Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

एक सातादेखि मृगौला प्रत्यारोपण ठप्प, बिरामीको विचल्ली

१० पुस, काठमाडौं । झापाको बुधबारे ४ की मनिषा मगर मृगौला प्रत्यारोपणका लागि डेढ महिनाअघि बाबुसँग काठमाडौं आइन् । सबै परीक्षण सकेर उनीहरु प्रत्यारोपणको पर्खाइमा रहँदा मृगौला तस्करीको आरोपमा पुल्चोकस्थित निदान अस्पतालका चिकित्सकहरुसहित केही पक्राउ परे । यसले मृर्गौला प्रत्यारोपण ठप्प भयो । वैदेशिक रोजगारीका लागि दुवईमा रहेका मनिषाका बाबु दुवै मृगौला फेल भएकी छोरीलाई […]

‘आदेश पालक होइन, संसदको नेता छानौं’

१० पुस, काठमाडौं । कृष्णबहादुर महरा सभामुख रहँदा प्रमुख विपक्षी नेपाली कांग्रेसले उनीमाथि बारम्बार चोर औंला ठड्यायो । उसले संसदभित्र र बाहिर पनि बारम्बार भनिरह्यो, ‘सभामुखबाट आग्रहपूर्ण व्यवहार भयो, सरकारको आदेश पालक जस्तो भए ।’ पूर्व माओवादी नेता समेत रहेका महराले राम्रोसँग सभा सञ्चालन गर्न नसकेको कांग्रेस नेताहरुको ठम्याइ छ । साथै प्रधानमन्त्री केपी शर्मा […]

सात महिनामा खरिद नियमावली चौथो पटक संशोधन, ठेकेदारलाई थप सहुलियत

१० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने ठेकदाहरुलाई कारबाही गर्न निर्देशन दिएको एक महिना नपुग्दै सार्वजनिक खरिद नियमावलीमा संशोधन भएको छ । तर फेरि म्याद थप्ने बाटो राखिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद नियमावलीको नवौं संशोधन गर्ने निर्णय गरेको हो । साढे ७ महिनाकै बीचमा नियमावलीमा यो चौथोपटक संशोधन […]

जीप दुर्घटनामा आमाको मृत्यु, ४ वर्षीय छोरा घाइते     

१० पुस,  बनेपा । धुलिखेल नगरपालिका–११ पात्लेखेतस्थित वीपी राजमार्गमा बिहीबार अपराह्न जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–८ की अन्दाजी २५ वर्षीया मीनाकुमारी बोगटी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ६१५३ नम्बरको जीप आफैं अनियन्त्रित भई सडक किनारामा भएको […]

एमसीसीको बिरोध गर्नेहरुलाई आफैं थाक्न दिनुस् : गोकुल बास्कोटा

१० पुस,काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन हुने सन्दर्भमा कुनै भ्रम नरहेको प्रष्ट पारेको छ । चीनसँगको बीआरआई जस्तै अमेरिकासँगको एमसीसी पनि विकासमा साझेदारीमात्र रहेको सराकारका प्रवक्ता गोकुल बास्कोटाले बताए । बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा केही नेताले व्यक्तिगत तुष्टि पोख्न र कतिपयले नबुझेर विरोध गरे पनि उनीहरु आफैं थाक्ने बास्कोटाले […]

काठमाडौंका होर्डिङ बोर्ड झिक्न चार टोली परिचालन गरिने

१० पुस, काठमाडौं । काठमाडौंका चोक–चोकमा रहेका होर्डिङ बोर्ड हटाउन काठमाडौं महानगरपालिकाको नेतृत्वमा ४ वटा कार्यदल बनाएर परिचालन गरिने भएको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा बसेको बैठकले कार्यदल बनाएर तत्कालै होर्डिङ बोर्ड हटाउने निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले सरोकारवाला समेतको सहभागितामा भएको बैठकले सहरको सौन्दर्य बढाउनका लागि होर्डिङ बोर्ड हटाउन […]

सातौं राष्ट्रिय कृषि गणनाका लागि सुझाव संकलन

१० पुस, बुटवल । हरेक १० वर्षमा गरिंदै आएको राष्ट्रिय कृषि गणना अन्तर्गत २०७८ सालमा गरिने सातौं राष्ट्रिय कृषि गणनाका लागि केन्द्रीय तथ्याङ्क विभागले प्रदेशगत रुपमा सुझाव संकलन थालेको छ । तीनै तहका सरकारलाई चाहिने कृषि सम्बन्धी तथ्याङ्क उपलब्ध गराउने उद्देश्यका साथ बिहीबार बुटवलमा छलफल र अन्तरक्रिया भएको छ । अन्तरक्रियामा बोल्दै प्रदेश ५ की […]

