Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

इन्टरनेट नचले पैसा मिनाहा हुने कानुन बन्दै

१२ पुस, काठमाडौं । इन्टरनेट नचलेर हैरानी व्यवहोर्दै आएकाहरुलाई आजको पत्रिकामा खुसीको खबर छ । किनभने भनेको जस्तो इन्टरनेट स्पिड नहुने र इन्टरनेट नै नचल्ने भएमा इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई रकम मिनाहा गरिदिनुपर्ने कानुन प्रस्ताव गरिएको छ । साथै काठमाडौंबाट कुरिनटार हुँदै पोखरा र कुरिनटारबाट लुम्बिनीसम्म पुर्‍याइने रेलमार्गको बनाउन पूर्वसम्भाव्यता अध्ययन सकिएको छ । निर्माण पूरा […]

त्रिविको रजिष्ट्रारमा पेशल दाहाल नियुक्त

१२ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. पेशल दाहाल नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाललाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् । नवनियुक्त रजिष्ट्रारले दाहालले शुक्रबार नै पदबहाली गरेका छन् । त्रिवि ऐन २०४९ को दफा २० को उपदफा (३) बमोजिमको रजिष्ट्रारको पदावधि ४ वर्ष रहने व्यवस्था छ । […]

प्रदेश हेरफेरको कुरा बेमौसमी बाजा हो : नेता राई

१२ पुस, बाँके । पूर्वमन्त्री एवं सङ्घीय समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुपर्छ भन्नु बेमौसमी बाजा बजाउनु जस्तै भएको बताएका छन् । नेपालगञ्जमा शुक्रबारदेखि शुरु भएको दोस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु तथा कृषि, प्रविधि प्रदर्शनी व्यापार एवं पर्यटन महोत्सवको उद्घाटन कार्यक्रममा नेता राईले प्रदेश हेरफेरको कुरा गरेर केहीले जनतालाई […]

पोखरेलीको चेतावनी– हिमातिर आँखा नलगाऊ, सके फूलबारी चलाऊ

११ पुस, पोखरा । हिमा गृह रिसोर्ट निजी क्षेत्रलाई भाडामा दिने तयारी भइरहेको नेपाल ट्रष्टका अधिकारीहरुको अभिव्यक्तिले पोखरामा तरंग ल्याएको छ । गोकर्ण रिर्सोटको सम्झौता झण्डै ६ वर्ष बाँकी रहँदै अर्को २५ वर्षका लागि यति समूहलाई दिने निर्णयको बचाउ गर्न नेपाल ट्रष्टको कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरेको थियो । त्यसक्रममा कार्यकारी सचिव गजेन्द्रकुमार ठाकुरले हिमा […]

गाई चराउने मैदान नबनोस् भनेर गोकर्णको म्याद थप्यौं : नेपाल ट्रस्ट

११ पुस, काठमाडौं । नेपाल ट्रस्कोट कार्यालयले गाई चराउने मैदान बन्न नदिन गोकर्ण रिसोर्टको लिज सम्झौताको म्याद थप गरेको स्पष्टीकरण दिएको छ । पुरानो सम्झौता अवधि ५ वर्ष ८ महिना बाँकी रहँदा नै अर्को २५ वर्षका लागि सम्झौता गरेकोमा सरकार विवादमा परेको छ । कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी कार्यालयले सम्झौता थप गर्ने निर्णयको बचाउ […]

कुलमानको टाउको दुखाउने बिजुलीको बील !

११ पुस, काठमाडौं । अहिले डेडिकेटेड तथा ट्रंकलाइनको महसुलसम्बन्धी विवाद उत्कर्षमा छ । यसअघिसम्म कुलमान घिसिङको मात्र टाउको दुखाइरहेको यो समस्या अब प्रधानमन्त्रीनिवास बालुवाटारभित्रै प्रवेश गरेको छ । डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएका कतिपय उद्योगले नेपाल विद्युत प्राधिकरणलाई महशुल नतिरेपछि यसबारे विवाद सिर्जना भएको हो । महशुल नतिर्ने उद्योगीहरुको अडानले अन्योलको अवस्था सिर्जना भएको […]

भगवान ठानेर भेट्न गएँ, लुटिएर फर्किएँ !

