समाचार
१३ पुस, काठमाडौं । हामी नेपाल भ्रमण वर्ष २०२० को संघारमा छौं । २० लाख पर्यटन भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्ष सुरु गर्दा दीपकराज जोशी, नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृत (सीईओ) थिए । भ्रमण वर्षको औपचारिक उदघाटनको केही दिन पहिले चार वर्षे कार्यकाल पूरा गरेर विदा भए । समग्रमा नेपाल भ्रमण वर्षको तयारी कस्तो छ, […]
१२ पुस,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर ३ को नाम बाग्मती राख्ने र स्थायी राजधानी हेटौंडालाई बनाउने सहमति जुटाएको छ । तर पार्टीको निर्णयप्रति नेकपा प्रदेश सदस्यहरुले नै असन्तुष्टि जनाएका छन् । आइतबार विहान बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम र राजधानी टुंगो लगाएको हो । बैठकले प्रदेशको नाम बाग्मती र राजधानी […]
१३ पुस, जनकपुरधाम । प्रदेश २ सरकारले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगरमा बम बिस्फोटबाट ज्यान गुमाउनेको परिवारलाई जनही तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश मन्त्रिपरिषदको आइतबार बसेको बैठकले मृतकको परिवारलाई ३ लाख रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको हो । यस्तै घाइतेको उपचारका लागि एक लाख ५० हजार रुपैयाँ प्रदान गर्ने […]
१३ पुस, विराटनगर । मोरङ र सुनसरीबाट विप्लव समूहका पूर्वी कमाण्ड इञ्चार्जसहित ५ जना कार्यकर्ता पक्राउ परेका छन् । सुनसरीको चक्रघट्टीबाट पूर्वी कमाण्ड इञ्चार्ज उमा भुजेल र सुमनसिंह पौडेल पक्राउ परेको प्रहरीले जनाएको छ । मोरङको बेलबारीबाट मोरङ इन्चार्ज सुन्दरहरैचा नगरपालिका –१० का ५० वर्षीय नरेश भनिने कृष्ण चौलागाई, मोरङ सञ्चार विभाग प्रमुख विराटनगर ८ […]
१३ पुस, चितवन । भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पस र नारायणगढको बालकुमारी क्याम्पसमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । सत्तारुढ नेकपा समर्थित अनेरास्ववियुका विद्यार्थीले पब्लिक क्याम्पस संघ चितवनले शैक्षिक शुल्क बढाएको भन्दै तोडफोड गरेका हुन् । तोडफोडबाट क्याम्पसका झ्यालका सीसा फुटेका छन् । पब्लिक क्याम्पस संघ चितवनले कक्षा ११ र १२ मा २५ प्रतिशत, स्नातक कार्यक्रममा ३० […]
१३ पुस, काठमाडौं । शुक्रबारबाट शुरु भएको होर्डिङ बोर्ड हटाउने क्रमलाई काठमाडौं महानगरपालिकाले आइतबार पनि निरन्तरता दिएको छ । आइतबार त्रिपरेश्वर, पुतलीसडक र सोह्रखुट्टेमा राखिएका ठूला बोर्डहरु हटाइएको महानगरका नगर प्रहरी शाखाका प्रमुख धनपति सापकोटाले जानकारी दिए । सहरको सौन्दर्य बढाउन भन्दै महानगरले होर्डिङ बोर्ड हटाउन शुरु गरेको हो । ४ वर्षअघि नै सर्वोच्च अदालतले […]
१३ पुस, बुटवल । बुटवलमा ढुवानी ग्राम अर्थात ट्रान्सपोर्ट भिलेज बन्ने भएको छ । बुटवल उपमहानगरपालिकाले व्यस्त बजार क्षेत्रमा रहेका ढुवानी व्यवसाय (ट्रान्सपोर्ट)लाई एकै स्थानमा व्यवस्थित गर्ने योजना अघि बढाएको हो । प्रदेशको अस्थायी मुकाम बुटवलमा जनघनत्व बढ्दै गएको र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भएकाले शहरभर छरिएर रहेकाहरुलाई एकै ठाउँमा राख्न ट्रान्सपोर्ट भिलेज बनाउन लागिएको मेयर […]
