Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सभामुख आफूले प्रस्ताव गर्न पाउनुपर्ने पूर्वमाओवादीको अडान, दुई अध्यक्षबीच कुरा मिलेन

१० पुस, काठमाडौं । पूर्वएमाले र पूर्वमाओवादीबीच सभामुख चयनमा कुरा नमिलेपछि बरिष्ठ नेताहरुले सचिवालय बैठकमा छलफल गरेर एउटै मत बनाउन नेतृत्वलाई दबाब दिएका छन् । नेकपा स्रोतका अनुसार अहिलेसम्म व्यक्ति तोकेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छैन । तर प्रचण्डले सभामुख कसलाई बनाउने भन्ने प्रस्ताव आफूले ल्याउन पाउनुपर्ने अडान राखेका […]

जेठसम्ममा पिच होला चाबहिल-जोरपाटी-साँखु सडक ?

९ पुस, काठमाडौं । बर्षौंदेखि विजोक अवस्थामा रहेको चाबहिल–जोरपाटी–साँखु सडकको काम जेठसम्ममा सक्नेगरी सरकारले नयाँ लक्ष्य निर्धारण गरेको छ । तर, विगतको काम गराइ हेर्ने हो भने जेठसम्ममा काम सकिने कुरा अपत्यारिलो लाग्छ । सडक विभागले सडकको अनुगमन गरी फिल्डमा रहेका समस्याबारे छलफल गरेपछि जेठसम्म जसरी पनि सक्ने लक्ष्य तय गरेको छ । सडक खण्डको […]

पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन

१० पुस, काठमाडौं । पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ । श्रेष्ठको बिहीबार बिहान साढे ५ बजे त्रिवि शिक्षण अस्पताल टिचिङमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । श्रेष्ठलाई निमोनिया भएको थियो । निमोनियापछि उनलाई उपचारका लागि  बुधबार अस्पताल लगिएको थियो । त्यही उपचारका क्रममा बिहीबार उनको निधन भएको हो । पूर्वसचिव श्रेष्ठ […]

वैदेशिक लगानी प्रतिबद्धता १७ अर्बले बढ्यो, पर्यटन क्षेत्रमा आकर्षण

९ पुस, काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा वैदेशिक लगानी प्रतिबद्धतामा उछाल आएको छ । उद्योग विभागको विवरणअनुसार अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा १७ अर्ब बढी लगानी प्रतिवद्धता आएको हो । साउन २ गते देखि पुस ९ गतेसम्म विभागमा २६ अर्ब ९३ करोड १७ लाख ८० हजार कुल लगानीमा १४१ उद्योग खोल्न विदेशी लगानीकर्ताले […]

सिद्धबाबा प्रकरण : मुद्दा फिर्ता लिन दबाब दिएको अडियो रेकर्ड मिल्यो

१० पुस, विराटनगर । ‘सिद्धबाबा’ भनिने विवादास्पद धार्मिक गुरु कृष्णबहादुर गिरीले आफ्नो नभएको भनेर दाबी गरेको अडियो रेकर्ड उनकै भएको पुष्टि भएको छ । काठमाडौं बसोबास गर्दै आएकी महिला अनुयायीमाथि करणी गरेको आरोप लागेका सिद्धबाबाले पीडित महिलालाई टेलिफोन गरी मुद्दा फिर्ता लिन दबाब दिएका थिए । रुँदै मुद्दा फिर्ता लिन दबाब दिएको टेलिफोन सम्बाद पीडित […]

काठमाडौं झनै चिसियो, न्यूनतम तापक्रम ०.९

१० पुस, काठमाडौं । काठमाडौं उपत्यका थप चिसिँदै गएको छ । बुधबार न्यूनतम तापक्रम २.९ मापन भएको काठमाडौंको तापक्रम बिहीबार अझै घटेर ०.९ मा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, बिहीबार बिहान ८ः४५ बजे काठमाडौं उपत्यकाको तापक्रम ०.९ मापन भएको हो । मौसमविद् सजिना शाक्यका अनुसार, बिहीबार बिहान ५ः४५ मा काठमाडौंको न्यूनतम तापक्रम १ […]

अफगानिस्तानको शान्ति पदयात्रामा सहभागी २७ जनाको अपहरण

१० पुस, काठमाडौं । पश्चिमी अफगानिस्तानको शान्ति पदयात्रामा सहभागी २७ जनालाई तालिवान लडाकुहरुले अपहरण गरेका छन् । पिपुल्स पिस मुभमेन्टले शान्ति र युद्धविरामको माग गर्दै करिब दुई साता अगाडिदेखि हेरात प्रान्तबाट आफ्नो यात्रा सुरु गरेको थियो । तर फराह प्रान्त प्रवेशपछि उनीहरुको अत्तोपत्तो नरहेको बीबीसीले जनाएको छ । फाराह प्रान्तका डेपुटी गभर्नर मसूद बख्तावरले ६ […]

