछि बोसो फ्याक्ट्रीसहितका टहरा भत्काउन सुरु गरिएको बताइन् । […]
१३ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ३ सय ६७ बेवारिसे मानिसको उद्धार गरेको छ । काठमाडौंका सडकलाई बेवारिसे मानिसमुक्त (मानवमुक्त महानगर) पार्ने अभियानअन्तर्गत ३ सय ६७ जनाकाे उद्धार गरिएको महानगरपालिकाले जनाएको छ । उद्धार भएकामध्ये शुक्रबारसम्म २ सय १५ जना घर फर्किएका छन् भने आश्रममा १ सय ५२ जना रहेका छन् ।काठमाडौं महानगरले […]
१३ पुस, काठमाडौं । मनाङ मर्स्याङदी र थ्री स्टार क्लब नेपालका दुई ठूला र चर्चित क्लब हुन् । तर यस सिजन शहीद स्मारक ए डिभिजन लिग सुरु हुनुअघि दुवै क्लबका पहिलो रोजाईँका अधिकांश खेलाडीले छाडेपछि प्रदर्शन कस्तो होला भन्ने कौतुहलता जागेको थियो । यस सिजन लिगमा तीन चरणको खेल सकिँदासम्म यी दुई क्लबको प्रदर्शन भने […]
१३ पुस, सिरहा । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आजदेखि ५ दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख सुवोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १३ देखि १७ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको जानकारी दिए […]
१३ पुस, काठमाडौं । विश्वका ठूला शहरमा रहेका अग्ला भवन र टावरमा नेपालको राष्ट्रिय झण्डा तथा नेपाल भ्रमण वर्षको लोगो फहराइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन् । भट्टराईका अनुसार अहिलेसम्म विश्वका मुख्य एक दर्जन शहरका अग्ला भवन र टावरमा नेपाल र भ्रमण वर्षको […]
१३ पुस, काठमाडौं । समाजवादी पार्टी (सपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विवादित गोकर्ण फरेस्ट रिर्सोट प्रकरणबारे व्यंग्य गरेका छन् । ‘यती’को खोजीमा वैज्ञानिकहरू आजित भएको वैज्ञानिकहरू आजित भएको बेला हाम्रा प्रम र आसेपासेहरूले उसलाई हुर्काएर यस्तो जब्बर जन्तु बनाइसकेछन्’ डा. भट्टराईले सामाजिक सञ्जालमा टि्वट गरेका छन्, ‘नेपाल ट्रस्टका पदाधिकारीहरूले ‘यती’ नहुने हो भने […]
१३ पुस, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिनानिष्कर्ष टुंगिएको छ । सभामुख चयन र मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी)बारे छलफल गर्न नेकपाले आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको थियो । तर, बैठक विषयमा अनिणिर्त हुँदै टुंगिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आइतबार बिहान सचिवालय […]
१३ पुस, काठमाडौं । हामी नेपाल भ्रमण वर्ष २०२० को संघारमा छौं । २० लाख पर्यटन भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्ष सुरु गर्दा दीपकराज जोशी, नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृत (सीईओ) थिए । भ्रमण वर्षको औपचारिक उदघाटनको केही दिन पहिले चार वर्षे कार्यकाल पूरा गरेर विदा भए । समग्रमा नेपाल भ्रमण वर्षको तयारी कस्तो छ, […]
१३ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले वर्तमान सरकार स्वार्थ समूहको चेसको गोटीसरह भएको निष्कर्ष निकालेको छ । नेपाल ट्रष्टको अचल सम्पत्ति सरकारले यति समूहलाई सस्तो दरमा दीर्घकालीन लिजमा दिएको घटनाले सरकार विभिन्न स्वार्थ समूहको चेसको गोटीसरह प्रमाणित भएको राप्रपा (संयुक्त) को निष्कर्ष छ । राप्रपा संयुक्तको उच्चस्तरीय कार्यसम्पादन समितिको शनिबार सम्पन्न बैठकले […]
१३ पुस, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । बैठकमा नयाँ सभामुखका प्रस्तावित उम्मेदवारबारे छलफल केन्द्रित भएको बताइएको छ । यौन दुर्व्यवहारको आरोपसँगै कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । उपसभामुखलाई राजीनामा गराएर नेकपाले सभामुखमा नयाँ अनुहार […]
१३ पुस, कैलाली । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अझै सुरु हुन सकेको छैन । वर्षे अधिवेशन सकिएको चार महिना बितिसक्दा पनि प्रदेश सरकारले बिजनेस दिन नसक्दा हिउँदे अधिवेशन सुरु हुन नसकेको हो । गत भदौ १ गते प्रदेश सभाको बर्षे अधिवेशन सकिएको थियो । त्यसयता प्रदेश सरकारले प्रदेश सभामा कुनै पनि विधेयक दर्ता नगरेको […]
१३ पुस, काठमाडौं । नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालनको अनुमति लिएर पनि पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) नलिने ग्यास उद्योगीहरूको अनुमति रद्द गर्ने भएको छ । निगमले आइतबार एक सूचना जारी गर्दै पीडीओ नलिने उद्योगका अनुमति नै रद्द गर्ने चेतावनी दिएको हो । दर्ता भएका ग्यास उद्योगहरूले नेपाल आयल निगमको विनियम अनुसार, पीडीओ लिएर उद्योग […]
१३ पुस, बुटवल । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसर पारेर बुटवलमा तीनदिने दोस्रो सडक खाना महोत्सव सञ्चालन हुने भएको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा पुस १४ देखि १६ गतेसम्म बुटवलको तिनकुनेदेखि शिवालय चोकसम्म खाना महोत्सव सञ्चालन हुन […]
१३ पुस, काठमाडौं । सोमालियामा कार बम विस्फोट हुँदा कम्तीमा ७६ जनाको ज्यान गएको छ । ९० भन्दा बढी घाइते भएका छन् । बिहानको व्यस्त समयमा राजधानी मोगादिशुको चेकपोस्ट नजिकै बम विस्फोट भएको हो । प्रत्यक्षदर्शीहरूले बताएअनुसार, सडक निर्माण कार्यमा जुटिरहेका टर्किस इन्जिनियरहरू नजिकै विस्फोट भएको थियो । सोमालियाका विदेश मन्त्री अहमद अवाडले टि्वट गर्दै […]
१३ पुस, काठमाडौं । वैदेशिक रोजगार पत्रकार समाजको नयाँ कार्यसमिति चयन गरिएको छ । वैदेशिक रोजगारका क्षेत्रमा कÞलम चलाउने पत्रकारहरुको संस्थाको रुपमा १० बर्ष अघि स्थापित समाजको शनिबार राजधानीमा सम्पन्न साधारणसभाले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमिति अध्यक्षमा मिडिया मिशनका हरिबहादुर थापा चयन भएका छन् । समाजको वरिष्ठ उपाध्यक्षमा रोजगार मिडियाका उद्धवराज […]
१३ पुस, काठमाडौं । ललितपुरको सानेपामा रहेको एक कवाडी पसलमा गएराति आगलागी भएको छ । राजेश पाश्वानले सञ्चालन गर्दै आइरहेको पसलमा गएराति ८ बजे आगलागी भएको हो । आगलागीबाट पसलमा रहेका सबै सामान जलेर नष्ट भएको छ । आगाे फैलिएपछि नियन्त्रणका लागि काठमाडौं, ललितपुर र भक्तपुरबाट दमकल बोलाइएका थिए । करिब १ घण्टापछि आगाे नियन्त्रणमा […]
from समाचार – Online Khabar https://ift.tt/39iQeBT
via IFTTT