समाचार
१० पुस, जनकपुरधाम । रकम फिर्ता नगरेको निहुँमा जेठाजुले खुकुरीले हान्दा धनुषामा महिलाको मृत्यु भएको छ । आफ्नै जेठाजु श्रीप्रसाद पञ्जियारको खुकुरी प्रहारबाट ३८ बर्षीया रानीको मृत्यु भएको हो । घटनापछि फरार भएका श्रीप्रसादलाई जनकपुरधाम उपमहानगरपालिका १ स्थित रेल्बे ट्रयाकबाट बुधबार राति ९ बजे पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए । […]
१० पुस, चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हात्ती महोत्सवको विरोधप्रति असन्तुष्टि जनाएका छन् । बिहीबारदेखि सुरु भएको महोत्सवको उद्घाटन समारोहमा प्रचण्डले भने, ‘आजकाल कोहीकोही आफूलाई निक्कै बुझक्कड ठान्ने मानिसहरुले मानिस र जनावरको सम्बन्धमा दरार पैदा गर्न खोज्छन्, त्यो निकै दुखद पक्ष हो ।’ महोत्सवको तयारी गर्दा मानिसले वर्ष दिनभरी […]
१० पुस, काठमाडौं । ५५ लाख रुपैयाँ बराबरका विद्युतीय सामानसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२५ गुह्यश्वरीका २७ वर्षीय निकेश शाक्य र लैनचौर बस्ने नुवाकोटका रेश्मा श्रेष्ठ रहेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याइएको विद्युतीय सामान भित्र्याएको आरोपमा बुधबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको […]
१० पुस, काठमाडौँ । सर्वोच्च अदालतले बैंकिङ अत्यावश्यक क्षेत्र भएकाले कुनै पनि कार्यालयमा हड्तालजन्य कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश टेकनारायण कुँवरको एकल इजालासले बुधबार कार्यालयको काममा कुनै पनि किसिमको हड्तालजन्य कार्य नगर्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “बैंकिङ क्षेत्र अत्यावश्यक क्षेत्र हो, कुनै पनि कार्यालयमा कुनै […]
१० पुस, काठमाडौं । गभर्नरलाई सरकारले कार्यकाल नसकिँदै बर्खास्त गर्न सहज हुने गरी नेपाल राष्ट्र बैंकको ऐन संशोधनका लागि प्रस्ताव गरिएको छ । राष्ट्र बैंकका गभर्नरले काममा बिलम्ब गरे मन्त्रिपरिषदले हटाउन सक्ने प्रस्तावित विधेयकमा उल्लेख छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनाइएको विधयेकमा यस्तो प्रावधान राखिएको हो । अर्थमन्त्रालयले गत भदौ […]
१० पुस, काठमाडौं । श्रीमानको कुटाइबाट सुनरसरीको धरान उपमहानगरपालिका-१५ मा श्रीमतीको मृत्यु भएको छ । घरायसी विवादका क्रममा ४३ वर्षीय श्रीमान काजीमान राईले बुधबार राति कुटपिट गर्दा ३६ वर्षीया श्रीमती रमिला राईको मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमान काजिमानको कुटाइबाट गम्भीर घाइते भएकी रमिलाको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । इलाका […]
१० पुस, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ४ वर्ष पूरा गरी १२ पुसबाट पाचौं वर्षमा प्रवेश गर्दैछ । यस अवधीमा विभिन्न ६ वटा क्षेत्रमा औसत ८३ प्रतिशत प्रगति भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले शून्यबाट पुनर्निमाण थालेको भए पनि अहिले गौरव गर्नलायक प्रगति हासिल भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । […]