सिद्धबाबा त अन्तरयामी, ९ दिनसम्म खाल्डोभित्र बसेको भन्थे । राष्ट्रपतिले पनि मानेको । त्यसरी पो फसियो त । ऊ भगवान हो, भगवानलाई पाउन पाए हुन्थ्यो, यो शरीर त्याग्न पाए हुन्थ्यो ! त्यस्तो–त्यस्तो भाव आउन थाल्यो मलाई । यो बेकारको शरीर के काम ? यो शरीरबाट आत्मा निकाल्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । भगवानसँग गएर लीन […]

अनुष्काले गाउँमा देखेको सपना

११ पुस, काठमाडौं । ‘विद्यार्थी भिषा’ च्यापेर अष्ट्रेलिया पुगेकी अनुष्का श्रेष्ठ बैंकिङ क्षेत्रमा करियर बनाउन चाहन्थिन् । पिताको पदचाप पच्छ्याउँदै उनले यो क्षेत्र रोजेकी थिइन्, तर अष्ट्रेलियामा आयोजित एक सौन्दर्य प्रतियोगिताले उनको लक्ष्य मोडिदियो । ‘मिस नेपाल ओशियाना–२०१८’ को शीर्ष उपाधि जितेपछि अनुष्का नेपाल फर्किइन् । नेपाल आउँदा केही सपना र योजना पनि थियो । […]

धमाधम हटाइए काठमाडौंका होर्डिङ बोर्ड

११ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न ठाउँमा राखिएको होर्डिङ बोर्ड हटाउन सुरु गरेको छ । महानगरले शुक्रबारदेखि प्रहरी परिचालन गरेर होर्डिङ हटाउन थालेको हो । शुक्रबार माइतीघर, विजुलीबजार, नयाँ बानेश्वर, तीनकुने, सोह्रखुट्टेलगायतको क्षेत्रका होर्डिङ बोर्ड हटाइएका महानगरको प्रहरी शाखाका प्रमुख धनपति सापकोटाले जानकारी दिए । होर्डिङ बोर्ड हटाउने कार्यलाई निरन्तरता दिने उनले बताए […]

रक्सौल–काठमाडौं रेलमार्गको डीपीआरका लागि भारतसँग नेपालको प्रस्ताव

११ पुस, काठमाडौं । रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन नेपालले भारतसँग प्रस्ताव पठाएको छ । यसको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्ट भारतले यसअघि नै नेपाललाई दिइसकेको छ । नेपालले भारत सरकारलाई पत्र लेख्दै भारतकै लगानीमा डीपीआर पनि बनाइदिन आग्रह गरेको हो । रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार परराष्ट्र मन्त्रालयमार्फत लेखिएको पत्रको […]

सिद्धबाबाको मुद्धा हेर्दाहेर्दैमा, अदालतबाहिर नाराबाजी

११ पुस, विराटनगर । आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको बयान सकिएको छ । शुक्रबार जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासमा उनको बयान भएको हो । अदालतले बयान लिइरहँदा अदालत बाहिर भने सिद्धबाबा पक्ष र महिला अधिकारकर्मीले नाराबाजी गरिरहेका थिए । प्रवेश द्धारको दायाँ सिद्धबाबाका अनुयायीहरुले जय जय राम, जय श्रीराम भन्दै नारा […]

उद्योगका क्षेत्रमा देखा परेका कानूनी जटिलता हल गर : उद्योगी

११ पुस, विराटनगर । पूर्वका उद्योगीहरुले सहज रुपमा उद्योग, व्यापार तथा व्यवसाय सञ्चालन गर्ने वातावरण तयार गरी दिन माग गरेका छन् । उद्योगको क्षेत्रमा देखा परेका कानूनी जटिलता हल गर्दै सामान्य अवस्थामा पनि राजधानी काठमाडौं पुग्नुपर्ने वाध्यताको अन्त्य गर्न उनीहरुले माग गरेका हुन् । प्रत्येक प्रदेशमा राजस्व न्यायाधिकरण लगायतका प्रदेशस्तरीय कार्यालयहरूको स्थापना गर्नुपर्नेमा उनीहरुले जोड […]

सशस्त्रका गोताखोरको निःशुल्क दुर्घटना बिमा

११ पुस, काठमाडौं । सशस्त्र प्रहरीका गोताखोर तालिम लिएका कर्मचारीहरुलाई सामूहिक रुपमा निःशुल्क दुर्घटना बिमा गरिएको छ । प्रधान कार्यालय हल्चोकमा शुक्रबार एक कार्यक्रमका बीच नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल शाखाले प्रतिव्यक्ति दुई लाख रूपैयाँको बिमा गरेको हो । सशस्त्र प्रहरी बलका गोताखोरहरुको बिमा गर्ने कार्य २०७४ सालदेखि सुरु भएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी […]

रिसर्च सेन्टर स्थापना गर्न डेरी एसोसिएशनको माग

११ पुस, बुटवल । नेपाल डेरी एसोसिएशनले दुग्धजन्य पदार्थको गुणस्तरीय उत्पादन, दक्ष जनशक्ति उत्पादन र अनुसन्धानका लागि राष्ट्रियस्तरको डेरी रिसर्च सेन्टर स्थापना गर्न माग गरेको छ । २१ औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा बुटवलमा शुक्रबार पत्रकार सम्मेलन गरी एसोसिएशनले यस्तो माग गरेको हो । नेपालकै पहिलो डेरी सथापना भएको काभ्रेको नालास्थित टुसालमा रिसर्च सेन्टर स्थापना गर्न […]