१३ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एक्लै दुई तिहाइ बहुमत ल्याउने दाबी गरेका छन् । आवधिक निर्वाचन आउन अझै ३ वर्ष रहेको भन्दै उनले सरकार र पार्टीको कामले आउने निर्वाचनमा एक्लै दुई तिहाइ बहुमतको सुनिश्चिता गर्नुपर्ने बताए । ‘अब ३ वर्ष पार्टीको काम र सरकारको कामले आउने […]
१३ पुस, काठमाडौं । सिंहदरबार प्रवेश गर्ने क्रममा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेलसहित १५ नेता पक्राउ परेका छन् । र, उनीहरुलाई प्रहरीले साँझ छाडेको छ । सीमा अतिक्रणका विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन भन्दै गजुरेलसहितका नेताहरु सिंहदरबार प्रवेश गर्न खोजेका थिए । उनीहरुले मन्त्री पोखरेलको समय पनि लिएका थिए । […]
१३ पुस, काठमाडौं । पूर्व–पश्चिम रेलमार्गको सम्पूर्ण खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) १५ महिनाभित्र तयार हुने भएको छ । सरकारले यो रेलमार्गको डीपीआर बन्न बाँकी एउटा खण्डको काम १५ महिनामा सक्ने गरी परामर्शदाता छनोट गरेर काम थालेको हो । हालसम्म पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तरगत मध्यखण्डको डीपीआर बनाउन सुरु गरिएको थिएन । चितवन राष्ट्रिय निकुञ्ज छल्नेगरी तयार […]
१३ पुस, काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले आइतबार खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा आकस्मिक अनुगमन गर्यो । अनुगमनका क्रममा खाद्य पदार्थको लेवलिङमा गल्ती औंल्याएर सुधारका लागि निर्देशन दिइएको थियो । कुरा सामान्य लाग्छ । तर, यस क्रममा एउटा रोचक अवस्थाको सिर्जना भएको छ । निर्देशन दिने एक अधिकृत […]
१३ पुस, बुटवल । नेपाल भ्रमण वर्ष सन् २०२० शुभारम्भका लागि प्रदेश ५ अन्तर्गतको बर्दिया ठाकुरद्वारामा विशेष तयारी गरिएको छ । ‘घुम्न जाऔं बर्दिया’ नाराका साथ प्रदेश ५ को प्रमुख पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्वाराबाट नेपाल भ्रमण वर्ष सन् २०२० को शुभारम्भ गरिने गरि काम तीब्र पारिएको र उद्घाटनको तयारी पूरा भएको छ । भ्रमण बर्षमा […]
१३ पुस, वीरगञ्ज । अत्याधिक चिसोका कारण कठ्यांग्रिएर मध्य तराईको पर्सा र बारामा तीन जनाको मृत्यु भएको छ । शीतलहरसँगै बढेको चिसोले कठ्यांग्रिएर पर्साको पर्सागढी नगरपालिका-४ वर्वाटांडीका ७५ वर्षीय बिक्रम सहनी र परिचय खुल्न नसकेका एक जना पुरुषको मृत्यु भएको हो । सहनीको उपचारको क्रममा वीरगञ्जस्थित नरायणी उपक्षेत्रीय अस्पतालमा आइतबार मृत्यु भएको हो भने परिचय […]
१३ पुस, चितवन । चितवनको भरतपुर महानगरपालिकाले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा १५ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । महानगरपालिकाले पुँजीगततर्फ १ अर्ब ८० करोड ७ लाख ७९ हजार रुपैयाँ रकम विनियोजन गरेकोमा २६ करोड ८६ लाख ९० हजार रुपैयाँमात्र खर्च गरेको हो । चालु आर्थिक वर्ष २०७६/७७ मा खर्च भएको रकमको ठूलो हिस्सा गत […]
