समाचार
१४ पुस, काठमाडौं । सरकारले नेपाल विशेष सेवा विधेयक २०७६ राष्ट्रियसभामा पेश गरेको छ । राष्ट्रियसभाको सोमबार बसेको बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विधेयक प्रस्तुत गर्दै सामाजिक जीवनलाई अनुशासित, व्यवस्थित र सभ्य बनाउन आवश्यक भएको दाबी गरे । यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्तले विरोधको सूचना पेश गरेका थिए, जसलाई वहुमतले अस्वीकृत […]
१४ पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको कार्यालयका एकजना कर्मचारी घुससहित पक्राउ परेका छन् । कार्यालयको लेखा फाँटमा कम्प्युटर अपरेटरको रुपमा कार्यरत राकेशकुमार जयसवाललाई अख्तियारले १५ हजार घुससहित नियन्त्रणमा लिएको हो । राकेशलाई अख्तियारको टोलीले कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका प्रमुख शिव काफ्लेले भने वीरगञ्जमा अपरेशन चलाएको तर थप विवरण आइनसकेको […]
१४ पुस, जनकपुरधाम । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले किसानलाई ध्यानै नदिइ सरकारले उखुको मूल्य तोकेको बताएका छन् । केही दिनअघि मात्रै केन्द्र सरकारले अघिल्लो वर्षकै बराबर उखुको मूल्य तोकेको थियो । त्यसबारे उनले प्रश्न गरे, ‘मूल्य तोकेर मात्रै सरकारको जिम्मेवारी सकियो त ?’ मूल्य तोकेएपछि सरकारले आफैं उखु खरिद […]
१४ पुस, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध ओसारपसारमा संलग्न भएको आरोपमा १३ जनालाई पक्राउ गरेको छ । ब्युरोले एक साताको अवधिमा उनीहरुलाई पक्राउ गरेर आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार पठाएको हो । सालकको दुईवटा छालासहित महोत्तरीका सिंहबहादुर मोक्तान, मकवानपुरका कालबहादुर जिम्बा, धादिङका सुके तामाङ र उमेश […]
१४ पुस, काठमाडौं । संसदको उद्योग बाणिज्य र श्रम तथा उपभोक्त हित समितले उखु किसानहरुलाई पैसा दिलाउन सरकारलाई निर्देशन दिएको छ । किसानको पैसा नतिर्नेलाई राज्यको सबै संयन्त्र लगाएर कारबाही गर्न पनि भनेको छ । मिलले पैसा नदिएको भन्दै उखु किसानहरु आन्दोलन गर्न काठमाडौं आएका थिए । उनीहरुले सोमवार संसदीय समितिमा उपस्थित भएर आफ्नो पीडा […]
१४ पुस, काठमाडौं । बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत हटाउनका लागि नेपाल राष्ट्र बैंकको सहमति लिनै पर्ने गरी ऐन संसोधनको प्रस्ताव गरिएको छ । व्यवस्थामा बैंकको सञ्चालक समितिले जुनसुकै बेला निर्णय गरेर सीईओ बर्खास्त गर्न सक्ने साविकको व्यवस्था संसोधन गर्न लागिएको हो । सीईओको काम सन्तोषजनक नभए हटाउन सकिने तर राष्ट्र बैंकको सहमति […]
१४ पुस, काठमाडौं । प्रहरीले नेपाल बैंक लिमिटेड, डिल्लीबजारका पूर्वशाखा प्रबन्धक भुपराज कोइरालालाई पक्राउ गरेको छ । प्रबन्धक रहँदा बैंकलाई नभएको दायित्व सिर्जना गराएर अनुचित लाभ लिएको आरोपमा उनलाई पक्राउ गरिएको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी बेलबहादुर पाण्डेका अनुसार नेपाल बैंक लिमिटेडका मानव स्रोत व्यवस्थापन विभागका मुख्य प्रबन्धक दीपेन्द्रराज काफ्लेको जोहरी […]
