समाचार
१५ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सार्वजनिक सम्पत्तिमा क्षति हुने गरी कुनै गतिविधि भए त्यसमा संलग्नबाटै क्षतिपूर्ति भराइने चेतावनी दिएका छन । नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्राधिकरण कर्मचारी युनियन, आधिकारिक ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले प्राधिकरण विभाजन गर्ने निर्णयविरुद्ध कर्मचारीले आन्दोलन गर्ने […]
१५ पुस, डोटी । जिल्ला प्रशासन कार्यालय, डोटीले छाउपडीविरुद्ध सक्रिय भएर लाग्न जिल्लाका सरोकारवाला निकायहरूलाई पत्राचार गरेको छ । महान्यायाधिवक्ताको कार्यालयले छाउपडी प्रथाविरुद्ध उत्रन पत्राचार गरेपछि जिल्लाका सबै सरोकारवाला निकायलाई पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालय, डोटीले जनाएको छ । गत मंसिर १७ गते अछामको साँफेबगर नगरपालिका–३, सिद्धेश्वर डिक्रेनीको छाउ गोठमा सुतेकी २१ वर्षीया पार्वती बुढा […]
१५ पुस, डोटी । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सुदूरपश्चिमका नेताहरु समृद्ध भएको, तर जनता समृद्ध हुन नसकेको टिप्पणी गरेका छन् । सुदूरपश्चिमका नेताहरु पटक–पटक देशका प्रधानमन्त्री र शक्तिशाली मन्त्री भएपनि आफ्नो क्षेत्रको विकासमा ध्याननदिँदा यो क्षेत्र पछि परेको मन्त्री वास्कोटाको भनाइ छ । ‘नेताले आफ्नो समृद्धि गरे पनि प्रदेशलाई माथि उकास्न सकेनन्’ धनगढीमा […]
१५ पुस, काठमाडौं । सभामुख उम्मेदवार कसलाई बनाउने भन्नेबारे छलफल गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । सभामुख चयनका लागि प्रतिनिधिसभाले आजबाट प्रक्रिया सुरु गर्न लागिरहेका बेला प्रचण्ड यसबारे छलफल गर्न बालुवाटार पुगेका हुन् । आइतबार नेकपाको सचिवालय बैठक बसे पनि सभामुखको एजेण्डामा छलफल नगरी प्रचण्ड चितवन […]
१५ पुस, काठमाडौं । होर्डिङ बोर्ड हटाउन सर्वोच्च अदालतले आदेश दिएको ४ वर्षपछि काठमाडौं महानगरले कार्यान्वयनमा अग्रसरता देखाएको छ । सहरका चोकचोकमा राखिएका होर्डिङ बोर्डहरू महानगरले विभिन्न टोली बनाएर गत शुक्रबारदेखि हटाउन थालेको हो । ४ वर्षपछि भए पनि काठमाडौं महानगरले सर्वोच्चको आदेश कार्यान्वयन सुरु गर्दा सोही आदेशले छुने ललितपुरले भने चासो देखाएको छैन । […]
१५ पुस, काठमाडौं । सरकारले सातदोबाटो-रत्नपार्क-चक्रपथ मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार गर्ने भएको छ । रेल विभागले पहिलोपटक काठमाडौंमा ‘एलिभेटेड इलेक्ट्रिफाइड मेट्रो रेल’को डीपीआर बनाउन लागेको हो । यसका लागि केही दिनमै कम्पनी छनोट भएर परामर्शदातासँग सम्झौता हुने रेल विभागका महानिर्देशक बलराम मिश्राले जानकारी दिए । उनका अनुसार छनोट हुने कम्पनीले विस्तृतमा सर्भेसहितको डिजाइन […]
१५ पुस, काठमाडौं । भूकम्पबाट आवास गुमाएर अनुदान सम्झौता गर्न बाँकी लाभग्राहीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्झौता गर्ने अन्तिम अवसर दिएको छ । तर, अनुदान सम्झौता गरिसकेका र गर्न बाँकी सबैले असार मसान्तसम्ममा आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ता बुझिसक्नुपर्नेछ । पहिलो किस्ता भने यही पुस मसान्तभित्र बुझिसक्न प्राधिकरणले भनेको छ । भूकम्पका घर गुमाएका कतिपय […]