पुनर्निर्माणमा ३ खर्ब ३५ अर्ब बजेट खर्च, अझै तीन खर्ब चाहिने

१० पुस, काठमाडौं । १२ वैशाख २०७२ को भूकम्पपछि क्षतिग्रस्त बनेका संरचनाको पुनर्निमाणमा झण्डै साढे तीन खर्ब रुपैयाँ बजेट खर्च भएको छ । यस अवधिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट २ खर्ब ९३ अर्ब रुपैयाँ र गैर सरकारी संस्थामार्फत ४२ अर्ब रुपैयाँ खर्च भएको प्राधिरकणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले जानकारी दिए । प्राधिकरण १२ पुसमा […]

वडाध्यक्षको नेतृत्वमा गाउँपालिका कार्यालयमा तालाबन्दी

१० पुस, सप्तरी । सप्तरीको राजगढ गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिका अध्यक्ष तथा कार्यपालिकाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजगढ गाउँपालिकाका तीन जना वडाध्यक्षको नेतृत्वमा कार्यालयमा तालाबन्दी गरेको हो । विकास निर्माणका योजनामा काखापाखा गर्दै अधिकांश गतिविधि नियमविपरीत गरिएको आरोप लगाउँदै वडा नम्बर २ का अध्यक्ष ललितनारायण सिंह, वडा नम्बर ४ का अध्यक्ष हेमनारायण साह […]

ताप्लेजुङमा रुखले किचेर एक जनाको मृत्यु

१० पुस, ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनमा सडक निर्माणका क्रममा रुख ढल्न पुग्दा रुखले किचेर एक जनाको ज्यान गएको छ । आम्बेगुदिनस्थित हप्पुखोलाबाट तेल्लोक जोड्ने मोटरबाटो निर्माणका क्रममा ढलेको रुखले किच्दा स्थानीय ६० वर्षीया पदम माया खड्काको घटनास्थलमा नै ज्यान गएको आम्बेगुदिन प्रहरी चौकीले जनाएको हो । प्रहरीका अनुसार बिहीबार दिउँसो घर छेउमा रहेर […]

प्रमाणपत्र विवादपछि चालिसेले दिए राजीनामा

१० पुस, पोखरा । पोखरा महानगरपालिकाका वरिष्ठ नगर प्रहरी निरीक्षक वसन्तप्रसाद चालिसेले बिहीबार राजीनामा दिएका छन् । २ वटा प्रमाणपत्र पेश गरी जागिर खाएको सार्वजनिक भएपछि उनले राजीनामा दिएका हुन् । ‘बिहीबार उहाँले राजिनामा दिनुभएको छ,’ महानगर सूचना अधिकारी भरतराज पौडेलले भने, ‘बाँकी कारबाहीको प्रक्रियामा छौं ।’ चालिसेको पहिलो नागरिकतामा जन्ममिति २०१७ फागुन ५ गते […]

चिसो बढेपछि बुटवलका विद्यालयमा ३ दिन विदा

१० पुस, बुटवल । बुटवलका विद्यालयमा ३ दिन चिसो विदा दिइने भएको छ । उपमहानगर क्षेत्रमा अत्यधिक चिसो बढेकोले पुस ११ देखि १३ गतेसम्म विद्यालयमा विदा दिने निर्णय गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ । तीन दिनको चिसो विदा स्थानीय विदाबाट कट्टी हुने उपमहानगरपालिकाले उल्लेख गरेको छ । यसअघि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि विद्यालयलाई विदा दिने […]

प्रदेश २ सरकारले छोरीको बिमा गर्न शिविर सञ्चालन गर्ने

१० पुस, जनकपुरधाम । प्रदेश २ सरकारले अब घर–घरमै पुगेर छोरीहरुको बिमा गरिदिने भएको छ । बिभिन्न कारणले अपेक्षाकृत रुपमा छोरीहरुको बिमा हुन नसकेपछि प्रदेश सरकारले यसका निम्ति शिविर सञ्चालन गरी घर–घरमै पुगेर बिमा सञ्चालन गर्ने जनाएको छ । प्रदेश २ सरकारले ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत सुरु गरेको छोरी शिक्षा बिमा कार्यक्रम कर्मचारी […]

राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल तोकियो

१० पुस, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल तोकेको छ । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ७ प्रदेशका ७ ठाउँमा मतदानस्थल तोकिएको छ । प्रदेश १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवन, प्रदेश ३ को ललितपुर महानगरपालिकाको वडा समितिको भवनमा मतदानस्थल तोकिएको छ […]