एमसीसी सम्झौताका प्रावधानहरु नेपालको हितमा छैनन् : भीम रावल

११ पुस, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम बहादुर रावलले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका कतिपय प्रावधानहरु नेपालको हितमा नरहेको दाबी गरेका छन् । आफू अमेरिकी सहयोग लिन नहुने पक्षमा नरहेको, तर कतिपय विषय दुवै देशले स्पष्ट पार्नुपर्ने बताए । शुक्रबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा पूर्वमन्त्री समेत रहेका […]

हिमा गृहमा पनि रिसोर्ट चलाउन दिने तयारी

११ पुस, काठमाडौं । नेपाल ट्रष्टको कार्यालयले पोखराको हिमा गृह र चितवनको लियालो बंगलालाई पनि रिसोर्ट चलाउन भाडामा दिने तयारी गरेको छ । गोकर्ण रिसोर्टबारे लिज सम्झौताबारे विवाद भइरहेका बेला नेपाल ट्रष्टले भने चार ठाउँको संरचना रिसोर्ट व्यवसायका लागि भाडामा दिने तयारी गरेको हो । ट्रष्टका कार्यकारी सचिव गजेन्द्रकुमार ठाकुरले हिमा गृह, दियालो बंगला, फर्पिङसहितका […]

प्याकेजमा सहमति नभई बैठकमा नजाने पौडेल समूहको निर्णय

११ पुस, काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिकासहित प्याकेजमा सहमति नभएसम्म केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने निर्णय गरेको छ । शुक्रबार पौडेल समूहका वार्ता टोली सं‌योजक प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको पौडेल समूहको बैठकमा वार्ता टोलीले अहिलेसम्म भएका छलफलबारे ब्रिफिङ गरेको थियो । महाधिवेशन कार्यतालिका, नेविसंंघ, केन्द्रीय विभाग […]

मकवानपुर जीप दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

११ पुस, काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ स्थित रामचन्द्र भञ्ज्याङमा शुक्रबार भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । अन्य ४ जना घाइते छन् । ३ जनाको घटनास्थलमै र २ जनाको उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रदेश ३ का प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक अरुण पौडेलले अनलाइनखबरलाई जानकारी […]

बुढीगण्डकीको मुआब्जामा लाभकर छुट दिने प्रस्ताव

११ पुस, काठकाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले १२ सय मेगावाटको बहुप्रतिक्षित बुढीगण्डकी जलविद्युत आयोजना प्रभावितले पाउने मुआब्जा रकममा लाभकर छुट दिन प्रस्ताव गरेको छ । हाल बुढीगण्डकी आयोजनाका प्रभावितलाई दिइएको मुआब्जामा १० प्रतिशत लाभकर लिने गरिन्छ । तर प्रभावितहरुले त्यसको विरोध गर्दै आएका छन् । शुक्रबार राष्टियसभा अन्तर्गततको राष्ट्रिय सरोकार समितिमा ऊर्जामन्त्री वर्षमान […]

अख्तियारमा स्थानीय तहका उजुरी धेरै

११ पुस, राँझा (बाँके) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयमा स्थानीय तहका उजुरी धेरै परेका छन् । बाँके, बर्दिया र दाङ कार्य क्षेत्र रहेको अख्तियारको नेपालगञ्जस्थत सम्पर्क कार्यालयमा आर्थिक वर्ष २०७६/७७ को पहिलो पाँच महिनामा परेका ४३३ उजुरीमध्ये करिब आधा स्थानीय तहका छन् । मङ्सिर मसान्तसम्म स्थानीय तहमा सङ्घीय मामिलातर्फ १३० र शिक्षातर्फ […]

‘टुर दि पोखरा’ भोलि, गर्बुजा र थापा सद्भावना दूत

११ पुस, पोखरा । साइकल सिटी पोखराले गर्दै आएको ‘टुर दि पोखरा’को पाँचौं संस्करण शनिबार हुने भएको छ । ‘थोपा थोपा इन्धन बचाऔं’ नारासहित सुरु भएको टुर दि पोखराको यस संस्करणमा १८.५ किलो मिटर साइकल दौड हुने भएको छ । साइकल सिटीले टुर दि पोखराका लागि साइकलयात्री विशाल गर्बुजा र जमुना थापालाई सद्भावना दूत समेत […]



from समाचार – Online Khabar https://ift.tt/36e9E9n
via IFTTT
Powered by Blogger.