समाचार
१३ पुस, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ पल्लो हुम्दी डाँडागाउँमा ६३ वर्षीया चिजाकुमारी विक बस्थिन् । सँधैजसो छरछिमेकमा भेटिने उनी पुस ६ गते साँझबाट एकाएक हराइन् । दुई दिनसम्म पनि गाउँमा नदेखिएपछि उनको खोजतलास हुन थाल्यो । चिजा बस्दै आएको घरमा बाहिरबाट चुकुल लगाइएको थियो । गाउँलेले विकले प्रयोग गर्दै आइरहेको मोबाइलमा फोन गरे […]
१३ पुस, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७६ सर्वसम्मत पास गरेको छ । समितिको आइतावार बसेको बैठकले विधेयक र प्रतिवेदन पास गर्दै संसदमा पठाउने निर्णय गरेको हो । समितिमा लोकसेवाका कर्मचारी सरुवा गर्दा उसको सहमति लिनुपर्ने विद्यमान व्यवस्था हटाउने सहमति भएको थियो । तर प्रमुख […]
१३ पुस, पोखरा । पोखराका सडकमा साइलक लेनबारे अध्ययन गर्न महानगरले तीन सदस्यीय समिति गठन गरेको छ । साइकल सिटी पोखराका निर्वतमान अध्यक्ष प्रकाश बज्रचार्यको संयोजकत्वमा महानगर ट्राफिक व्यवस्थापन प्रमुख इन्जिनियर सुरेन्द्र पौडेल र नेपाल साइकल सोसाइटी अध्यक्ष रत्नराम श्रेष्ठ सदस्य रहेन गरी समिति गठन भएको हो । नेपाल साइकल सोसाइटी, पोखरा साइकल सिटी र […]
१३ पुस, काठमाडौं । सरकारी जागिरमा मरिहत्ते गर्नेहरुको संख्या अहिले पनि ठूलो छ । केही वर्ष अघिसम्म त जागिर भनेकै सरकारी हो भन्ने बुझाइ थियो । तर, कर्णालीमा जन्मिएका दीपबहादुर शाहीले खाइरहेको सरकारी जागिर छोडिदिए । किनकि, उनी अरुभन्दा फरक सोच्थे । सरकारी जागिर छोडेर आफ्नै व्यवसाय सुरु गरेका शाहीले कालान्तरमा आफ्ना उत्पादन युरोप-अमेरिकासम्म पुर्याउन […]
१३ पुस, धनगढी । कैलालीको धनगढीमा एक जना स्टाफ नर्स मृत भेटिएकी छन्। धनगढीको निसर्ग र नवजीवन अस्पतालमा कामगर्दै आएकी २० वर्षीया सुनम ऐर आइतबार मृत अवस्थामा भेटिएकी हुन्। धनगढी ५ हसनपुरमा डेरा गरी बस्दै आएकी ऐर आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । ‘अबेर सम्मकाममा नआएपछि उनको खोजी […]
१३ पुस, कैलाली । धनगढी उपमहानगरपालिकाले विगत दुई वर्षदेखी “भित्राऊ, टिकाऊ र सिकाऊ” भन्ने शिक्षाको नारा लिएको छ । तर, दुई वर्षसम्म यो नाराले के परिवर्तन गर्यो भन्ने तथ्याङ्क स्वयम् उपमहानगरपालिकासँग पनि छैन । उप महानगरपालिकाभित्र ७२ वटा सामुदायिक विद्यालयहरु छन् । ती विद्यालयमा विगत दुई वर्षदेखि उक्त नारा कार्यान्वयनमा छ । भर्ना अभियानको समयमा […]
१३ पुस, काठमाडौं । प्रदेश ३ को बाग्मती नाम र राजधानी हेटौंडा राख्ने गरी प्रक्रिया अघि बढाउन नेकपा केन्द्रीय सचिवालयले गरेको निर्णयप्रति सोही पार्टीका प्रदेशसभा सदस्यहरुले असन्तुष्टि जनाएका छन् । काभ्रे राजधानी बनाउन प्रस्ताव दर्ता गरेका नेकपा प्रदेशसभा सांसद चन्द्र लामाले विधि प्रक्रिया र संविधानले दिएको अधिकार नमिच्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । अनलाइनखबरसँग […]
१३ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एक्लै दुई तिहाइ बहुमत ल्याउने दाबी गरेका छन् । आवधिक निर्वाचन आउन अझै ३ वर्ष रहेको भन्दै उनले सरकार र पार्टीको कामले आउने निर्वाचनमा एक्लै दुई तिहाइ बहुमतको सुनिश्चिता गर्नुपर्ने बताए । ‘अब ३ वर्ष पार्टीको काम र सरकारको कामले आउने […]
१३ पुस, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेल पक्राउ परेका छन् । सीमासम्बन्धी विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लागेका गजुरेलसहित क्रान्तिकारी माओवादी कार्यकर्तालाई प्रहरीले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले गजुरेल पक्राउको पुष्टि गरे । प्रहरीका अनुसार रक्षामन्त्रीलाई […]
१३ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाको कार्यकक्षमा तोडफोड गरेका छन् । लामो समयदेखिका मागहरु ध्यानाकर्षण गराउन भन्दै नेविसंघका त्रिवि सचिव योगेन्द्र रावलको नेतृत्वमा पुगेको टोलीले कार्यकक्षमै तोडफोड गरेको हो । तोडफोडबाट उपकुलपतिको कार्यकक्षमा रहेका टेबुल र कुर्सीमा क्षति भएको छ । राजनीतिक नियुक्ति, स्ववियु चुनाव, त्रिविभित्रको प्रहरी चौकीलगायतका […]
१३ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न देशविदेशमा रहेका आदिवासी जनजातिहरूलाई आग्रह गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघसँग आइतबार मन्त्रालयमा छलफल गर्दै उनले भ्रमण वर्ष मूल आयोजक समितिमा जनजाति प्रतिनिधिलाई मनोनित गरिने जानकारी दिए । पर्यटन मन्त्री भट्टराई भ्रमण नेपालमा बाहिर रहेका आदिवासी […]
