Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बुटवलमा दोस्रो सडक खाना महोत्सव : पाँच करोड कारोबार गर्ने लक्ष्य

१३ पुस, बुटवल । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसर पारेर बुटवलमा तीनदिने दोस्रो सडक खाना महोत्सव सञ्चालन हुने भएको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा पुस १४ देखि १६ गतेसम्म बुटवलको तिनकुनेदेखि शिवालय चोकसम्म खाना महोत्सव सञ्चालन हुन […]

सोमालियामा विष्फोट, ७६ जनाको मृत्यु

१३ पुस, काठमाडौं । सोमालियामा कार बम विस्फोट हुँदा कम्तीमा ७६ जनाको ज्यान गएको छ । ९० भन्दा बढी घाइते भएका छन् । बिहानको व्यस्त समयमा राजधानी मोगादिशुको चेकपोस्ट नजिकै बम विस्फोट भएको हो । प्रत्यक्षदर्शीहरूले बताएअनुसार, सडक निर्माण कार्यमा जुटिरहेका टर्किस इन्जिनियरहरू नजिकै विस्फोट भएको थियो । सोमालियाका विदेश मन्त्री अहमद अवाडले टि्वट गर्दै […]

सानेपामा आगलागी, कबाडी पसल जल्यो

१३ पुस, काठमाडौं । ललितपुरको सानेपामा रहेको एक कवाडी पसलमा गएराति आगलागी भएको छ । राजेश पाश्वानले सञ्चालन गर्दै आइरहेको पसलमा गएराति ८ बजे आगलागी भएको हो । आगलागीबाट पसलमा रहेका सबै सामान जलेर नष्ट भएको छ । आगाे फैलिएपछि नियन्त्रणका लागि काठमाडौं, ललितपुर र भक्तपुरबाट दमकल बोलाइएका थिए । करिब १ घण्टापछि आगाे नियन्त्रणमा […]

गिरफ्तार र फरार चिनियाँ अभियुक्तको कनेक्सन आईजीपीदेखि मन्त्रीसम्म

१३ पुस, काठमाडौं । गुण्डा नाइकेसँग दल र नेताको कनेक्सनलाई नेपाली राजनीतिको विद्रूप पाटो मानिन्छ । त्यसैले नागरिक तहबाट यसको चर्को आलोचना हुँदै आइरहेको छ । नागरिकले गुण्डा र आपराधिक कर्ममा जोडिएकासँग नेताले गर्ने उठ्बस् नरुचाए पनि यसबाट टाढिनुको साटो दल र तिनका नेतादेखि प्रहरी अधिकारीहरूसम्म जोडिने क्रम यथावत् छ । आइतबार प्रकाशित हुने नेपाल […]

आँखा दान गर्ने कुलमान घिसिङको घोषणा

१२ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आँखा दान गर्ने घोषणा गरेका छन् । तिलगंगा आँखा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा घिसिङले मृत्युपछि आँखा दान गर्ने घोषणा गरे । ‘मरणपछि स्वर्ग जाने आशा गर्ने सबैले गर्छन्, जो जसले आँखा दान गर्नुहुन्छ उहाँहरु स्वर्गमै पुगेर आफ्नो खाँखालेसंसार देखेकाहरुको खुसी हेरेर बस्नुहन्छ जस्तो मलाई […]

सरकार, हामी किसानलाई भोकभोकै मार्ने ?

१२ पुस, काठमाडौं । जस्ताले बारेको चिसो कोठामा फलामको एउटा खाट । खाटमाथि म्याट्रेस र एउटा तन्ना । पातलो ओढ्ने । छेवैमा टेबल । टेबलमाथि चिसो चुल्हो । छेवैमा एउटा पंखा र च्याउका लागि चाहिने ‘ब्लोअर’ मेसिन । सतुङ्गल चोकबाट भित्रयस्तै अस्तव्यस्त कोठामा भेटिए, यसै साता काठमाडौं छिरेका सर्लाहीका उखु कृषक रामविलास र सीताराम महतो […]

प्रचण्डले खुवाए प्रेस संगठनका सदस्यहरुलाई सपथ

१२ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध प्रेस संगठन नेपालका केन्द्रीय पदाधिकारीसहित सदस्यहरुले शनिबार सपथ लिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा देशभरबाट आएका प्रेस संगठनमा आवद्ध पत्रकारहरुलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सपथ खुवाएका थिए । सपथ पत्रमा मर्यादित, जनपक्षीय र जिम्मेवार पत्रकारिताको लक्ष्यप्रति प्रतिवद्ध रहने, श्रमजिवी पत्रकारको हित रक्षाका लागि […]