१४ पुस, काठमाडौं । नेपालमा बसेर चीनविरुद्ध गतिविधि गरेको आरोपमा चलाइएको अपरेशनप्रति चिनियाँ पक्ष असन्तुष्ट देखिएको छ । नामै किटान गरेर पठाइएका मुख्य अभियुक्तहरुलाई भगाइएको भन्दै चिनियाँ पक्षले असन्तुष्टि जनाएको हो । गृह मन्त्रालय स्रोतकाअनुसार चिनियाँ पक्षले नेपालका विभिन्न क्षेत्रमा रहेका ७० घरमा बसेर करिब एक हजार व्यक्तिले चीनविरुद्ध गतिविधि गरिरहेको रिपोर्ट दिएको थियो । […]
१४ पुस, काठमाडौं । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले विद्यार्थीहरुसँग फेरि अतिरिक्त शुल्क असुलेको खुलेको छ। मागेको शुल्क नतिरे फाइनल परीक्षाको फर्म भर्न नदिने भन्दै कलेजले अतिरिक्त शुल्क मागेको नेशनल कलजेमा अध्यनरत एक विद्यार्थीले बताए।, ‘हामी हरेक ब्याचका विद्यार्थीले आइओएममा पुरा शुल्क तिरे पनि कलेजले अतिरिक्त शुल्क मागेको छ,’ १८ औ ब्याचका एक विद्यार्थीले भने, ‘परीक्षा फर्म […]
१४ पुस, मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन मोरङ शाखाले सोमवार आयोजना गरेको पत्रकार भेटघाटमा उनले २०७८ साल चैतमा हुने स्थानीय तहको निर्वाचन अगाडि नै पार्टी महाधिवेशन हुनैपर्ने बताए । रामचन्द्र पौडल समूहको बहिस्कारका बीच ११ पुसमा बसेको कांग्रेस केन्द्रीय […]
१४ पुस, काठमाडौं । नेकपा स्थायी कमिटी बैठकमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको नाम र राजधानी टुंगो लगाउन पार्टी केन्द्रबाटै निर्णय होस भन्ने प्रस्ताव राखे । तर, उनले त्यसो गर्दा स्थानीय जनभावना बुझेर गर्नुपर्छ भन्ने कुरा पनि लिखत रुपमै राखेका थिए । उनको आशय तलको जनभावना बुझेर माथिबाट निकास दिँदा पार्टी पंक्ति भेगीय […]
१४ पुस, बुटवल । गुरुङ समुदायको कला संस्कृति संरक्षण र सम्बर्द्धनका लागि बुटवलमा संग्रहालयसहितको गुरुङ भवन बन्ने भएको छ । गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीको पहलमा १७ करोड रुपैयाँ लागतमा बेसक्याम्पस्थित महाज्ञान बौद्ध बिहार परिसरको १० कट्ठा क्षेत्रफलमा गुरुङ भवन बन्न लागेको हो । गुरुङ भवनमा गुरुङ संग्रहालय, एक हजार जना अट्ने सुविधासम्पन्न सभा हल र […]
१४ पुस, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको साढे पाँच महिनामा १०.२५ प्रतिशत मात्रै पुँजीगत (विकास) खर्च गर्न सकेको छ । यस अवधिमा करिब ४० अर्ब खर्च गर्ने लक्ष्य रहेकोमा चार अर्ब पनि विकास खर्च हुन सकेन । अपेक्षित विकास खर्च हुन नसक्नुको एउटा कारण देखाइएको थियो, खरिद नियमावलीमा भएको पछिल्लो संशोधनहरू । निर्माण व्यावसायीले […]
१४ पुस, चितवन । चितवनको रत्ननगरमा हालै सम्पन्न जेसिसको महाधिवेशनमा सहभागी हुन आएका एक युवक इनारभित्र मृत फेला परेका छन् । काभ्रे घर भएका कृष्णकुमार मानन्धर आइतबार सााझ मृत फेला परेका हुन् । उनी पुस ११ गतेदेखि हराइरहेका थिए । रत्ननगरमा भएको नेपाल जेसिसको ४६ औं महाधिवेशनमा सहभागी हुन काभ्रेबाट आएका मानन्धरको शव फेला परेको […]