१३ पुस, काठमाडौं । हवाई कम्पनीले उडान डिले (विलम्ब), क्यान्सिल (रद्द) वा हवाई यात्रा गर्ने अवसरबाट वञ्चित गरेमा यात्रुले क्षतिपूर्ति दाबी गर्न सक्ने भएका छन् । सरकारले गैरसैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन २०१५ लाई विस्थापित गरी नयाँ ल्याउन लागेको ऐनमा यो प्रावधान समेटिएको हो । सरकारले हवाई यात्रामा यात्रुको अधिकारलाई बलियो बनाउँदै ‘नेपाल नागरिक […]
१३ पुस, धनगढी । अत्यधिक चिसो बढेपछि कैलालीको घोडाघोडी नगरपालिकाले तीन दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको शिक्षासम्बद्ध पदाधिकारी र प्रधानाध्यापकको बैठकले नगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेको हो । नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले विज्ञप्ति जारी गरी पुस १४, १५ र १६ गते बिदा दिने […]
१३ पुस, रौतहट । शीतलहरका कारण बढेको अत्यधिक चिसोका कारण मध्य तराईको रौतहटलगायतका जिल्लामा जनजीवन प्रभावित भएको छ । यहाँका वासिन्दाले ५ दिनदेखि घाम देख्न पाएका छैनन् । शीतलहरले आइतबार रौतहट सदरमुकाम गौरको जनजीवन नै ठप्प बनाएको छ । यहाँको तापक्रम ४ डिग्री सेल्सियसमा झरेको छ । चिसोकै कारण सरकारी कार्यालयमा सेवाग्राहीको संख्या घटेको छ […]
१३ पुस, बुटवल । सीमा विवादबारे श्वेतपत्र जारी गर्न माग गर्दै मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । आइतबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्तमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाइएको हो । भारतले जारी गरेको राजनीतिक नक्सा तुरुन्त सच्याउ, अतिक्रमित नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता गर भन्ने आव्हानसहित मानव अधिकार […]
१३ पुस, पोखरा । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्षको घोषणा गरेको छ । भ्रमण वर्ष सुरु हुन अब २ दिनमात्रै बाँकी छ । भ्रमण वर्षको मुखमै पोखरामा हुन लागेको सडक महोत्सवमा सहभागी हुन आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले लक्ष्य पूरा गर्ने गरी तयारी भइरहेको बताए […]
१३ पुस, काठमाडौं । प्रहरीले काठमाडौंबाट नेत्रविक्रम चन्द (विप्लव) समूहका एक दर्जन बढी कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । आइतबार दिउँसो प्रदर्शनीमार्गबाट प्रहरीले १३ जनालाई पक्राउ गरेको हो । विप्लव समूह निकट विद्यार्थी अखिल क्रान्तिकारीको आयोजनामा सीमा अतिक्रमणविरुद्ध प्रदर्शन गर्न लागिएको थियो । कालापानी, लिपुलेकलगायतका भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा प्रदर्शनको तयारी भइरहेको बेला प्रहरीले […]
१३ पुस, काठमाडौं । नेपाली कांग्रेसका सांसदको विरोधका बाबजुद प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुको बहुमतले विधेयक पारित भएको हो । नेपाली कांग्रेसका सांसदहरुले विधेयकको समग्र विषयमा सरोकारवाला पक्ष र सञ्चार क्षेत्रसँग छलफलको माग गरेका थिए । नागरिक स्वतन्त्रता, मौलिक हक हनन गर्ने, […]
१३ पुस, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (साविकको नेपाल खाद्य संस्थान)मा ४८७ क्वीन्टल कुहिएको चामल भेटिएको छ । संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले उपभोक्ता अधिकारकर्मीसहित आइतबार थापाथलीस्थित गोदाममा अनुगमन गर्दा कुहिएको बास्मती चामल फेला परेको हो । गोदाममा चार वर्ष पुरानो र उपभोग्य मिति नभएको चामलसमेत भेटिएको छ । […]
१३ पुस, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिनानिष्कर्ष टुंगिएको छ । सभामुख चयन र मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी)बारे छलफल गर्न नेकपाले आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको थियो । तर, बैठक विषयमा अनिणिर्त हुँदै टुंगिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आइतबार बिहान सचिवालय […]
१३ पुस, काठमाडौं । बक्यौता रकम माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका उखु किसानले आइतवार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । शनिबार माइतीघर मण्डलामै धर्ना दिएका उनीहरुले आइतवार प्रदर्शन गरेका हुन् । सरकारले आफ्ना माग सम्बोधन नगरेकाले प्रदर्शन सिंहदरबारसम्म गर्ने किसानहरुले बताए । बक्यौता रकम नपाउन्जेल घर नफर्किने काठमाडौं केन्द्रित भएका उखु किसानहरुको […]
from समाचार – Online Khabar https://ift.tt/2Q42oqP
via IFTTT