१० पुस, काठमाडौं । नेपाल ह्याचरी उद्योग संघले केही दिनअघि ‘चिकेन होलिडे’का नाममा कुखुराका चल्ला र अण्डा नष्ट गर्ने अभियान चलायो । अभियान सकिएलगत्तै कुखुरा व्यवसायी र अण्डा उत्पादकहरुले आफ्नो उत्पादनको मूल्य बढाएका छन् । नेपाल अण्डा उत्पादक संघले कुखुराको ठूलो अण्डाको मूल्य मंगलवारबाट लागू हुने गरी प्रतिक्रेट २९० रुपैयाँ तोकेको हो । यसअघि ठूलो […]
१० पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१९ बिन्दवासिनीमा १६ वर्षीया बालिकाको ललाई फकाई विवाह भयो । ५२ वर्षीय स्वरुप साहले हिरालाल दास तात्वाविरुद्ध ०७६ जेठ २ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गरे । ०७५ फागुन ११ गते बालिकाको बिवाह भएको थियो । प्रहरीले तात्वालाई ०७६ जेठ २५ गते पक्राउ गरी आवश्यक कारबाही अगाडि बढायो […]
१० पुस, बुटवल । बुटवलमा नेपाल स्वरोजगार व्यापार श्रमिक संघले बिरोध प्रदर्शन गरेको छ । नगर प्रहरीको ज्यादती रोक्न माग गर्दै बुटवल उपमहानगरपालिकाविरूद्ध स्वरोजगार मजदुर प्रदर्शनमा उत्रिएका हुन् । स्वरोजगार मजदुरलाई नगर प्रहरीले कुटपिट गरेको विरोधमा सडकमा उत्रिएको संघर्ष समितिका संयोजक इन्द्र नेपालीले बताए । बुटवल बसपार्कबाट सुरू भएको प्रदर्शन पुष्पलाल पार्क, ट्राफिकचोक हुँदै उपमहानगरपालिका […]
१० पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले मन्त्रालयबाटै सुधारको काम गर्ने बताएका छन् । स्वास्थ्य मन्त्रालयमा फोहोरको डंगुर ठीक नहुने भन्दै राज्यमन्त्रि रावतले मन्त्रालयलाई स्वस्थ बनाउन सुरु भएको बताए । यसअघि मन्त्रालय विधि र थितिमा नचलेको इंकित गर्दै राज्यमन्त्री रावतले भने, ‘यहाँ पनि थुप्रै समस्या छन् । मन्त्रालय थितिले चलेको छैन । […]
१० पुस, काठमाडौं । बिहीबार खण्डग्रास सूर्यग्रहण लागेको छ । बिहान ८ बजेर ४२ मिनेटबाट सुरू भएको ग्रहण ११ बजेर ३१ मिनेटमा समाप्त भएको छ । कस्तो देखियो त सूर्यग्रहण ? वैज्ञानिकहरूले नांगो आँखाले नहेर्न सुझाएकाले धेरैले हेर्नु पाउनु भएन होला । त्यसो हो भने तपाईहरुलाई कुन समयमा कस्तो देखिएको थियो सूर्यग्रहण हामी देखाउँछौं, त्यो […]
१० पुस, काठमाडौैं । लकडी चोरी मुद्दामा फरार भएका एकजना अभियुक्त २५ वर्षपछि पक्राउ परेका छन् । बाराको कोल्हवी नगरपालिका-३ का गौरी शंकर चौधरीलाई घटना भएको २५ वर्षपछि इलाका प्रहरी कार्यालय कोल्हवीको प्रहरी टोलीले बुधबार नियन्त्रणमा लिएको हो । तत्कालीन पुनरावेदन अदालत हेटौंडाको वि.स. २०५० फागुन १९ गतेको फैसलाले चौधरीलाई चोरी मुद्दामा २ महिना कैद […]
१० पुस, सुर्खेत । कर्णाली प्रदेश प्रदेश समन्वय परिषदको दोस्रो बैठक बिहीवारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ । परिषद संयोजक मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकमा पहिलो बैठकका निर्णयहरुको समीक्षा, विज्ञहरुको कार्यपत्र प्रस्तुति, प्रदेश तथा स्थानीय तहका सरकार बीचको समन्वय तथा आगामी योजनाका सम्बन्धमा छलफल हुने बताइएको छ । बैठकबाट संघीयताको कार्यान्वयन, योजना निर्माण […]
