समाचार
१५ पुस, काठमाडौं । संसदको हिउँदे अधिवेशनलाई कानून बनाउने अधिवेशनका रुपमा लिइन्छ । नागरिकतादेखि संघीय प्रहरी लगायतका दजनौं ऐनहरु संसदमा विचाराधीन छ, संसदको सभामुख चयन गर्नुपर्ने जिम्मेवार पनि प्रतिनिधिसभाको छ । तर ४ पुसमा पहिलो दिन राष्ट्रपतिले अधिवेशन आह्वान गर्दै पठाएको पत्र पढेर सुनाएको संसद बैठक बस्न सकेको छैन । भोलि बोलाइएको बैठक पनि सूचना […]
१५ पुस, काठमाडौं । भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा भाग लिन म्यानमारका पर्यटनमन्त्री ओन मउङ नेपाल आएका छन् । सरकारले भ्रमण वर्षको उद्घाटनका क्रममा सहभागिताका लागि दिएको निम्ता स्वीकार गर्दै पर्यटनमन्त्री नेपाल आएका हुन् । मन्त्री मउङलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सोल्टी होटेलमा स्वागत गरेका छन् ।
१५ पुस, काठमाडौं । बुधबार हुने नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनमा भाग लिन जमैकाका पर्यटनमन्त्री एडमन्ड बार्लेट काठमाडौं आइपुगेका छन् । मन्त्री बार्लेटलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोल्टी होटेलमा पुगेर स्वागत गरेका छन् । भीआईपी पाहुनाहरुलाई सोल्टी होटेलमा रहने व्यवस्था मिलाइएको छ ।
१५ पुस, काठमाडौं । गृह सचिव प्रेमकुमार राईले बक्यौता नतिरेका क्यासिनो सञ्चालन गर्न अन्तरिम आदेश जारी गर्ने न्यायाधीशअरुलाई संसदीय समितिमा उपस्थित गराउनुपर्ने बताएका छन् । मंगलबार संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा गृह सचिव राईले अदालतका कारण राज्यकोषलाई अर्बौ राजस्व नतिर्ने क्यासिनो सञ्चालन भइरहेको जिकिर गरे । ‘क्यासिनो सञ्चालन हुने, मजदूरले […]
१५ पुस, काठमाडौं । नेपाली कांग्रेसले पुस १७ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । माघ ९ गते हने राष्ट्रियसभा निर्वाचनको उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न भनी कांग्रेसले पुस १७ गते दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ । सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा बहुमतका आधारमा महाधिवेशनलगायतको निर्णय गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष […]
१५ पुस, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले उखु किसानको समस्याप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गरी किसानका हक अधिकारसम्बन्धी कानून प्रभावकारी कार्यान्वयन गर्न र उखु किसानका विषयमा हालै देखिएको समस्या समाधान गर्न सरकार, चिनी उद्योगी र संवद्ध पक्षलाई आग्रह गरेको छ । उद्योगले खरिद गरेको उखुको मूल्य नपाउँदा […]
१५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाको विकल्पमा अर्को टिम बनाउन प्रस्ताव अघि सारेका छन् । पार्टी संस्थापन पक्षले बहुमतका आधारमा महाधिवेशनको मिति तोकेपछि संस्थापन इतर समूह असन्तुष्ट छ । उनीहरुले पार्टीको परम्परा र विधान विपरीतका निर्णय भएको भन्दै सच्याउन माग गरेका छन् । नभएसम्म केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी […]
१५ पुस, काठमाडौं । पुँजी बजारको नियमक निकाय धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया छनोट समितिले अघि बढाएको छ । बोर्डको अध्यक्ष बन्न ८ जना आवेदन दिएकोमा ३ जना सर्ट लिस्टमा परेका छन् । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा बनेको ३ सदस्यीय समितिले बोर्ड अध्यक्षका लागि भिष्मराज ढुंगाना, निरज गिरी र डा. केशवप्रसाद श्रेष्ठको […]
१५ पुस, काठमाडौं । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० भोलीबाट सुरु हुँदैछ । नेपालका लागि चिनियाँ राजदूत होउ याङीलाई पनि भ्रमण वर्षको रौनकले छोएको छ । राजदूत होउले काठमाडौंका विभिन्न मन्दिरमा पुगेर फोटोसेसन गरी ट्विटरमा पोष्ट गरेकी छन् । रातो पहिरनमा उनी निकै खुलेकी छन् । तस्तिरका साथमा राजदूत […]
१५ पुस, काठमाडौं । गृह मन्त्रालयले किसानलाई उखुको रकम भुक्तानी नदिने उखु उद्योगीलाई खोजी गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा जिम्मा लगाउन आग्रह गरेको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरी किसानलाई भुक्तानी नदिने उद्योगीलाई तत्काल सम्पर्कमा ल्याउन सहयोग गर्न पत्राचार गरेको प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए । गृहले अन्नपूर्ण सुगर इन्ड्रस्ट्रिज र इन्दिरा […]
