Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

मृग वर्षको बिदाइ र मुसा वर्षलाई स्वागत गरेर तमुल्होसार मनाइँदै

१५ पुस, काठमाडौं । गुरुङ समुदायले आज तमुल्होसार मनाउँदैछन् । १५ पुसलाई नयाँ वर्ष मान्ने गुरुङ समुदायको परम्पराअनुसार आज तमुल्होसार मनाउन लागिएको हो । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई […]

वार्ताका लागि भारतले चासो दिएन, दोस्रो पटक पत्राचार गरिँदै

१५ पुस, काठमाडौं ।  सैन्य सेवाभित्र सहमतिमा पनि यौनसम्बन्ध राख्न नपाइने भनेर सर्वोच्चले गरेको फैसला आजका दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेक सीमा विवाद समाधानका लागि सरकारले गरिरहको कूटनीतिक प्रयास, उखुकिसानको समस्या समाधान गर्न संसदीय समितिले दिएको निर्देशन उपत्यकाको फोहोर व्यवस्थापनलगायत विषयलाई पनि अखबारहरूले ‘कभरेज’ गरेका छन् । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र […]

पदीय प्रभावमा हुने शारीरिक सम्बन्ध यौन शोषण मानिने सर्वोच्चको फैसला

१४ पुस, काठमाडौं । सर्वोच्च अदालतले पदीय हैसियत र प्रभावमा हुने ‘शारिरीक सम्बन्ध’ यौनशोषण हुने ठहर गरेको छ । नेपाली सेनाका एक अधिकृत र कुचिकारको मुद्दाको सर्वोच्चले गरेको फैसलामा पदिय हैसियत र प्रभावमा हुने शारिरिक सम्बन्धलाई यौन शोषणकै एउटा प्रकृतिको रुपमा हेरिनुपर्ने भनिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले गरेको […]

डेडिकेटेड लाइनबारे अख्तियारले अनुसन्धान गर्नुपर्ने संसदीय उपसमितिको निश्कर्ष

२५ मंसिर, काठमाडौं । संसदको लेखा समितिले डेडिकेटेड तथा ट्रंक लाइनको विवादमा  सम्बन्धमा छानविन गर्न गठन गरेको उपसमितिले नेपाल विद्युत प्राधिरकणले चरम लापरवाही गरेको ठहर गरेको छ । उपसिमितिले आइतबार समितिलाई बुझाएको प्रतिवेदनमा यस्तो लापरवाहीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै छानविन गर्नुपर्ने उल्लेख छ । डा. मिनेन्द्र रिजाल संयोजकत्वको उपसमितिले लेखा समितिलाई बुझाएको प्रतिवेदनले डेडिकेटेड […]

५ मिनेटमा नागरिकले नागरिकता पाउने वातावरण बनाउँछु : प्रजिअ बस्नेत

१४ पुस, वीरगञ्ज । पर्साका प्रमुख जिल्ल्ला अधिकारी जितेन्द्र बस्नेतले सर्वसाधरणले ५ मिनेटमा नागरिकता लिन सक्ने वातावरण बनाउने प्रतिवद्धता जनाएका छन् । उनले प्रमुख जिल्ला अधिकारीको पहिलो दायित्व शान्ति सुरक्षा र अपराध नियन्त्रण भएपनि अन्य जिम्मेवारीलाई पनि सँगसँगै अघि बढाउने दाबी गरे । तीन साता अघि चितवनबाट पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न आइपुगेका बस्नेतले […]

निजामती सेवामा आरक्षण ७० प्रतिशत पुर्‍याउन नेकपा सांसदको प्रस्ताव

१४ पुस, काठमाडौं । सांसदहरुले निजामती सेवामा प्रतिस्पर्धा गराउँदा जातीय आधारमा दिइने आरक्षण अझै अपुग रहेको भन्दै बढाउने प्रस्ताव गरेका छन् । खुल्ला प्रतिस्पर्धालाई ३० प्रतिशतमा खुम्च्याएर बाँकी ७० प्रतिशत आरक्षित गर्नुपर्नेसम्मको प्रस्ताव उनीहरुबाट आएको छ । हाल निजामति सेवामा ४५ प्रतिशत आरक्षण छ भने ५५ प्रतिशतमा खुल्ला प्रतिस्पर्धा गराइन्छ । यसलाई संशोधन गरी आरक्षण […]

ए बाबा ! म सांसद हुँ कि हुलाकी ?