१० पुस, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संसदले बनाएको कानूनअनुसार नै गोकर्ण रिसोर्टको लिज अवधि थप गरिएको बताएका छन् । राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै नेपाल ट्रष्टका अध्यक्ष समेत रहेका मन्त्री पोखरेलले जवाफ लिएका हुन् । ‘मन्त्रिपरिषद् वा नेता विशेषले निर्णय गरेर होइन, संसदले त्यो ऐन बनाएको हो’ उनले […]
९ पुस, काठमाडौं । बर्षौंदेखि विजोक अवस्थामा रहेको चाबहिल–जोरपाटी–साँखु सडकको काम जेठसम्ममा सक्नेगरी सरकारले नयाँ लक्ष्य निर्धारण गरेको छ । तर, विगतको काम गराइ हेर्ने हो भने जेठसम्ममा काम सकिने कुरा अपत्यारिलो लाग्छ । सडक विभागले सडकको अनुगमन गरी फिल्डमा रहेका समस्याबारे छलफल गरेपछि जेठसम्म जसरी पनि सक्ने लक्ष्य तय गरेको छ । सडक खण्डको […]
१० पुस, काठमाडौं । पूर्वएमाले र पूर्वमाओवादीबीच सभामुख चयनमा कुरा नमिलेपछि बरिष्ठ नेताहरुले सचिवालय बैठकमा छलफल गरेर एउटै मत बनाउन नेतृत्वलाई दबाब दिएका छन् । नेकपा स्रोतका अनुसार अहिलेसम्म व्यक्ति तोकेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छैन । तर प्रचण्डले सभामुख कसलाई बनाउने भन्ने प्रस्ताव आफूले ल्याउन पाउनुपर्ने अडान राखेका […]
१0 पुस, डोटी । सर्लाहीको कबिलासी नगरपालिका–७ का उमेश राय शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीको शिक्षक छनोटको खुला प्रतिस्पर्धामा समावेशी कोटाबाट छनोट भए । उनलाई विभागले डोटी पठायो । शिक्षा विकास तथा समन्वय ईकाई डोटीले उनलाई नियुक्ति दिएर पदस्थापनका लागि पूर्वीचौकी गाउँपालिकामा पठायो । तरm गाउँपालिकाले पदस्थापन नगरी उमेशसहित ६ जनालाई शिक्षा ईकाईमै […]
१० पुस, काठमाडौं । काठमाडौंमा खण्डग्रास सूर्यग्रहण सुरु भएको छ । काठमाडौंबाट सूर्यमा ग्रहण लागेको प्रस्ट देखिएको छ । बिहीबार बिहान ८ बजेर ४२ मिनेटबाट काठमाडौंमा ग्रहण सुरु भएको हो । पञ्चांग निर्णायक समितिका अनुसार, बिहान १० बजेर १ मिनेटमा मध्य हुने ग्रहण ११ बजेर ३१ मिनेटमा समाप्त हुनेछ । सुदूरपश्चिमको महेन्द्रनगरमा ८ बजेर ३८ मिनेटमा […]
सन् १८१६ को सुगौली सन्धि अनुसार नवलपरासी जिल्ला र भारतको अन्तराष्ट्रिय सीमाना नारायणी/गण्डकी नदी हो । सन्धिमा उल्लेख भए अनुसार नारायणी/गण्डकीको पश्चिमतर्फ नेपाल र पूर्वतर्फ भारत हो । सुगौली सन्धिताका सुस्ता भन्ने बस्ती नारायणी/गण्डकी नदीको पश्चिममा थियो । जब नदीको धार परिवर्तन भई नदी सुस्ताको पश्चिबाट बग्न थाल्यो र सुस्ता पूर्वमा पर्न थयो । त्यहीबेलादेखि […]
९ पुस, काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा वैदेशिक लगानी प्रतिबद्धतामा उछाल आएको छ । उद्योग विभागको विवरणअनुसार अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा १७ अर्ब बढी लगानी प्रतिवद्धता आएको हो । साउन २ गते देखि पुस ९ गतेसम्म विभागमा २६ अर्ब ९३ करोड १७ लाख ८० हजार कुल लगानीमा १४१ उद्योग खोल्न विदेशी लगानीकर्ताले […]
from समाचार – Online Khabar https://ift.tt/37ehKhZ
via IFTTT






