१५ पुस, चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले महसुल नबुझाउनेहरुको लाइन काट्ने कामलाई तीव्रता दिएको छ । साउनदेखि पुस १० गतेको अवधिमा ११ सय ७४ ग्राहकको लाइन काटिएको छ । लाइन काटिएकाहरुको कुल बक्यौता २ करोड ४ लाख १७ हजार ५ सय ७३ छ । तीमध्ये ८ सय १४ वटा लाइन रकम तिरेपछि […]
१५ पुस, काठमाडौं । सेवा शुल्कबापत तिर्नुपर्ने रकम चुक्ता गर्न ६ दर्जन बढी वायु सेवा, फर्म र कम्पनीहरूले आनाकानी गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पुनः ताकेता गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगवापत ७४ वायु सेवा, र्फम र कम्पनीले ८३ करोड ७७ लाख ८ हजार ४८ रुपैयाँ तिर्न अटेरी गरेपछि प्राधिकरणले ३० दिने सूचना जारी […]
१५ पुस, काठमाडौं । गुरुङ समुदायले आज तमुल्होसार मनाउँदैछन् । १५ पुसलाई नयाँ वर्ष मान्ने गुरुङ समुदायको परम्पराअनुसार आज तमुल्होसार मनाउन लागिएको हो । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई […]
१४ पुस, काठमाडौं । सर्वोच्च अदालतले पदीय हैसियत र प्रभावमा हुने ‘शारिरीक सम्बन्ध’ यौनशोषण हुने ठहर गरेको छ । नेपाली सेनाका एक अधिकृत र कुचिकारको मुद्दाको सर्वोच्चले गरेको फैसलामा पदिय हैसियत र प्रभावमा हुने शारिरिक सम्बन्धलाई यौन शोषणकै एउटा प्रकृतिको रुपमा हेरिनुपर्ने भनिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले गरेको […]
२५ मंसिर, काठमाडौं । संसदको लेखा समितिले डेडिकेटेड तथा ट्रंक लाइनको विवादमा सम्बन्धमा छानविन गर्न गठन गरेको उपसमितिले नेपाल विद्युत प्राधिरकणले चरम लापरवाही गरेको ठहर गरेको छ । उपसिमितिले आइतबार समितिलाई बुझाएको प्रतिवेदनमा यस्तो लापरवाहीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै छानविन गर्नुपर्ने उल्लेख छ । डा. मिनेन्द्र रिजाल संयोजकत्वको उपसमितिले लेखा समितिलाई बुझाएको प्रतिवेदनले डेडिकेटेड […]
१४ पुस, वीरगञ्ज । पर्साका प्रमुख जिल्ल्ला अधिकारी जितेन्द्र बस्नेतले सर्वसाधरणले ५ मिनेटमा नागरिकता लिन सक्ने वातावरण बनाउने प्रतिवद्धता जनाएका छन् । उनले प्रमुख जिल्ला अधिकारीको पहिलो दायित्व शान्ति सुरक्षा र अपराध नियन्त्रण भएपनि अन्य जिम्मेवारीलाई पनि सँगसँगै अघि बढाउने दाबी गरे । तीन साता अघि चितवनबाट पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न आइपुगेका बस्नेतले […]
१४ पुस, काठमाडौं । सांसदहरुले निजामती सेवामा प्रतिस्पर्धा गराउँदा जातीय आधारमा दिइने आरक्षण अझै अपुग रहेको भन्दै बढाउने प्रस्ताव गरेका छन् । खुल्ला प्रतिस्पर्धालाई ३० प्रतिशतमा खुम्च्याएर बाँकी ७० प्रतिशत आरक्षित गर्नुपर्नेसम्मको प्रस्ताव उनीहरुबाट आएको छ । हाल निजामति सेवामा ४५ प्रतिशत आरक्षण छ भने ५५ प्रतिशतमा खुल्ला प्रतिस्पर्धा गराइन्छ । यसलाई संशोधन गरी आरक्षण […]