गोकर्णको लिज अवधि बढाउने निर्णयको प्रधानमन्त्रीले गरे बचाऊ

१२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गोकर्ण रिसोर्टको २ हजार ७९३ रोपनी जग्गा थप २५ वर्षलाई यति समूहलाई नै लिजमा दिने निर्णयको बचाउ गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध प्रेस संगठनले गरेको ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रममा ओलीले सरकारलाई बद्नाम गराउन देश विदेशबाट अनेक प्रयास भएरहेको बताए । स्रोत साधन भएकाहरुले मिडियामा लगानी […]

सात प्रदेशको सामूहिक आग्रह : प्रदेश प्रहरी गठनको बाटो खोलिदेऊ

१२ पुस, बिराटनगर । सातै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीले प्रदेश सरकारलाई नेतृत्वदायी भूमिकासहित प्रदेश प्रहरी गठनको बाटो खोल्न संघीय सरकारलाई आग्रह गरेको छ । संघीय प्रहरी ऐनले प्रदेश प्रहरीलाई दिएको भूूमिका अर्पयाप्त भएको उनीहरुको निश्कर्ष छ । सातै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरु शनिबार प्रदेश १ को राजधानी विराटनगरमा भेला भएका थिए । भेलाले […]

दुग्ध किसानलाई मुख्यमन्त्रीको सुझाव : निर्वाहमुखी हैन व्यवसायिक उत्पादनमा जानुस्

१२ पुस, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले निर्वाहमुखी पेशा छाडेर व्यवसाययिक उत्पादनमा जान दुग्ध किसान र डेरी व्यवसायीलाई आग्रह गरेका छन् । उनले एक-एक जनाले निर्वाहमुखी तरिकाले पेशा व्यवसाय गर्नुको साटो सामूहिक लगानीमा ठूलो मात्रामा व्यवसायिक उत्पादनमा जान सुझाव दिएका हुन् । नेपाल डेरी एशोसियसनको २१  औ केन्द्रीय साधारण सभाको बुटवलमा उद्घाटन […]

पोखरा विमानस्थल प्रभावितलाई मन्त्रीको आश्वासन-उचित मुआब्जा दिन्छौं

१२ पुस, पोखरा । सरकारले एउटै आयोजनाका निम्ति पटकपटक अधिग्रहण गरेर उठिबास गराउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित क्षेत्रका वासिन्दाको गुनासो छ । पछिल्लो पटक थप १ सय ४ रोपनी जग्गा अधिग्रहण गने निर्णय भएपछि प्रभावित क्षेत्रका बासिन्दा आन्दोलित छन् । शनिबार पोखरा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री योगेश भट्टराईले भने स्थानीयको मागलाई […]

‘लेकसाइड दिउँसो मात्र होइन, रातभर चलोस्’

१२ पुस, पोखरा । पर्यटनमन्त्री योगेश भट्टराईले पोखरा सबै कुराले पूर्ण भएकाले व्यवसायीले हरेक कुरा नमाग्न आग्रह गरेका छन् । ‘पोखरा प्राकृतिक रुपमा मात्रै धनी छैन । यहाँको पाहुना सेवा सत्कार पनि अरुभन्दा उत्कृष्ट छ,’ उनले भने, ‘सधैं यो भएन, त्यो भएन भनेर बस्ने होइन ।’ नेपालको सबैभन्दा ठूलो सडक महोत्सव ‘पोखरा स्टि्रट फेस्टिबल’ शनिबार […]

चोरी र लागूऔषधविरुद्ध स्वीप अपरेसन, २०६ जना समातिए

१२ पुस, काठमाडौं । प्रहरीले काठमाडौंमा चोरी र लागूऔषध ओसारपसार तथा बेचविखनविरुद्ध स्वीप अपरेसन चलाएको छ । यो अपरेसनमा २०६ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । बिहीबार मात्रै उपत्यकाबाट यो अपरेसनमा ६१ जना पक्राउ परेका थिए । त्यसदिन बसुन्धरा, टोखा, बाँसबारी र मन्डिखाटारमा अभियान चलाइएको थियो । शुक्रबार पनि गौशला, चाबहिल र […]

सुरु भयो पोखरा सडक महोत्सव

१२ पुस, पोखरा नेपालको ठूलो सडक महोत्सव ‘पोखरा सडक महोत्सव’ शनिबारबाट सुरु भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान)नले गर्दै आएको महोत्सवको यो २१ औं संस्करण हो । ५ दिनसम्म चल्ने महोत्सवको पर्यटनमन्त्री योगेश भट्टराईले उद्घाटन गरेका हुन् । जाडो महिना पोखराको पर्यटन सुनसान हुने र त्यसैलाई ब्यूँझाउन सडक महोत्सव सुरु भएको संयोजक लक्ष्मण […]

‘२५ तोला सुनले सजाएर पूजा गर्छौं भनेको थियो’