रौतहटका ७० विपन्न परिवारलाई कम्बल वितरण

१० पुस, रौतहट । चिसोबाट प्रभावित रौतहटका ७० गरिब तथा विपन्न समुदायका परिवारलाई बिहीबार कम्बल वितरण गरिएको छ । दैवि प्रकोप उद्दार समितिले डोम समुदायका ७० गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरेको हो । केही दिन यता लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा समितिले कम्बल वितरण गरेपछि उनीहरुले राहतको […]

नेपाल–चीन वाणिज्य वार्ता अनिश्चित, लेबल विवाद लम्बियो

१० पुस, काठमाडौं । डिसेम्बर महिनाको दोस्रो साता बस्ने भनिएको नेपाल–चीन वाणिज्य वार्ता अनिश्चित बनेको छ । चिनियाँ पक्षको अनुरोधमा स्थगन गरिएको र नयाँ मितिको टुंगो नलागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनायो । बैठक बस्न नसक्दा तत्काल देखिएको दुई मुलुकबीच खाद्यवस्तुको आयात निर्यातमा उब्जिएको नयाँ विवाद लम्बिएको छ । नेपालबाट चीनतर्फ निर्यात हुने खाद्यवस्तुमा […]

गंगालाल हृदय केन्द्रको कार्यकारी निर्देशकमा झापाका अधिकारी नियुक्त

१० पुस, काठमाडौं । सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक झापाका डा. चन्द्रमणि अधिकारीलाई नियुक्त गरेको छ । पुस ७ गते बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई सो पदमा चार वर्षका लागि नियुक्त गरेको हो । त्यस्तै सरकारले नेपाल मेडिकल काउन्सिलका रिक्त सदस्य पदमा ६ जनालाई मनोनित गरेको छ । जसमा किशोरविक्रम मल्ल, डा. हरिहर […]

उखुको खरिद मूल्य गत वर्षकै कायम

१० पुस, काठमाडाैं । सरकारले गत वर्षकै उखुको खरिद मूल्यलाई निरन्तरता दिएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले उखुको खरिद मूल्य प्रति क्विन्टल ५३६ रुपैयाँ ५६ पैसा तोकेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । न्यूनतम लागत, ढुवानी, मुनाफा र आुदान समेत गरेर चालु आर्थिक वर्षका लागि यो मूल्य निर्धारण गरिएको सरकारी दाबी छ […]

सुरक्षण मुद्रण जिटुजीबाट गर्न सञ्चार मन्त्रालयलाई अनुमति

१० पुस,काठमाडौं । सरकारले नोटदेखि पासपोर्टसम्म स्वदेशमै छाप्नका लागि आवश्यक सुरक्षण मुद्रण उपकरणहरु सरकार–सरकारबीचको समझदारीमा (जिटुजी)बाट खरिद गर्ने निर्णय गरेको छ । निजी कम्पनीसँग खरिद गर्दा मूल्यदेखि गोपनीयतासम्मको प्रश्न उठ्ने भएकाले जर्मनी वा फ्रान्समध्ये एउटा देशको सरकारसँग सम्झौता गर्ने प्रक्रिया अघि बढाइने भएको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले सुरक्षण मुद्रणसम्बन्धी उपकरणहरु खरिद गर्ने सम्बन्धमा फ्रान्स […]

संविधानको ‘साझा अधिकार’मा अल्मलिएका शिक्षक

१0 पुस, डोटी । सर्लाहीको कबिलासी नगरपालिका–७ का उमेश राय शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीको शिक्षक छनोटको खुला प्रतिस्पर्धामा समावेशी कोटाबाट छनोट भए । उनलाई विभागले डोटी पठायो । शिक्षा विकास तथा समन्वय ईकाई डोटीले उनलाई नियुक्ति दिएर पदस्थापनका लागि पूर्वीचौकी गाउँपालिकामा पठायो । तरm गाउँपालिकाले पदस्थापन नगरी उमेशसहित ६ जनालाई शिक्षा ईकाईमै […]

फौजी किरा नियन्त्रण गर्न प्रदेश १ मा विशेष टोली

१० पुस, विराटनगर । प्रदेश १ का तराईका जिल्लामा पनि फौजी किराको प्रकोप देखिएपछि प्रदेश सरकारले प्रकोप नियन्त्रणको काम थालेको छ । पहिले पहाडी जिल्लामा देखिएको फौजी किराको लार्भा र बयस्क पुतली केही महिनायता झापा, मोरङ, सुनसरीलगायतका जिल्लाका मकैबालीमा पनि भेटिएका छन् । प्रदेश कृषि निर्देशनालयका कार्यबाहक निर्देशक प्रकाशकुमार डाँगीले मोरङका दक्षिणी भेग रंगेली, बुद्धनगर, […]



from समाचार – Online Khabar https://ift.tt/35U0VsB
via IFTTT
Powered by Blogger.