Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सात प्रदेशको सामूहिक आग्रह : प्रदेश प्रहरी गठनको बोटो खोलिदेऊ

१२ पुस, बिराटनगर । सातै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीले प्रदेश सरकारलाई नेतृत्वदायी भूमिकासहित प्रदेश प्रहरी गठनको बाटो खोल्न संघीय सरकारलाई आग्रह गरेको छ । संघीय प्रहरी ऐनले प्रदेश प्रहरीलाई दिएको भूूमिका अर्पयाप्त भएको उनीहरुको निश्कर्ष छ । सातै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरु शनिबार प्रदेश १ को राजधानी विराटनगरमा भेला भएका थिए । भेलाले […]

फुलचोकीमा हराएका युवा-युवतीको उद्दार

१२ पुस, काठमाडौं । फुलचोकीबाट हराएका ५ जनाको सकुशल उद्दार गरिएको छ । बाँडेगाउँ र जिल्ला प्रहरी कार्यालय ललितपुरबाट खटिएको प्रहरी टोलीले बाटो भुलेर जंगलमा हराएकाहरुको उद्दार गरेको हो । उनीहरुलाई सकुशल फला पारेर फर्काइँदै गरेको प्रहरीले जनाएको छ । बाँडेगाउँबाट प्रहरी निरीक्षक अरुण भट्टराईको नेतृत्वमा ७ जना प्रहरीको टोली उद्दारका लागि गएको थियो । […]

काठमाडौंमा विजुलीको माग अहिलेसम्मकै धेरै

१२ पुस, काठमाडौं । केही दिनयता झ्याप-झ्याप बिजुली जाने समस्याले उपभोक्ता दिक्क बनेका छन् । तीन हप्ताअघि हप्ता हल्का वर्षा भएलगत्तै उपत्यकाभित्र र बाहिर धेरै स्थानमा बेलानकुबेला बिजुली जाने क्रम बढ्दो छ । धेरैतिरबाट गुनासो आउन थालेपछि नेपाल विद्युत प्राधिकरणले अध्ययन थालेको छ । त्यसक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ शनिबार सबस्टेसनहरुको निरीक्षण गरेका छन् […]

विप्लव समूहका विद्यार्थी नेता पक्राउ

१२ पुस, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका विद्यार्थी नेता पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले शनिबार विप्लव समूहको विद्यार्थी संगठनको जिल्ला सचिव ललित बमलाई पक्राउ गरेको हो । विद्यार्थीकै सहसचिव मानबहादुर तुर्बा शुक्रबार पक्राउ परेका थिए । दुबै कालिकोटका हुन् । दुबैलाई म्याद थपका लागि भोलि जिल्ला अदालत ललितपुरमा उपस्थित गराउने […]

पौडेल समूहको निष्कर्ष : देउवाले पार्टीलाई धरापमा पार्न खोजे

१२ पुस, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा गरेको निर्णयहरु सच्याउन माग गरेको छ । पौडेल र कृष्णप्रसाद सिटौला समूह समूहको बहिस्कारका बीच शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले कार्यकाल एक वर्ष थप्ने, २०७७ फागनु ७-१० सम्म १४औं महापधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट पौडेल समूहको बैठकले गलत मनसायका […]

पीपीएल : लोकेश बम र अनिल खरेलको उदय

१२ पुस, पोखरा । चिनवन राइनोजलाई नयाँ च्याम्पियन चुन्दै नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको दोस्रो संस्करण सकिएको छ । शनिबार भएको फाइनलमा बिराटनगर टाइटन्सलाई ३२ रनले हराउँदै पहिलो पटक पीपीएलको उपाधि उचाल्यो । चितवन गत सिजन फाइनलमा पोखरा पल्टनसँग पराजित भएको थियो भने बिराटनगर पहिलो पटक फाइनलमा पुगेको थियो । पोखरा भने समूह चरणबाटै […]

प्रधानमन्त्रीको टिप्पणी : कविहरु पनि नयाँ-नयाँ निस्किए !

१२ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रका आलोचकहरुमाथि खनिएका छन् । पार्टीको समर्थनमा बोल्न नसक्ने, सरकारको समर्थनमा बोल्न नसक्ने, विरोध मात्र बोल्नेहरु कुण्ठाग्रस्त भएको उनले बताए । नेकपासम्वद्ध प्रेस संगठनले शनिबार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले गलत नीति, गलत व्यवहार वा आन्दोलनलाई कमजेार पारेको भए पार्टीका नेताहरुले आलोचना […]

चितवनले जित्यो पोखरा प्रिमियर लिगको उपाधि

१२ पुस, पोखरा । नमस्ते पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजले जितेको छ । शनिबार भएको फाइनलमा चितवनले बिराटनगर टाइटन्सलाई ३२ रनले हरायो । २०३ रनको विशाल लक्ष्य पछ्याएको बिराटनगरको निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो । उसको सुरुवात खराब थियो । ओपनर सुनिल धमला मात्र चार रनमा आउट भए लोकेश […]

