Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

दशगजा क्षेत्रका अवैध संरचना हटाउन थालियो

११ पुस, रौतहट । नेपाल भारतको सीमाको दशगजा क्षेत्र बनाइएका संरचनाहरु हटाउन सुरु गरेको छ । नेपाल र भारत दुवै पक्षका सुरक्षाकर्मीको संयुक्त पहलमा दशगजा क्षेत्रमा बनाइएका गाईगोठ, घरटहरा, पसल तथा बजार हटाउन थालेको हो । रौतहटको पश्चिमी सीमा क्षेत्रबाट सुरु भएको अभियान सरमुजवासम्म पुगेको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणले जनाएको छ । […]

प्रहरी हवल्दार घुससहित पक्राउ

११ पुस, काठमाडौं । अख्तियार दुरुपयोय अनुसन्धान आयोगले घुस लिएको आरोपमा एक प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । आयोगले आठ हजार रुपैयाँ घुस लिएको भन्दै इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । दमक नगरपालिका–४ ताराबारीको काठमिलबाट पक्राउ परेका हवल्दार श्रेष्ठले काठ फर्निचर कारोबारमा सहजीकरण गर्छु भनेर सेवाग्राहीसँग घुस लिएको […]

चीनसित अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि बाटो खुल्यो

११ पुस, काठमाडौं । नेपाल र चीनबीचको अन्तरदेशीय प्रसारणलाइनको निर्माणको थप प्रक्रिया अघि बढ्ने भएको छ । दुबै देशले आ–आफ्नोतर्फका भूभागमा पर्ने प्रसारणलाइनको निर्माणको लागि विस्तृत सम्भाब्यता अध्ययन अघि बढाउने सहमति गरेका छन् । नेपाल चीनबीचको संयुक्त ऊर्जासम्बद्ध प्राविधिक समिति बैठकमा यस्तो सहमति भएको हो । प्राविधिकस्तरमा संयुक्त रुपमा परियोजनाको विस्तृत अध्ययन गर्ने विषयमा प्राधिरकण […]

मकवानपुरको रामचन्द्र भञ्ज्याङमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ जना घाइते

११ पुस, काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ स्थित रामचन्द्र भञ्ज्याङमा शुक्रबार जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । मृतकको पहिचान खुल्न नसकेको र मृतक मध्ये १ जना महिला र २ जना पुरुष रहेको मकवानपुरका प्रहरी उपरीक्षक अरुण पौडेलले अनलाइनखबरलाई जानकारी दिए । हेटौंडाबाट काठमाडौं आउँदै गरेको […]

रामेछापको भंगेरीमा अन्तर्राष्ट्रिय स्तरको संग्रहालय बन्ने

११ पुस, रामेछाप । रामेछाप नगरपालिकाको वडा नम्बर ८ स्थित भंगेरीमा अन्तर्राष्ट्रिय स्तरको संग्रहालय बन्ने भएको छ । सहिद गंगालाल र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव स्व. पुष्पलाल श्रेष्ठको जन्मस्थलमा सो संग्रहालय बन्न लागेको हो । भंगेरीलाई कम्युनिस्टहरुको तीर्थस्थलको रुपमा विकास गर्ने गरी भंगेरीलाई अन्तर्राष्ट्रिय संग्रहालयको रुपमा विकास गर्ने प्रदेश-३ का आर्थिक मामिला तथा योजनामन्त्री […]

डायलाइसिसका लागि प्रधानमन्त्री मनमोहन अस्पतालमा

११ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि भन्दै ओलीलाई शुक्रबार दिउँसो सेन्टर पुर्‍याइएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार केहीबेरमा ओलीको डायलाइसिस हुँदैछ । प्लाज्मा फेरेसिसले काम नगरेपछि उनले नियमित रूपमा मिर्गौलाको डायलाइसिस गरिरहेका छन् ।

घरको छतबाट खसेर ५ वर्षीया बालिकाको मृत्यु

११ पुस, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-६, ग्रिनल्याण्डमा घरको छतबाट खसेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय ग्रिनल्याण्ड स्कुलमा अध्ययनरत् अनिषा पौडेलको मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालले अनलाइनखबरलाई दिएको जानकारी अनुसार बुधबार पौडेल स्कुलबाट फर्किएर खेलिरहेका बेला ५ तलामाथिबाट खसेकी थिइन् । छतबाट खस्दा कम्पाउण्डको बारमाथि लगाइएको […]