१३ पुस, तनहुँ । प्रतिवन्धित लागू औषध बिक्री वितरण गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबु खैरेनीका प्रमुख प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले आँबुखैरेनी गाउँपालिका ३ ठाडो लाइनबाट उनीहरुलाई पक्राउ गरेको हो । कुम्भबहादुर थापाका घरमा डेरा गरी बस्ने २२ वर्षीय उमेश खड्काले लागू औषधहरु लुकाई राखेको […]
१३ पुस, विराटनगर । सीमावर्ती भारतीय क्षेत्रमा रोकिएका करिब दुई हजार ट्रक नेपाल प्रवेश गर्न थालेका छन् । विराटनगर भन्सार नाका नजिकै रहेको मिरगञ्ज पुल सञ्चालनमा आएपछि भारतमा रोकिएका करिब दुई हजार ट्रक नेपाल प्रवेश गर्न थालेका हुन् । विराटनगर भन्सार प्रवेशका लागि पार गर्नुपर्ने भारत बथनाहको मिरगञ्ज पुल नौं दिनपछि सञ्चालनमा आएपछि रोकिएका ट्रक […]
१३ पुस, डोटी । डोटी जिल्लाका स्वास्थ्य संस्थाहरुमा कूल दरबन्दीको १३ प्रतिशत स्वास्थ्यकर्मीहरुको अभाव रहेको छ । स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारी अनुसार जिल्लाका नौ स्थानीय तहका ५९ स्वास्थ्य संस्थाहरुमा ३०८ कूल दरबन्दीमध्ये हाल २६७ मात्रै पदपूर्ति रहेको छ । सबैभन्दा बढी रिक्त दरबन्दी बोगटान फुड्सिल गाउँपालिकामा करिब ३० प्रतिशत देखिएको छ । उक्त गाउँपालिकामा […]
१३ पुस, पोखरा । ललितपुर महानगरपालिकाले सडकमा रंग पोतेरै भए पनि साइकल लेन बनाउन थालिसक्यो, काठमाडौं महानगरले पनि साइकल लेन बनाउने घोषणा गर्यो । यसको प्रभाव पोखरा महानगरपालिकामा पनि देखिएको छ । पोखरामा साइकल लेन बनाउनुपर्ने माग नयाँ होइन । नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीलगायतको टोलीले ८ वर्षअघि ‘साइकल सिटी पोखरा’ संस्था खोलेरै […]
१३ पुस, काठमाडौं । सरकारी जागिरमा मरिहत्ते गर्नेहरुको संख्या अहिले पनि ठूलो छ । केही वर्ष अघिसम्म त जागिर भनेकै सरकारी हो भन्ने बुझाइ थियो । तर, कर्णालीमा जन्मिएका दीपबहादुर शाहीले खाइरहेको सरकारी जागिर छोडिदिए । किनकि, उनी अरुभन्दा फरक सोच्थे । सरकारी जागिर छोडेर आफ्नै व्यवसाय सुरु गरेका शाहीले कालान्तरमा आफ्ना उत्पादन युरोप-अमेरिकासम्म पुर्याउन […]
१३ पुुस, जनकपुरधाम । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले महिलाले चाहेमा महिलाको प्रगति हुने बताए । आइतबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा उनले महिलाले विरोध गर्न नसक्दा उमेर नपुगेका छोरीहरुको विवाह भइरहेको धारणा राखेका हुन् । ‘महिलाको विरोधी महिला नै नहुने हो भने उमेर नपुगेकी छोरीको विवाह गराउँदैनन्’ उनले भने । छोरी १५ बर्षको […]
१३ पुस, चितवन । चितवनको दोस्रो पर्यटकीय केन्द्रको रुपमा विकास हुँदै गरेको पटिहानी पर्यटन विकास समितिको अध्यक्षमा शंकरराज थपलिया चयन भएका छन् । समितिको उपाध्यक्षमा साजनकुमार महतो, सचिवमा सुमन ढकाल, सहसचिमा सुमित्रा पण्डित, कोषाध्यक्षमा रामराज तिवारी चयन भएका छन् । समितिमा पदेन सदस्यहरुमा पटिहानी उपभोक्ता समितिका अध्यक्ष, बेलसहर सामुदायिक वनका अध्यक्ष, वीरेन्द्रनगर सामुदायिक वनका अध्यक्ष, […]
from समाचार – Online Khabar https://ift.tt/2SClXZ6
via IFTTT