१४ मंसिर, काठमाडौं । आइतबार सिंहदरबार अगाडिबाट पक्राउ परेका नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेलसहित १५ जना नेता-कार्यकर्ता रिहा भएका छन् । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई सीमा विवाद समाधानका लागि ज्ञापनपत्र बुझाउन जाँदै गर्दा गजुरेलसहित उनको टोलीलाई आइतबार पक्राउ गरेर पुलिस क्लबमा राखिएको थियो । सबै १५ जना सोमबार बिहानमात्र रिहा भएका […]
१४ पुस, काठमाडौं । साविक विजेता मनाङ-मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगको शुरुवाती तीन खेल जित्दै उपाधि रक्षा अभियान शुरु गरेको छ । र, मनाङलाई लिगमा कुशल नेतृत्व दिइरहेका छन् कप्तान कमल श्रेष्ठले । घरेलु फुटबलमा गर्विलो इतिहास बोकेको मनाङलाई सम्झिने हो भने लगातार तीन जित नौलो होइन । तर उसले जुन परिस्थितिबाट सम्हालिएर […]
१४ पुस, काठमाडौं । नेपाल भ्रमण वर्षको औपचारिक उदघाटनको तयारीमा जोडतोडले चलिरहेको छ । र, भ्रमण वर्षको मुख्य तयारी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरिरहेको छ । आइतबार अपराह्न मन्त्रालयमा पुग्दा मन्त्री योगेश भट्टराई मन्त्रीमा व्यस्त थिए । पछिल्लो दुई साता उनी एकपछि अर्को मिटिङमा व्यस्त छन् । त्यही व्यस्तताका बीच छोटो समय निकालेका […]
१४ पुस, नवलपुर । नवलपुर र कपिलवस्तुका २ वडा कार्यालयमा गएराति आगजनी गरिएको छ । पूर्वीनवलपरासीको कावासोती नगरपालिकाको १४ वडा कार्यालय र कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा गएराति आगजनी भएको हो । दुवै स्थानमा कसले आगजनी गरायो भन्ने खुलेको छैन । आगजनीबाट कावासोती नगरपालिकाको १४ वडा कार्यालयका फर्निचरलगायतका सामग्री जलेको प्रहरीले जनाएको छ […]
१४ पुस, चितवन । ह्याकरको आशंकामा प्रहरीले चितवनबाट २ चिनियाँ नागरिक पक्राउ गरेको छ । काठमाडौंको बूढानीलकण्ठबाट १२२ चिनियाँ नागरिक पक्राउ परेको केही दिनपछि चितवनमा उस्तै शंकास्पद गतिविधि सञ्चालन गर्दै आइरहेका दुई चिनियाँलाई प्रहरीले पक्राउ गरेको हो । चितवन प्रहरीले भरतपुरको सिजी ल्याण्डमार्कस्थित होटल फेनमा शंकास्पद गतिविधि गरिरहेका २ चिनियाँ केही दिनअघि पक्राउ परेको जनाएको […]
१४ पुस, काठमाडौं । अमेरिकाको एक चर्चमा बन्दुकधारीले गोली चलाउँदा २ जनाको मृत्यु भएको छ । टेक्सासस्थित वेस्ट फ्रिवे चर्च अफ क्रिष्र्टमा आइतबार बिहान ११ः५० बजे प्रार्थना भइरहेका बेला अन्धाधुन्ध गोली प्रहार भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, प्रार्थनाका लागि बसिरहेका व्यक्तिले अकस्मात् उठेर गोली चलाएका थिए । प्रार्थनाको फेसबुक लाइभ भइरहेकाले त्यो लाइभमा समेत […]
१४ पुस, काठमाडौं । रसियन भूमिमा आतंकवादी गतिविधि हुन नदिन भूमिका खेलेको भन्दै रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन् । आइतबार ट्रम्पसँग टेलिफोन कुराकानी गर्दै पुटिनले अमेरिकी समकक्षीलाई धन्यवाद दिएका हुन् । पुटिनले आतंकवादी गतिविधि हुन नदिन पुटिनले खेलको भूमिकालाई बुद्धिमता भन्दै प्रशंसासमेत गरेका छन् । रुसी प्रशासन केन्द्र क्रेमलिनले […]
from समाचार – Online Khabar https://ift.tt/2ZAH1Am
via IFTTT