भ्रमण वर्ष २०२० : मकवानपुर गढीमा विजय उत्सवको आयोजना हुने

११ पुस, हेटौंडा । सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि जिल्ला समन्वय समिति मकवानपुरले मकवानपुर गढीमा विजय उत्सव मनाउनेदेखि लिएर इन्द्रसरोवरमा प्याराग्लाइडिङ गर्नेसम्मको कार्यक्रम सार्वजनिक गरेको छ । भ्रमण वर्षलाई सफल पार्न समन्वय समितिले जिल्लाको प्रमुख नाका क्षेत्रमा गन्तव्य चिनाउने होर्डिङ बोर्ड राख्ने भएको छ । भ्रमण वर्षलाई सफल बनाउने जिम्मेवारी […]

हिमा गृहमा पनि रिसोर्ट चलाउन दिने तयारी

११ पुस, काठमाडौं । नेपाल ट्रष्टको कार्यालयले पोखराको हिमा गृह र चितवनको दियालो बंगलालाई पनि रिसोर्ट चलाउन भाडामा दिने तयारी गरेको छ । गोकर्ण रिसोर्टबारे लिज सम्झौताबारे विवाद भइरहेका बेला नेपाल ट्रष्टले भने चार ठाउाको संरचना रिसोर्ट व्यवसायका लागि भाडामा दिने तयारी गरेको हो । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ट्रष्टका सचिव गजेन्द्रकुमार ठाकुरले हिमा गृह, […]

काठमाडौंका होर्डिङ बोर्ड हटाउन थालियो

१० पुस, काठमाडौं । काठमाडौंका चोक–चोकमा रहेका होर्डिङ बोर्ड आजबाट हटाउन थालिएको छ । काठमाडौं महानगरपालिकाको नेतृत्वमा टोली परिचालन गरी होर्डिङबोर्ड झिक्न सुरु गरिएको हो । महानगरपालिकाले ४ वटा कार्यदल बनाएर यो अभियान चलाएको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा बसेको बैठकले कार्यदल बनाएर तत्कालै होर्डिङ बोर्ड हटाउने निर्णय गरेको थियो । महानगरको संयोजकत्वमा […]

ट्रष्टको जग्गा भाडा प्रकरणबारे स्पष्ट पार्न विवेकशील नेपाली दलको माग

११ पुस,  काठमाडौं । विवेकशील नेपाली दलले पूर्वराजा वीरेन्द्र शाह तथा उनको परिवारको सम्पति राष्ट्रियकरण गरी बनेको नेपाल ट्रष्टको जग्गा भाडामा दिने क्रममा अनियमितता तथा भ्रष्टाचार भएको भन्ने विषयमा आम सञ्चार माध्यममा आएका समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सो दलकी उपाध्यक्ष अजीता राईले शुक्रबार एक प्रेश विज्ञप्ती जारी गर्दै ट्रष्टको स्वामित्वमा रहेको गोकर्ण रिसोर्टको […]

इन्टरनेट बन्द गर्नेमा भारत विश्वमै पहिलो

११ पुस,काठमाडौं । भारतमा नरेन्द्र मोदी सरकारविरुद्धको आन्दोलन हिंसात्मक बन्दै जाँदा दिल्ली र उत्तर प्रदेशसहित कतिपय राज्यका धेरै जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको छ नागरिकता संशोधन कानूनविरुद्धको आन्दोलन चर्किदै जाँदा हिंसा भड्किएपछि शुक्रवार उत्तर प्रदेशका २१ जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको समाचार एजेन्सीहरुले जनाएका छन् । मुस्लिम बाहुल्य जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको छ । […]

कुलमानको टाउको दुखाउने बिजुलीको बील !

११ पुस, काठमाडौं । अहिले डेडिकेटेड तथा ट्रंकलाइनको महसुलसम्बन्धी विवाद उत्कर्षमा छ । यसअघिसम्म कुलमान घिसिङको मात्र टाउको दुखाइरहेको यो समस्या अब प्रधानमन्त्रीनिवास बालुवाटारभित्रै प्रवेश गरेको छ । डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएका कतिपय उद्योगले नेपाल विद्युत प्राधिकरणलाई महशुल नतिरेपछि यसबारे विवाद सिर्जना भएको हो । महशुल नतिर्ने उद्योगीहरुको अडानले अन्योलको अवस्था सिर्जना भएको […]

अब बैंकबाट ऋण लिन कठिन, व्यवसायी निराश

१० पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले आम्दानीको ५० प्रतिशतमात्रै कर्जा पाउने गरी कडाइ गरेपछि बैंकिङ क्षेत्रमा तरंग आएको छ । यसले कर्जा लिएर व्यवसाय गर्न चाहनेहरुलाई निरुत्साहित बनाएको दाबी बैंकर्स र अन्य सरोकारवालाले गरेका छन् । राष्ट्र बैंकले एकीकृत निर्देशनलाई संशोधन गर्दै ऋणिको कर चुक्ता अनिवार्य गर्नुका साथै ऋण लिने सीमामा समेत कडाइ गरेको […]