१४ पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले महिला श्रमशक्तिको सदुपयोग गर्नु पर्नेमा जोड दिएका छन् । वीरगञ्जमा सोमबार आयोजित ‘महिला उद्यमशिलता विकासमा स्थानीय सरकार र निजी क्षेत्रको भूमिका र सहकार्य ‘ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले घरेलु महिला श्रम शक्ति खेर गइरहेको बताए । ‘बिहान बेलुकाको घरायसी काम सकिएपछि गृहिणी महिलाले आयआर्जनका […]
१४ पुस, कञ्चनपुर । कञ्चनपुरमा तीन वर्षीया बालिकाको हत्या भएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले सौतेलो बाबुलाई पक्राउ गरेको छ । बालिकाको बलात्कार र कुटपिटपछि हत्या भएको आशंकमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले सोमबार दिउँसो बालिकाका सौतेलो बाबुलाई पक्राउ गरेको हो । कञ्चनपुर प्रहरीका डीएसपी नरेन्द्र चन्दले अनलाइनखबरसँग […]
१४ पुस, काठमाडौं । ‘तनाव खप्न नसकेर हाम्रा छोरोछोरीले आत्महत्या गरे कसको दोष, कसलाई पक्राउ गर्ने प्रधानमन्त्री ज्यू ?’ गीता कोइरालाको यो प्रश्नसँगै केहीबेर सन्नाटा छायो । अनि उनले आफ्नो प्रश्नको आफैं उत्तर दिइन्, ‘हाम्रो देशै यस्तै हो भनेर राज्यले संरक्षण गरेको अपराध चुपचाप सहने कि सरकारलाई अपराधी भनेर धारे हात लगाउँदै सराप्ने ?’ गीता […]
१४ पुस, जनकपुरधाम । समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले अब आफ्नो पार्टी सडक संघर्षलाई मजबुत बनाएर अगाडि बढ्ने बताएका छन् । महोत्तरी सदरमुकाम जलेश्वरमा सोमबार आयोजित युवा संघको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले विभेद र असमानता रहेसम्म सडक र संसदमा संघर्ष जारी रहने बताए । संघर्षले नै अधिकार प्राप्त हुने र संघीय […]
१४ पुस, काठमाडौं । भूगर्भविद् तथा अनुसन्धानकर्ता टोनी हागनको सम्मानमा हुलाक टिकट प्रकाशन भएको छ । फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालय र टोनी हागन फाउण्डेसनद्वारा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले टिकटमा टाँचा लगाएकी हुन । हागनको मुखाकृति अंकित रु. २० दरको टिकट प्रकाशन गरिएको हो । यस्तो टिकट १० लाख प्रति छापिएको […]
१४ पुस, काठमाडौं । काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेलमा पर्यटन व्यवसायी तथा स्थानीय घरधनीले भ्रमण वर्षका लागि तयार रहेको सन्देश प्रवाहका लागि ऐक्यवद्धता व्यक्त गरेका छन् । सोमबार साँझ ठमेलको नर्सिङ चोकमा ठूलो मण्डला बनाएका व्यवसायील आफूहरु भ्रमण वर्षमा पर्यटकको स्वागतका लागि तयार रहेको सन्देश दिएका हुन् । ‘आज हामी ठमेलबासी र व्यवसायीले सांस्कृतिक र्यालीसहित […]
१४ पुस, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत गराउने भएको छ । सिंहदरबारस्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालयमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण प्राधिकरणको विशेष प्राथमिकतामा परेकाले रानीपोखरीको मोडेलअनुसार उपभोक्ता समितिमार्फत पुनर्निर्माण गरिने निर्णय भएको जानकारी […]
from समाचार – Online Khabar https://ift.tt/37jHklK
via IFTTT