१४ पुस, काठमाडौं । २०५७ सालमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)को तर्फबाट सरस्वती क्याम्पस सभापतिको उम्मेदवारी दिएका बाग्लुङका सूर्य पाठक चुनाव हारेपछि जापान हानिए । उतैबाट स्नातक, स्नातकोत्तर हुँदै जनप्रशासनमा विद्यावारिधी गरे । जापानबाट २०७० सालमा नेपाल फर्केका उनी अहिले बाग्लुङ-१ बाट निर्वाचित भएर प्रतिनिधिसभा सदस्य छन् । अध्ययन, नोकरी र व्यावसायमा गरी १३ […]

घरेलु महिला श्रमशक्तिको सदुपयोग हुन सकेन : नगर प्रमुख सरावगी

१४ पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले महिला श्रमशक्तिको सदुपयोग गर्नु पर्नेमा जोड दिएका छन् । वीरगञ्जमा सोमबार आयोजित ‘महिला उद्यमशिलता विकासमा स्थानीय सरकार र निजी क्षेत्रको भूमिका र सहकार्य ‘ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले घरेलु महिला श्रम शक्ति खेर गइरहेको बताए । ‘बिहान बेलुकाको घरायसी काम सकिएपछि गृहिणी महिलाले आयआर्जनका […]

तीन वर्षीया बालिकाको हत्या, सौतेलो बाबु पक्राउ

१४ पुस, कञ्चनपुर । कञ्चनपुरमा तीन वर्षीया बालिकाको हत्या भएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले सौतेलो बाबुलाई पक्राउ गरेको छ । बालिकाको  बलात्कार र कुटपिटपछि हत्या भएको  आशंकमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले सोमबार दिउँसो बालिकाका  सौतेलो बाबुलाई पक्राउ गरेको हो । कञ्चनपुर प्रहरीका डीएसपी नरेन्द्र चन्दले अनलाइनखबरसँग […]

हाम्रा छोराछोरीले आत्महत्या गरे कसलाई पक्राउ गर्ने ?

१४ पुस, काठमाडौं । ‘तनाव खप्न नसकेर हाम्रा छोरोछोरीले आत्महत्या गरे कसको दोष, कसलाई पक्राउ गर्ने प्रधानमन्त्री ज्यू ?’ गीता कोइरालाको यो प्रश्नसँगै केहीबेर सन्नाटा छायो । अनि उनले आफ्नो प्रश्नको आफैं उत्तर दिइन्, ‘हाम्रो देशै यस्तै हो भनेर राज्यले संरक्षण गरेको अपराध चुपचाप सहने कि सरकारलाई अपराधी भनेर धारे हात लगाउँदै सराप्ने ?’ गीता […]

संविधान संशोधनका लागि सडक र सदनमा संघर्ष गर्छौं : यादव

१४ पुस, जनकपुरधाम । समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले अब आफ्नो पार्टी सडक संघर्षलाई मजबुत बनाएर अगाडि बढ्ने बताएका छन् । महोत्तरी सदरमुकाम जलेश्वरमा सोमबार आयोजित युवा संघको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले विभेद र असमानता रहेसम्म सडक र संसदमा संघर्ष जारी रहने बताए । संघर्षले नै अधिकार प्राप्त हुने र संघीय […]

टोनी हागनको सम्मानमा हुलाक टिकट प्रकाशन

१४ पुस, काठमाडौं । भूगर्भविद् तथा अनुसन्धानकर्ता टोनी हागनको सम्मानमा हुलाक टिकट प्रकाशन भएको छ । फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालय र टोनी हागन फाउण्डेसनद्वारा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले टिकटमा टाँचा लगाएकी हुन । हागनको मुखाकृति अंकित रु. २० दरको टिकट प्रकाशन गरिएको हो । यस्तो टिकट १० लाख प्रति छापिएको […]

पर्यटकको स्वागतका लागि तयार छ ठमेल

१४ पुस, काठमाडौं । काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेलमा पर्यटन व्यवसायी तथा स्थानीय घरधनीले भ्रमण वर्षका लागि तयार रहेको सन्देश प्रवाहका लागि ऐक्यवद्धता व्यक्त गरेका छन् । सोमबार साँझ ठमेलको नर्सिङ चोकमा ठूलो मण्डला बनाएका व्यवसायील आफूहरु भ्रमण वर्षमा पर्यटकको स्वागतका लागि तयार रहेको सन्देश दिएका हुन् । ‘आज हामी ठमेलबासी र व्यवसायीले सांस्कृतिक र्‍यालीसहित […]

रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत गरिने

१४ पुस, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत गराउने भएको छ । सिंहदरबारस्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालयमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण प्राधिकरणको विशेष प्राथमिकतामा परेकाले रानीपोखरीको मोडेलअनुसार उपभोक्ता समितिमार्फत पुनर्निर्माण गरिने निर्णय भएको जानकारी […]

मुख्यमन्त्रीसँग अपशब्द बोलेको आरोपमा एक जना पक्राउ

१४ पुस, काठमाडौं । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग अभद्र किसिमको शब्द प्रयोग गरेर बोलेको आरोपमा एक जना प्रहरी नियन्त्रणमा छन् । नुवाकोट घर भई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था चलाउने पुष्पराज पाण्डेलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले सोमबार नियन्त्रणमा लिएको हो । महाशाखाका प्रवक्ता एसपी मुकेश सिंहले उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरे । उनले भने, […]

एमसीसी सम्झौता पास हुन्छ, सरकार प्रस्ट छ : परराष्ट्रमन्त्री ज्ञवाली

१४ पुस, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पास हुने बताएका छन् । एमसीसी इण्डो प्यासिफिक रणनीतिको अंग भए नभएको विषयलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा चर्को बहस भएको थियो । यसबारे सरकारले अमेरिकासँग बुझ्ने र सचिवालयले निर्णय गर्ने सहमतिका साथ बैठक सकियो । तर त्यही […]

चितवनमा जनगणनाको पूर्व तयारीबारे छलफल

१४ पुस, चितवन । एक वर्ष पछि अर्थात वि.सं. २०७८ सालमा सुरु हुने राष्ट्रिय जनगणनाको पूर्व तयारी जिल्ला तथ्याङक कार्यालय चितवनले सुरु गरेको छ । प्रत्येक १०/१० वर्षमा हुने जनगणनामा विगत भन्दा यसपटक तथ्याङ्क संकलनको दायरालाई फराकिलो बनाउने तयारी स्वरुप काम थालिएको कार्यालयले जनाएको छ । जिल्लाको जनसंख्याको परिवर्तन, लैंगिक अवस्था, वृद्ध, बालबालिका र युवा, घरको […]

प्रहरी अस्पतालकी डीआईजी सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस

१४ पुस, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी अस्पतालकी प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा. आशा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । गृह सचिव प्रेमकुमार राईको अध्यक्षता र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव सदस्य रहेको बढुवा समितिको सोमबार बसेको बैठकले डा. सिंहलाई एआईजीमा बढुवा गर्न […]

मंगलबार र बुधबार सबै सरकारी निकायमा दीपावली गर्न सर्कुलर

१४ पुस, काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष २०२० को उद्घाटन र त्यसको अघिल्लो दिन सबै सरकारी निकायमा दीपावली गर्न पत्राचार गरेको छ । ८ पुसको सचिवस्तरीय निर्णयअनुसार मन्त्रालयले पुस १५ र १६ मा दीपावली गर्न निर्देशन दिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत सम्पूर्ण स्थानीय तहलाई पर्यटन […]

प्रदेश ३ को प्रदेशसभा अधिवेशन पुस २१ मा

१४ पुस, हेटाैंडा । प्रदेश ३ सरकारले प्रदेशसभा अधिवेशन पुस २१ गते आहृवान गर्न सिफारिस गरेको छ । हेटौंडामा बसेको मन्त्रिपरिषदको बैठकले पाँचौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेशको नाम र राजधानी टुंगो लगाएको भोलिपल्ट प्रदेश सरकारले अधिवेशन आह्वान गर्न सिफारिस गरेको […]

पर्सामा विकास निर्माणका काममा प्रशासनको निगरानी

१४ पुस, वीरगञ्ज । पर्सा जिल्लामा ठेक्का लागेर रोकिएका विकास आयोजनाको काम ७ दिन भित्र सुरु गर्न प्रशासनले अल्टिमेटम दिएको छ । पर्सा जिल्लामा सञ्चालित विकास निर्माणका अयोजना र कार्यालयहरुले आर्थिक वर्ष ०७६/७७ मा हासिल गरेको लक्ष्य, प्रगति र प्राप्त उपलब्धिको समिक्षापछि प्रशासनले त्यस्तो निर्देशन दिएको हो । केही आयोजनाको काम सन्तोषजनक देखिएपनि अधिकांश आयोजनाहरुले […]



from समाचार – Online Khabar https://ift.tt/2ZFt83T
via IFTTT
Powered by Blogger.