संसद बैठक सूचना टाँसेर स्थगित

११ पुस,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवारमा सहमति जुटाउन नसक्दा प्रतिनिधिसभाको निर्धारित बैठक प्रभावित भएको छ । शुक्रबार १ बजेका लागि कार्यसूची समेत तय भइसकेको बैठक सूचना टाँसेर ६ दिनका लागि स्थगित भएको छ । अर्को बैठक पुस १६ गतेका लागि बोलाइएको छ । सत्तारुढ नेकपामा सभामुख कसलाई बनाउने भन्नेमा विवाद छ […]

मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु   

११ पुस, बेत्रावती । फोहर बिसर्जन गर्न नुवाकोटस्थित सिसडोलमा आउँदै गरेको मिनीट्रक शुक्रबार बिहान काठमाडौँको तार्केश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । फोहर बोकर पासाङल्यामु मार्ग हुँदै नुवाकोटको ओखरपौवातर्फ डम्पिङ क्षेत्र जाने सडकमा बिहान साढे १० बजेतिर भएको दुर्घटनामा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी चौकी तिनपिप्लेले जनाएको […]

सहकार्य, सहअस्तित्व र समन्वय कर्णालीको मूल आधार

११ पुस, सुर्खेत । कर्णाली प्रदेश समन्वय परिषदको दोश्रो बैठक शुक्रबार पनि जारी छ । विहीवारदेखि सुरु भएको परिषदको दोश्रो बैठकमा सङ्घ, प्रदेश र स्थानीय सरकारको कामकारबाही, नीतिगत सामञ्जस्यता, योजना व्यवस्थापनमा रणनीतिक साझेदारीलगायतका विषयमा छलफल भइरहेको छ । परिषद्का संयोजक कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सञ्चालित बैठकले मूलतः तीनवटै सरकारका साझा तथा एकल अधिकार, […]

चितवनविरुद्ध लोकेशको त्यो इनिङ

११ पुस, पोखरा । नेपालमा हुने घरेलु फ्रेन्चाइज लिगहरुमा प्राय विदेशी ब्याट्सम्यान नै हाबी हुने गर्छन् । कुनै पनि टिमको जित–हारमा उनीहरुको ब्याटको निर्णायक भूमिका हुन्छ । यो सिजन भने स्वदेशी ब्याट्सम्यान पनि चम्किरहेका छन् । उनीहरुबाट ब्याटबाट केही ‘म्याच विनिङ’ प्रदर्शन भएको छ । यस्ता पारीहरुको सम्झना गर्दा लोकश बमले चितवन राइनोजविरुद्ध देखाएको ब्याटिङलाई […]

बाबाजीको छालामा एलर्जी, अदालतले आजदेखि बयान लिने

११ पुस, सुनसरी । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीविरुद्धको मुद्दा विहीबार सुनसरी जिल्ला अदालतमा पेस भएको छ । बाबाजीको वयान शुक्रबारबाट सुरु हुँदैछ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माका अनुसार शुक्रबारबाट गिरीको मुद्दामा थुनछेक बहस सुरु हुनेछ । मंसिर १६ गते पक्राउ परेका गिरीविरुद्ध २५ दिनको अनुसन्धानपछि प्रहरीले बिहीबार जिल्ला अदालतमा […]

भगवान ठानेर भेट्न गएँ, लुटिएर फर्किएँ !

सिद्धबाबा त अन्तरयामी, ९ दिनसम्म खाल्डोभित्र बसेको भन्थे । राष्ट्रपतिले पनि मानेको । त्यसरी पो फसियो त । ऊ भगवान हो, भगवानलाई पाउन पाए हुन्थ्यो, यो शरीर त्याग्न पाए हुन्थ्यो ! त्यस्तो–त्यस्तो भाव आउन थाल्यो मलाई । यो बेकारको शरीर के काम ? यो शरीरबाट आत्मा निकाल्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । भगवानसँग गएर लीन […]

अनुष्काले गाउँमा देखेको सपना

११ पुस, काठमाडौं । ‘विद्यार्थी भिषा’ च्यापेर अष्ट्रेलिया पुगेकी अनुष्का श्रेष्ठ बैंकिङ क्षेत्रमा करियर बनाउन चाहन्थिन् । पिताको पदचाप पच्छ्याउँदै उनले यो क्षेत्र रोजेकी थिइन्, तर अष्ट्रेलियामा आयोजित एक सौन्दर्य प्रतियोगिताले उनको लक्ष्य मोडिदियो । ‘मिस नेपाल ओशियाना–२०१८’ को शीर्ष उपाधि जितेपछि अनुष्का नेपाल फर्किइन् । नेपाल आउँदा केही सपना र योजना पनि थियो । […]



from समाचार – Online Khabar https://ift.tt/2rvNC2y
via IFTTT
Powered by Blogger.