१५ पुस, दमौली । तनहुँको व्यास नगरपालिका-१ गल्वुबेसीमा ट्याक्टर चालक मृत फेला परेका छन् । म्याग्दे गाउँपालिका-१ गुणादीका २६ वर्षीय सुशील परियार मंगलबार बिहान मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए । परियार छाब्दी वाराही कन्स्ट्रक्शन प्रालिको ग१त २३८२ नंको ट्याक्टरका चालक रहेको जनाइएको छ । ना६त ६८७२ नंको ट्याक्टर बसपार्कमा […]
१५ पुस, वीरगञ्ज । हराएको तीन वर्षपछि एक भारतीय महिलाको पारिवारिक पुनर्मिलन भएको छ । मानवसेवा आश्रम वीरगञ्ज शाखाले भारतको बिहार सिक्टा सिर्सिया नजिकै घर भएकी मीनादेवी साहको पारिवारिक पुनर्मिलन गराएको हो । प्रहरीले उनलाई मंसिर २२ गते राति १० बजेतिर ठाकुरराम बहुमुखी क्याम्पस क्षेत्रमा फेला पारेर मानव आश्रमको जिम्मा लगाएको थियो । झण्डै १६ […]
१५ पुस, काठमाडौं । प्रहरीले आधा किलो अवैध सुनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको महाराष्ट्रका घर भई आर ७६३८८७३३ नम्बरको राहदानी बाहक हरिराम नेपाली छन् । विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले उनलाई फ्लाइ दुबई एयरलाइन्सबाट नेपाल छिर्ने क्रममा पक्राउ गरेको हो । प्रहरीका अनुसार दुवईबाट आएका उनले मलद्वारमा लुकाएर […]
१५, पुस, चितवन । चितवनको भरतपुरमा माघ दोस्रो साता घर निर्माण सामग्री सम्बन्धी मेला हुने भएको छ । भरतपुरमा रहेको प्रर्दशनी केन्द्रमा माघ ८ देखि ११ गतेसम्म मेला हुन लागेको हो । एएस इभेण्ट एण्ड मार्केटिङ प्रालि र इभेण्ट सोलुसन प्रालिको संयुक्त आयोजनामा हुन लागेको मेलामा पछिल्लो समय आधुनिक शैलीमा बनाइने घर, तिनमा प्रयोग हुने […]
१५ पुस, काठमाडौं । प्रहरीले एक किलो नक्कली सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ कारबाहीका २२ वर्षीय भुपाल लिम्बु र पाँचथरको मिक्लाजुङका २४ वर्षीय अरुण राई छन् । उनीहरु गोंगबुस्थित होटल तनहुँबाट पक्राउ परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी उमेश लम्सालले अनलाइनखबरलाई बताए । ‘नक्कली सुन बिक्री गर्नलाई ४५ लाखमा डिल […]
१५ पुस, काठमाडौं । मानव तस्करहरुले यौन शोषणका लागि नेपाली किशोरीलाई दिल्लीका निजी अपार्टमेन्टमा बिक्री गर्न थालेको पाइएको छ । पहिले दिल्लीको कोठीमा बेचविखन हुने गरेकामा अहिले दिल्लीका निजी अपार्टमेन्टहरुमा पनि बिक्री गरेको पाइएको माइती नेपालले जनाएको छ । मंगलबार विज्ञप्ति जारी गरी माइती नेपालले मानव बेचबिखन र ओसारपसारले नयाँ रुप लिन थालेको बताएको हो […]
१५ पुस, बुटवल । नेपाल-भारत सीमानाका रुपन्देहीको बेलहियाबाट भारत हुँदै तेस्रो मुलुकसम्म बेचबिखनका लागि लैजाँदै गर्दा २४२ जना महिला तथा बालबालिकाहरुको उद्धार भएको छ । एक वर्षको अवधिमा बेचिएका १४ जनासहित दुई सय ४२ जनालाई भारतका विभिन्न ठाउँबाट उद्धार गरिएको हो । भारत र खाडी मुलुकमा गएर हराएकामध्ये फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारीरिक, […]
१५ पुस, काठमाडौं । घरमा भाडा लिएर अवैध गतिविधि गरेको आशंकामा १ सय २२ जना चिनियाँ नागरिक पक्राउ परेपछि सरकारले डेरावालाको विवरण संकलन गर्नुपर्ने भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव प्रेमकुमार राईसहित सुरक्षा निकायका प्रमुखहरुको बैठकले कोठा भाडामा लिएर बस्नेको विवरण संकलन गर्ने निर्णय गरेको हो । उपत्यकासहित देशका मुख्य शहरमा घर भाडामा […]
१५ पुस, काठमाडौं । सोह्रखुट्टेको ओरालोमा पानी ट्यांकरले ६ वटा गाडीलाई ठक्कर दिएको छ । ब्रेक फेल भएपछि अनियन्त्रित भएर ओरालो झरेको ट्यांकरले बस, कार र मोटरसाइकल गरी ६ सवारी साधानलाई ठक्कर दिएको हो । महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी सन्तोष राठौरका अनुसार घटना बिहान करिब ९ बजेको हो । ‘धन्न कुनै मानवीय क्षति हुन […]
१५ पुस, काठमाडौं । मोडललाई ‘बलि चढाउने’ प्रयास गरेको आरोपमा समातिएको गिरोहले थप दुई जनालाई पनि निशाना बनाएको हुनसक्ने देखिएको छ । अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिसँग तेस्रो पक्षले ‘३ फिट उचाइभन्दा कम उमेरका दुई जनाको काम भइसकेको’ बताएको तथ्य प्रहरीले फेला पारेको हो । काठमाडौं प्रहरी परिसर, टेकुले चलाएको ‘कोभर्ट अप्रेसन’मा पीडित युवतीको सकुशल […]
१५ पुस, गुल्मी । तीन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम गुल्मीको रुरुस्थित रिडीमा झण्डै एक दशकपछि दोस्रो रुरु महोत्सव हुने भएको छ । पहिलो रूरू महोत्सव २०६२ सालमा आयोजना गरिएको थियो । रुरु क्षेत्र गाउँपालिका-१ मा गुल्मी उद्योग बाणिज्य संघ रिडी शाखा र रुरु फ्रेन्डस क्लबको संयुक्त आयोजनामा यही पुस २९ देखि माघ ९ गतेसम्म […]
from समाचार – Online Khabar https://ift.tt/36ejxUh
via IFTTT