चोरेको वाकीटाकी बोकेर प्रहरी रूप धारण, धम्क्याउँदै हिँडेपछि फन्दामा

१० पुस, काठमाडौं । ‘प्रहरी हुँ’ भन्दै सेट (वाकीटकी) देखाएर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको रत्नपार्क क्षेत्रमा आपराधिक व्यक्तिहरूको सूचना संकलन गरी निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । थापाका अनुसार, प्रहरीले खानतलासी गर्न खोजेपछि उनी दुर्व्यवहार गरेर […]

कीर्तिपुरबाट देखाइयो सूर्यग्रहणको लाइभ

१० पुस, काठमाडौं । शिक्षा मन्त्रालयअन्तर्गतको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले बिहीबार लाग्ने खण्डग्रास सूर्यग्रहणको अवलोकन गराउने भएको छ । काठमाडौंमा बिहीबार बिहान ८ः४२ बजेदेखि ११ः३१ बजेसम्म ग्रहण लाग्नेछ । सुदूरपश्चिमको महेन्द्रनगरमा ८:३८ मा सुरु भई ११:१९ मा सकिनेछ भने पूर्वको झापामा भने ८: ४८ मा सुरु भई ११ः२७ […]

खण्डग्रास सूर्यग्रहण सुरु, कुन राशिकाले हेर्न हुन्छ, कुनले हुँदैन ?

१० पुस, काठमाडौं । अहिले केहीबेरमा खण्डग्रास सूर्यग्रहण सुरु भएको छ । नेपाल पञ्चांग निर्णयक समितिका अनुसार अहिले बिहान ८ः४२ मिनेटबाट ग्रहण सुरु भएकाे हाे । बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुने पञ्चांग निर्णयक समितिले जनाएको छ । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राससलाई बताएअनुसार, ग्रहण लाग्नुभन्दा […]

‘हेरौं न, सरकारले कस्तो व्यवहार गर्छ’

९ पुस, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि राजनीतिक बहस भने राष्ट्रिय जनता पार्टी नेपालतिर सोझिएको छ । राष्ट्रियसभाको चुनावलाई लिएर सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) र राजपाबीच सहमति हुनु, त्यसको केही दिनमा समाजवादी पार्टीका अध्यक्ष समेत रहेका तत्कालीन उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादवले संविधान संशोधनको प्रस्ताव मन्त्रिपरिषदमा लैजाँदा प्रधानमन्त्री केपी शर्मा […]

काठमाडौंमा कालोपत्रे ! प्रधानमन्त्रीको दबाव कि ठेकदार सुध्रिए ?

९ पुस, काठमाडौं । असार लागेपछि मात्र भटाभट सडकको मर्मत सुरु हुँदै आएकोमा यो वर्ष काठमाडौंमा हिउँदमै सडक मर्मतको काम सुरु भएको दृश्य बाक्लै देखिन थालेको छ । अच्चम्मै भएन त ? नयाँ बानेश्वरको संसद् भवननजिकै दिउँसै अलकत्रा बिछ्याउन थालिएको छ । अहिले बानेश्वर आसपासको सडक कालोपत्रे गरेर चिल्लो बनाइएको छ भने जेब्राक्रस र लेनमा […]

भ्रमण वर्षको मुखमा पोखरामा भारतीय गाडीमाथि रोक

९ पुस, पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा आउने भारतीय नम्बर प्लेटका सार्वजनिक बसमाथि रोक लगाएको छ । ट्राफिक व्यवस्थापनको कारण देखाउँदै पोखरा पर्यटन परिषद्कै निवेदनमा गण्डकी प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा भारतीय नम्बर प्लेटका सार्वजनिक बस प्रवेशमा रोक लगाएका हुन् । पोखरा आउने विदेशी पर्यटकमध्ये ४० प्रतिशत पर्यटक भारतीय नै […]

उपेन्द्र यादवको टिप्पणी : दुई तिहाइको दम्भ समाप्त भयो

९ पुस, काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिएको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दुई तिहाइको दम्ब सकिएको टिप्पणी गरेका छन् । संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा राख्न नदिएपछि समाजवादीबाट सरकारमा गएका उपप्रधान तथा कानूनमन्त्री यादव र सहरी विकासमन्त्री मो. इस्तियाक राईले पदबाट राजीनामा दिएका थिए । त्यसको भोलिपल्ट समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको […]

शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण : यो त सुरुवात मात्र हो !