१२ पुस, काठमाडौं । अशिक्षित परिवारका व्यक्तिलाई प्रलोभनमा पारेर ‘बलि चढाइएको’ घटना सार्वजनिक नभएका होइनन् । तर, राजधानीबाटै एकजना व्यवसायिक मोडललाई बलि चढाउने उद्देश्यसहित भारततर्फ लान खोजिएको समाचार बाहिरिएपछि सर्वसाधारणले आश्चर्य मानेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुले बिहीबार पत्रकार सम्मेलनमार्फत ७ जना आरोपितलाई सार्वजनिक गरेर घटनाको फेहरिस्त प्रस्तुत  गरेको थियो । यो अवधिमा पीडित युवती […]

जब समर्थकले पारस खड्काको खुट्टा छोए …

१२ पुस, पोखरा । बिराटनगर टाइटन्सलाई ३२ रनले हराएर पहिलो पटक पोखरा प्रिमियर लिग जितेको चितवन राइनोजका खेलाडीहरुले खुसी मनाउन समेत पाएका थिएनन्, एक युवा दौडिँदै क्रिकेट मैदानमा प्रवेश गरे । अनपेक्षित रुपमा समर्थक मैदानमा प्रवेश गरेपछि स्वयंसेवकले रोक्न सकेनन् । क्रिकेट समर्थक क्रिजमा पुग्नै लाग्दा लडे । उठेर चितवन राइनोजका क्याप्टेन पारस खड्कालाई अंगालो […]

फुलचोकीमा हराएका युवा-युवतीको उद्दार

१२ पुस, काठमाडौं । फुलचोकीबाट हराएका ५ जनाको सकुशल उद्दार गरिएको छ । बाँडेगाउँ र जिल्ला प्रहरी कार्यालय ललितपुरबाट खटिएको प्रहरी टोलीले बाटो भुलेर जंगलमा हराएकाहरुको उद्दार गरेको हो । उनीहरुलाई सकुशल फला पारेर फर्काइँदै गरेको प्रहरीले जनाएको छ । बाँडेगाउँबाट प्रहरी निरीक्षक अरुण भट्टराईको नेतृत्वमा ७ जना प्रहरीको टोली उद्दारका लागि गएको थियो । […]

पार्टीभित्र एकताको विकल्प छैन : देउवा

१२ पुस, जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयतालाई बचाउन कांग्रेसभित्र एकता अपरिहार्य भएको बताएका छन् । स्थानीय नेता बलराम नायकको १३ औं पुण्यतिथिमा धनुषाको सबैलामा शनिबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै देउवाले सरकार संघीयतालाई बर्बाद गर्ने उन्मुख रहेको बताए । ‘संघीयतालाई बचाउन कांग्रेसका सबै शक्तिलाई एकजुट हुनु आवश्यक छ । पार्टीभित्र एकताको विकल्प […]

काठमाडौंमा विजुलीको माग अहिलेसम्मकै धेरै

१२ पुस, काठमाडौं । केही दिनयता झ्याप-झ्याप बिजुली जाने समस्याले उपभोक्ता दिक्क बनेका छन् । तीन हप्ताअघि हप्ता हल्का वर्षा भएलगत्तै उपत्यकाभित्र र बाहिर धेरै स्थानमा बेलानकुबेला बिजुली जाने क्रम बढ्दो छ । धेरैतिरबाट गुनासो आउन थालेपछि नेपाल विद्युत प्राधिकरणले अध्ययन थालेको छ । त्यसक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ शनिबार सबस्टेसनहरुको निरीक्षण गरेका छन् […]

विप्लव समूहका विद्यार्थी नेता पक्राउ

१२ पुस, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका विद्यार्थी नेता पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले शनिबार विप्लव समूहको विद्यार्थी संगठनको जिल्ला सचिव ललित बमलाई पक्राउ गरेको हो । विद्यार्थीकै सहसचिव मानबहादुर तुर्बा शुक्रबार पक्राउ परेका थिए । दुबै कालिकोटका हुन् । दुबैलाई म्याद थपका लागि भोलि जिल्ला अदालत ललितपुरमा उपस्थित गराउने […]

पौडेल समूहको निष्कर्ष : देउवाले पार्टीलाई धरापमा पार्न खोजे

१२ पुस, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा गरेको निर्णयहरु सच्याउन माग गरेको छ । पौडेल र कृष्णप्रसाद सिटौला समूह समूहको बहिस्कारका बीच शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले कार्यकाल एक वर्ष थप्ने, २०७७ फागनु ७-१० सम्म १४औं महापधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट पौडेल समूहको बैठकले गलत मनसायका […]



from समाचार – Online Khabar https://ift.tt/2Q5CKlt
via IFTTT
Powered by Blogger.