गोकर्णको लिज अवधि बढाउने निर्णयको प्रधानमन्त्रीले गरे बचाऊ

१२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गोकर्ण रिसोर्टको २ हजार ७९३ रोपनी जग्गा थप २५ वर्षलाई यति समूहलाई नै लिजमा दिने निर्णयको बचाउ गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध प्रेस संगठनले गरेको ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रममा ओलीले सरकारलाई बद्नाम गराउन देश विदेशबाट अनेक प्रयास भएरहेको बताए । स्रोत साधन भएकाहरुले मिडियामा लगानी […]

मध्यरातमा डीआईजीलाई चक्कु ताकेपछि …

१२ पुस, काठमाडौं । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलको टोली शुक्रबार राति ९ बजे सडक अनुगमनमा निस्किएको थियो । टोलीमा काठमाडौं महानगरपालिका, मानवसेवा आश्रम र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु सहभागी थिए । काठमाडौँको कमलादीस्थित गणेशमन्दिर नजिक सडकछेउमा बन्दोबस्तीको ओढ्ने ओछ्याउनेसहित एक दम्पत्ति सुत्ने तरखरमा भेटिए । चिसोका कारण खोकी लागेकाले श्रीमती […]

उखुको मूल्य माग्दै काठमाडौं आए किसान, माइतीघरमा धर्ना

१२ पुस, काठमाडौं । बक्यौता रकम माग गर्दै उखु किसानहरुले काठमाडौंको केन्द्रित आन्दोलन थालेका छन् । उनीहरुले शनिबार माइतीघर मण्डलामा धर्ना दिएका छन् । उखु किसानका अगुवा हरेश्याम रायले भने, ‘जबसम्म हामीले बक्यौता रकम पाउँदैनौं, तबसम्म हामी यहाँबाट फर्किँदैनौं ।’ उनका अनुसार सरकारले ५३६ रुपैयाँ प्रतिक्वीन्टल उँखुको मूल्य तोकिदिए पनि चिनी मिलहरुले बिभिन्न शीर्षकमा काटेर […]

‘टुर दी पोखरा’ : इन्धन बचाउन आह्वान गर्दै साइकल र्‍याली

१२ पुस, पोखरा । साइकल सिटी पोखराले शनिबार पाँचौं ‘टुर दी पोखरा’ साइकल र्‍याली गरेको छ । ‘थोपा थोपा इन्धन बचाऔं’ मूल नारासहित साइकल सिटीले करिब एक हजार साइकल यात्रीको सहभागितामा र्‍याली गरेको हो । वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उदघाटन गरेको र्‍याली पोखरा रंगशालाबाट सुरु भएको थियो । आचार्यले पछिल्लो समय वातावरण […]

हिमा गृह रिसोर्ट होइन, पर्यटकीय गन्तव्यको रुपमा खुल्छ : पर्यटनमन्त्री

१२ पुस, पोखरा । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पोखरामा अवस्थित हिमा गृह पर्यटकीय गन्तव्यकै रुपमा खुला गरिने बताएका छन् । यसअघि गोकर्ण फरेष्ट रिसोर्ट यति समूहलाई दिने निर्णय गरेको सरकारले पोखराको हिमा गृह पनि रिसोर्ट बनाउन निजी क्षेत्रलाई दिने तयारी गरेको खबरले पोखरेली झस्किएका बेला पर्यटनमन्त्री भट्टराईले हल्लाको पनि नलाग्न आग्रह गरे […]

‘शून्य अन्त्य होइन, सुरुवात हो’

१२ पुस, काठमाडौं । कमलादीको एक क्याफेमा कफीको चुस्की लिँदै उनी बोल्छन्,  ‘भर्खर त सुरुवात गरेका छौँ, भन्ने कुरा के नै पो छ र ?’ हुन पनि हो जम्मा २ वटा गीत निकालेका छन्, तैपनि आम श्रोताहरुमा पुगिनसकेको । हामीसँग पनि सोध्ने कुरा धेरै थिएन । तैपनि सोध्यौँ, ब्याण्डको नाम शून्य ? यसलाई कसरी बुझ्नुभएको […]

उपाधिका लागि चितवनले बिराटनगरलाई दियो २०३ रनको लक्ष्य

१२ पुस, पोखरा । नमस्ते पोखरा प्रिमियर लिगको उपाधिका लागि चितवन राइनोजले बिराटनगर टाइटन्सलाई २०३ रनको लक्ष्य दिएको छ । अहिले बिराटनगरले जवाफी ब्याटिङ गरिरहेको छ । यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको चितवनले २० ओभरमा ३ विकेट गुमाएर २०२ रन बनाएको थियो । उसका लागि रोहन मुस्तफा र अनिलकुमार साहले अर्धशतक बनाएका थिए । […]