९ पुस, काठमाडौं । १ साउन २०७४, नेपाली स्वास्थ्य क्षेत्रको गर्व गर्नलायक मिति । त्यो दिन नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपण सफल भयो । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले कलेजोको सफल प्रत्यारोपण गरेर एउटा इतिहास रच्यो । र, मृत्युको विकल्प नदेखिरहेका हिराबहादुर महर्जनले जीवनको दोस्रो इनिङ सुरु गरे । हिराकी २४ वर्षीया छोरी सरिताले कलेजो दिएर […]

डोजर चल्यो, तर उठेन सुकुमबासी बस्ती !

९ पुस, काठमाडौं । बस्तीहरुको आफ्नै इतिहास हुन्छ । झाडी फाँडेर, शिशुका कंकाल उधिनेर बनेको बस्ती हो- थापाथलीको सुकुमबासी बस्ती । यहाँ अहिले करिब १४६ छाप्रा छन् । सुविधाउयुक्त काठमाडौं शहरमा असुविधायुक्त जीवन बाँचिरहेका सुकुमबासीहरुको जनजीवनबारे बुझ्न हामी पाठकहरुलाई वाग्मतीको पुलमुनि लैजाँदैछौं । सकुम्बासी बस्तीलाई वायाँ पारेर दौडेको वाग्मतीको फोहोर पानी (पानी के भन्नु, फोहोर) […]

महालक्ष्मी नगरपालिकामा अख्तियारको छापा, २ कर्मचारी पक्राउ

९ पुस, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसनधान आयोगले छापा मारी दुई  कर्मचारी पक्राउ गरेको छ । बुधबार साँझ छापा मारी २ जना कर्मचारी नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले पुष्टि गरे । तर उनीहरुलाई के कसूरमा नियन्त्रणमा लिएको भने उनले खुलाएनन् । ‘हाम्रो टोली गएर छापा मारेको हो, २ जना पक्राउ परेका छन् […]

युवती बलि चढाउन खोजेको आशंकामा ७ जना पक्राउ

९ पुस, काठमाडौं । नेपाली युवतीलाई बलि चढाउन खोजेको आशंकामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिलकुमारी बुढामगर, उमेशकुमार माझी, दिलिप पोद्दार, कृष्ण तामाङ, उमेश शाह र रञ्जित चौधरी छन् । अर्की एक जना महिलाको नाम भने खुलाइएको छैन । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार घटनाबारे जानकारी दिन बिहीबार […]

सांसद विकास कार्यक्रम : खट्टे बाँडेझैं सडकमै पैसा

९ पुस, पोखरा । प्रतिनिधि सभाका सांसद निर्वाचन क्षेत्रमा स्थानीय पूर्वाधार विकास कार्यक्रमका नाममा छानेर ३६ वटा योजनामा ६ करोड रुपैयाँ खर्च गर्न पाउँछन् । गण्डकी प्रदेशसभा सांसदले पनिे निर्वाचन क्षेत्रका बढीमा २६ योजनामा खर्च गर्ने पाउने गरी निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम शीर्षकमा २ करोड रुपैयाँ पाएका छन् । संघीय र प्रदेश गरी १० […]

सवारी नियम मिच्नेलाई न्यूनतम २ हजार जरिवानाको प्रस्ताव !

९ पुस, काठमाडौं । सरकारले सवारी नियम उल्लंघन गर्नेमाथि हुने जरिवाना रकम अझै बढाउन प्रस्ताव गरेको छ । यातायात व्यवस्था विभागले तयार गरेको नयाँ यातायात व्यवस्था ऐनको प्रारम्भिक मस्यौदामा चर्को जरिवानाको प्रस्ताव गरिएको हो । हाल सवारी नियम मिच्नेलाई न्युनतम ५ सय र अधिकतम ५ हजार जरिवाना गराउने प्रावधान छ । अब आउने ऐनले यसलाई […]

एमसीसी कार्यान्वयन नगरे नेपालको विश्वसनीयता गुम्छ : परराष्ट्रमन्त्री ज्ञवाली

९ पुस, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन नगरे नेपालको विश्वसनीयता गुम्ने बताएका छन् । बुधबार संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै मन्त्री ज्ञवालीले अमेरिकाले नेपाललाई ५० अर्ब रुपैयाँ अनुदान दिनुले नेपालमा राजनीतिक स्थिरता र लगानीको वातावरण छ भन्ने सन्देश जाने अन्तर्राष्ट्रिय स्तरमा पुगेको उल्लेख गरे । ‘यो […]



from समाचार – Online Khabar https://ift.tt/35Z2Hsj
via IFTTT
Powered by Blogger.