स्वास्थ्यकर्मी अभावले रामेछापको स्वास्थ्य सेवा प्रभावित

१२ पुस, रामेछाप । दरवन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा रामेछापको स्वास्थ्य क्षेत्र प्रभावित भएको छ । स्वास्थ्य मौलिक अधिकार भए पनि स्वास्थ्यकर्मी नै नभएपछि रामेछापको स्वास्थ्य सेवा कमजोर बन्दै गएको छ । १ जिल्ला अस्पताल, ३ प्राथमिक स्वास्थ्य केन्द्र, ५१ स्वास्थ्य चौकी र एक उपस्वास्थ्य चौकीमा दरबन्दीअनुसार ३ सय ३ जना स्वास्थ्यकर्मी हुनु पर्नेमा २ सय ३५ […]

पदयात्रा : रारादेखि खप्तडसम्म

१२ पुस, काठमाडौं । करिब ७ वर्षअघि खप्तड हुँदै रारासम्म यात्रा गरिएको थियो । यसपालि उल्टो यात्रा तय गरियो । रारादेखि खप्तडतर्फ । यसबीचमा पर्ने पदमार्ग माझै चौरदेखि ज्युकासम्म हामी पैदल हिँड्दैछौं । माझै चौरदेखि ज्युका पुग्न तीन घण्टा हिँड्नुपर्छ । यो निकै उचाइमा रहेको पदमार्ग हो । सात वर्षअघि यही बाटोबाट यात्रा गर्दा र […]

‘२५ तोला सुनले सजाएर पूजा गर्छौं भनेको थियो’

१२ पुस, काठमाडौं । अशिक्षित परिवारका व्यक्तिलाई प्रलोभनमा पारेर ‘बलि चढाइएको’ घटना सार्वजनिक नभएका होइनन् । तर, राजधानीबाटै एकजना व्यवसायिक मोडललाई बलि चढाउने उद्देश्यसहित भारततर्फ लान खोजिएको समाचार बाहिरिएपछि सर्वसाधारणले आश्चर्य मानेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुले बिहीबार पत्रकार सम्मेलनमार्फत ७ जना आरोपितलाई सार्वजनिक गरेर घटनाको फेहरिस्त प्रस्तुत  गरेको थियो । यो अवधिमा पीडित युवती […]

‘भारतीय गाडीमाथि रोक सिन्डिकेट होइन, सुधार हो’

१२ पुस, पोखरा । करिब २ वर्षअघि मुस्ताङमा बाहिरी सवारी साधन लैजान नपाइने र त्यहीँका स्थानीय बस प्रयोग गर्नुपर्ने ‘यातायात सिन्डिकेट’ थियो । मुस्ताङमा सिन्डिकेट हुँदा पोखराबाट जाने स्वेदशी तथा विदेशी पर्यटक समस्यामा परेको भन्दै पोखरेली पर्यटन यातायात व्यवसायी समितिले विरोध गरेको थियो । पछि सो सिन्डिकेट हट्यो र सबै प्रकारका बस मुस्ताङ निर्वाध रुपले […]

टिमुरको अन्वेषणमा सात वर्ष : ‘फुच्चे मास्टर’ को खोज

१२ पुस, काठमाडौं । पाल्पाको हेक्लाङ भन्ने गाउँमा बस्थिन् एक वैद्य । गाउँलेहरुले उनलाई ‘डाक्टरनी’ भन्थे । विभिन्न समस्या लिएर आउने बिरामीलाई उनी बिनापरिक्षण रोग पहिचान गरी औषधि दिएर निको पार्थिन् । उनैका नाति हुन् डा. अच्युत अधिकारी । सानैदेखि हजुरआमाको कौशल देखेका उनमा आयूर्वेदिक जडिबुटीप्रति मोह पलायो । कालान्तरमा उनै अच्युतले पत्ता लगाए टिमुरमा […]

शुक्लाफाँटामा अस्ताइन् ‘रतनकली’

१२ पुस, कञ्चनपुर । वि.सं. २०३५ मा यहाँ ल्याइएको हात्ती ‘रतनकली’ को बिहीबार राति मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेको ८४ वर्षीया रतनकलीको चराउन निकुञ्ज लगेका बेला मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले बताए । ‘हात्तीसारका कर्मचारीले बिहीबार रतनकलीलाई चराउन छेउमै लगेका थिए,’ प्रमुख संरक्षण अधिकृत पौड्यालले […]



from समाचार – Online Khabar https://ift.tt/2MDczAr
via IFTTT
Powered by Blogger.